सोमबार, मंसिर १९, २०७९

सहकार्य र सहकारिताको आँखीझ्याल ‘अभ्यास’

नेपाल समय  |  काठमाडौं, शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– सहकार्य र सहकारितालाई केन्द्रमा राखेर बाबुराम भुसाल लिखित पुस्तक अभ्यास सार्वजनिक भएको छ। नयाँ पुस्तक ‘अभ्यास’ मा मानवजीवन र जगत्का विभिन्न पक्षको चर्चा गरिएको छ। मानव समाजको विगतदेखि वर्तमानसम्मको अवस्थाको चित्रणसँगै मानव अन्तर सम्बन्धको विविध स्वरूपको चर्चा पुस्तकमा समेटिएको छ। बहुविधालाई समेटेको पुस्तकलाई विज्ञान, दर्शन, शिक्षा, विकास, अध्यात्म, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक अर्थशास्त्रजस्ता फरक–फरक आयामबाट चियाउन सकिन्छ।

पुस्तकमा लेखक भुसालले मानव प्राणीले अपेक्षा गरेजस्तो परिवर्तन कसरी सम्भव होला भन्ने विषयमा सक्रिय क्षमताको उत्पादन गर्ने खास अभ्यासका उपाय अवलम्बन गर्नुपर्ने चर्चा गरेका छन्। पुस्तकमा हरेक व्यक्तिको आ–आफ्नो जीविकोपार्जनसँग सहकारी संगठनात्मक क्रियाकलापको अपरिहार्य सम्बन्ध किन छ भन्ने कुराको बोध यस पुस्तकको अध्ययनबाट हुन सक्छ। समग्रमा यस पुस्तकबाट हरेक व्यक्ति व्यक्तिमा सहकारी जागरण पैदा गर्न सक्ने देखिन्छ।

सहकारी अवधारणा आफैंमा नौलो होइन। सहकारीको अर्थ, मर्म, परिभाषा, यसका सिद्धान्त, सञ्चालन प्रक्रिया, सहकारीले दिने सेवासुविधा, सहकारी व्यवस्थापन, सहकारी लेखाप्रणाली, सहकारीको संस्थागत सुशासनजस्ता विषयमा विभिन्न पुस्तक, लेखहरू, प्रतिवेदन प्रकाशन हुँदै आएका छन्। पछिल्लो समयमा वित्तीय साक्षरता, उद्यमशीलता तथा सीप विकाससम्बन्धी तालिम पनि सहकारी संस्थाका सरोकारवालाका लागि सञ्चालन हुँदै आएको पाइन्छ। कतिपय देश वा समाजमा सहकारी क्षेत्र संकटमा रहेको वा सहकारी क्षेत्रमा विचलन आएको छ भन्नुको मतलव सहकारी क्षेत्र खराब हो? भन्ने पनि कहीँ–कतै सुनिँदै आएको छ।

सहकारी क्षेत्र हरेक व्यक्ति, समाज, देश वा मानव जगतको अभिन्न अंग बन्न किन जरुरी छ? सहकारी क्षेत्रको विद्यमान सञ्चालन, नियमन र नीतिगत व्यवस्थाको आधारमा सहकारी क्षेत्र साँच्चै उँभो लाग्ने अवस्था छ? सहकारी क्षेत्रका नियामक, सञ्चालक तथा जिम्मेवार को हुन्? उनीहरूको भूमिका के हो? सहकारी क्षेत्रबाट हरेक व्यक्तिका अधिकांश आवश्यकता परिपूर्ति हुन सम्भव छ÷छैन? सहकारी क्षेत्र अगाडि बढ्दा यसले उद्यमशीलता, जीविकोपार्जन तथा अर्थतन्त्रलाई जगैदेखि बलियो बनाउन कसरी सहयोग पुग्छ? आदि विषयलाई लेखकले मिहीन ढंगले केलाएका छन्।

सहकारी क्षेत्रले मानव अन्तरसम्बन्धलाई कसरी जोड्छ? समाज व्यक्तिवादिता, परनिर्भर सम्बन्ध, अस्वस्थ प्रतिस्पर्धा, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, व्यक्तिगत तथा वर्गीय वर्चस्व कायम राख्ने सोचतर्फ अगाडि बढिरहँदा सहकारिता कसरी जीवन्त रहन सक्ला? अभ्यास पुस्तकमार्फत यस्ता जिज्ञासा, चिन्ता तथा चासोको तथ्यपरक जवाफ खोज्ने प्रयास गरिएको छ।

नेपालजस्ता अल्पविकसित मुलुकमा सहकारी क्षेत्रको महत्त्व र मूल्य कम भएकाले अर्थतन्त्रमा निजी क्षेत्र हावी भएको होइन। सहकारी क्षेत्रले अर्थतन्त्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन नसक्दा निजी क्षेत्र अगाडि देखिएको हो। निजी क्षेत्रमुखी अर्थतन्त्रलाई किन सहकारीमुखी अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्नेछ र यो कसरी सम्भव छ भन्ने विषय अभ्यास पुस्तकमा यथार्थपरक ढंगले उजागर गरिएको छ।

विद्यमान अवस्थामा सहकारी संस्थामा हुने गरेका नियमित गतिविधिमा तथा सहकारी संस्थाहरूले जुनसुकै अप्ठेरासँग जुधिरहेको अवस्थामा संस्थाका पदाधिकारी तथा कर्मचारीले चिन्ता तथा चासो लिने गरेका हुन्छन्। तर सेयर सदस्यहरू ती गतिविधि तथा अप्ठेराबारे बेखबर रहेको देखिन्छ। विद्यमान अवस्थामा पनि तरलता अभाव, कर्जा जोखिमजस्ता अप्ठेरा सहकारी संस्थारूले भोग्दै आएका छन्।

सहकारी संस्थाको कारोबार अवस्था स्वस्थ रहे सेयर सदस्य ती सहकारी संस्थामा आबद्ध रहिरहन्छन् तर केही दुरावस्थाको संकेत देखिए सेयर सदस्यहरूले आफ्नो सेयर आबद्धतासमेत त्यागिदिन्छन्। दुरावस्थाको हल गर्ने जिम्मेवारीको भार सञ्चालक तथा कर्मचारीले बोकेको देखिन्छ। सेयर सदस्यलाई आफू आबद्ध भएको सहकारी संस्थामा निर्णायक, नियामक र जिम्मेवार बनाउन सकिए कतिपय अप्ठेरा आउँदै नआउने वा आए पनि छिटो समाधान हुन सक्ने देखिन्छ। अभ्यास पुस्तकको अध्ययनले यस विषयमा गहिरो अन्तर्दृष्टि प्रदान गर्न सक्छ।

सहकारी संस्थामा आबद्ध सेयर सदस्यबीच समेत विद्यमान अवस्थामा परनिर्भर सम्बन्ध, व्यक्तिगत स्वार्थमा आधारित सम्बन्ध, सामूहिक भावनाको कमी, आपसी प्रतिस्पर्धा, जितहार अर्थात् आफ्नो वर्चस्वका लागि जस्तोसुकै क्रियाकलाप गर्ने प्रवृत्ति तथा अवस्था देखिन्छ। कस्तो प्रकृतिको संगठनात्मक अभ्यास गर्दा यस्ता अवस्था स्वतः निस्तेज हुन्छन् भन्ने कुराको बोध गर्न अभ्यास पुस्तक लाभदायी हुन सक्छ।

सामान्यतया धेरैजसो सहकारी संस्थामा सेयर सदस्य बचत तथा कर्जा कारोबारका लागि मात्र आबद्ध भएको देखिन्छ। शेयर सदस्यले आफू आबद्ध रहेको सहकारी संस्थामार्फत आवश्यक अन्य वस्तु तथा सहजीकरण सेवा प्राप्त गरी उद्यम सञ्चालन गर्न र उद्यमबाट उत्पादित वस्तु तथा सेवा पनि आफू आबद्ध सहकारी संस्थामा रहेका सेयर सदस्यले नै खपत गर्ने गरी एक अर्कामा अन्तरनिर्भर सम्बन्ध स्थापित गर्न सम्भव छ भन्ने दृष्टान्त पुस्तकमा समेटिएको छ। 

हरेक व्यक्तिको आ–आफ्नो जीविकोपार्जनसँग सहकारी संगठनात्मक क्रियाकलापको अपरिहार्य सम्बन्ध किन छ भन्ने कुराको बोध यस पुस्तकको अध्ययनबाट हुन सक्छ। समग्रमा अभ्यास पुस्तकबाट हरेक व्यक्ति–व्यक्तिमा सहकारी जागरण पैदा गर्न सक्ने सम्भावना लेखकले औंल्याएका छन्।


प्रकाशित: November 18, 2022 | 11:34:02 काठमाडौं, शुक्रबार, मंसिर २, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
पुस्तक

सहकार्य र सहकारिताको आँखीझ्याल ‘अभ्यास’

सहकारी क्षेत्रको विद्यमान सञ्चालन, नियमन र नीतिगत व्यवस्थाको आधारमा सहकारी क्षेत्र साँच्चै उँभो लाग्ने अवस्था छ? सहकारी क्षेत्रका नियामक, सञ्चालक तथा जिम्मेवार को हुन्? उनीहरूको भूमिका के हो? सहकारी क्षेत्र अगाडि बढ्दा यसले उद्यमशीलता, जीविकोपार्जन तथा अर्थतन्त्रलाई जगैदेखि बलियो बनाउन कसरी सहयोग पुग्छ? आदि विषयलाई लेखकले ‘अभ्यास’मा मिहीन ढंगले केलाएका छन्।
नेपाल समय
पुस्तक

पत्रकार भण्डारीको पुस्तक 'सत्ता सङ्‍घर्ष' बजारमा

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष’ प्रकाशित भएको छ। २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाल समय
पुस्तक

गणेशमान सिंहको सङ्घर्ष समेटिएको पुस्तक सार्वजनिक

डा. मिता सिंहद्वारा लिखित The Struggle of Ganeshman Singh को नेपाली अनुवाद गणेशमान सिंहको सङ्घर्ष गणेशमान सिंहको १०८‍औं जन्मजयन्तिका अवसरमा सार्वजनिक गरिएको छ।
नेपाल समय
पुस्तक

आत्मकथाको भीडमा एक बागी जीवनी

उज्ज्वल प्रसाईंले पत्रपत्रिका पढ्न थाल्नु अघिदेखि नै खगेन्द्र संग्रौलाका लेखहरू पत्रपत्रिकामा छापिन्थे। बाबाले औंल्याउनु अघिसम्म संग्रौलाबारे उनले केही थाहा पाएका थिएनन्, पहिलोपटक बाबाकै मुखबाट संग्रौलाको प्रशंसा सुनेपछि संग्रौला उनका लागि कौतूहलको विषय बने।
नेपाल समय
पुस्तक

राजकुमार ह्यारीले १६ भाषामा ल्याउँदैछन् पुस्तक ‘स्पेयर’

राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना