बिहीबार, मंसिर २२, २०७९

'हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सकिन्छ'

नेपाल समय  |  काठमाडौं, बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- हिति प्रणाली उपत्यकाको अद्वितीय जल व्यवस्थापन प्रणाली हो, जसलाई आम भाषामा ढुंगेधारा भन्ने गरिन्छ। पानीको प्रमुख स्रोतका रुपमा प्रयोग गरिने हिति अर्थात काठमाडौं सभ्यताको पानी प्रणाली सांस्कृतिक परम्परामा गहिरो अध्ययन गरेका पद्यसुन्दर जोशीद्वारा लेखिएको पुस्तक ‘हिति प्रणालीः इतिहास, वर्तमान, भविष्य’ उपत्यकामा लोकार्पण गरिएको छ। प्राचिन हिति प्रणालीमाथि लेखिएको बृहत अनुसन्धनात्मक कृति हो। 

‘हिति र पोखरी उपत्यकाका गहना मात्र होइनन्, पानी सञ्चय र प्रवाह गर्ने थलो हुन्। वातावरणीय सन्तुलनका आधार हुन्। तर, ती संकटोन्मुख छन्। तिनको खोजीनीति हुन सकेको छैन। अबको नगरप्रमुखले यसमा चासो दिनु भएको पनि छ’, जोशीले मञ्च अगाडि बसेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई देखाउँदै भने। 

हिति प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल ( १७ सय वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। आधा शताब्दी अघिसम्म नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको जनसंख्या विस्फोट हुनु अघिसम्म बास्तुकला र संस्कृतिको विश्वस्तरको जिउँदो नमुना थियो। केही दशक यता खासगरी विस २००७ सालको खुल्लापनपछि  र अझ २०४६ सालको परिवर्तन पछि योजनाबिहिन र अनियन्त्रित आप्रवासनसँगै यहाँका कलाकौशल र सम्पदाहरु उपेक्षामा परेका कुरा गरे जोशीले। जोशीले पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिटि आज लगभग नष्ट हुने अवस्थामा पुगेको छ र यदी त्यसको संरक्षणमा लागिएन भने उपत्यकामा पानीको ठूलो हाहाकार हुने समेत बताए। उनले भने, ‘हितिहरुको प्रवर्धन गर्नु र बिग्रन लागेकाका हितिहरुको संरक्षण गर्न ढिलो भए पनि रहेका हितिलाई बचाउन टेवा पुगोस भनेर हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धतीहरु हाल आएर हिति प्रणालीमाथि भइरहेको व्यभिचारहरु र पुननिर्माणका सम्भावनाहरुलाई समेटेर पुस्तक तयार गरिएको हो।’

काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता तथा दिगो सहरी विकासका योजनाकार समेत रहेका पद्यसुन्दर जोशी भन्छन्, ‘हाम्रो हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहारण हो।’

प्रोजेक्ट मार्फ वर्तमान र ऐतिहासिक चित्र तथा फोटो देखाउँदै उनले हिति प्रणालीको इतिहास बर्तमान र भविष्यका बारेमा आफ्नो अनभुव सुनाए, ‘आजको समयमा दिगो सहरी खानेपानी योजनाहरु डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउछौँ, यदी धरै महत्वकांक्षी योजना छ भने तीसचालीस वर्षको सम्मको होला। आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो। किन भने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ।’

जोशीले कार्यक्रममा सबैभन्दा पुरानो हिति मंगलबजारको मंगः हिति हो जुन ईस्वी संवत ५७० मा बनाइएको बताए। उनले भने, ‘१५ सय वर्षअगाडि मानदेवका नाति फारवीले बनाएका इतिहासमा उल्लेख छ। तत्कालीन समयमा उपत्यकामा पानी ल्याउने बूढानीलकण्ठ, बागेश्वरी र टीकाभैरव तीन वटा ठूला सिस्टम थिए। जसमा राजकुलोमार्फत पानी ल्याउने गरिन्थ्यो। थहिति, कोहिति र मरुहिति गरी तीन हिति छन्। यी तीनवटै हिति संरक्षणको अभावमा अलपत्र अवस्थामा छन्। कहीँ मुहान सुकेको छ भने कतै फोहोर पानीको दह छ। कहीँ कतै भने सानो पानी आइरहेको देख्न सकिन्छ।’

कार्यक्रमका क्रममा पानी परिरहँदा जोशीले रानी पोखरीको पानी र जमलको सडकमा जम्मा भएको पानी पनि सम्झिए। उनले भने, ‘आकाशको पानी पर्दा सडकमा बग्ने पानीलाई जम्मा गरेर फिल्टर गर्ने प्रविधिमा गइयो भने पानीको अभाव कम हुने छ तर हामी आकाशको पानीलाई ढलतिर बग्न दिएका छौं ढलको पाइपमा जोडिदिनाले त्यो पानी जम्मा गर्ने लायक छैन।’

‘ललितपुरमा मात्रै वार्षिक करिब २ करोड ५० लाख लिटर पानीको अभाव हुने अनुमान गरएको छ। यसबाहेक बाढीका कारण मुलुकभर सबैभन्दा बढी क्षति बागमती प्रदेशमा हुने गरेको तथ्याङ्क छ’, जोशीले हिति जोगाउन बुटी आत्मासाथका साथ थप्छन्’, हामी हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सक्यौं भने वर्षातको पानी व्यवस्थापन घरायसी उपयोगमा पानी व्यवस्थापन, सतहगत पानी र सिंचाई व्यवस्थापन र प्रयोग भइसकेको पानी व्यवस्थापनलाइ एकपटक सम्बोधन गर्न सकिन्छ।’ 

प्रकाशक नेपालयले प्रकाशन गरेको पुस्तकलाई ललितपुरका नगरप्रमुख चिरिबाबु महर्जनले लोकर्पण गरेका थिए।

नेपाल समय

प्रकाशित: July 6, 2022 | 18:49:49 काठमाडौं, बुधबार, असार २२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
पुस्तक

इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ।
नेपाल समय
पुस्तक

सहकार्य र सहकारिताको आँखीझ्याल ‘अभ्यास’

सहकारी क्षेत्रको विद्यमान सञ्चालन, नियमन र नीतिगत व्यवस्थाको आधारमा सहकारी क्षेत्र साँच्चै उँभो लाग्ने अवस्था छ? सहकारी क्षेत्रका नियामक, सञ्चालक तथा जिम्मेवार को हुन्? उनीहरूको भूमिका के हो? सहकारी क्षेत्र अगाडि बढ्दा यसले उद्यमशीलता, जीविकोपार्जन तथा अर्थतन्त्रलाई जगैदेखि बलियो बनाउन कसरी सहयोग पुग्छ? आदि विषयलाई लेखकले ‘अभ्यास’मा मिहीन ढंगले केलाएका छन्।
नेपाल समय
पुस्तक

पत्रकार भण्डारीको पुस्तक 'सत्ता सङ्‍घर्ष' बजारमा

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष’ प्रकाशित भएको छ। २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
नेपाल समय
पुस्तक

गणेशमान सिंहको सङ्घर्ष समेटिएको पुस्तक सार्वजनिक

डा. मिता सिंहद्वारा लिखित The Struggle of Ganeshman Singh को नेपाली अनुवाद गणेशमान सिंहको सङ्घर्ष गणेशमान सिंहको १०८‍औं जन्मजयन्तिका अवसरमा सार्वजनिक गरिएको छ।
नेपाल समय
पुस्तक

आत्मकथाको भीडमा एक बागी जीवनी

उज्ज्वल प्रसाईंले पत्रपत्रिका पढ्न थाल्नु अघिदेखि नै खगेन्द्र संग्रौलाका लेखहरू पत्रपत्रिकामा छापिन्थे। बाबाले औंल्याउनु अघिसम्म संग्रौलाबारे उनले केही थाहा पाएका थिएनन्, पहिलोपटक बाबाकै मुखबाट संग्रौलाको प्रशंसा सुनेपछि संग्रौला उनका लागि कौतूहलको विषय बने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना