सोमबार, साउन २३, २०७९

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक

नेपाल समय  |  काठमाडौं, आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे। 

कार्यक्रममा बोल्दै समिक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन्। ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ। उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ’, शर्माले भनिन्।

समिक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सृजनामा देखाएको निष्ठाको प्रशंसा गरे। ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन्। उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टी गरेका छन्’, बानियाँले भने।

अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सृजना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए। ‘सर्जकले आज सिर्जना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्‍नुहुँदैन। भोलिको समयलाई समेत सान्दर्भीक हुने रचना गर्नसक्नु नै लेखकीय सामथ्र्य हो’, मुकारुङले भने। 

‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन्। २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो। यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ नामक कवितासंग्रह प्रकाशित भएको थियो।


प्रकाशित: June 5, 2022 | 17:58:16 काठमाडौं, आइतबार, जेठ २२, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
पुस्तक

नवीन प्राचीनको 'प्वाँख' बजारमा

कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालयले प्रकाशन गरेको पुस्तकमा कवि प्राचीनका ८७ कविता संग्रहित छन्।
नेपाल समय
पुस्तक

कवितामार्फत राज्यलाई प्रश्न तेर्स्याइरहेको 'कसन'

लेखक नेपाली यसरी पुस्तकको नामबारे धेरैको जिज्ञासा रहेको पाउँदा आफ्नो क्षेत्रको आञ्जलिक शब्दप्रति न्याय भएको आभास रहेको बताउँछन्। 'कसनको अर्थ किन नगरेको भन्ने हो।
नेपाल समय
पुस्तक

'हिति प्रणालीको संरक्षण र पुनरुत्थान गर्न सकिन्छ'

काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता तथा दिगो सहरी विकासका योजनाकार समेत रहेका पद्यसुन्दर जोशी भन्छन्, ‘हाम्रो हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहारण हो।’
नेपाल समय
पुस्तक

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
नेपाल समय
पुस्तक

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना