शुक्रबार, असार १७, २०७९

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

नेपाल समय  |  काठमाडौं, शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- अनिता ढुंगेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा. डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको शनिबार यहाँ लोकार्पण गरिएको छ। 

स्व. प्रा. डा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेको हो। पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्‍जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी भएको बताए। 'पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्‌ग पारेको छ। कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ,' उनले भने। 

उनका अनुसार लेखक ढुंगेलले तटस्थ र सन्तुलित हिसाबले लेखेको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ। नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ।

यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व. डा. अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाउनुभयो। प्राडा. प्रमिला प्रधान र प्लास्टिक सर्जन शङ्करमान राईले स्व. डा.शर्मा प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो बताए। उनले भने, 'चिकित्सकले रोग तथा स्वास्थ्यसम्बन्धी लेख लेखेर आम जनतालाई जानकारी गराउनुपर्छ भनी लेखन कार्यका लागि उहाँ सदा घच्घच्याइ रहनुहुन्थो।' 

वरिष्ठ शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यले स्व. डा शर्मालाई नेपालको आधुनिक शल्यचिकित्साका जननी भएको दाबी गरे। समाजसेवी पुनमचन्द्र अग्रवालले लाइन्स क्लबमार्फत नेपाली समाज सेवामा स्व. डा. शर्माले अविष्मरणीय योगदान पुर्‍याएको बताए। 

वरिष्ठ चिकित्सक डा. गौरीशङ्कर लाल दास तथा बालरोग विशेषज्ञ डा हेमाङ्ग दीक्षितले स्व. डा. शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पुर्‍याएको योगदानमाथि चर्चा गरे।  

उक्त पुस्तकको मूल्य रु ५५० रहेको छ। पुस्तक बिक्रीबाट संकलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ। 


प्रकाशित: April 16, 2022 | 17:20:00 काठमाडौं, शनिबार, वैशाख ३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।

श्रीमतीलाई भीरबाट लडाएर हत्या गर्ने निर्दयी श्रीमान्

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

बालुवाटार पुगे नेकपा एसका तीन मन्त्री

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ।

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

थप समाचार

नेपाल समय
पुस्तक

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
नेपाल समय
पुस्तक

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्।
नेपाल समय
पुस्तक

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे।
नेपाल समय
पुस्तक

सूर्यप्रसाद हराउने बीपी, कृष्णप्रसाद हराउने गिरिजा

ओखलढुंगा लगायत क्षेत्रमा ठूलो विनास भयो। सूर्यबाबु यस्तो हिंसात्मक आन्दोलनको कटु आलोचक हुनुहुन्थ्यो। नेहरूसँग निकट सूर्यप्रसादले इन्दिरा गान्धी र ‘रअ’को योजना कहिल्यै पनि स्वीकार्नु भएन। जबकि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो बुबाको घनिष्ट मित्र भएकोले सूर्यबाबुलाई चाचा भन्थिन् भने सूर्यबाबुले छोरी नै भनेर सम्बोधन गर्नुहुन्थ्यो।
नेपाल समय
पुस्तक

लेखकले पाउने रोयल्टीमा १.५ प्रतिशतमात्रै कर लाग्ने

आगामी आर्थिक वर्षको बजेटमा लेखकले पाउने लेखकस्व (रोयल्टी)मा लाग्ने आयकर घटाइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना