काठमाडौं- पत्रकार किशोर पन्थीको पुस्तक 'अन्ट्रान्सलेटेबल' लोकार्पण भएको छ। १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको पुस्तकमा २०७२ को भूकम्पका अनुभवहरू समेटिएको छ। अन्ट्रान्सलेटेबल पुस्तक अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध छ भने ६६ देशमा ई-बुकमार्फत पढ्न सकिनेछ।
अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा उपलब्ध हुने बताइएको छ। पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जनाइएको छ। काठमाडौंमा मण्डला बुक प्वाइन्टमा पुस्तक उपलब्ध छ।
२०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएका, उपचारमा खटिएकालगायतका व्यक्तिहरूको भावना र अनुभवहरूलाई समेटिएको लेखक पन्थीले जानकारी दिए।