आइतबार, असार १२, २०७९

...अनि त्यो रात सुतिरहेका सत्यमोहनलाई उठाए पत्रकार गिरिशले

राज सरगम  |  काठमाडौं, बुधबार, चैत ९, २०७८

राज सरगम

राज सरगम

बुधबार, चैत ९, २०७८, काठमाडौं

नेपाल समय
गिरिश गिरी। तस्बिर : दिनेश श्रेष्ठ

काठमाडौं– लेखक तथा पत्रकार गिरिश गिरीको मावलकी हजुरआमा ललितपुर तुयुँलाकु टोलको रैथाने हुन्, जहाँ उनको पनि हुर्काइको केही हिस्सा जोडिएको छ।

मावलघरबाट करिब ३० कदमको दूरीमा छ १०२ वर्षका संस्कृतिविद् सत्यमोहन जोशीको घर। बाल्यकालमा मावल घर बस्दा जोशीलाई धेरैपटक देखेका थिए गिरीले। तर, जोशीको नजिक जान डराउँथे। तिनै मान्छे अहिले जोशीका प्रिय भएका छन्। पछिल्लो पाँच वर्षदेखि नियमित जोशी निवास आउनेजाने गर्दै आइरहेका छन्।

दुई दशकअघि कान्तिपुरमा काम गर्दा पत्रकार र सोर्सबीचको सम्बन्धका हिसाबले एकाधपटक जोशीलाई भेटेका थिए उनले। त्यो भेट क्षणिक थियो। ती दिनहरुमा जोशीको सक्रियताका कारण उनले लामो समय गफिन पाएनन्।

‘पत्रकार भएर जाँदा उहाँ दुई टुक्का जवाफ दिएर फिर्ता पठाइदिनुहुन्थ्यो’, गिरीले पत्रकार भएर भेट्दाका अनुभव सुनाए। वर्षेनी चल्दै आएको कात्तिक नाच रोकिएको वर्ष गिरी जोशीको ‘कोट’ लिन उनको निवासमा पुगेका थिए। उनले अत्यन्तै साधारण उत्तर दिएर फर्काइदिएका रहेछन्। ठूला र लामा प्रश्न बोकेर गएका गिरीले धेरैपटक छोटा र सरल जवाफ लिएर फर्किंदा जोशीका बारेमा बुझ्न अझै जिज्ञासा पलायो उनलाई। गिरी भन्छन्, ‘पत्रकारिता गर्दाका दिनमा मैले पनि साँघुरो घेरामा बुझेको रहेछु उहाँलाई। श्रद्धापूर्वक नजिकिन थालेपछि उहाँको जवाफ लामो र फराकिलो पाउन थालें।’

जोशीसँग बाक्लै भेट हुन थालेपछि गिरी उनको बारेमा बुझ्न अझै लोभिए। ‘उहाँसँग कोही व्यक्ति वा कुनै कालखण्डको विषयमा सोधें भने घन्टौं बताइदिनु हुन्थ्यो। मसिनो गरी भनिदिनु हुन्थ्यो। गहिरो फ्ल्यासब्याकमा जानुहुन्थ्यो,’ जोशीसँग कुराकानी गर्दाका अनुभव सुनाए उनले। एकदिन जोशीका कुरा रेकर्ड गरेर लेख्न चाहन्छु भने गिरीले। जोशीले सहजै स्वीकारे। जोशीको अनुभूतिलाई शृंखलाबद्ध लेख्न थाले सेतोपाटीमा। यो क्रम दशौं शृंखलासम्म चल्यो। पछि देशसञ्चारमा चारवटा थप अनुभूति प्रकाशन गरे। पाठक प्रतिक्रिया र चिनजानका मित्रहरुले सत्यमोहनको अनुभूति त किताबकै रूपमा आउनुपर्ने सुझाव पाए। यो सिलसिला पनि चलिरह्यो। तर गिरीले किताबै लेख्न सक्ने पर्याप्त तयारी नभएको सोचे। किताबै लेख्न सकिने हिम्मत गरेनन् उनले।


तर हुनु छ भने भएरै छोड्छ। यस्तै भयो उनीसँग पनि। लेखक कुमार नगरकोटीसँग उनको ‘अच्छा दोस्ती’ छ। बालकुमारीतिर नजिक–नजिक बस्छन्। उनीहरु समय मिलाएर चिया पिइरहन्छन्। कला, साहित्य र विश्व सिनेमाका विषयमा गफगाफ पनि गरिरहन्छन्।

लेखक नगरकोटीको किताब ‘कल्पग्रन्थ’भर्खर बजारमा आएको थियो। किताबकै विषयमा पनि कुराकानी गर्न उनीहरु भेटिए। कल्पग्रन्थमाथि तातो गफ चलिरहेको बेला लेखक नगरकोटीले गिरीलाई आफ्नो इच्छा सुनाए, ‘कल्पग्रन्थको एक प्रति किताब सत्यमोहन जोशीलाई आफ्नो पुत्रको हातबाट स–प्रेम उपहार दिने।’

पुत्रले स्कुलमा सत्यमोहन नामको पाठ पढेको थाहा पाएपछि लेखक नगरकोटीले पुत्र र जोशीको भेट गराउने सोचेका थिए। र, भोलिको पुस्ताले आफ्नो बुवाको किताब शताब्दी पुरुषलाई हस्तान्तरण गरोस् भन्ने पनि थियो। शताब्दी पुरुष जोशीसँग गिरीको राम्रै चिनजान भएकाले त्यो बातावरण पनि बन्यो।

‘त्यत्रो लेखक’लाई मेरो घरमा आउनका लागि जहिल्यै पनि ढोका खुल्ला छ भनेर स्वागत गर्न तयार भएको जानकारी गिरीलाई दिए जोशीले। एक बिहान, लेखक नगरकोटी, उनका पुत्र, बुक हिलका प्रकाशक भुपेन्द्र खड्का र उनीसहित चारजना पुगे जोशी निवास।

कुराकानीकै सिलासिलामा प्रकाशक खड्काले सत्यमोहन जोशीका मदन पुरस्कार प्राप्त कृतिलगायत अन्य कृतिहरु बजारमा पाइँदैनन्, ती कृतिहरु पुनः प्रकाशन गर्नुपर्यो भनेर प्रस्ताव राखे। बजारमा ल्याउन अनुमति मागे। केही किताब बाहेक अनुमति पनि दिए जोशीले। कुराकानीको अन्तिममा जोशीले भनेका रहेछन्, ‘मलाई त मेरो जीवनमाथि लेखिएको पुस्तक हेरेर मर्ने इच्छा हो। उहाँले लेखिदिए हुन्थ्यो भन्ने हो।’

चार वर्षको भेटघाटमा जोशीले यो कुरा कहिल्यै भनेका थिएनन् गिरीसँग। एक्कासी सुन्दा उनी समेत आश्चर्यमा परे। भन्छन्, ‘यस्तो इच्छा प्रकट कहिल्यै गर्नुभएको थिएन। मबाट आफ्नो जीवनी लेखियोस् भनेको सुन्दा केहीबेर त स्तब्धै भएँ।’

जोशीको घरबाट निस्किएपछि तीनैजना क्याफेमा बसेर जोशीको इच्छामाथि गम्भीर भए। प्रकाशक बुकहिलले किताब लेख्न अनुरोध गर्यो गिरीशलाई । वातावरण सहज बनाइदिन आर्थिक जोहो पनि गरिदिने भयाे।तर आफ्नो अघिल्लो पुस्तक ‘वीरगन्ज’ निकाल्ने प्रकाशक नेपालय र आफूले काम गर्दै आएको सञ्चार गृहका प्रधान सम्पादक युवराज घिमिरेलाई सोध्नुपर्ने कारण देखाए गिरीले। नेपालय र प्रधान सम्पादक घिमिरेसँग अनुमति मागेर ‘फुल टाइमर’ लेखक भई सत्यमोहनको आत्मकथा लेख्न थाले। उनले त्यो ६ वटा महिना जोशीले बाँचेको समय बोकेर हिँडे।

लेखक/पत्रकार गिरिश गिरीको लेखनमा शताब्दी पुरुष सत्यमोहन जोशीको 'आत्मकथा' लोकार्पण गरिँदै।

एक रात सत्यमोहन लेखिरहँदा गिरी अड्किए। लेखिरहेको च्याप्टर अगाडि बढाउनै सकेनन्। जोशीले भनेका कुरा र अरू मान्छेका कुरा बाझिएको महसुस गरे। किन बाझियो त? सत्य–असत्य के हो? कस्तो रूपमा राख्ने होला जोशीको भनाइ? राखेमा अर्को मान्छेले के प्रश्न गर्न सक्छ? यस्तैयस्तै सोचे गिरीले।

मनले नमानेपछि जोशीसँग सोध्न बालकुमारीबाट राति नै जोशीको निवास पुगे। घरमा पुग्दा त सबैजना सुतिसकेका थिए। सुतिसकेका जोशीलाई बोलाए। जोशीको परिवारका एक सदस्यले सुतिसकेको जानकारी दिए। तर उनलाई जसरी पनि कुरा गर्न मन थियो। उनले सत्यमोहन सुतेको कोठाको ढोकाबाट भित्र हेरे। अँध्यारो थियो। तर उनको मनमा चलेको हुटहुटीले ढोका ढकढकाइ छोड्यो। उनी भन्छन्, ‘मैले दुस्साहस गरेर ढोका ढकढकाएँ। लेख्ने हुटहुटीले छोडेन। उहाँ उठेर बाहिर आउनुभयो।’

जोशी बाहिर आएर गिरीलाई आउनुको कारण सोधे। गिरीले बाझिएको केही शीर्षकमा छलफल गरे। जस्तो कि न्युजिल्याण्डमा पहिलो नेपाली को पुगेको थियो? जोशीका अनुसार पहिलो नेपाली उनी थिए। तर उनीभन्दा अगाडि पनि कोही नेपाली पुगेको हल्ला थियो, लिखित थिएन र सत्यको नजिक थिएन। त्यसैले न्युजिल्याण्ड पुग्ने पहिलो नेपालीको सन्दर्भमा गिरी अलमलिए। एकाध घण्टा एयरपोर्टको ट्रान्जिटमा हावा खाएर आउने र न्युजिल्याण्डमै बसेर पढ्ने त्यो देशको भाषा, साहित्य, समाज र संस्कृति बुझ्ने त पहिलो नेपाली म हुँ भन्ने सन्दर्भमा सत्यमोहनको कुरा बलियो लाग्यो गिरीलाई। जोशीले भनेको सम्झिए, ‘उहाँले पहिला हप्काउनु नै भयो। तपाईं अरूको पछाडि नलाग्नुस्। मेरो किताब हो मेरो भनाइ आउनुपर्यो। जसले प्रश्न गर्छ म जवाफ दिन्छु भन्नुभयो।’

जोशीले आफूले मञ्चबाटै आएका प्रश्नका उत्तर दिन सक्ने बताएपछि गिरीलाई सजिलो भयो। उनले आफ्नो लेखन कार्य अगाडि बढाए। केही दस्तावेज तथा कागजातहरु अरूले संस्थागत सुरक्षा राख्न सकेको र आफ्नो घरमा राखेको दस्तावेज सुरक्षित हुन नसकेकोमा दुःखी भएको कुरा पनि कोट्याए उनले। जोशीको घरमा त्यसकिसिमको वातावरण हुन नसकेर होला पनि। तर जोशीले आफूसँग जवाफ दिन सक्ने बलियो रेकर्ड भएको चाहिँ बताएका रहेछन् जोशीले उनलाई।

यस्तै एउटा प्रसंग खोतले– २०१६ सालमा लाजिम्पाटको धोबीचौरमा रहेको विष्णु विक्रान्तको मूर्तिलाई पुरातत्व विभागमा नियुक्त हुँदा विभागीय सहकर्मी जनकलाल शर्माको सहयोगमा अपहरण गरे जोशीले। अथवा त्यो मूर्ति अपहरण शैलीमा उनले रातारात उठाए। हाल छाउनी संग्रहालयमा राखिएको त्यो मूर्ति चोरी हुन सक्छ भन्ने लागेर त्यसो गरिएको रहेछ। मूर्तिकै संरक्षणको लागि अपहरण गरेका थिए। यस कुरामा पनि दुविधा भयो गिरीलाई। अरुले के भन्ने हुन् भन्ने प्रश्न थियो उनको मनमा। गिरी भन्छन्, ‘मैले अपहरण गरेको हो भन्छन् भने भनुन्। एउटा नेपाली इतिहास जोगाउन अपहरण गरिएकै हो। उहाँले यसरी भन्दिएपछि म चुप लागें।’

जोशीले आफूले मञ्चबाटै आएका प्रश्नका उत्तर दिन सक्ने बताएपछि गिरीलाई सजिलो भयो। उनले आफ्नो लेखन कार्य अगाडि बढाए। केही दस्तावेज तथा कागजातहरु अरूले संस्थागत सुरक्षा राख्न सकेको र आफ्नो घरमा राखेको दस्तावेज सुरक्षित हुन नसकेकोमा दुःखी भएको कुरा पनि कोट्याए उनले।

उनलाई जबजब जिज्ञासाहरु आउँथ्यो, तर्कसहित उनी जवाफ पाउँथे। जिज्ञासा मेटिने गरी जवाफ पाएपछि लेख्नमा अझै एकाग्र हुन्थे उनी। आफूले जानेको र बुझेको विषयमा घन्टौं कुरा गर्नसक्ने क्षमता छ सत्यमोहन जोशीसँग। उनी धाराप्रवाह बोल्न सक्छन्। तर कहिलेकाही घन्टौं कुरा लम्बिँदा आत्तिन्थे गिरी। खाना खान बोलाउँथे घरका मानिसहरु। गिरीलाई पनि रेकर्ड पुगेजस्तो हुन्थ्यो। कहिलेकाहीँ भने अफ द रेकर्ड पनि लामै बोलिदिन्थे जोशी। गिरी भन्छन्, ‘कहिले लामै कुराकानी हुन्थ्यो, चाहिने चिज भने थोरै हुन्थ्यो। कहिले थोरै समय बोल्दा खँदिलो र महत्वपूर्ण कुरा आउँथ्यो।’

कुनै पनि व्यक्तिको जीवनमा यौवनकाल महत्वपूर्ण हुन्छ। तर सबैले यौन जीवनका घटनाक्रम आत्मकथामा खुलेर लेख्दैनन्। गिरीलाई जोशीको त्यो पाटो पनि खोतल्न मन भयो। पुस्तकमा त्यो पाटोलाई पनि कहीँ न कहीँ जोड्न त पर्छ भन्ने लागेको थियो। उनले  साहस जुटाएर सत्यमोहन जोशीको प्रेम र यौवनकालको इच्छाबारे सोधे। ‘ठूलो आँट राखेर सोधेको थिएँ, उहाँले खुलेर आफ्नो बारेमा बोल्नुभयो। यौवनकालका परिदृष्यलाई मजाले वर्णन गर्नुभयो,’ गिरिशले सुनाए।

हरेक मान्छेको एउटा न एउटा ध्यान हुन्छ। जोशीको ध्यान राष्ट्र र समाजका लागि केन्द्रित भएको थियो। कुराकानीका क्रममा केही कुरा झुट बोले कि या लुकाउन खोजे कि भन्ने कहिल्यै भएन गिरीलाई। जोशीले गिरीको चित्त बुझाएरै बोले। खुलेर मसिना–मसिना कुरा नभनिदिएको भए सायद किताब छोटो समयमा आइपुग्दैन पनि थियो भन्ने लाग्छ उनलाई। ‘कस्तो जोगीजस्तो लाग्ने के जोशी सर,’ उनी भन्छन्, ‘उहाँले बोलेको धेरै कुराहरु अझै पनि रेकर्डमा छ। उहाँ त्यो साँचोमा कत्ति पनि भेटिनुहुन्न। उहाँ खुला किताब हो। उहाँले छरपष्ट भन्नुभएको थियो। जुन चिज म होइन त्यसका पछाडि नलाग्नुस् धेरै नअलमलिनुस् भन्नुभयो सधैं।’

आफ्ना कमजोरीहरू मान्छे लुकाउँछन् नै। अझ गिरीले त वयोबृद्ध अवस्थामा भेटे सत्यमोहनलाई। युवा उमेरका धेरै घटनाहरु विर्सिसकेका पनि हुन सक्छन्। ‘चरम बृद्ध अवस्थामा पो भेट भयो। जवानीमा भेटेको भए उहाँले भनेको र उहाँले बाँचेको जीवनमा केही त अन्तर पक्कै हुन्थ्यो,’ केही मित्रहरुले यस्ता सल्लाह पनि दिए।

तर, गिरिशलाई त्यस्तो लाग्दैन। भन्छन्, ‘जवानीमा जस्तो स्वभाव थियो बुढेसकालमा त्यसको छनक कहीँ न कहीँ आइहाल्छ। तर शालिन र साधक व्यक्तित्व जोशी सरमा कुनै कोणबाट अर्को भएर जीवन बाँचेझैं लाग्दैन।’

शताब्दी पुरूष सत्यमोहन जोशीको किताब लेख्नु ठूलो अवसर पाएको मान्छन् गिरिश। यसमानेमा आफूलाई भाग्यमानी ठान्छन्। उनी बाँचेकै समयमा किताब दिने, उनकै हातबाट किताब लोकार्पण गर्ने, उनले पनि देखुन् न आफ्नो आत्मकथा। यस्तैयस्तै सोच्थे गिरी। भन्छन्, ‘एकदम हतार थियो हामीलाई। उहाँकै हातबाट सार्वजनिक गर्ने हुटहुटीले पनि रातदिन नभनेर काम गरें।’

एक लेखक जब कुनै किताब लेख्न बस्छ, त्यो किताबको मुख्य पात्रलाई मनमष्तिस्कमा बोकेर हिँड्छ। ती काल्पनिक पात्रलाई बोकेर हिँड्ने लेखकहरु आफ्ना पात्रका बारेमा कहीँ न कहीँ सुनाउने गर्छन्। गिरीले पनि ६ महिना सत्यमोहन जोशीलाई मनमा राखेर हिँडे। सत्यमोहन भएर बाँचे। लोकार्पण समारोहमा जोशीले गिरीलाई देखाउँदै ‘सत्यमोहन त उहाँ हो’ भनेका थिए। गिरिश भन्छन्, ‘सत्यमोहन जोशी बने कि बनिन भन्ने कुरा अर्को हो। उहाँको आनीबानी, स्वाभाव, विचार र हेर्ने दृष्टिकोणसँग अत्यन्तै नजिक भएर हिँडें भन्नेचाहिँ लाग्छ।’


जोशीले कुन विषयमा खुलेर बोल्छन्, कस्तो विषयमाथि प्रश्न गर्दा खुशी हुन्छन्, कहाँबाट सुरु गर्दा जोशीलाई बोल्न मन लाग्छ, के घटना कोट्याएमा जोशीले खरर चाहेजस्तो जवाफ दिनेछन्, के कुराले चित्त बुझ्छ, के कुराले चित्त दुख्छ, कसलाई देखेर रिस उठ्छ, के गर्दा रिस उठ्छ। उनको दैनिकी, आनीबानी, सोच र विचारसँग संगत गरेको बताउँछन् गिरिश। भन्छन्, ‘कुन अवयवबाट बनेका रहेछन् भन्ने अलिअलि जानकारी भयो मलाई। उहाँलाई बुझ्ने मान्छे भएर हिँड्न पाएँ।’

१०२ वर्ष पुगेका सत्यमोहन जोशीको अतीत र वर्तमान बोकेर हिँडिरहँदा पनि आफूलाई कहिल्यै बूढो अनुभव गरेनन् गिरिशले। सधैं सक्रिय, बोल्न सक्ने, ज्ञानी तपस्वीसँग संगत गरेको महशुस गरे। ‘उमेर भन्ने कुरा मुडमा निर्भर हुँदोरहेछ। परिस्थितिहरुलाई म्यानेज गर्नुपर्ने रहेछ। त्यसबाट सकेसम्म अभ्यस्त बनाएर लगेको हुँ आफूलाई,’ उनी भन्छन्, ‘म अहिले पनि सान्दर्भिक छु भन्ने भाव पैदा गराउने व्यक्तित्व हुन् जोशी सर। प्रभावकारी व्यक्तित्व हुनुहुन्छ उहाँ।’

‘सत्यमोहन’ लेखनका क्रममा गिरीले गर्दै आएको काम छोडे। समाचार कक्षामा बसेर दैनिक सूचना सुन्ने र सुनाउने बानी बसेको थियो। तर सत्यमोहनको लेखनमा एक्लिए। भन्छन्, ‘मलाई त संसारबाटै एक्लिएँ कि जस्तो भयो। एकान्तिक महशुस हुने चरणमा पनि पुगेको थिएँ। सत्यमोहनसँगै हिँडिरहेको हुँदा मलाई केही सहज चाहिँ भयो।’

आफ्ना कमजोरीहरू मान्छे लुकाउँछन् नै। अझ गिरीले त वयोबृद्ध अवस्थामा भेटे सत्यमोहनलाई। युवा उमेरका धेरै घटनाहरु विर्सिसकेका पनि हुन सक्छन्। ‘चरम बृद्ध अवस्थामा पो भेट भयो। जवानीमा भेटेको भए उहाँले भनेको र उहाँले बाँचेको जीवनमा केही त अन्तर पक्कै हुन्थ्यो,’ केही मित्रहरुले यस्ता सल्लाह पनि दिए।

किताब कहाँ पुग्यो? कति लेखियो? हरेक भेटमा किताबको बारेमा जोशीले सोध्थे। यसकिसिमको हतार जोशीको स्वास्थ्यका कारण पनि थियो। एक साँझ प्रकाशक बुक हिलले सत्यमोहन आत्मकथाको डमी लिएर लेखक गिरीलाई दिए। त्यो हातमा पर्नेबित्तिकै गिरीले सत्यमोहनलाई देखाउने रहर गरे। तर बुक हिलका प्रकाशक भुपेन्द्र खड्काले डमी होइन किताबै देखाउँला भन्दै नदेखाउन अनुरोध गरे।

गिरीले पनि हुन्छ भन्दै सत्यमोहन किताबको डमी घरमै राखे। यस्तैमा सत्यमोहन फेरि बिरामी भएर क्रिस्ट अस्पताल भर्ना भए। उनको अवस्था निराशाजनक थियो। जोशीलाई केही भइहाल्ने हो कि भन्ने सामाजिक सञ्जालमा पोष्ट्याएका स्टाटस र ट्वीटले फैलायो। उनी पनि आत्तिए। उनको मनले नमानेपछि जोशीलाई सत्यमोहन किताबको डमी देखाउन चाहे। खड्कालाई पनि नरोक्नुस् है भने। हातमा सत्यमोहन पुस्तकको डमी बोकेर जोशीको उपचार भइरहेको अस्पतालमा पुगे उनी।

बेडमा अर्धचेतमा सुतेका जोशीको नाकमा अक्सिजन मास्क थियो। गिरी नजिकै गएर सत्यमोहन किताबको डमी हातमा दिँदै भने, ‘सर किताब।’

जोशीले किताबलाई समाएर एकोहोरो हेरिरहे। आफ्नो जीवनी पुस्तकाकारको रूपमा देखेर उनी स्तब्ध भएको दृष्य अहिले पनि उनको आँखाभरी आउँछ। ‘सादगी जीवन बाँचेका जोशी सरले हातमा किताब समाएर अनौठो ऊर्जा देखाउनुभयो,’ उनी भन्छन्, ‘उहाँको शरीरमा अचम्मको भाव देखें। एकछिनलाई बिरामी नै निको भएको जस्तो देखिनुभयो। म समेत आश्चर्यमा परें। किताबको डमी त छाड्दै छोड्नुभएन। त्यो किताब तान्न खोज्दा पनि छोड्नु भएन। औषधी पनि खान मान्नु भएन। छोरी ज्वाइँले खाना लिएर भेट्न पुग्दा पनि हातबाट किताब छोड्नु भएन। यो दृष्यलाई देखेर म पनि भावविह्ल भएँ। त्यो क्षणमा मलाई पनि किताब लेख्नुको सन्तुष्टि मिलेको महुसश गरेको थिएँ। पछि यो किताब म अस्पतालमा लिएरै बस्छु, हजुरले खाना र औषधी खानुपर्यो भनेपछि मात्रै मान्नुभयो। वास्तवमै त्यो चमत्कार थियो।’

सत्यमोहनको हरेक कुरा भरिलो लाग्छ उनलाई। पत्रकार भएर जोशीमाथि लेख्न धेरै कुरा छुटाएको पाए उनले। भन्छन्, ‘मैले पत्रकारिता गर्दा उहाँको विषयमा अलिकति पनि छाप्न सकेको रहेनछु। यो किताब लेखनले भने उहाँको व्यक्तित्व बुझ्न सकें। म धन्य भएँ।’

सत्यमोहनसँग प्रश्न गरे र त्यसका जवाफहरुलाई संयोजन गरे गिरिशले। भाषा मिलाए र किताब तयार पारे। किताबको नाम हो, सत्यमोहन। विधा आत्मकथा हो। आत्मपरक शैली (फर्स्ट पर्सन) मा लेखिएको छ। तर लेखक हुन् गिरिश गिरी। संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथामा गिरीश गिरीको नाम पनि किताबको मुनी लेखिनुलाई कसरी बुझ्ने? ‘यो प्राक्टिसमा आइरहेकै कुरा हो,’ गिरी भन्छन्।


प्रकाशित: March 23, 2022 | 11:17:55 काठमाडौं, बुधबार, चैत ९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

रवि लामिछानेको पार्टीले घन्टी चुनाव चिन्ह नपाउने!

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ।

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।

पाठ्यक्रमबारे समीक्षा गर्न त्रिविमा पाँच दिने कार्यशाला

पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।

न्यायाधीशलाई १० करोड घुस दिन खोज्ने वकिल रुद्रप्रसाद आफैँ विवादको घेरामा

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।

'राष्ट्रिय स्वतन्त्र पार्टी'विरुद्ध स्वतन्त्रकै उजुरी

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले उजुरी दिएका छन्।

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।

थप समाचार

नेपाल समय
पुस्तक

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
नेपाल समय
पुस्तक

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्।
नेपाल समय
पुस्तक

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे।
नेपाल समय
पुस्तक

सूर्यप्रसाद हराउने बीपी, कृष्णप्रसाद हराउने गिरिजा

ओखलढुंगा लगायत क्षेत्रमा ठूलो विनास भयो। सूर्यबाबु यस्तो हिंसात्मक आन्दोलनको कटु आलोचक हुनुहुन्थ्यो। नेहरूसँग निकट सूर्यप्रसादले इन्दिरा गान्धी र ‘रअ’को योजना कहिल्यै पनि स्वीकार्नु भएन। जबकि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो बुबाको घनिष्ट मित्र भएकोले सूर्यबाबुलाई चाचा भन्थिन् भने सूर्यबाबुले छोरी नै भनेर सम्बोधन गर्नुहुन्थ्यो।
नेपाल समय
पुस्तक

लेखकले पाउने रोयल्टीमा १.५ प्रतिशतमात्रै कर लाग्ने

आगामी आर्थिक वर्षको बजेटमा लेखकले पाउने लेखकस्व (रोयल्टी)मा लाग्ने आयकर घटाइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना