सोमबार, मंसिर १३, २०७८

संस्मरण

रेड रक्स रंगशालाको रोमाञ्चक यात्रा

विमल अधिकारी  |  काठमाडौं, शनिबार, असोज २, २०७८

विमल अधिकारी

विमल अधिकारी

शनिबार, असोज २, २०७८, काठमाडौं

नेपाल समय
संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेको पर्यटकीय स्थल रेड रक्स। तस्बिर : विमल अधिकारी

कोरोना महामारीले विश्वमानव त्रसित भए पनि कोलोराडोको जीवन सामान्य देखिन्छ। यद्यपि कोलोराडोमा कोरोनाका कारण एक हजार सात सयभन्दा बढीको ज्यान गइसकेको छ। हामी भयभीत छौं। त्यसैले मैले आफ्नो दैनिक कार्यतालिकामा केही परिवर्तन गरेको छु। फेब्रुअरी २३ बाट बस–रेलको यात्रा गरी जानुपर्ने रातिको पार्टटाइम काम छाडेर आफ्नो अपार्टमेन्ट (डेरा) नजिकैको ग्यास स्टेसनमा काम थालेको छु।  भाषा कमजोर हुनेहरु प्रायः ग्यास स्टेसनमा काम गर्न रुचाउँदा रहेछन् अमेरिका आएपछि। रातिको काम छाडेर बिहान–दिउँसोको घरपायक काम भनेर फर्किए पनि त्यो दुई महिनामै सकिन्छ।

स्मोकी हिल रोडस्थित उक्त स्टोरका भारतीय मालिकले कोरोनाको बहाना देखाएर साप्ताहिक कामको तालिकाबाटै हटाइदिएछ। फोनबाट सोध्दा व्यापार घटेकाले छुट्टी बस्न भनेको र पछि बोलाउने झूटो आश्वासन दियो। ठूलो कम्पनी भनेर काम गर्न गएको त भारतीयले मात्रै चलाएको रहेछ। कम्पनी भएको भए नियम–कानुन लाग्थ्यो। तर उक्त स्टोर व्यक्तिगत रुपमा चलेको रहेछ। मलाई धोका भयो।

अर्को कुरा जुन कामका लागि नियुक्ति गरिएको त्योभन्दा बढी काम गर्नुपर्ने रहेछ। साहुले पिज्जा र हटडग पनि बनाउन लगायो। स्टोरमा चाहिँ दुई तीन जना स्टाफ हुँदा रहेछन्। म पिज्जा बनाउन नजान्ने भएकाले स्वाभाविक रूपमा केही ढिला त थिएँ। ग्यास स्टेसनमा एक्लै आठदस घण्टा कभर गर्न सक्ने अनुभवी मलाई षड्यन्त्रमूलक ढंगले बिदा गर्‍यो त्यो भारतीयले। पार्ट टाइम हो भन्दै चित्त बुझाएँ।

मेरो निवास छेउमा पाँचदिने (पूर्णकालीन) काम छ। ठूलो कम्पनी भएकाले नियमकानुन छ। कोभिडका बेला फ्रन्टलाइन वर्कर भनेर करिब तीन महिना जति साढे दुई डलर थपेर दिएको छ, घण्टाका हिसाबले। सरकारले पनि महामारीका बेला व्यक्तिपिच्छे बैंक खातामा पैसा पठाइदिएको छ। अमेरिकी सरकारलाई धन्यवाद दिँदै ग्यास स्टेसनमा सेवा गर्दै जीवन निर्वाह गरिरहेका छौं हामी। स्कुल बन्द छ। छोरोको क्लास अनलाइनमार्फत कायम गर्ने सोचमा छौं।

भ्रमणबाट अमेरिकी जीवनशैलीबारे धेरै जानकारी प्राप्त भयो। ग्यास स्टेसनमा काम गर्दागर्दै एकोहोरिएको मनलाई पुनर्ताजगी दिएको थियो। सन् २०२० को गर्मीयामको भ्रमण अन्त्यतिर गर्ने हिम्मतै आएन। कारण हो, कोरोना महामारी।

हामीले सन् २०१९ को गर्मीयाममा साउथ डकोटा राज्य पुगेर पर्यटकीय स्थलको भ्रमण गरी अमेरिकाको पहिलो भ्रमणको अनुभूत गरेका थियौं। भ्रमणबाट अमेरिकी जीवनशैलीबारे धेरै जानकारी प्राप्त भयो। ग्यास स्टेसनमा काम गर्दागर्दै एकोहोरिएको मनलाई पुनर्ताजगी दिएको थियो। सन् २०२० को गर्मीयामको भ्रमण अन्त्यतिर गर्ने हिम्मतै आएन। कारण हो, कोरोना महामारी।

मूल कम्पनीले वार्षिक बिदा दिन्छ। सन् २०१९ मा ४० घण्टा बिदा पाइएको थियो भने सन् २०२० मा ७० घण्टा जति। कम्तीमा एकदुई दिन त कोलोराडोको पर्यटकीय स्थल भ्रमण गरौं भन्ने सोच आयो। अमेरिकी जीवनमा एकदुई महिनाअघि नै योजना बनाउनुपर्ने रहेछ।

काम, साथीभाइको काम, केटाकेटी स्कुल सबै विचार गरेर योजना बनायौं। कोलोराडोवासी भएर पनि ब्लाक हक साइडको जुवाघरबाहेक कहीं गएको थिइनँ। पर्यटकीय स्थल रक्की माउन्टेन, कोलोराडो फल्स, कोलोराडो स्प्रिङ, ब्रिज आदि ठाउँको भ्रमण गर्न निकै उत्सुक थिएँ।

तर ती पर्यटकीय स्थलमा जान दुई महिनाअघिदेखि नै बुक गर्नुपर्ने रहेछ। कोलोराडो आएको साढे तीन वर्ष पूरा भइसक्दा पनि नाता–कुटुम्बको साथ लागेर भ्रमणमा जानुपर्ने अवस्था थियो हामीलाई। कारण मैले अहिलेसम्म भ्रमण गर्ने अवसर नै पाएको छैन।


चियर कार।

जेठीसासूको परिवारको साथ नलागी हामी कहींकतै भ्रमणमा जान सक्दैनथ्यौं। कारण हो– हिम्मत। परदेशको ठाउँमा हिम्मतदार र गुगल सर्च गर्दै यात्रा गर्न सक्ने भइएन भने पछि परिने रहेछ। फेरि गाडी  चलाउन नजान्दा त पानी पानी भएको छु म धेरै पटक। महिलापुरुष सबैले समान रुपमा गाडी हुइँक्याउने यो मुलुकमा चालक बन्नु अनिवार्य आवश्यकता नै छ। अमेरिका प्रवेश गरेको सुरुसुरुमा एक चिनारुले भनेको वाक्य सम्झन्छु- यो अमेरिका हो, अमेरिका। छिटो हुन सक्नुपर्छ। हरेक कुरामा आात्मनिर्भर हुनुपर्छ।

नेपालको प्राकृतिक छटा सम्झँदै पटकपटक तुलना गर्थें म। जमिन खाली देख्दा किन खेतीपाती नगरेका होलान् भनी अडकल काट्थें। भ्रमण टोलीका अग्रजहरुको जबाफ हुन्थ्यो– लेबर कस्ट ज्यादा पर्ने र खेतीपातीमा खासै फाइदा नहुने भएर होला?

सन् २०२० जुनको एक सोमबार पार्करमाथिको जंगली क्षेत्र एवम् बस्ती भ्रमणमा निस्किएका थियौं। खुला फाँट भए पनि खासै खेतीपाती नभएको देख्दा अचम्म लाग्थ्यो। जंगल पनि कोणधारी। बाटोघाटो सुविधासम्पन्न भए पनि मान्छेको अनुहार मुस्किलले देखिन्थ्यो। कार पनि फाट्टफुट्ट। घोडापालनको दृश्यचाहिँ कहींकतै भेटिन्थ्यो। निकै शान्त लाग्थ्यो। नेपालको प्राकृतिक छटा सम्झँदै पटकपटक तुलना गर्थें म। जमिन खाली देख्दा किन खेतीपाती नगरेका होलान् भनी अडकल काट्थें। भ्रमण टोलीका अग्रजहरुको जबाफ हुन्थ्यो– लेबर कस्ट ज्यादा पर्ने र खेतीपातीमा खासै फाइदा नहुने भएर होला?

जुलाई २३ बिहीबार सन् २०२०। झिसमिसेमा उठी ७ बजे कार ड्राइभ गर्दै दिदी अर्थात् जेठीसासूको घरमा पुग्यौं। भ्रमणका लागि खाजापानीको इन्तिजामको जिम्मा साहिँलीले लिएकी थिइन्। दिदीको ठूलो गाडीमा सम्पूर्ण सामान राख्यौं।

कोलोराडोको पर्यटकीय स्थल कहाँ जाने भन्ने योजना बन्नै नसके पनि योजनाविहीन तरिकाले हामी यात्रातर्फ लाग्यौं। अन्य राज्यको भ्रमण गर्दाको  जस्तो उत्साहित नभए पनि उत्कट जिज्ञासा त थियो नै। भूगोल, प्रकृति, जनजीवन एवम् विकासको अवलोकन गर्ने कुराले म जिज्ञासु बन्छु। कोभिड–१९ को त्रासले उत्साह–उमङ्ग कमजोर बनाएको भए पनि कोलोराडो भ्रमणको चाहना पूरा गर्नु थियो। साथै बिदाको सदुपयोग पनि।

बिहान ८ः१५ बजे जेठीसासूको निजी निवासबाट हाम्रो यात्रा सुरु हुन्छ मोबाइल र गुगलको इसारामा। उहाँहरुको इसारामा हामी छौं। भ्रमण टोलीमा उहाँहरु तीन जना। हामी पनि तीनै जना। जेठीसासू अर्थात् दिदी आफ्नी बहिनीतर्फ हेर्दै भन्नुहुन्छ– तिमीहरू कोलोराडो आएको पनि तीन वर्ष पूरा भइसकेको छ। तिमीहरूलाई घुमाउने हाम्रो मुख्य उद्देश्य हो। यसपालि कोभिडका कारण हल्काफुल्का भ्रमणमा चित्त बुझाओ। लामो जीवन यहीं बिताउनु छ। अतः सहज परिस्थितिमा घुमौंला। काममा पनि मिलाऔंला। अर्को वर्ष प्लेनमा यात्रा गर्दै वासिङ्टन, न्युयोर्क जाऔंला। आठ/दस घण्टाको यात्रामा तीनचार स्थल त पुगिन्छ। फ्रेस पनि भइन्छ।

ड्राइभ साडुदाइले गर्नुभएको छ। स्मोकी हिल, रापाओ रोड हुँदै हाम्रो गाडी पहाडी क्षेत्रतर्फ अघि बढ्छ। मुख्य राजमार्ग समाउँछ। क्यालिफोर्निया जाने बाटो समाउँदै गाडी हुइँकिन्छ। नेपालको जस्तै पहाडी थुम्का दृश्य देख्दा स्वदेशका डाँडापाखाको याद आउँदो रहेछ। 

सुरुङमार्ग, फराकिला र व्यवस्थित सडक सञ्जालको अवलोकन गर्दै यात्रा अघि बढ्छ। गाडीले खाजापानी गरे पनि हामीचाहिँ केही नखाई यात्रा जारी राख्छौं। कोलोराडोकै सबैभन्दा महँगो घर (माछा आकारे) हेर्दै लामो सुरुङ मार्गको अनुभव लिँदै ठिक १२ बजे गोन्डोला भन्ने स्थानमा पुग्छौं। यात्राभरि दुई बच्चा आआआफ्नो आइप्याडमा झुन्डिएकाले खासै दुःख दिँदैनन्।

गोन्डोला पर्यटकीय केन्द्र रहेछ। केबलकार, टेबुलकार, हाइकिङका लागि प्रसिद्ध रहेछ। त्यहींबाट केबलकारको यात्रा गरी अर्को स्थानको पर्यटकीय गन्तव्यमा पुगिने रहेछ। कार पार्किङ गरेपछि शौचालय प्राथमिकतामा पर्छ। फ्रेस नभई टोली बोल्नै नसक्ने अवस्थामा हुन्छ। लगातारको यात्राले पेटमा मुसा कुदेको महसुस हुन्छ। कोभिडका कारण टिकट घर बन्द थियो। पार्किङको रसिद देखाएपछि केबलकार चढ्न पाइयो। मास्क अनिवार्य रहेछ।

केबलकारको यात्रामा मनकामना केबलकार चढेकै महसुस भए पनि यहाँको दृश्य मनकामनाको भन्दा अलग थियो। केबल कार पनि ठूलो। यात्राका क्रममा गोन्डोलाको गाडी पार्किङको एक परिवेश सम्झन्छु। एक दम्पतीका आधा दर्जन बढी सन्तान देख्दा अचम्म मान्छु। नेपालमा सानो परिवार सुखी परिवारको नीति छ। तर परदेशमा त ठूलो परिवार सुखी परिवार।

निःशुल्क शिक्षा एवम् सुविधाका कारण पनि ठूलो परिवारलाई जोड दिइएको होला। साथै देशको भावी जनशक्तिको आवश्यकता होला भनी अनुमान लगाउँछु। गुरु कोषराज न्यौपानेले पटकपटक भन्ने वाक्य स्मृतिमा आउँछ– भाग्यमा जति छ त्यति नै पाइन्छ।

केबलकारको यात्रामा लखतरान भए पनि सेल्फी र केही तस्बिरहरु मोबाइलमा कैद गरिन्छ। फोटोको सौखिन भए पनि भोक र थकाइले जाँगर मारिदिन्छ। केबलकारको बक्स नं. ४२ ले १५-२० मिनेटमा गन्तव्यस्थल ब्रेकेनराइड्ज हाइकिङ पुर्‍याउँछ।

फेरि एकसेएक तस्बिर मोबाइलमा कैद गर्दै अघि बढ्छौं। गोन्डोला पर्यटकीय क्षेत्रमा निःशुल्क बस सेवा, व्यवस्थित शौचालय, सरसफाइ र पार्किङ देख्दा नेपालको विकास, समृद्धिको सपना देख्छु। विकासको कल्पनामा रमाउँछु। गोन्डोलामा निःशुल्क यात्रा गर्न पाइने ठूलाठूला बस रित्तै कुदेको देख्दाचाहिँ अचम्म लागेको थियो मलाई।

पार्किङमा तिरेको १० डलरमा सम्पूर्ण गाउँको भ्रमण गर्न पाइँदो रहेछ। ब्रिकेनरोइड्ज हाहइकिङ क्षेत्र रहेछ, उक्त ठाउँको नाम। कोणधारी जंगल अनि अग्लाअग्ला रूख। प्रायः धुपी सल्ला मात्रै देखिन्थे। सिमसार क्षेत्र।

केबलकारको यात्रापछि हाइकिङ र चेयरकारको क्षेत्र रहेछ। चेयरकार चढेर १५–२० मिनेटको यात्रामा पहाडी क्षेत्रको दृश्यावलोकन गरौं भन्दा मलाई रिंगटा लागेकाले जान मानिनँ। हामी हाइकिङतर्फ अघि बढ्यौँ। पार्किङमा तिरेको १० डलरमा सम्पूर्ण गाउँको भ्रमण गर्न पाइँदो रहेछ। ब्रिकेनरोइड्ज हाहइकिङ क्षेत्र रहेछ, उक्त ठाउँको नाम। कोणधारी जंगल अनि अग्लाअग्ला रूख। प्रायः धुपी सल्ला मात्रै देखिन्थे। सिमसार क्षेत्र।

लौरोको सहायताले ४५ मिनेट हाइकिङ गर्दै एकसेएक सेल्फी लिँदै हाम्रो टोली फर्किन्छ। चेयरकारको यात्रा कति मिनेटको हो? फर्कने क्रममा मैले चेयरकारका कर्मचारीसँग जिज्ञासा राखें। अंग्रेजीमा सोधेकाले उसले पटक्कै बुझेन। ‘हाउ मेनी टाइम फर चेयरकार ट्राभल?’ उसले बुझ्छ, ‘टु अ क्लक क्लोज देम।’

फेरि बुझाउन खोजें तर बुझ्दैन। पछि पुरानियाँहरुले अंग्रेजीमा बुझाएपछि उसले बुझ्यो। जहाँ पनि भाषागत र उच्चारणको समस्या भोगिरहन्छु म। अमेरिका पुगेको साढे तीन वर्ष भइसक्दा पनि भाषा र उच्चारणमा सुधार हुन नसकेकाले लघुताभास हुन्छ। आफूले सही बोले जस्तो लाग्छ, तर ऊ बुझ्दैन। 

केबलकार नम्बर ४३ बाट हाम्रो टोली पुनः गोन्डोला फर्कन्छ। शौचालय गई फ्रेस भएपछि हामी अर्को पर्यटकीय स्थल डेनेल लेकतर्फ अघि बढ्छौं। गुगलको सहायताले हामी डेलेन लेक पुग्छौं।


डेलेन लेक।

दुई बजेतिर साइँलीले बनाएको चाउमिन र आलुको अचार थपीथपी खायौं गाडीभित्रै लेक साइडको पार्किङमा। पानी पिइसकेपछि पालैपालो शौचालय जान्छौं। निःशुल्क र सफा शौचालय देखेर नेपालका अव्यवस्थित र फोहोर  चर्पी सम्झिन्छु। कोरोना भाइरसका कारण डुङ्गामा सयर गर्न पाउँदैनौं हामी। सेल्फी, फोटो  र हेर्देमा चित्त बुझायौ। हाम्रो सयर गर्ने सपना अधुरै रह्यो। 

विकिनी ड्रेस लगाएका युवतीहरू किनारमा चमाइरहेको दृश्य देख्दा अनौठो लाग्नु स्वाभाविकै थियो। कसैले माछा मारिरहेका थिए। किताबमा पढेको 'याच' र बाेट देख्दा आनन्द आयो। वास्तवमा मैले ताल नै देखेको थिइनँ। पहिलो पटक डेनेल लेक देखेंको थिएँ।

दिउँसो ३ बजे हाम्रो टोली त्यहाँबाट हाइवे तर्फअघि बढ्यो। जर्जटाउन भन्ने ठाउँमा पेट्रोल हाल्यौं र नजिकैको तालसँग सेल्फी लिँदै मजा लियौं। विशाल पहाड, गग्रेटो पहाड, कोणधारी जंगल, राजमार्ग अग्लाअग्ला वनस्पतिसमक्ष हामीले सेल्फी लिँदै गयौं। अचानक मौसम बदलिन्छ।  एकैछिनमा पानी पर्न थाल्छ। एकछिन रमाउँदै टोली रेड रक पर्यटकीय स्थलतर्फ अघि बढ्छ। जुन हाम्रो यात्राको महत्त्वपूर्ण गन्तव्य थियो।

पाँच बजे बन्द हुने भएकाले गाडी तीव्र रफ्तारमा कुदायौं। साढे चार बजे नै हामी रेड रक्स पुग्यौं। भ्रमण टोलीका अगुवा मोबाइलको र हामी टोली अगुवाको सहारामा थियौं। चट्टान र  पहाडैपहाड भएको रेड रक्स देख्दा मन रोमाञ्चित हुन्छ।

राताम्मे चट्टानले भरिएको अग्लो पहाडमा म्युजियम रहेछ, तर कोरोनाका कारण बन्द। जीवनमा कहिल्यै त्यस्तो पहाड नदेखेको म आश्चर्यमा पर्छु। चट्टानी पहाडलाई कुँदेर बनाइएको कला पर्यटक आकर्षणको केन्द्र थियो पहाड। म्युजिक कन्सर्ट हुने ठाउँ रहेछ रेड रक्स। पहाडको करालो भागमा काठको बेन्च लगाएर रंगशालाजस्तो पराकिलो र सुन्दर बनाइएको छ। त्यहाँ कन्सर्ट हेर्ने अवसर भने पाएनौं।

कन्सर्ट, रेस्टुरेन्ट, म्युजियम सबै कोभिडका कारण बन्द छन्। काठमाडौंको स्वयम्भूबाट उपत्यका अवलोकन गरेझैं त्यहीँबाट कोलोराडोको दृश्यपान गर्‍यौं। सुन्दर देखिन्छ रेड रकको पहाडबाट कोलोराडो। मोबाइलमा सेल्फी कैद गर्दै हामी पार्किङ क्षेत्र घुम्यौं। साइँलीले बनाएको दालपुरी र दही खाँदा जनकपुर सम्झाइरहेको थियो।

काममा जाँदा मात्र ड्राइभ गरेर हुँदैन। लामो भ्रमण र आत्मनिर्भर हुन नसक्दा पछुतो लाग्छ। डायस्पोराको जीवनमा सक्षम ड्राइभ चाहिँदो रहेछ। ड्राइभ गरी गल्लीगल्लीमा पुग्न सकिएन भने हुतीहारा जस्तै महसुस हुने। 

हाम्रो गन्तव्य स्मोकी हिल रोड अर्थात् निवासतर्फ हुन्छ। समुद्र र स्वतन्त्रताकी प्रतिमूर्तिको दर्शन गर्ने चाहना भने अधुरै रह्यो। कोलोराडो पुगेर त्यहाँको भूगोल र पर्यटकीय स्थलको भ्रमण गर्न नपाएका हाम्रा लागि भ्रमण रोमाञ्चक लाग्यो। पारिवारिक भ्रमण उपलब्धिमूलक रह्यो। भ्रमणले भूगोलको मात्र अध्ययन गराएन, ज्ञान, मनोरञ्जन र पुनर्ताजगी पनि दियो। 

कोरोनाका कारण विश्व त्रसित छ। मानव जीवन त्रासमै घुमिरहेको छ। कोलोराडो पहाडी क्षेत्र हो। अग्लाअग्ला पहाडका बीच विकासका संरचना र सडक सञ्जालले पटकपटक नेपालको विकास र  समृद्धिको सपनालाई सम्झना गरायो। भ्रमण गर्दा ताल, पोखरी पहाड, केबल कार, चेयरकार, हाइकिङ, सुरुङमार्ग, डुङ्गा फराकिला सडक सञ्जाल र चट्टाने पहाडमा अवस्थित रातो चट्टान मेरा लागि नौला थिए। 

१० घण्टाको उक्त भ्रमणले हामीलाई धेरै कुरा सिकायो। एक्लै ड्राइभ गरेर टाढाटाढाको यात्रामा कहिले गर्न सकिएला? काममा जान मात्र ड्राइभ गरेर हुँदैन। लामो भ्रमण र आत्मनिर्भर हुन नसक्दा पछुतो लाग्छ। डायस्पोराको जीवनमा सक्षम ड्राइभ चाहिँदो रहेछ। ड्राइभ गरी गल्लीगल्लीमा पुग्न सकिएन भने हुतीहारा भइँदो रहेछ। काम, तरकारी बजार र घर वरिपरि मात्रै ड्राइभ गरेर पुग्दो रहेनछ परदेशमा।


प्रकाशित: September 18, 2021 | 12:20:00 काठमाडौं, शनिबार, असोज २, २०७८
विमल अधिकारी

विमल अधिकारी

नेपाली समालोचना र नियात्रा लेखनमा रुचि राख्ने अधिकारी संयुक्त राज्य अमेरिकाको कोलोराडोमा बस्छन्।
काठमाडौं, शनिबार, असोज २, २०७८

थप समाचार

स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई

अधबैंसे स्किटीले एकदुई दिनमा काम सिकी। निकै खुसी भएर काम गर्थी ऊ। इमानदार थिई। भलादमी पनि त्यस्तै।

पठाओ राइडर (कथा)

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन गृहहरु साह्रै्र हिचकिचाउने रहेछन्।’

मदन पुरस्कार २०७७ इतिहासकार भगिराज इङ्नामलाई

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C