शनिबार, मंसिर १८, २०७८

माछापुच्छ्रे नै मुस्कुराउने त्यो पुनर्मिलन

नेपाल समय  |  काठमाडौं, मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८, काठमाडौं

नेपाल समय

पेट पाल्दै नाम कमाउन मन लाग्यो। त्यसैले रोजें, पत्रकारिता। आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेपछि आठ वर्ष कलेज पढाएँ। २२ वर्षको सक्रिय पत्रकारितापछि त्यस क्षेत्रमा विश्राम गर्दै म उडें डायास्पोरातिर। मलाई २२ वर्षको पत्रकारिताको करियरभन्दा आठवर्षे प्राध्यापनको क्षण सम्झँदा आनन्द लाग्छ। त्यो मेरो बौद्धिक उन्नयनको अवसर थियो। अहिले मसँग मूलधारको मिडिया छैन, न पढाउने कलेज। तर कलेज पढाउँदाका सम्झनाले मेरा कतिपय नोस्टाल्जियाबाट तृप्ति प्राप्त हुन्छ। 

केही दिनअघि मेरा पुराना मित्र चेतन पौडेलसँग कुराकानी भयो। उहाँ कुनै एउटा कलेजको प्रमुख हुनुहुन्छ, अहिले। अनि सरकारी विद्यालयको स्थायी शिक्षक। चेतनाको दियो बाल्ने यस्ता शिक्षकसँगको कुराकानी त मेरा लागि अत्यधिक आनन्दमयी हुन्छ। चेतनजीजस्ता प्राज्ञिक व्यक्तित्वहरुसँगको संवादले मेरो बौद्धिक तिर्खा मेटिने गर्छ। त्यस्तो बेला म आनन्दानुभूतिमा रमाउने गर्छु, अनि बिर्सन्छु– डायस्पोरामा भोग्नुपरेका भौतिक र मनोवैज्ञानिक कष्ट।

पोखराको आकाश जति धमिलो थियो त्योभन्दा मेरो मन निराश थियो। केही छुटेजस्तो, केही गुमाएजस्तो। अहिले खुब प्रचलनमा रहेको ‘मिस गरे’ जस्तो।  खास के भने एक जना महिला मित्रसँगको थोरै समयको भेट र चिनजानको प्रभाव त्यतिखेर ममा राम्रैसँग परेको थियो।

चेतनजीसँग आधा घण्टा जतिको संवादपछि आराम गर्दा म ३० वर्ष पहिलेको एउटा नोस्टाल्जियामा फर्कें, कञ्चन हिमालजस्तै, नीलो आकाशजस्तै स्वच्छ साह्रै प्रिय नोस्टाल्जिया।

०००

२०४८ सालको फागु पूर्णिमाको दिन पोखराको आकाशमा तुवाँलो लागेको थियो। माछापुच्छ्रेे हिमाल बडो मुस्किलले देखिन्थ्यो। आकाश धमिलो थियो। साथीहरूबाट छुटेर मचाहिँ दिदी कृष्णा सुब्बा र भेना क्याप्टेन वेनिन्द्र इङ्नामको निवासमा पाहुना लाग्न गएको थिएँ, शुक्र भाइलाई लिएर। दिदी र भेना त्यतिखेर पोखराको ब्रिटिस क्याम्पमा बस्नुहुन्थ्यो, भेनाको जागिरका कारण। त्यहाँ दिदीभेनाको आत्मीय आतिथ्यपछि शुक्र भाइ र म फेवाताल घुम्न निस्किएका थियौं। त्यसअघि एकपटक पोखरा भ्रमण गरिसकेकाले यसपटक शुक्र भाइलाई फेवातालतिर घुमाउने ‘गाइड’ थिएँ म।

पोखराको आकाश जति धमिलो थियो त्योभन्दा मेरो मन निराश थियो। केही छुटेजस्तो, केही गुमाएजस्तो। अहिले खुब प्रचलनमा रहेको ‘मिस गरे’ जस्तो।  खास के भने एक जना महिला मित्रसँगको थोरै समयको भेट र चिनजानको प्रभाव त्यतिखेर ममा राम्रैसँग परेको थियो।

अनेरास्ववियुको एकता राष्ट्रिय सम्मेलन (११ औं) मा सहभागी हुन धनकुटाको प्रतिनिधिका रुपमा मित्र विनोद गुरुङको नेतृत्वमा म पनि सहभागी थिएँ। त्यति बेला प्रशासनिक विभाजनका क्रममा गरिएको अञ्चलको प्रचलनका कारण हामी कोसीका प्रतिनिधिका लागि आवास तथा भोजनको व्यवस्था एकै ठाउँमा गरिएको थियो। दुई छाक जति खानाको प्रबन्ध त्यसरी नै भयो। मुसुरोको दाल र आलु–काउलीको तरकारी थियो। खाना असाध्यै स्वादिलो थियो। सुत्ने व्यवस्था पृथ्वीनारायण क्याम्पसको छात्रावासमा थियो। 

त्यहाँ एक जना स्वयंसेविकाका भागमा काम परेको रहेछ, तरकारी बाँड्ने जिम्मा। फरासिली, विनयी, मिजासिली र हामी पूर्वेलीप्रति विशेष सदभाव राख्ने, पृथ्वीनारायण क्याम्पसमा पढ्दै गरेकी। मोरङबाट प्रतिनिधित्व गर्ने मेनुका राई र धनकुटाका विद्यार्थी नेता विनोदजीले ती स्वयंसेविकासँग कुरा हुँदै गर्दा म पनि अलिकति सहभागी भएको थिएँ। खासगरी साहित्य लेखनसम्बन्धी छोटो कुरापछि फेरि भेट्ने वाचाका साथ हामी छुट्टिएका थियौं।

भोलिपल्टदेखि ती स्वयंसेविकासँग भेट हुने अवसर मिलेन। खानाको प्रबन्ध होटलमा गरिएको थियो। विद्यार्थी सम्मेलनको भीडभाडमा हामी कता पुग्यौं कता? ती महिला मित्र कता पुग्नुभयो, हामी कता पुग्यौं?

मलाई सेतो ज्याकेट लगाउने ती स्वयंसेविकाको ठेगानासम्म लिन पाए हुन्थ्यो भन्ने हुटहुटीले सताइरह्यो। सम्मेलन सकिएर फर्किने दिन पनि आयो। तर ती स्वयंसेवी मित्रसँग भेटघाट त के जम्काभेट पनि हुन पाएन। मैले पृथ्वीनारायण क्याम्पस परिसरमा निक्कै पटक आँखा डुलाएँ, उहाँको खोजीमा।

यद्यपि मलाई सेतो ज्याकेट लगाउने ती स्वयंसेविकाको ठेगानासम्म लिन पाए हुन्थ्यो भन्ने हुटहुटीले सताइरह्यो। सम्मेलन सकिएर फर्किने दिन पनि आयो। तर ती स्वयंसेवी मित्रसँग भेटघाट त के जम्काभेट पनि हुन पाएन। मैले पृथ्वीनारायण क्याम्पस परिसरमा निक्कै पटक आँखा डुलाएँ, उहाँको खोजीमा।

मित्र चेतनजीसँग पनि त्यही सम्मेलनमा भेट भएपछि उहाँलाई साथी बनाउने अवसर पाएको हुँ। उहाँ मोरङबाट प्रतिनिधित्व गरिरहनुभएको थियो। साहित्यमा विशेष अनुराग राख्नुहुने चेतनजीसँग मैले भनेको अहिले पनि याद छ, ‘एउटा कथा लेखेर ‘गोरखापत्र’ मा पठाएको छु चाँडै छापिन्छ होला।’

उहाँलाई यसो भनेको दुई सातापछि मेरो कथा छापियो, ‘फूल, भमरा र ऊ’ शीर्षकमा। यो कथा र ‘अस्मिता’ मासिकमा ‘धनकुटाका इस्टेनीहरू’ शीर्षकको लेख केही हप्ताको फरकमा छापियो। त्यो खुसियालीमा मेरो खुट्टा भुइँमा हुने कुरै भएन। यी दुई सिर्जनाबापत प्राप्त पाँच सय ५० रुपैयाँ मेरो जीवनको अत्यधिक आनन्द दिने कमाई थियो। यो पनि अर्को महत्त्वपूर्ण नोस्टाल्जिया हो, मेरा लागि। बीचमा प्राध्यापन गर्दै २२ वर्ष त लेखेरै परिवार पालें। 

०००

पृथ्वीनारायण क्याम्पसका परिसरमा प्रशस्तै स्वयंसेवक अहोरात्र खटिरहेका थिए। तर ती स्वयंसेविका मित्रसँग फेरि पनि भेट हुन नपाएको अर्को पछुतो थियो, पोखराबाट पूर्वतर्फ फर्कन लाग्दा। उहाँसँग भेट भएको भए ठेगाना साटासाट हुन्थ्यो, कम्तीमा आरामी पत्र त लेख्न पाइन्थ्यो भन्ने ठूलै थकथकी थियो। यस्तो थकथकी बोक्दै म हाम्रा लागि व्यवस्था गरिएको बस कुरिरहेको थिएँ, पोखरा बसपार्कमा। कोसी अञ्चलका प्रतिनिधि क्रमशः जम्मा हुन थाले। 

बसपार्कमा लमजुङको प्रतिनिधित्व गर्ने सरस्वती श्रेष्ठसँग चिनजान साटियो। उहाँको पछि लगनगाँठो गाँसिएछ, किशोर श्रेष्ठ (सम्पादक, जनआस्था साप्ताहिक) सँग। किशोर दाइसँग भौतिक रूपमा मेरो साक्षात्कार हुनुअघि नै सरस्वती भाउजूसँग भेटघाट र परिचय साटिएको सम्झँदा रमाइलो लाग्छ।

बसपार्कमा लमजुङको प्रतिनिधित्व गर्ने सरस्वती श्रेष्ठसँग चिनजान साटियो। उहाँको पछि लगनगाँठो गाँसिएछ, किशोर श्रेष्ठ (सम्पादक, जनआस्था साप्ताहिक) सँग। किशोर दाइसँग भौतिक रूपमा मेरो साक्षात्कार हुनुअघि नै सरस्वती भाउजूसँग भेटघाट र परिचय साटिएको सम्झँदा रमाइलो लाग्छ। कुनै समय मैले पनि ‘जनआस्था’ साप्ताहिकमा श्रमजीवनको केही बुँद पसिना बगाएको छु। पछिल्लो समय केही लेख प्रकाशनमा ल्याउने अवसर पाएको छु।

०००

आश्चर्य भयो, पोखराबाट पूर्वतर्फ फर्कने दिन। बसपार्कमा बस कुरिरहेका बेला अर्को खबर आयो– पोखराको बास एक दिन लम्बिने भयो। के कारणले यस्तो भयो भन्ने केही थाहापत्तो पाइनँ। मात्र एउटा थकथकी थियो, जो मैले उल्लेख गरिसकें।

एक रात लम्बिएको बास फेरि उही पृथ्वीनारायण क्याम्पस परिसर रह्यो। पोखरा सम्मेलनमा टेकेको पहिलो साँझजस्तै गाँस र बासको प्रबन्ध गरिएको थियो। मेनुकाजी र विनोदजी मलाई भन्दै हुनुहुन्थ्यो, ‘...जीले तपाईंको सोधीखोजी गरिरहनुभएको छ। उहाँसँगै आज हामी फेवातालतिर घुम्न गएका थियौं। उहाँ तपाईंलाई भेट्न चाहनुहुन्छ।’

मचाहिँ दिदीभेनाको आवासमा पाहुना लाग्न गएकाले उहाँहरुसँगको घुमफिरबाट छुट्न पुगेको थिएँ। संयोग पनि बडो अचम्मको! जसलाई खोज्न म चारैतिर आँखा डुलाइरहेको छु, उहाँले पनि मलाई खोजिरहेको अवस्था। सम्मेलनका सहभागी आआफ्नो स्थानतिर फर्किरहेका बेला हामी कोसी अञ्चलका प्रतिनिधिको बसाइचाहिँ प्राविधिक कारणले एक साँझका लागि लम्बिएको थियो, पोखरामा।

उहाँ फेरि स्वयंसेवाका लागि टुप्लुक्क आइपुग्नुभयो। नमस्कार साटासाट भयो। फेरि तरकारी थप्दै आउनुभयो। होटलको खानाभन्दा मिठो थियो, विद्यार्थी स्वयंसेवीले बनाएको खाना। त्यो खानामा  व्यापार थिएन, थियो त मिठो आत्मीयता र सेवा।

उहाँको भागमा परेछ, पहिलेजस्तै तरकारी बाँड्ने काम। आफ्नो काम पूरा गरेपछि उहाँ हराउनुभयो। ‘एकछिनपछि भेटौं है’ भनेर निस्कनुभएको उहाँ हातमा केही सामग्री लिएर फर्कनुभयो। उहाँको सेतो ज्याकेटको बाहुलामा कालो मोसो लागेको थियो। त्यो देखाउँदै भन्नुभयो, ‘भाँडा माझ्दा यस्तो भएको नि, हेर्नुस् न।’ 

उहाँको हातमा ‘कामना’ मासिक थियो, जहाँ छापिएको थियो उहाँको कविता। रचना प्रकाशनको हिसाबले उहाँ मभन्दा पुरानो हुनुहुँदो रहेछ। अनि उहाँको हातमा एउटा डायरी थियो। त्यहाँ उहाँका काव्य सिर्जना थिए।

कठै! अहिलेका विद्यार्थी संगठनका कार्यकर्तामा यो स्वयंसेवी भावना होला? त्यतिखेर पृथ्वीनारायण क्याम्पसका साथीले हामीलाई चुलोमा दाउरा बालेर खानाको प्रबन्ध गर्नुभएको थियो।

उहाँको हातमा ‘कामना’ मासिक थियो, जहाँ छापिएको थियो उहाँको कविता। रचना प्रकाशनको हिसाबले उहाँ मभन्दा पुरानो हुनुहुँदो रहेछ। अनि उहाँको हातमा एउटा डायरी थियो। त्यहाँ उहाँका काव्य सिर्जना थिए। यता हामी धनकुटामा प्रेम ओझा, जनार्दन गोठाले, लक्ष्मी निरौला, मुकुन्द प्रयास, तोया रेग्मी तथा विनोद गुरुङहरु मिलेर ‘प्रक्षेपण’ नामको साहित्यिक पत्रिका निकाल्ने तयारीमा थियौं। मैले उहाँको एउटा कविता आफ्नो डायरीमा उतारें, हाम्रो प्रकाशोन्मुख साहित्यिक पत्रिकाका लागि। त्यसपछि हामी छुट्टियौं, जम्ला हात गर्दै, ‘नमस्कार। आरामी पत्र लेख्दै गरौंला है साथी!’

०००

दुईतीन पटक हाम्रो पत्राचार भयो। पत्रमा आरामविरामको खबर खास हुन्थ्यो। केही दुःखसुख साटिन्थे। धेरैजसो चाहिँ एकअर्कामा साहित्यिक सिर्जनाका लागि उत्साह भर्ने सन्देश हुन्थ्यो। मलाई पनि लेखक बन्ने ठूलो हुटहुटी थियो। त्यसो त आज पनि केही लेख्दै थप कुरा सिक्ने क्रम जारी नै छ। 

मेरो तेस्रो पटकको पत्रको भने जवाफ आएन। लाग्यो, जवाफ लेख्न भ्याउनुभएन होला। पत्रको जवाफ नआएपछि फेरि पत्र लेख्ने उत्साह भएन। किनकि शैक्षिक सत्रअनुसारको हिसाब गरिहेर्दा उहाँले कलेज छाडिसक्नुभएको थियो। त्यसैले पत्र लेख्न सकिएन।

लाग्यो, कतै घरजम गरेर नयाँ जीवन सुरु गर्नुभयो कि! मसँगको पत्राचारमा उहाँको मन रमाएन कि! उहाँको मनमा मेरो स्थान रहेन कि! उहाँले मलाई बिर्सनुभयो कि! किनभने मजस्ता उहाँका कति साथी छन् कति!
कहिलेकाहीं मेनुकाजीसँग भेट हुँदा सोध्थें, ‘...जीसँग तपाईंको सम्पर्क छ? पत्राचार वा फोनमा कुरा गर्नुहुन्छ? कति रमाइलो साथी हुनुहुन्थ्यो हगि?’

मेनुकाजी भन्नुहुन्थ्यो, ‘पोखरामा भेटेपछि त हाम्रो कुनै सम्पर्क छैन।’ ‘कहाँ हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ होला, पढाइ कता पुर्‍याउनुभयो होला, स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ होला?' भेटघाटका बेला म मेनुकाजीसँग यस्तै बिलौना गर्थें। 

०००

ललिजन रावलको खुबै चर्चित गजलको अंश यस्तो छ– 

एउटा परदेश आई सोध्यो मेरो नाउँ
तर चाँडै छाडिगयो रमाइलो यो गाउँ

एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जूनतारा कुन हो उसको गाउँ

उसकै छेऊ उडी पुग्न मन लाग्छ तर
प्वाँख विना उडी त्यसै कसरी म जाऊँ?

यो गजलमा वर्णित पात्रमा मचाहिँ खास परदेशी हुनुपर्ने हो। किनकि म त पोखरामा छोटो समयका लागि पुगेको थिएँ। तर यसको ठीक विपरीत भयो। मेरो अवस्थाचाहिँ परदेशी पर्खेर बसेको पात्रजस्तो थियो।

सार्वजनिक यातायातको साधनबाट काठमाडौं र पूर्व (कहिले धनकुटा र कहिले धरान) बाट ओहोरदोहोर गर्दा मलेखुतिर खुब नजर लगाउँथें, कतै ती पोखरामा भेटिएकी साथीको अनुहार हेर्न पाइन्छ कि भनेर।

मेनुकाजीलाई एक दिन सोधें, ‘...जीको घर धादिङमा भन्नुहुन्थ्यो। कुन ठाउँमा रहेछ?’ उहाँले भन्नुभयो, ‘मलेखु भन्नुहुन्थ्यो।’ सार्वजनिक यातायातको साधनबाट काठमाडौं र पूर्व (कहिले धनकुटा र कहिले धरान) बाट ओहोरदोहोर गर्दा मलेखुतिर खुब नजर लगाउँथें, कतै ती पोखरामा भेटिएकी साथीको अनुहार हेर्न पाइन्छ कि भनेर।

कुरा २०३७ सालको हो। म कक्षा २ मा पढ्दै थिएँ। कतै अक्षर भेटियो भने पढिहाल्ने बानी बस्यो। बुझें कि बुझिनँ अनि जानें कि जानिनँ थाहा छैन। तर मेरो दाजुको एसएलसीका लागि तयार भएको कक्षा १० को नेपाली (महेन्द्रमाला) मा राखिएको दुईवटा कथाको कथावस्तुचाहिँ मलाई पूरै याद छ। तीमध्ये एउटा हो, रमेश विकलको कथा ‘मेरी भतिजी प्रतिमा’ र भवानी भिक्षुको ‘त्यो फेरि फर्कला?’ ्

‘त्यो फेरि फर्कला?’ कथामा एक जना सानी नामकी पात्र हुन्छिन्। उनको घरमा एक जना परदेशी एक साँझका लागि बास माग्न आइपुग्छन्। बासको प्रबन्ध सानीले गर्छिन्– खाना पकाउन दाउरा दिने, भाँडाकुँडा दिएर पकाउने ठाउँको प्रबन्ध गरिदिने, अनि उनीहरूका लागि सुत्ने ठाउँ देखाइदिने। परदेशीले आफ्नो सहयोगीको सहयोगमा खाना पकाउँछन्, खान्छन्। भोलिपल्ट बिहानै परदेशी हिँड्छन्। 

सानीले त्यो परदेशीको बाटो हेर्न छाड्दिनन्। तर ती परदेशी त्यो बाटो भएर फेरि हिँडेको देखिँदैन। सानी अब बूढी भइसकेकी हुन्छिन्। तर एक दिन ती परदेशी टुप्लुक्क उनको घरको बाटो हुँदै आइपुग्छन् र भन्छन्, ‘तिमी त बूढी भइसकिछ्यौ।’ परदेशी पनि बूढो भइसकेका हुन्छन्। 

त्यही दिन मात्र सानीले आफूमा बुढ्यौलीपन आएको महसुस गर्छिन्। पोखरामा भेटिएकी साथीसँगको सम्बन्धको कुरा गर्ने हो भने मेरो अवस्था पनि भवानी भिक्षुको कथाकी पात्र सानीको जस्तै थियो। 

०००

बूढापाका भन्छन्, ‘१२ वर्षपछि खोला पनि फर्कन्छ।’ 

मलाई समाजशास्त्रमा मास्टर्स डिग्री गर्ने मन भयो। प्रवेश परीक्षा दिन काठमाडौं गएँ। त्यहाँबाट फर्केका बेला धनकुटा हुलाकटोलस्थित पुस्तक पसल चलाउने दाइ (धनपाल राई, हाल दिवंगत) ले मेरो हातमा सानो चिर्कटो दिनुभयो। भन्नुभयो, ‘तपाईंलाई दिनु भनेर कसैले छाडेको हो यो।’

निक्कै बेरपछि मैले अनुमान गरें, पक्कै पनि ...नै हुनुहुन्छ। मैले उहाँको नाम उच्चारण गर्दै ‘नमस्कार’ भनेपछि उहाँको खित्का रोकियो। र केही मिनेट भलाकुसारी भयो। उहाँ त पोखराको उही स्वयंसेविका हुनुहुँदोरहेछ, जसको सम्झना बोकेर म धनकुटा फर्किएको थिएँ।

चिर्कटो यसो हेरे., अक्षर पहिल्यै कतै देखेजस्तो। नाम पनि मिलेजस्तो।  तर थर नमिलेको। दुई वटा ल्यान्डलाइन फोन नम्बर थिए। घर पुगेर फोन डायल गरें। उताबाट जवाफ आयो, ‘म्याम त यहाँ हुनुहुन्न, घरमा फोन गर्नुस् न।’

दोस्रो नम्बरमा फोन गरें, नारी स्वर सुनियो। उहाँबाट प्रश्न सोधनी भयो, ‘को बोल्नुभएको?’ मैले आफ्नो नाम बताएपछि उताबाट खित्का छुट्यो। निक्कै बेरपछि मैले अनुमान गरें, पक्कै पनि ...नै हुनुहुन्छ। मैले उहाँको नाम उच्चारण गर्दै ‘नमस्कार’ भनेपछि उहाँको खित्का रोकियो। र केही मिनेट भलाकुसारी भयो। उहाँ त पोखराको उही स्वयंसेविका हुनुहुँदोरहेछ, जसको सम्झना बोकेर म धनकुटा फर्किएको थिएँ।

२०५७ सालको हिउँदमा उहाँसँग मेरो पुनर्मिलन भयो, टेलिफोनिक संवादमार्फत। उहाँहरू सपरिवार विराटनगर घुम्न आउँदा मलाई भेट्न भनेर धनकुटा उक्लनुभएको रहेछ। मलाई सोध्दैखोज्दै गर्दा घर पत्ता नलागेपछि उहाँले त्यहीं दुईवटा फोन नम्बर भएको चिर्कटो छाडेर जानुभएको रहेछ। त्यतिखेर मचाहिँ काठमाडौंमा रहेछु, प्रवेश परीक्षाका क्रममा।

मेरो खोला त १२ वर्ष होइन नौ वर्षपछि नै पो फर्क्याे त! अहिले हामीबीच बेलाबेलामा भलाकुसारी हुन्छ। पहिले साहित्यबारे कुरा हुन्थ्यो भने आजभोलिचाहिँ घरव्यवहार र सुखदुःखको। परिवारका सदस्यको सन्चोबिसन्चो र उन्नतिप्रगतिबारे विशेष चासोका साथ कुराकानी हुन्छ। पहिलेजस्तो चिठीपत्र लेख्न पर्दैन, सामाजिक सञ्जाल संवादका लागि वरदान साबित हुन पुगेको छ।

०००

उहाँको परिवारबाट मैले सिकेको एउटा महत्त्वपूर्ण कुरा हो– असल र संस्कारयुक्त परिवार निर्माण अनि सकारात्मक सोच। पर्यटन व्यवसायी दोर्जे लामासँग दाम्पत्य जीवनमा बाँधिएकी यी मेरी साथीको आफ्नै होटल छ, पर्यटन नगरी पोखरामा। जब दोस्रो पटक जम्ल्याहा छोरीको जन्म भयो, उहाँहरूले अरू कसैलाई आफ्नो होटल भाडामा लगाउनुभयो, छोराछोरीलाई स्याहार्न र हुर्काउन। 

गौतम बुद्ध भन्छन्, ‘आँखा झिमिक्क गर्दा पनि तिम्रो आयु घटिरहेको हुन्छ। त्यसैले तिमी प्राणी जगत्को उपकारमा लगाऊ।’

मैले देखेका र सुनेका अधिकांश व्यापारी पैसाबाहेक केही देख्दैनन्। तर यो परिवारले हातको मैलो पैसालाई होइन, आफ्नो सुदूर भविष्यको सुन्दर संसारलाई महत्त्व दियो।

यहाँनेर एउटा दार्शनिक प्रसंग जोड्न चाहन्छु– 

आधुनिक र समृद्ध चीनको परिकल्पनाकार देङ स्यायोपिङ दिनदिनै प्रगतिपथमा लम्किरहेको बन्दरगाहका रुपमा रहेको सानो नगर राज्य सिंगापुरका निर्माता ली कुआन यूलाई भेटेर त्यहाँको रहस्य बुझ्न सन् १९७६ मा सिंगापुर भ्रमणमा निस्के।

उनीहरुबीच कुराकानी हुँदा ली कुआनले देङलाई भने, ‘तपाईंहरु आफ्नै माटोमा जन्मिएका कन्फुसियसको दर्शनलाई पछ्याउनुस् न।’
‘कन्फुसियसको दर्शनमा त्यस्तो के छ?’ देङले सोधे।

साथी र उहाँको जीवनसाथीको छवि पोखरामा समाजसेवीका रूपमा स्थापित छ। उहाँहरु पहिले आफू राम्रो बन्नुभयो। परिवार राम्रो बनाउँदै हुनुहुन्छ, अनि समाज पनि। उहाँहरुजस्तै मानिसको जन्म भए, हाम्रो समाज कति राम्रो हुन्थ्यो होला, हाम्रो देश कति राम्रो हुन्थ्यो होला!

ली कुआनले भने, ‘यो दर्शनमा सबैभन्दा पहिले आफू राम्रो बन्नुपर्छ भनिन्छ। आफू राम्रो बनेपछि परिवार राम्रो हुन्छ। परिवार राम्रो बने समाज राम्रो हुन्छ। समाज राम्रो बने देश राम्रो बन्छ। देश राम्रो बने संसार राम्रो बन्छ। हामीले सिंगापुरमा यही दर्शनलाई पछ्यायौं।’

देङ स्वदेश फर्केपछि यही दर्शनलाई पछ्याए। आज चीन संसारको पहिलो अर्थतन्त्र बन्न सफल भएको छ। चीनले माओलाई आदर्श माने पनि उसले पछ्याएको दर्शनचाहिँ कन्फुसियसकै हो।

आज मैले उल्लेख गरेको साथी र उहाँको जीवनसाथीको छवि पोखरामा समाजसेवीका रूपमा स्थापित छ। उहाँहरु पहिले आफू राम्रो बन्नुभयो। परिवार राम्रो बनाउँदै हुनुहुन्छ, अनि समाज पनि। उहाँहरुजस्तै मानिसको जन्म भए, हाम्रो समाज कति राम्रो हुन्थ्यो होला, हाम्रो देश कति राम्रो हुन्थ्यो होला! कन्फुसियसले परिकल्पना गरेको जस्तै यो संसार कति राम्रो हुन्थ्यो होला!

शंका लाग्न सक्छ– म र पोखरामा भेटिएकी साथीबीच महिला र पुरुषबीचको आकर्षणको वा सजिलो भाषामा प्रेम सम्बन्ध थियो। त्यो बिल्कुल होइन। 

उहाँसँग प्रेम सम्बन्ध भएको भए दुई वटा घटना हुने थिए, कि मेरो उहाँसँग विवाह हुन्थ्यो, कि त सम्बन्ध टुट्थ्यो। सम्बन्ध टुटिसकेपछि न भेट हुन्थ्यो न संवाद। एकअर्कालाई सोधीखोजी गरिरहन जरुरी हुँदैनथ्यो। त्यसैले हामीबीच एक असल साथीको सम्बन्ध विगत ३० वर्षदेखि निरन्तर जारी छ। उहाँ र उहाँको परिवारसँग २०७० सालमा २२ वर्षपछि पोखरामा भेट हुँदा हामीले हर्षोल्लास मनाएका थियौं। हाम्रो पुनर्मिलन देखेर माछापुच्छ्रे पनि मुसुस्क मुस्कुराएको थियो। 

हामीबीच एक असल साथीको सम्बन्ध विगत ३० वर्षदेखि निरन्तर जारी छ। उहाँ र उहाँको परिवारसँग २०७० सालमा २२ वर्षपछि पोखरामा भेट हुँदा हामीले हर्षोल्लास मनाएका थियौं। हाम्रो पुनर्मिलन देखेर माछापुच्छ्रे पनि मुसुस्क मुस्कुराएको थियो। 

हामीबीचमा कुनै त्यस्तो स्वार्थपूर्ण सम्बन्ध रहेनछ। स्वार्थपूर्ण सम्बन्ध त काँचो धागोजस्तै हुन्छ, थोरै पनि बलमा च्वाट्ट चुँडिजाने। त्यस्तो सम्बन्ध त सिसाको प्यालाजस्तै हुन्छ, थोरै प्रहारमा पनि प्याट्ट फुटिजाने। खहरे खोलाजस्तै हुन्छ, उपद्रो गर्दै क्षणभरमै उर्लेर क्षणभरमै सुकिजाने, त्यस्तो सम्बन्ध। हाम्रो मित्रता त नीलो आकाशजस्तै स्वच्छ छ, अनि कञ्चन हिमालजस्तै अविचल।

त्यसैले हाम्रो मित्र सम्बन्धमा शंकाको तुवाँलो लाग्न दिएनौं। कुरा स्पष्ट छ, शंकाले लंका जलाउँछ, विश्वासले संसार चलाउँछ।

यति लामो रुपमा जसको विषयमा उल्लेख गरें, उहाँ हुनुहुन्छ, विना लोहनी। एक जना समाजसेवी, एक जना सफल सहकारी अभियन्ता। त्योभन्दा पनि बढी असल पत्नी, असल आमा। अनि मेरा एक असल साथी।
०००

म उहाँजस्ता साथीहरुसँगको संगतबाट असल मान्छे बन्ने प्रयासमा निरन्तर दौडिरहेको छु। सफल भएको छु कि छैन म भन्न सक्दिनँ। किनकि अरूलाई चिन्न जति सजिलो छ, आफूलाई चिन्न अति कठिन।
तर म उहाँजस्ता साथीहरुको संगतबाट एउटा पक्षको महसुस गर्छु, चन्दनको जंगलमा घुमेर फर्किएपछि आफ्नो शरीर सुगन्धित हुन्छ।

यहाँनेर गौतम बुद्धले आफ्ना भिक्षुलाई दिएको एउटा उपदेश उद्धरण गर्दछु–

एक दिन भिक्षुहरुले बुद्ध सोधे, ‘तथागत, कसको संगत गर्दा राम्रो हुन्छ?’ 

‘बुद्धको संगत गर’, बुद्धले भने।

भिक्षुहरुले भने, ‘तथागत, बुद्धत्व प्राप्त गर्ने तपाईं मात्र एक्लो हुनुहुन्छ। फेरि तपाईं धर्मोपदेश सुनाउन विभिन्न ठाउँमा गइराख्नुपर्ने हुन्छ, त्यस्तो बेला कस्को संगत गर्ने?’
बुद्धले भने, ‘भिक्षुहरुको संगत गर।’
‘हामी भिक्षु पनि कम छौं, हामी पनि भिक्षाटनका लागि यत्रतत्र छरिएर जानुपर्ने हुन्छ। त्यस्तो बेला कसको संगत गर्ने?’ भिक्षुहरुले फेरि सोधे।

‘असंगत’, बुद्धले भने।
बुद्धको भनाइअनुसार असल मानिससँग मात्र संगत गर्नू, असल मानिस भेटिएन भने कसैको संगत नगर्नू, बरु एक्लै बस्नू।

मैले पनि विगत ३० वर्षदेखि एउटा असल साथी पाएको छु, जोसँग मात्र दुई पटक भेट भएको छ, एउटा भेट साथीसँगको जमघटमा र अर्को भेट उहाँकै परिवारका साथ।

हो, मैले पनि विगत ३० वर्षदेखि एउटा असल साथी पाएको छु, जोसँग मात्र दुई पटक भेट भएको छ, एउटा भेट साथीसँगको जमघटमा र अर्को भेट उहाँकै परिवारका साथ।

पाठकवृन्द! झिँगाको संगत गरे फोहरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ। मौरीको संगत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ। तपाईं आफैं भन्नुस्, झिँगाको संगत गर्ने कि मौरीको? मचाहिँ मौरीको संगतमा रमाउन चाहन्छु।


प्रकाशित: July 27, 2021 | 00:00:33 काठमाडौं, मंगलबार, साउन १२, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, साउन १२, २०७८

थप समाचार

स्किटी अन्य गर्लफ्रेन्ड भन्दा ठिक थिई

अधबैंसे स्किटीले एकदुई दिनमा काम सिकी। निकै खुसी भएर काम गर्थी ऊ। इमानदार थिई। भलादमी पनि त्यस्तै।

पठाओ राइडर (कथा)

चिकित्सकले बिरामीको व्यक्तिगत कुरामा चासो दिनु वाञ्छनिय त होइन। तर बिरामीको नाम देखेपछि मलाई उसको बारेमा जान्न मन लाग्यो।

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन गृहहरु साह्रै्र हिचकिचाउने रहेछन्।’

मदन पुरस्कार २०७७ इतिहासकार भगिराज इङ्नामलाई

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

रेड रक्स रंगशालाको रोमाञ्चक यात्रा

राताम्मे चट्टानले भरिएको अग्लो पहाडमा म्युजियम रहेछ. जीवनमा कहिल्यै त्यस्तो पहाड नदेखेको मेरा लागि आश्चर्य लाग्छ। चट्टानी पहाडलाई कुँदेर बनाइएको कला पर्यटक आकर्षणको केन्द्र थियो पहाड। म्युजिक कन्सर्ट हुने ठाउँ रहेछ रेड रक्स। पहाडको करालो भागमा काठको बेन्च लगाएर रंगशालाजस्तो पराकिलो र सुन्दर बनाइएको रहेछ।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C