शुक्रबार, असार १७, २०७९

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक

नेपाल समय  |  काठमाडौं, शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना अध्येताको संयुक्त लेखनमा ‘ग्लोबल प्रस्पेक्टिभ्स् अन जर्नलिजम इन नेपाल’ (नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण) पुस्तक प्रकाशन भएको छ। 

मिडिया अध्येता डा. भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानडा) र सहप्राध्यापक डा श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिर्टी, अमेरिका) को सम्पादनमा तयार भएको यो पुस्तक प्राज्ञिक पुस्तक प्रकाशनमा ख्याति कमाएको बेलायतको राउटलेजले प्रकाशन गरेको हो।

नेपालको पत्रकारिताको प्राज्ञिक एवं व्यावसायिक अभ्यासलाई वैश्विक दृष्टिकोणबाट विश्लेषण गर्ने एवं विगत दुई दशकमा पत्रकारिता र सञ्चारका क्षेत्रमा देखिएका असल अभ्यास एवं चुनौतीको पहिचान गर्ने उद्देश्यले यो पुस्तक तयार गरिएको छ। विगत दुई दशकमा नेपाली पत्रकारिताका विशेषता, चुनौती र सिकाइहरु के छन् भन्ने विश्लेषण पनि सो पुस्तकमा गरिएको छ। यसै अवधिमा नेपाली पत्रकारितामा उल्लेख्य रुपमा सङ्ख्यात्मक वृद्धि र प्राविधिक रूपान्तरण भएको तर नीतिगत अलमल एवं राजनीतिक र आर्थिक प्रभावका कारण पत्रकारिताको व्यावसायिक विकास हुन नसकेको विषयमा पनि सो पुस्तकमा खोजी गरिएको छ। 

पुस्तकबारे प्रतिक्रिया दिँदै प्राध्यापक रामकृष्ण रेग्मीले यो पुस्तक एउटा पाठ्यपुस्तक वा विभिन्न लेखको संगालो मात्रै नभएर नेपाली पत्रकारिताको इतिहासमा एउटा कोशेढुंगा  हो भन्नुभयो। सम्पादक आचार्य र शर्माले यो पुस्तकका लागि मेहनत गरी एकैपटक विश्वव्यापीरुपमा उपलब्ध गराउन प्रयास गर्नुभएकोमा उनले धन्यवाद दिए। 

यस पुस्तकभित्र चार खण्डमा १८ परिच्छेद समेटिएका छन्। व्यावसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काइसौँ शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण (डा भानुभक्त आचार्य र डा श्याम शर्मा), मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल (डा भानुभक्त आचार्य, श्रीमन शर्मा र डा समीक्षा कोइराला), प्रसारण माध्यममा नीतिगत सुधार (लक्ष्मण हुमागाइँ र डा तुलसी आचार्य), विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दीगोपन र व्यावसायिक विकास (भगीरथ योगी र डा जगन कार्की) र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण (प्रा.रामकृष्ण रेग्मी) समेटिएका छन्। 

प्राज्ञिक दृष्टिकोण शीर्षकको दोस्रो खण्डमा एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिता शिक्षा (डा भानुभक्त आचार्य र डा श्याम शर्मा), नेपालमा विकास सञ्चारको समालोचनात्मक अध्ययन (सुजिना शाक्य र डा पियुष मिश्र), नेपाली मिडियामा कोभिड–१९ को प्रभाव (डा कुन्दन अर्याल), कोभिड–१९ जस्ता महामारीमा युवालाई मिथ्या सूचनाबाट कसरी जोगाउने (कवि अधिकारी) शीर्षक परिच्छेद छन्। 

सामाजिक–राजनीतिक दृष्टिकोण शीर्षकको तेस्रो खण्डमा नेपाली अखबारमा महिलाको प्रतिनिधित्व (डा समीक्षा कोइराला), राज्य नियन्त्रित मिडियाको चौथो अङ्गको भूमिका (लेखनाथ पाण्डे), नेपालमा अनुसन्धानमूलक पत्रकारिताको अवस्था (उषाकिरण रेग्मी) एवं स्थानीय रेडियोको दीगोपनका चुनौतीबारे (डा सन्देशदास श्रेष्ठ) का अध्ययन समेटिएको छ।

त्यसैगरी प्राविधिक दृष्टिकोण शीर्षकको पुस्तकको अन्तिम खण्डमा नेपाली अखबारको डिजिटल रूपान्तरण (डा हर्षमान महर्जन), सामाजिक सञ्जालमा समाचार सेयर गर्ने प्रवृत्तिको तुलनात्मक अध्ययन (विमला थपलिया), अनलाइन मिडियामा दीगोपन, आर्थिक ढाँचा र सम्भावना (प्रवेश सुवेदी), कृषि क्षेत्रको विस्तारमा सामाजिक सञ्जालको प्रयोग (रामहरि तिमिल्सिना र डा पूर्ण नेपाली) शीर्षकका परिच्छेद समेटिएका छन्। 

यस पुस्तकले त्यो अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास सम्पादकद्वय आचार्य र शर्माको छ। सम्पादक आचार्यले नेपाली पत्रकारिताबारे विश्वकै पाठकलाई लक्षित गरी प्रकाशन गरिएको यो पुस्तक यस क्षेत्रको एक कोशेढुङ्गा भएको बताए। अर्का सम्पादक शर्माको विचारमा 'नेपाली पत्रकारिताका सन्दर्भमा मात्र केन्द्रित भई अन्तर्राष्ट्रिय प्रकाशन गृह'बाट यस पुस्तकको प्रकाशन हुनु खुसीको कुरा भएको बताए। यस पुस्तकको प्रकाशनपछि भविष्यमा अन्य नेपाली अध्ययेतालाई पनि अन्तर्राष्ट्रियस्तरका जर्नल र प्राज्ञिक प्रकाशनगृहबाट पुस्तक प्रकाशन गर्न प्रोत्साहन मिल्ने अनुभव उनले राखे। 

अढाइ वर्ष लामो गहन र सामूहिक मेहनतपछि यो पुस्तक तयार भएको छ। तीन सय ४२ पृष्ठको यो पुस्तक राउटलेजको आफ्नै पोर्टललगायत विभिन्न अनलाइन बिक्रेताबाट ‘हार्डकपी’ वा ‘सफ्टकपी’ खरिद गर्न सकिन्छ।



प्रकाशित: April 8, 2022 | 21:10:00 काठमाडौं, शुक्रबार, चैत २५, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।

श्रीमतीलाई भीरबाट लडाएर हत्या गर्ने निर्दयी श्रीमान्

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

बालुवाटार पुगे नेकपा एसका तीन मन्त्री

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ।

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

थप समाचार

नेपाल समय
पुस्तक

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
नेपाल समय
पुस्तक

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्।
नेपाल समय
पुस्तक

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे।
नेपाल समय
पुस्तक

सूर्यप्रसाद हराउने बीपी, कृष्णप्रसाद हराउने गिरिजा

ओखलढुंगा लगायत क्षेत्रमा ठूलो विनास भयो। सूर्यबाबु यस्तो हिंसात्मक आन्दोलनको कटु आलोचक हुनुहुन्थ्यो। नेहरूसँग निकट सूर्यप्रसादले इन्दिरा गान्धी र ‘रअ’को योजना कहिल्यै पनि स्वीकार्नु भएन। जबकि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो बुबाको घनिष्ट मित्र भएकोले सूर्यबाबुलाई चाचा भन्थिन् भने सूर्यबाबुले छोरी नै भनेर सम्बोधन गर्नुहुन्थ्यो।
नेपाल समय
पुस्तक

लेखकले पाउने रोयल्टीमा १.५ प्रतिशतमात्रै कर लाग्ने

आगामी आर्थिक वर्षको बजेटमा लेखकले पाउने लेखकस्व (रोयल्टी)मा लाग्ने आयकर घटाइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना