शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • रचना
  • मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

राज सरगम  |  काठमाडौं, शनिबार, असोज ९, २०७८

राज सरगम

राज सरगम

शनिबार, असोज ९, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर: दिनेश श्रेष्ठ

काठमाडौं– आफ्नो पुस्तकले मदन पुस्कार जित्ला भनेर कल्पनासमेत गरेका थिएनन् लेखक भगिराज इङ्नामले। २२२ वटा पुस्तकलाई पछाडि पारेर जब ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (१७१९–२०२०)’ले २०७७ सालको मदन पुरस्कार पायो, हर्षसँगै अनौठो अनुभूति भयो उनलाई। भन्छन्, ‘मदन पुरस्कार पाउला भनेर चिताएको थिइनँ। कतिपयले सुनाउँदा पनि पत्यार लागेन।’

मदन पुरस्कार भन्दा पनि साझा पुरस्कारका लागि दर्ता गर्ने सोचमा थिए यो पुस्तकलाई इङ्नाम। तर एकजना नजिकका पत्रकारले मदन पुरस्कारमा दर्ता गर्न कर गरे। उनले दर्ता गराए। करिब सात वर्ष लगाएर लेखेको पुस्तकले मदन पुरस्कार जित्यो। 

उनलाई पुस्तकले दिएको सम्मानको कथा सुनाउन अहिले भ्याइनभ्याइ छ। इतिहास भनेको समाजको ऐना हो। नयाँ पुस्ताले यी विषयमा थाहा पाउनुपर्छ भन्ने जिज्ञासा भगिराजलाई चार दशक अगाडि नै लागेको थियो, जब उनी पहिलोपटक अधिकृतका लागि जोडतोडले अध्ययन गरिरहेका थिए। 

लोकसेवा आयोगको तयारी गर्दा उनले इतिहासकार बालचन्द्र शर्मादेखि बाबुराम आचार्य, नरहरिनाथ र इमानसिंह चेम्जोङद्वारा लिखित इतिहासका सबैखाले पुस्तक पढेका थिए। भाषागत इतिहास, सरकार र जनताबीचको सम्बन्ध, भूमि व्यवस्था, आर्थिक व्यवस्थाको बारेमा उनलाई दिलचस्पी बढ्दै गयो। नयाँ पुस्ताले यस्तो इतिहास थाहा पाउनुपर्ने सोचले उनलाई आकर्षित गर्दै लग्यो। सम्बन्धित कागजात तथा दस्तावेज संकलन गर्ने अठोट गर्दै गए। भन्छन्, ‘२०३८ सालतिर अधिकृतमा नाम निकाल्न इतिहासको पुस्तक बढी पढियो। त्यही जगले इतिहासमाथि गहिरो लगाव बढेर आएको थियो।’

हुन त इतिहासमाथिको खोज अनुसन्धान राज्य तथा संगठित संस्थाको काम हो। तर उनले अपेक्षा गरेअनुसारको खोजटिपोट भएको लागेन। जब उनी सरकारी जागिरेको सिलसिलामा गाउँगाउँ डुल्थे, इतिहासको किस्सादेखि केही प्रमाणसम्म भेट्थे। जसले उनलाई इतिहासमाथि खोजबिन गर्न आकर्षण गराइरह्यो। भन्छन्, ‘कपिपय आफूले थाहा पाउन र कतिपय नयाँ पुस्ताले थाहा पाउन् भनेर खोजमा लागेको थिएँ। आजका नयाँ पुस्तालाई स्याहामोर लालमोहर भनेको थाहा छैन।’ 

उनलाई पुस्तकले दिएको सम्मानको कथा सुनाउन अहिले भ्याइनभ्याइ छ। इतिहास भनेको समाजको ऐना हो। नयाँ पुस्ताले यी विषयमा थाहा पाउनुपर्छ भन्ने जिज्ञासा भगिराजलाई चार दशक अगाडि नै लागेको थियो, जब उनी पहिलोपटक अधिकृतका लागि जोडतोडले अध्ययन गरिरहेका थिए। 

लिम्बुवानको इतिहासमाथि गहिरो दख्खल राखेर उनले अनेक दस्तावेजहरु संकलन गर्न थाले। उनी ३०१ वर्षअगाडिको इतिहासको पाना पल्टाउन थाले। पूर्वतिर लिम्बु राईहरुलाई सुब्बा दर्जा दिएको थियो तत्कालिन शासकले। सुब्बा भनेको प्रशासनिक काम गर्ने, मालपोत उठाउने। रस्ती चलाई बस्ती बसाउने गराउँथे। रैतीहरु ल्याएर जंगल फाँडेर बस्ती बसाउने गरिन्थ्यो। त्यो जग्गा जम्मै किर्पट (जातीय भूमि) थियो। त्यतिबेला कर लाग्दैनथ्यो। दश वर्षसम्म तिरो उठाएर सुब्बाले खान्थ्यो। दश वर्षपछाडि नापी आउँथ्यो। दश वर्षपछि किर्पट भूमि रैकरमा परिणत हुन्थ्यो। लालमोहरहरुमा तितेमहबिर खानु (तिते माछा र महबिर भनेका भिरपाखामा भेटिने मह हो) जस्ता इतिहास कोट्याउँछन् उनी। 

लिम्बुवानका लिम्बू, राई याक्खा, आठपहरिया तथा लोहरुङलाई सुब्बा, राय, राई, रायगिरी मझियालाई तत्कालिन शासकले लेखिपठाएका कागजत इतिहासको प्रथा परम्परा र त्यतिबेलाको समाज बुझाउन महत्वपूर्ण दस्तावेज हुन सक्ने उनलाई पहिले नै लागेको थियो। उनलाई के सम्म लागेको थियो भने पुराना ऐतिहासिक दस्तावेज लालमोहरिया वा पुराना सुब्बाहरु, फुटी सुब्बाहरु राई पगरी र इतिहासमा रुचि राख्नेहरुसँग छन्। तर यसका लागि उनलाई गाउँगाउँ डुल्नुपर्थ्यो। अलिअलि अवसर २०७१ सालमा धनकुटाको प्रमुख जिल्ला अधिकारी भएको बेला पाएका थिए। तर एकाग्र हुन भने पाएका थिएनन्। इतिहासको खोजलाई निरन्तरता दिन उनले अवकाश पर्खिनुपर्यो। 

उनले २०७० सालमा ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ नामक पुस्तक सहलेखन र २०७५ सालमा लिम्बू जातिको इतिहास नामको पुस्तक प्रकाशन गरेका हुनाले नै लिम्बुवानको इतिहासमाथि थप आकर्षित भएका थिए। दुई पुस्तकको लेखनको क्रममा लालमोहरको महत्व बुझ्न पाए। लिम्बुवानको इतिहास सेन र शाह राजाहरु तथा राणा शासकसँग जोडिन्छ। त्यसैले उनले पल्लो किराँतका लिम्बू, राई, याक्खा आठपहरिया तथा लोहरूङलाई भेट्न थाले। किनकि तिनीहरुले तत्कालिन शासकले सुब्बा राय, राई रायगिरी र मझिया सम्बोधन गर्दै जारी गरेको स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र र इस्तिहार संकलन गर्नुपर्थ्यो। 

कोसँग छ यस्ता दस्तावेज भन्ने उनले डायरीमा टिपोट गरे। क्रमशः उनले खोजलाई फराकिलो बनाउँदै लगे। भन्छन्, ‘स्नो बलिङ मेथड’बाट मैले दस्तावेज संकलन गर्ने कोसिस गरेको थिएँ। खोजको अनुभूति सुनाउँछन्, ‘१८१४ को कागज स्याहामोर (कालो छाप) भेट्दा साह्रै खुशी भएको थिएँ। त्यसपछि पृथ्वीनारायण शाहको पालापछि लालमोहरको प्रचलन सुरु भएको थियो।’ 

जस्तो कि किरातीलाई शाह राजाले हिन्दू बनाएको भन्ने कुरा उनले उद्घाटित गरेका छन्। उनले समेटेको दस्तावेजका अनुसार केही किरातीले सेन कालदेखि नै हिन्दू धर्म मानेका देखिन्छ। उनी भन्छन्, ‘पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा जारी गरेको लालमोहरपछि मात्र लिम्बू भए। तर दस्तावेजले वि. सं. १८२४ को सेन कालदेखि नै लिम्बू प्रचलनमा देखिन्छ।’

कोसँग छ यस्ता दस्तावेज भन्ने उनले डायरीमा टिपोट गरे। क्रमशः उनले खोजलाई फराकिलो बनाउँदै लगे। भन्छन्, ‘स्नो बलिङ मेथड’बाट मैले दस्तावेज संकलन गर्ने कोसिस गरेको थिएँ। खोजको अनुभूति सुनाउँछन्, ‘१८१४ को कागज स्याहामोर (कालो छाप) भेट्दा साह्रै खुशी भएको थिएँ। त्यसपछि पृथ्वीनारायण शाहको पालापछि लालमोहरको प्रचलन सुरु भएको थियो।’ 

तत्कालिन शासकले गर्ने व्यवहार, लिम्बुवानको जाति र प्रथागत व्यवस्थाका अनेक गोप्यतालाई खोतल्न सकेको दावी गर्छन् इङ्नाम। जस्तो उनी उनले एउटा इतिहास खोतले– वि. सं. १९७२ मा चन्द्रशमशेरले पहिलो विश्वयुद्ध लड्नका निम्ति इस्ट इन्डिया कम्पनीमा भर्ती हुन यो–यो जान भनेर तोकेको इस्तिहार पुस्तकमा रहेको बताउँछन् इङ्नाम। भन्छन्, ‘वि.सं. १८७२ मा नेपाल इस्ट इन्डिया कम्पनीबीचको युद्धमा पूर्वका राईहरु हतियार लिएर विजयपुर किल्लामा पुगेको देखि १९७२ मा नेपाल तिब्बत युद्धमा नेपालले ओलाङचुङगोला, केरुङ कुतीलगायत स्थानमा आक्रमणमा सहभागी हुन तात्कालिक शासकले सुब्बाहरुलाई इस्तिहार र तत्कालीन शासकले ढाल, तरबार र बन्दुक लिएर उपस्थित हुन सुब्बाहरु इस्तियार जारी गरेको प्रमाणसमेत यस पुस्तकमा समेटेको छु।’

भगिराज आफूले खोजबिनका क्रममा जे जस्तो दस्तावेज भेटिए, ती जस्ताको तस्तै राखेको बताउँछन्। भन्छन्, ‘जे तत्थे छ। त्यही समेटेको छु।’ ३ सय ९५ वटा अभिलेख र ७८ वटा सक्कल लालमोहर जम्मा गर्न मात्रै सात वर्ष लगाए उनले। ती सबैलाई उनले लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहमा संग्रहित गरेका छन्। 

भगिराजले अध्ययन अनुसन्धानकै क्रममा झण्डै डेढ सय मान्छेलाई भेटे। पूर्व नेपालको लिम्बु बस्ती भएका जिल्ला संखुवासभा, पाँचथर, धनकुटा, मोरङ लगायत पहाडी र हिमाली जिल्ला पुगेका थिए। साथै उनी राष्ट्रिय अभिलेखालय भूमि व्यवस्था तथा अभिलेखा शाखा परराष्ट्र मन्त्रालयको साविक जैसीकोठामा पनि पुगेका थिए।

स्थलगत अध्ययनको क्रममा ऐतिहासिक सामग्रीहरु पुराना काठका बाकस, डेली, पेटारो, बाँसका ढुंग्रो र कपडामा पोको पारेर पनि देखे उनले। केही सामग्री तुरुन्तै संरक्षण गर्नुपर्ने पनि देखे। भन्छन्, ‘कतिपय सामग्री धमिरा, किराले खाएर नष्ट हुन लागेका थिए। कतिपय पढ्न सकिने अवस्थामै थिएनन्। केही दस्तावेज देवनागरी, मैथिली, हिन्दी लिम्बुजस्ता भाषामा लेखिएका भेटे उनले, भन्छन्, ‘अमाली सुब्बाहरुमा परेको फिराद, उजुरी पत्रहरु, सुब्बा र रैतीबीच भएका लिखितहरु, मुचुल्काहरु, कम्पु पल्टनमा रकम दाखिला गरेका रसिदहरु, सर्पट जाँचबाट जारी भएका कास्यपत्रहरु र अड्डा अदालतबाट जारी भएका पत्रहरुसमेत भेटें।’ 

यस्ता कागजात तथा दस्तावाज खोजाइको एक किस्सा सुनाए इङ्नामले। केही दस्तावेज आफ्नै टाढाको आफन्तको घरमा छ भन्ने थाहा पाएर त्यो घरमा पुगे। तर घरवालाले ‘छैन छैन’ भन्दै नजिक आउनै दिएनन्। नातामा भतिज पर्नेले त्यो घरसम्म पुर्याएका थिए। भतिजका ती घरवाला काका पर्ने रहेछन्। काकाले भतिज खेदाए। कारण उनीहरुको घरायसी झगडा रहेछ। पछि भगिराज साह्रै्र पछुताए। भन्छन्, ‘उसको घरझगडाका कारण मेरो अनुसन्धानमा अप्ठ्यारो परो। सजिलै पाउने दस्तावेज मैले पाइनँ।’

अनुसन्धानकर्ताले सम्बन्धको हेक्का पनि राख्नुपर्ने रहेछ। 

भगिराज आफूले खोजबिनका क्रममा जे जस्तो दस्तावेज भेटिए, ती जस्ताको तस्तै राखेको बताउँछन्। भन्छन्, ‘जे तत्थे छ। त्यही समेटेको छु।’ ३ सय ९५ वटा अभिलेख र ७८ वटा सक्कल लालमोहर जम्मा गर्न मात्रै सात वर्ष लगाए उनले। ती सबैलाई उनले लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहमा संग्रहित गरेका छन्। 

२०६३ सालतिर। पाँचथरमा सेनकालिन स्याहामोर छ भनेर पुगे उनी। तर त्यहाँ पाएनन्। कारण उनलाई लिएर जाने आङदाम्बे थिए। ती आङदाम्बे वंशावालीको सम्पादक रहेछन्। कागज राख्ने पनि आङदाम्बे सम्पादक पनि आङदाम्बे, प्रकाशक पनि आङदाम्बे रहेछन्। सबैले पैसा मागे। त्यो बेला पाँच हजार मागेका थिए। तर उनीहरुको लेनदेनका कारण कागजै दिन मानेनन्। 

पाएको कागज फिर्ता गर्नुपरेको किस्सा पनि सुनाए।

२०७५ फागुन तीन गते। तेह्रथुमको फेदाप गाउँपालिकाका एक पुरानिया सुब्बाका सन्तानको घरमा पुगे। ‘डेली (मालिङ्गोको डोकोजस्तो) मा राखेको कागज थियो। उनीसँग केही दस्तावेज भएको कुरा कोट्याए। ती सुब्बाका सन्तानले काम नलाग्ने होला भनेर फाल्न थालेको सुनाए। तर भगिराजले ती कागजपत्र आफूले लगेर प्रयोग गर्ने र प्रयोग गरिसकेर राष्ट्रिय अभिलेखालयमा लगेर राख्ने बताएर ती दस्तावेज बोकर गाउँको नजिकैको होटलमा आएर बसे। 

तर, बिहानै ती सुब्बाका सन्तान होटलमा आएर दस्तावेज फिर्ता माग्न थाले। ती मानिस कागज फिर्ता माग्न आउनुको कारण कसैले भड्काएको बताउँछन् भगिराज। भन्छन्, ‘कागजात बेचेर करोडौं कमाउने लोभ देखाइदिएका रहेछन् तिनलाई।’ ‘सत्र थुम दश लिम्बुवान’ को बारेमा लेखिएको त्यो कागज फिर्ता गर्न बाध्य पारे सुब्बाका सन्तानले। उनले मोबाइलले फोटो खिचे। भन्छन्, ‘मैले सदरमुकाम लगेर स्क्यानिङ गर्न दिनुस् त्यसपछि लैजानुस् भनें अह मानेनन् उनी, कागजात दिएँ।’

माननीय भएकाबाट पनि उनले कागज पाएनन्। उनले धेरैपटक अनुरोध गरे। तर उनले पाएनन्। इङ्नामसँग कागजात खोज्न नपाएर पावर लगाउनु परेको अनुभव पनि छ। डिल्लीबजारको भूमि सुधार मन्त्रालयको अभिलेख शाखा छ। सम्पूर्ण कागजतहरु पोको पारेर राखेको छ। त्यहाँ खोज्न गाह्रो छ। त्यहाँ स्वीकृति लिन उनलाई गाह्रो पर्यो। उनले निवेदन दिएका थिए– किराँत प्रदेशमा प्रदान गरेका दस्तावेजहरु खोजअनुसन्धान गर्न पाउँ भनेर।

२०७५ सालतिरको समय थियो। प्रदेश एकमा संघीयतापछि प्रदेश नामकरणका क्रममा देशव्यापी बहस चलेको थियो। उनी भन्छन्, ‘विघटन गर्न लाग्नु भएको तपाईंले यस्ता कागजात खोजेर भन्दै आरोप लगाए। पछि सोर्स नै लगाउनु पर्यो।’ 

३४ वर्ष आठ महिना जागिर खाएका इङ्नामले पुस्तक छाप्नुको दौडधुप पनि सुनाए। मेहनत बिना परिणाम देखिँदैन पनि। भगिराजले लामो यात्राको तय गरेका थिए यो पुस्तकका लागि। उनले वर्षौं लगाए खोजमा। अध्ययनका लागि हिँडें। लामो दौडधुपछि संकलित दस्तावेजलाई मिहिन ढंगले अध्ययन गरे, केलाए। भन्छन्, ‘जुन दिन जुन दस्तावेज भेट्यो त्यही क्षण हातले कपीमा सार्थें। त्यसलाई स्टिच लगाएर फाइल गर्थें।’

कतिपय कागजात आइरन लगाएर राख्थे। कतिपय उनले फोटो खिचेर नाम राख्थे। राष्ट्रिय अभिलेखालयका कागजातको नाम ए वान, ए टू यस्तो नाम राख्थे। क ख ग नाम दिन्थे। 

कैयाै‌ दस्तावेजका अक्षर नबुझ्दा उनले थप दुःख पाएका थिए। कैयाै‌ कुरा उनले इतिहासविद्सँग सरसल्लाह माग्नुपरेको थियो। हातले लेखेका कागजपत्र टाइप गर्न अर्को सकस थियो। उनी आफैं कम्प्युटर चलाउन जान्दैनथे। न भनेजस्तो टाइप स्पिड नहुनाले उनी दैनिक टाइपिङ पसल पुगे। भन्छन्, ‘टाइप र प्रिन्ट गराउँदैमा एक लाख रुपैयाँ सकें। ह्रस्वदीर्घमै अन्योल हुन्थ्यो।’ 

प्रिन्ट गरेको कागज मात्रै डेढ बोरा बेचे। करेक्सन गर्न मात्रै उनलाई दश महिना लाग्यो। पाण्डुलिपी तयार पारेपछि कसै न कसैलाई पढाउने चलन छ नै। सुझाव सल्लाहको अपेक्षा राखिन्छ नै। भगिराजले पनि शताब्दी पुरुष सत्यमोहन जोशी, कवि बैरागी काइँला तथा डा. चैतन्य सुब्बालाई अनुरोध गरे। 

२०७५ सालतिरको समय थियो। प्रदेश एकमा संघीयतापछि प्रदेश नामकरणका क्रममा देशव्यापी बहस चलेको थियो। उनी भन्छन्, ‘विघटन गर्न लाग्नु भएको तपाईंले यस्ता कागजात खोजेर भन्दै आरोप लगाए। पछि सोर्स नै लगाउनु पर्यो।’ 

सुझावमा उनले प्रशंसा पाए। भगिराजले आफ्नो मनका कुरा सुनाए, ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज भाग एक, भाग दुई, भाग तीन गरेर निकालौं कि भनेको थिएँ तर उहाँहरुले मान्नु भएन।’ 

तिनै विद्वानले एउटै भागमा निकाल्न सुझाव दिए र पुस्तकको आकार पनि भनिदिए। भगिराजलाई तनाव भयो। भन्छन्, ‘उहाँहरुले बताएको साइज देखेर म आत्तिएँ। मोटो पुस्तक निकाल्न म हिचकिचाएको थिएँ। पछि काइँला र सुब्बाले भनेकैमा सहमत भएँ।’

एउटै संग्रह निकाल्दा दस्तावेज एकैमा भेटिने र पाठक नभड्किने सुझाव पाए उनले। इतिहास, खोज अनुसन्धानमाथि लेखिएका पुस्तक चल्तीका प्रकाशन गृहले छाप्न अनकनाउँछन् नै। उनीहरु व्यावसायिक हिसाबले सोच्छन्। तैपनि भगिराजले आफ्ना ९ सय १६ पृष्ठको पाण्डुलिपी अनेक प्रकाशन गृह चहारे। केही प्रकाशन गृहले अनकनाए। निजी प्रकाशन गृहले अनकनाए पनि उनी राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुगेनन्। भन्छन्, ‘एकेडेमीमा पुस्तक छपाउनु पुस्तकको माया मार्नुजस्तै हो । कम रोयल्टी, लेखकलाई पुस्तक पनि थोरै मात्रामा दिइन्छ। त्यसो हुँदा त्यता गइनँ।’

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन गृहहरु साह्रै्र हिचकिचाउने रहेछन्।’

अन्तिममा उनले आफै‌ले छपाउने निधो गरे। तर छपाइ खर्च मात्रै दश लाख माथिको हिसाब आयो। उनी थप तनावमा परे। अन्तिममा अमेरिका बस्दै आएका छोराछोरीले उनलाई आड दिए। हिम्मत देखाए। १३ लाख खर्च गरेर १ हजार प्रति पुस्तक निकाले।

२०७७ फागुन २३ गते विमोचन भएको पुस्तक आए–नआएको खासै हल्लाखल्ला भएको थिएन। जब मदन पुरस्कार पायो, ह्वात्तै चर्चा चुलियो। इङ्नाम भन्छन्, ‘मदन पुरस्कारको सर्ट लिस्टमा नपर्दै चार सय जति बेचेको थिएँ। सर्टलिस्टमा परेपछि अरु चार सयजति बेचें। अहिले मदन पुरस्कार पाएपछि भने पुस्तक छाप्छौं भनेर प्रकाशक नै घरमा आएका छन्। के गर्ने गर्ने?’


प्रकाशित: September 25, 2021 | 17:45:00 काठमाडौं, शनिबार, असोज ९, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, असोज ९, २०७८

थप समाचार

पठाओ राइडर (कथा)

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।

मदन पुरस्कार २०७७ इतिहासकार भगिराज इङ्नामलाई

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

रेड रक्स रंगशालाको रोमाञ्चक यात्रा

राताम्मे चट्टानले भरिएको अग्लो पहाडमा म्युजियम रहेछ. जीवनमा कहिल्यै त्यस्तो पहाड नदेखेको मेरा लागि आश्चर्य लाग्छ। चट्टानी पहाडलाई कुँदेर बनाइएको कला पर्यटक आकर्षणको केन्द्र थियो पहाड। म्युजिक कन्सर्ट हुने ठाउँ रहेछ रेड रक्स। पहाडको करालो भागमा काठको बेन्च लगाएर रंगशालाजस्तो पराकिलो र सुन्दर बनाइएको रहेछ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C