आइतबार, कार्तिक ७, २०७८

पोखरा–बागलुङ एक्सप्रेस-२०४५

राजेन्द्र काेजु  |  काठमाडौं, शनिबार, असार १२, २०७८

राजेन्द्र काेजु

राजेन्द्र काेजु

शनिबार, असार १२, २०७८, काठमाडौं

नेपाल समय

मध्याह्नको घामले जिउ गलेको छ, पसिना तर्तरी बगेको छ। पछाडि भिरेको झोला र जिउबीच लपक्क टाँसिएको छ लुगा। बगेको पसिनामा थोरै हावा पर्‍याे भने केही शीतल अनुभव हुन्छ। ढाडको पसिना कम्मर मुन्तिर नि पुगेको छ।

कार्कीनेटाको टुप्पो पुग्न अब धेरै बाँकी छैन। निक्कै प्यास लाग्यो नेटो नपुग्दै बाटो छेवैको घरतर्फ लागें। पिँढीमा थ्याच्च बसेर बोलाएँ– ‘भित्र कोही हुनुहुन्छ?’ दिउँसो सायद कोही छैनन्, केटाकेटी स्कुलतिर होलान्, बाआमा खेततिर, भए बूढाबूढी।

भित्रबाट बूढीआमा निस्किनुभो। ‘आमा पानी पिउन पाइन्छ कि भनेर?’ आमा फेरि भित्रै छिर्नुभो। पिँढी रातोमाटोले लिपिएको छ– ढुंगाले छाएको उबडखाबड गोरेटो र आँगनको बीचमा ढुंगा मिलाएर पर्खाल लगाएको छ। स्लेटले छाएको दुईतले चिटिक्कको घर। सफा आँगन। दायाँतिर गोठ छ गाईभैंसी आइँआइँ गर्दै छन्। सायद बाख्राबाख्री चर्न जान पाएका छन्। गाईभैंसीको भागमा पराल परेको होला।
‘लेऊ बाबु, पानी’ आमाले लोटाभरि पानी दिनुभयो।

धन्यवाद पनि भन्न नभ्याई आकाशतिर हेरेर कक्ल्याक-कक्ल्याक पारें आधी लोटा पानी एक्कै बेरमा। एकछिन लामो सास फेर्दा आमालाई हेर्न भ्याएँ- पुरानो रातो गुन्यूँ, भटमास रङको चोलो, नांगो खुट्टा, चाउरी परेका गाला, ढुंगीले लतारेको लाम्चो कान, सेतो कपाल, फिरफिर हल्लिने बुलाकी उनेको नाक दुवै घुँडा पूरै खुम्च्याएर दैलो नजिकै टुसुक्क बस्नुभयो। 

आमा भित्र गएर स्टिलको गिलासभरि मोही ल्याइदिनुभयो। मोहीको गिलास समाउँदा थप शीतल भयो। मोही पनि पिएँ। मोहीको स्वाद अत्यन्तै मिठो पछाडि भैंसीको आइँ, त्यस्तो मोहीको मिठो स्वाद – सायद अहिलेसम्मै पाएको छुइनँ।

‘काँ देखिन् हो बाबु?’
‘काठमान्डूदेखि आमा’ धुलिखेलदेखि भए पनि काठमान्डू भने सजिलै बुझिन्छ कि भनेर त्यसै भनें।
आमासँग बोल्दै गर्दा नि बाँकी लोटा पानी अलक्क खाइसकेर भुइँमा राखें। 
‘बाबु निक्कै खरिएको रैछ पख, एक गिलास मोही खान।’
आमा भित्र गएर स्टिलको गिलासभरि मोही ल्याइदिनुभयो। मोहीको गिलास समाउँदा थप शीतल भयो। मोही पनि पिएँ। मोहीको स्वाद अत्यन्तै मिठो पछाडि भैंसीको आइँ, त्यस्तो मोहीको मिठो स्वाद – सायद अहिलेसम्मै पाएको छुइनँ।
आमाले मेरो सारा थकान एक्कैछिनमा मेटाइदिनुभयो। मैले साक्षात् मेरै जन्म दिने आमा देखें।
‘आमा अनि घरमा एक्लै?’
‘होइन बाबु, छोराबुहारी तल बारीतिर गाछन् केटाकेटी स्कुलतिर।’
‘ए, ए।’
‘अनि काँ पुग्ने हो कुन्नि?’ आमाले सोध्नुभयो।
‘बागलुङ, आमा।’
‘पुगिन्छ त आज?’
‘खै आमा? हिँड्छु नि लम्केर पुग्नै छ।’
‘जानु–जानु बाबु, बाटो निक्कै छ।’
‘हस् आमा धन्यवाद आमा नमस्ते! टाउको निहुराउँदै झोला भिरेर लम्कें।

उकालो अझै बाँकी नै छ। कतै मिलाएर लगाएको ढुंगाको सिँढी, सजिलो कतै प्रकृतिले नै बनाएको सिँढी होला। एक खुड्किलो एक बित्ता अग्लो, अर्को खुड्किलो डेढ हात कुन खुट्टाले कति बलले माथि धकेल्ने, अल्मलिने तैपनि मान्छेको अनुपम शरीर न हो मिलाएर सुइँसुइँ चढ्न थालें मोहीले पनि बल दियो।

धन्न, नेटा पुग्ने उकालोमा खच्चडको लर्को भेटिएन तर उकालोभरि पनि यिनका गुहु मिसिएका माटोले भने अनौठो गन्ध दिइरह्यो। अझ उकालोको लामो सास नाकले लिँदा कतैकतै त सीधै मस्तिष्कमै पुग्ने त्यसैले होला त्यो गन्ध अहिले पनि सम्झिन गाहो हुन्न। ‘बल्ल पुगियो, नेटो’ मनमनै भन्दै, अन्तिम खुड्किलो अलि तेजले चढें। लामो सास तान्दै केहीबेर हिँडें। दायाँबायाँ केही घरहरु– कुनै स्लेटले छाएको, कुनै खरले एकाधमा जस्ता पनि कुनै घरमा सानो गाउँले खुजुरा पसल कुनै घरमा सानो सानो हुटेल हुटेलमा रेडियो बज्दैछ रेडियो नेपाल, कर्णप्रिय स्वरमा – दिउँसोको कार्यक्रम, एक्कासि धुलिखेलको आफ्नै घरआँगन सम्झन पुगें।

कार्कीनेटा– पोखरादेखि बागलुङ जानुपर्यो भने मान्छे पनि खच्चड पनि हिँड्ने एक मात्र मूल बाटोको सबैभन्दा अग्लो स्थान यहाँबाट धौलागिरि, अन्नपूर्ण, माच्छापुच्छे हिमाल अति रमणीय देखिन्छ। उत्तरपश्चिमतिर ज्ञादी, कुश्मा, फलेवास हुँदै कालीगण्डकीले छुट्याएको पारि बलेवा, कुश्मिशेराका ठूला उपत्यका देखिन्छ आफू चढेकै बाटोतिर अर्थात् पूर्वदक्षिणतिर आँधीखोला, सेती दोभान उपत्यका हुँदै नौडाँडासम्म देखिन्छ उत्तर र दक्षिणतिर अरु रमणीय पहाडका लहर।

एकछिन सुस्ताएर वरिपरिका रमणीय दृश्यको सुखानुभूति गरें हरिया जंगल, खेतबारी, बीचबीचमा घरका केही झुप्पा, अलिक बाटो जस्तो देखिने ठाउँमा ठूलाठूला रुखका चौतारी चराचुरुंगीको आवाज थकाइ जम्मै मेटियो आफू जाने बाटो नि अड्कल काटें– ओरालैओरालो ज्ञादीसम्मन्। त्यसपछि माेदी खोला झोलुंगे पुल, अनि कुश्मा– कालीगण्डकी वरैवर हुँदै नयाँ पुल– कालीगण्डकी पार गरेर परैपरको बाटो हुँँदै काठे खोला– कालिका भगवती जंगलको ठाडो उकालो अनि बागलुङ। 

घडी हेरें – आज नभ्याउने अड्कल आउनासाथ बिहानको पोखरा विमानस्थल सम्झें। टिकट मिलेको भए अघि नै गण्डकीपारि देखिएको बलेवा विमानस्थलमा ओर्लेर बागलुङतिरको बाटो आधाउँधी पुगिसकिन्थ्यो।

००० ००० ०००

सखारै रात्रिबसबाट पोखरा उत्रेपछि उज्यालो नहोउन्जेल होटेलमा चिया खान बसियो। त्यसपछि पोखरा विमानस्थलतिर लागें। पोखरा–बागलुङ ट्विनअटर विमानमा करिब ७ मिनेटको उडान भाडादर ९५ रुपैयाँ। आफू धुलिखेलदेखि आउनुपर्ने भएकाले उडान दिनअघि नै टिकट लिने सम्भावनै थिएन उडानकै दिन प्रयास हुन्थ्यो। 

विमानस्थल खुल्नासाथ टिकट पाइन्छ कि भनेर सोधखोज गरियो। सबै भरिएको उत्तर आयो तैपनि उड्ने बेलासम्म पाइन्छ कि भनेर कुरियो। केही सम्भावना नै नरहेपछि नौडाँडाको बाटो हिँड्ने निर्णय गरेको थिएँ। पोखराबाट स्याङ्जाको बस चढें।  भीडभाडसँगै पोखरा छाडेको थिएँ. आफूलाई हतार भए नि बसलाई हतार थिएन– लोकल बस, हरेक स्थानमा यात्री भेटियो कि रोकिनैपर्ने। 

बल्ल नौडाँडा पुगें। झरेसि व्यस्त बजार रमाइलै थियो सायद धौलागिरि अञ्चलको सबै सामान ढुवानी हुने स्थान नै यही थियो कि? पसलको चहलपहल भीडभाड सामानको भारी। कुनै मान्छेले बोक्ने, कुनै खच्चडलाई बोकाउने खाद्यान्न, मट्टीतेल, भाँडाकुँडा, लत्ताकपडा।

हिँड्दाको साथी रेडियो गज्जबको हुन्थ्यो। तर मसँग त्यस बेला रेडियो थिएन र त प्रकृति गज्जबको साथी भयो- वरिपरिको हरियाली, कहीँकतै बाख्रापाठाका म्याँम्याँ, कागको काँकाँ, कोइलीको कुहुकुहुको आवाज।

व्यस्त बजारको बीच हुँदै झर्दै गएसि बजार छुट्दै गयो बाटोमा। साथी खच्चड भेटिए। खच्चडको घाँटीमा झुन्डेको घन्टीको टङटङ, मालिकको हप्का, बाटोमा एक प्रकारको संगीत भयो। अर्कै खालको रमाइलो जत्ति सक्दो हुत्तिएर हिँडें। एक्लो बटुवा न थिएँ। गोरेटो, खच्चेटो कहिले हिले बाटो, कहिले धुले बाटो खेत बीचबीचबाट–घरआँगन छेउछेउ हुँदै निरन्तर हिँडिरहें। जुत्ता सजिलो थियो। बागलुङ गाउँठाउँ गइराख्नुपर्ने काम भएकाले सजिलो स्पोर्ट्स जुत्ता नै। 

सेती दोभान पुगें। आँधीखोला फिँजारिएर बगेको थियो। कुनै ठाउँ हामफालेर तर्न मिल्ने, कुनै ठाउँमा जुत्ता खोल्नैपर्ने कतै पाइन्ट जत्ति माथि ताने पनि पानीले छोइहाल्ने। पुल तरेको यादै भएन, सायद पुल नै बनेको थिएन। हिँड्दाको साथी रेडियो गज्जबको हुन्थ्यो। तर मसँग त्यस बेला रेडियो थिएन र त प्रकृति गज्जबको साथी भयो- वरिपरिको हरियाली, कहीँकतै बाख्रापाठाका म्याँम्याँ, कागको काँकाँ, कोइलीको कुहुकुहुको आवाज। थिएन मोटरको घ्यारघ्यार। थिएन ठूल्ठूला होर्डिङ बोर्ड। थिएन मान्छेको भीडभाड। थिएन चाउचाउ र चिप्सका खोल यत्रतत्र। कहिले भारी बोक्नेसँग भलाकुसारी, कहिले अर्को बटुवा, कहिले खच्चडको मालिकसँग, कहिले एक्लै गुनगुनाउने या भुन्भुनाउने।
यस्तै गर्दै उकालो आउन्जेल फुर्तिलो हिँडाइ थियो। त्यस्लै कार्कीनेटाको उकालो पार गर्दा पनि यो ज्यानलाई खासै गाहो भा थिएन।

००० ००० ०००

कार्कीनेटामा चियाबिस्कुट खाएर तूफान जुसरी हुइँकिएँ। ओरालो एक किसिमको दौडाइ नै भयो– दुईतीन खुड्किलो एक्कैपटक हाम्फाल्दै नि झरें। कुनैकुनै ओरालो न दौडिन मिल्ने, न छिटोछिटो झर्न मिल्ने, बरु घुँडामा दुख्ला कि भनेर खुट्टा थर्थराउने। कति बाटो साहै शीतल। दुईतिरैका रूखका हाँगाले सुरुङस्तो बाटैभरि सुस्ताउन ठूला चौतारी, कुनै वरको, कुनै पीपलको, कतै समीको, कतै आँपको। भारी बिसाई आराम गर्ने भेटिन्थे तर आफू बस्न पाउने कुरो छैन– पुग्नै हतार। दायाँबायाँ बारीतिर मान्छे काम गरिरहेका। एक लहरो खच्चडको बथान भेटें। खाली ज्यान खुरुखुरु उकालो चढ्दैछन् टङटङटङटङ कसैकसैको जुल्फीसहित सायद नाइके होला। खच्चडलाई मैले नै बाटो छोडिदिनुपर्ने। 

झर्दै, तेर्पाया हिँड्दै ज्ञादी पुगें। बस्तीको चहलपहल छिर्दै अगाडि बढें। कोही खेतबाट फर्किंदै, कोही गाग्रीभरि पानी लिएर फर्किंदै, कतै बूढापाकाको गफगाफ केटाकेटीहरु उफ्रंदै-दगुर्दै रमाइलो वातावरण। सूर्य कुश्मिशेरातिरको डाँडामाथि पुग्दै छ। बस्ती पातलिँदै छ। तल झरेर माेदी झोलुंगे पुल तरें। माेदी खोला निस्फिक्री रामो। एकछिन त्यही पुलमै बसिरहुँ जस्तो तर समय? उफ् फेरि उकालो लागें।सानोसानो खुड्किलो, दायाँतिर भित्तामा विभिन्न झारपात, कतै बाबियो, कतै निगालो बायाँतिर भिरालो। 

‘उकालीमा कल्ले गायो 
गीत सुन रे ..
एक्कै सुर, एक्कै लहर 
बाटो हिँड रे...’

गीत गुनगुनाउँदै उकालो चढी कुश्मा पुगें।  रातमाटे बाटो रमाइला घरहरु पार गर्दै कुश्मा नि छोडें। साँझको घाम – धेरै रापिलो हुने भएन तर निरन्तर हिँडाइले शरीरभित्रको राप घट्न दिएको थिएन। घाम डुब्ने तरखर गर्दैछ। बाटो वरपरका घरबाट खाना बनाएको आभास पाउँछ नाकले। कतै साग भुटुनमा डढाएको बास। कतै खुर्सानी पड्काएको बास त्यो तिख्खर सागको बास, जिरा पड्काएको बास पनि मष्तिस्कमै बसेको छ अझै।

 

नयाँ पुल आइपुगुन्जेल साँझै पर्‍यो तर अँध्यारो भइसकेको थिएन। लहरै सानासाना एकतले कच्ची घरहरु– धेरैजसो हुटेल, खुजुरा पसल एउटा पसलमा टर्च सोधें। पसलको दाजुले भन्नुभयो– ‘टर्च त छैन कहाँ पुग्नुपर्ने हो र?’
‘बजार, बागलुङ बजार।’ 
‘रात पर्छ त कसरी हिँड्ने?’
‘त्यसैले टर्च सोधेको नि।’
‘यतै बसे हुन्न।?’
‘होइन, दाइ पुग्नु छ।’
‘अलि होस पुर्याउनुहोला है जनावर भेटिन्चन्– कहिलेकाहीं।’
‘हस्, दाइ’ भन्दै लागें। 
कालीगण्डकीको सुसाइ एक तमासको, झोलुंगे नयाँ खालको– फलामको, बलियो त्यसैले नामै नयाँ पुल। कालीपारि नदी तिरैतिर हिँड्दा यो पुलमा एक्कैछिन हावा खान आइन्थ्यो। दुईतिर डाँडा, सिरानतिर धौलागिरी, फेदतिर कुश्मा बलेवाको गल्छी रमणीय वातावरण, शान्त प्रकृति, गण्डकीको सुसाइ, सिर्सिरे हावा, चराचुरुंगीको निष्पट्ट आवाज सबैले एकमुष्ट रूपमा जस्तोसुकै थकाइ नि चोरिलाने। 

कहिले पुगिएला भन्ने हुटहुटीले लामोलामो पाइला बढाएँ। घाम डुबिसकेको छ तर अँध्यारो गहिरिएको छैन। एक्कैछिन भए नि यस्तो साँझको कालीगण्डकी महसुस गर्न पाउँदा जिउ सिरिंग भयो। नयाँ पुल, लामो पुल, गण्डकी नदी छिचोल्ने पुल त्यही पुलको यात्रा नि अविस्मरणीय रह्यो।

माटोढुंगाको गारोमा खरको छानो, काठको फल्याकले एकातिर बन्द गरिसकेको कवल, अर्कोतिर बन्द गर्नै लागेको लालटिनको उज्यालोमा भित्र एकजना पुरुष हुनुहुन्थ्यो। पिँढीमा मजस्तै अर्का बटुवा झोला भिरेको। सानो हुटेल, चियाबिस्कुट, सलाई, चुरोट, मट्टीतेल, लोकल पाइने।

पुलपारि पुगेसि गण्डकी तिरैतिर झन् छिटो लम्कें। एक्कैछिनमा अँध्यारो भयो। हिँडाइ सुस्त भयो। हिँडिराखेको बाटो भए नि, उबडखाबड नापेर हिँड्नुपर्ने। काठेखोला देखिने डाँडोमा पुगिसकेछु त्यहाँदेखिन् केही पर धिपधिपे उज्यालो देखेछु। अलि लामो सास आयो, अलि लामो आस आयो। गिर्खे, मसिनो ढुंगे, ओरालो बाटो अलि छिट्टै पाइला चाल्दै उज्यालो नजिक पुगें।

माटोढुंगाको गारोमा खरको छानो, काठको फल्याकले एकातिर बन्द गरिसकेको कवल, अर्कोतिर बन्द गर्नै लागेको लालटिनको उज्यालोमा भित्र एकजना पुरुष हुनुहुन्थ्यो। पिँढीमा मजस्तै अर्का बटुवा झोला भिरेको। सानो हुटेल, चियाबिस्कुट, सलाई, चुरोट, मट्टीतेल, लोकल पाइने।
‘दाइ टर्च छ?’
‘छैन।’
‘अब के गर्ने? काठे खोला तर्न बाँकी नै छ। कालिकाको ठाडो साँघुरो उकालो बाँकी नै छ। जंगल बाँकी नै छ। मनको तर्कना।
‘बागलुङ पुग्ने हो?’
‘हो।’
‘उः, उहाँ नि त्यहीं पुग्ने हो।’
बाहिर अँध्यारैमा नौलो बटुवाको मुख हेरें रामो देखिने कुरै भएन झोला भिरेको, मेरै कदको, मभन्दा तैबिसेक उमेर धेरै होला। 
‘कहाँ देखिन् हिँड्नुभो, होला?’ मैले सोधें।
‘बलेवादेखि’ नौलो मित्रले भन्नुभयो।
‘अनि यत्ति ढिलो?’
‘जरुरी कामले’ मैले अरु धेरै सोधिनँ।
‘मैले उहाँलाई खर दिएको छु। सलाई नि छ बालेर जानु जंगलमा काम लाग्छ’, पसले दाइले भन्नुभयो।
मैले पनि एक मुठ्ठा खर काखी च्यापें।
दुवै हिँड्यौं खर बालेनौं सायद जंगलका लागि चाहिन्छ भनेर साँचेका होला? खासै कुरा नि भएन।
अँध्यारोमा दुवै जनाको खुट्टाको आवाज मात्रै छ।
अँध्यारोमै काठेखोला आइपुग्यो। उज्यालोमा तर्न ढुंगाढुंगा टेकेर गइन्थ्यो अहिले ढुंगा भेट्टाउन गाहो पर्यो।

यस्सो नियालेर हेर्दै बीचको ढुंगासम्म पुगियो त्यहाँबाट अगाडि एक्काम्मे बालुवाजस्तो देखें। बीचको पानी छल्दै उफें। बालुवाजस्तो देखिएको बालुवा त होइन, जमेको पानीमा परेछ। झ्वाम्मै पानीमा परें। दिनभरि बचेको जुत्ता, पाइन्ट, झोला, सर्ट र बाल्न बोकेको खर सप्पै भिज्यो।  निथ्रुक्क ज्यान, निष्पट्ट अँध्यारो तर नौलो सहयात्री बाँकी। थोरै यात्रा अझै बाँकी छ– भोको पेट भर्न, निथ्रुक्क ज्यान सुकाउन, थकित आँखा विश्राम गर्न। 

(करिब वर्ष दिनअघिको मेरो सानो ‘बागलुङ यात्राको पुराना याद’ का ट्विटमा केही सहअनुभवी तथा सो भेगका मित्रहरुको ध्यान गयो। अनि मलाई पनि त्यति बेलाका यादलाई लिपिबद्ध गर्ने हुटहुटी जाग्याे र यत्ति कोर्न जमर्को गरें। स्थान, समय, याद ३३ वर्षअघिको भएकाले ठ्याक्कै मिल्ने सम्भावना अलि कम छ। साथै वर्तमान अनुभवले थोरै असर पार्छ नै तर आफैंले रमाइलो अनुभूति गर्दै छु।) 
   



प्रकाशित: June 26, 2021 | 22:44:00 काठमाडौं, शनिबार, असार १२, २०७८
राजेन्द्र काेजु

राजेन्द्र काेजु

काठमाडौं, शनिबार, असार १२, २०७८

थप समाचार

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।

मदन पुरस्कार प्राप्त लेखक इङ्नामको अनुभूति– अनुसन्धानकर्ताले सम्बन्धको पनि हेक्का राख्नुपर्ने रहेछ

एकाध निजी प्रकाशन गृहले महिनौं पाण्डुलिपी राखिदिएका थिए। कतिपयको दश प्रतिशत रोयल्टी र पचास प्रति पुस्तक मात्रै दिने प्रस्तावले उनी निराश भए। उनी भन्छन्, ‘दोस्रो भाषाको इतिहासमाथि पुस्तक छाप्न प्रकाशन गृहहरु साह्रै्र हिचकिचाउने रहेछन्।’

मदन पुरस्कार २०७७ इतिहासकार भगिराज इङ्नामलाई

२०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० पुस्तकले जितेको छ।

रेड रक्स रंगशालाको रोमाञ्चक यात्रा

राताम्मे चट्टानले भरिएको अग्लो पहाडमा म्युजियम रहेछ. जीवनमा कहिल्यै त्यस्तो पहाड नदेखेको मेरा लागि आश्चर्य लाग्छ। चट्टानी पहाडलाई कुँदेर बनाइएको कला पर्यटक आकर्षणको केन्द्र थियो पहाड। म्युजिक कन्सर्ट हुने ठाउँ रहेछ रेड रक्स। पहाडको करालो भागमा काठको बेन्च लगाएर रंगशालाजस्तो पराकिलो र सुन्दर बनाइएको रहेछ।

कृपया हामी बाँदरको इज्जत गर, सडकमा विम्बन गरेर दुःख नदेऊ [व्यङ्ग्य]

कोरोना, लकडाउन, छिन्नभिन्न राजनीति र अनर्थपूर्ण विम्बनका कारण शिथिल हामी बाँदरको तर्फबाट सबैलाई अनुरोध, आज युवासँघ नामको समूहले जस्तो हामीलाई कहिल्यै बेइजत नगर्दिनु। सक्नुहुन्छ, माया गर्नु, सक्नुहुन्न हामीलाई नसम्झनु।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C