काठमाडौं– निर्मल पुर्जा (निम्स दाइ) को पुस्तक ‘बियोन्ड पसिबल’ नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ। ‘वी रिड’ प्रकाशनले यो पुस्तक नेपाली भाषामा प्रकाशन गर्न लागेको हो।
हालसम्म यो पुस्तक अंग्रेजी, फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस र रसियन भाषामा प्रकाशित भइसकेको छ।
पुर्जा कीर्तिमानी हिमाल आरोही हुन्। उनले ७ महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्र सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन्। म्याग्दीको दानामा जन्मिएका पुर्जाले लामो समय ब्रिटिस सेनामा काम गरेका थिए ।