शुक्रबार, असार १७, २०७९
पुस्तक अंश

पूँजीवादको नयाँ स्वरूप

–रमेश सुनुवार, राजकुमार श्रेष्ठ
नेपाल समय  |  काठमाडौं, आइतबार, फागुन २९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २९, २०७८, काठमाडौं

नेपाल समय

विगत कालको पूँजीवादको विकासक्रमलाई तीन चरणहरूमा विभाजन गर्न सकिन्छ– (१) संरक्षणवादी पूँजीवाद, (२) प्रतिस्पर्धी पूँजीवाद, र (३) एकाधिकारी पूँजीवाद।

१) संरक्षणवादी पूँजीवाद– पूँजीवादको यो चरण चौधौं शताब्दीबाट आरम्भ भएको थियो र सोह्रौं शताब्दीसम्म अस्तित्वमा रहेको थियो। यसको आधार व्यापार थियो, त्यसकारण यो व्यापारिक पूँजीवाद थियो। 

२) प्रतिस्पर्धी पूँजीवाद– यो चरण सोह्रौं शताब्दीबाट आरम्भ भएको थियो र उन्नाइसौं शताब्दीसम्म रहेको थियो। यसको आधार उद्योग थियो, त्यसकारण यो औद्योगिक पूँजीवाद थियो।

३) एकाधिकारी पूँजीवाद– यसको आरम्भ बीसौं शताब्दीबाट भएको थियो र यो आधा शताब्दीसम्म (१९४५ सम्म) रह्यो। यो वित्तमा आधारित पूँजीवाद अथवा वित्तीय पूँजीवाद थियो।

तर सन् १९४५ बाट पूँजीवादले एकीकरणको चरणमा प्रवेश गर्यो। यो नै पूँजीवादको वर्तमान चरण हो।

पूँजीवादको आरम्भमा प्रतिस्पर्धालाई यसको अनिवार्य शर्त मानिन्थ्यो। तर वर्तमान समयमा एकता पूँजीवादको लागि अनिवार्य शर्त र लाभदायक भएको छ। त्यसकारण वर्तमान पूँजीवादको विशेषता प्रतिस्पर्धा होइन, एकता हो। 

वर्तमान पूँजीवाद प्रतिस्पर्धी छैन। त्यसको विपरित, यो एकीकृत भएको छ, जुन भूमण्डलीकरणको रूपमा व्यक्त भएको छ। त्यसकारण यो एकीकृत पूँजीवाद हो। अर्को शब्दमा, यसलाई अन्तर्सम्बन्धित पूँजीवाद भन्न सकिन्छ । 

पूँजीवादको एकीकरणका तीन चरणहरू तथा प्रक्रियाहरू छन्– (१) सिण्डिकेट, (२) कार्टेल र (३) कर्पोरेशन।

१) सिण्डिकेट– समान प्रकारका उद्यमहरू मिलेर सिण्डिकेट बन्दछ, अथवा समान प्रकारका उद्यमहरूको संयोजनबाट सिण्डिकेट बन्दछ, जसको उद्देश्य मूल्य निश्चित गर्नु हो। यसले प्रतिस्पर्धाबाट हुने मूल्यको ह्रासलाई नियन्त्रण गर्दछ। 

२) कार्टेल– भिन्न प्रकारका तर परिपूरक उद्यमहरूको संयोजनबाट कार्टेल बन्दछ। अथवा असमान तर अन्तर्निभर उद्यमहरू मिलेर कार्टेल बन्दछ, जसको उद्देश्य उत्पादन लागत घटाउनु हो। 

३) निगम– सम्पूर्ण उद्यमहरू मिलेर निगम बन्दछ। अथवा सबै प्रकारका उद्यमहरूको संयोजनबाट निगम बन्दछ। यसको उद्देश्य सम्पूर्ण क्षेत्रमा एकाधिकार कायम गर्नु हो। अथवा यसको उद्देश्य सम्पूर्ण मानवीय आवश्यकताहरू पूरा गर्नु र ग्राहकलाई आफ्नो परिधि (क्षेत्र) भन्दा बाहिर जान नदिनु हो। त्यसकारण एउटा निगमले सबै आवश्यक वस्तुहरूको र सेवाहरूको उत्पादन गर्दछ– सियोदेखि रकेटसम्म, जुत्तादेखि ताजसम्म, चुरोटदेखि औषधिसम्म। बहुराष्ट्रिय कम्पनीहरू यसका उदाहरण हुन््। 

यी तीन चरणहरू र प्रक्रियाहरूबाट वर्तमान पूँजीवाद एकीकृत वा अन्तर्सम्बन्धित भएको छ।

वर्तमान एकीकृत पूँजीवाद विज्ञान–प्रविधिमा आधारित छ। अर्थात् वर्तमान एकीकृत पूँजीवादको आधार विज्ञान–प्रविधि हो।

३. पूँजीवादको आधारको रूपमा विज्ञान–प्रविधि

सन् १९३० को दशक र १९४० को दशकको बीचमा कोलिन क्लर्कले अर्थतन्त्रमा “तृतीय क्षेत्र”, सेवा क्षेत्रको बढ्दो महत्वमाथि ध्यानाकर्षित गरेका थिए। तर यो दृष्टिकोणले वर्तमान समयमा भइरहेको रूपान्तरणको केन्द्रमा पर्याप्त जोड दिएको छैनः त्यो हो पूँजीवादी उत्पादनका सम्पूर्ण गतिशील क्षेत्रहरूमा विज्ञान–प्रविधिको बढ्दो महत्व। 

पूँजीवाद आज सदाको भन्दा धेरै शक्तिशाली छ, र हामी पूँजीवादको एउटा नयाँ युगको उद्घाटन भइरहेको देखिरहेका छौँ, जसमा निगमहरूले नयाँ वस्तुहरू तथा नयाँ योजनाहरूको विकास गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्दछन्, र जसमा एकाधिकारको सृजनाको लागि प्रतिस्पर्धात्मक संघर्षले एउटा स्थायी आधार प्राप्त गर्दछ। 

यो नयाँ पूँजीवाद विज्ञान–प्रविधिका विकास तथा क्षमतामा निर्भर छ, जसमा नव–प्रवत्र्तनको स्रोत अनुसन्धान तथा विकास हुन्। विज्ञान–प्रविधिको विकासमाथि पूँजीवादको अधिकार नै यसको वर्तमान “अग्रगामी छलाङ”को र स्थिर अर्थतन्त्र भएका देशहरूमाथि यसको वर्तमान विजयको एउटा अनिवार्य पक्ष हो। 

वर्तमान युगका विकासहरूमा गतिको केन्द्र विशाल पूँजीवादी कर्पोरेशनहरूमा विज्ञान–प्रविधिको अधीनस्थतामा रहेको छ, जसले यसको प्रयोग आफ्ना उद्देश्यहरूको पूर्तिको लागि गर्दछन्। यी शक्तिशाली पूँजीवादी कर्पोरेशनहरूले त्यो प्रमुख आवेग प्रदान गर्दछन्, जसले पदार्थ, शक्ति, जैविक वस्तुहरू, विद्युत–चुम्बकीय सञ्चार र सूचना संग्रह तथा प्रसारणजस्ता क्षेत्रहरूमा नयाँ वैज्ञानिक तथा प्राविधिक ज्ञानको उपयोग गराउँदछ। 

पूँजीवाद आज सदाको भन्दा धेरै शक्तिशाली छ, र हामी पूँजीवादको एउटा नयाँ युगको उद्घाटन भइरहेको देखिरहेका छौँ, जसमा निगमहरूले नयाँ वस्तुहरू तथा नयाँ योजनाहरूको विकास गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्दछन्, र जसमा एकाधिकारको सृजनाको लागि प्रतिस्पर्धात्मक संघर्षले एउटा स्थायी आधार प्राप्त गर्दछ।

आज वैज्ञानिक ज्ञानका प्रभावहरू हरेक आर्थिक क्षेत्रमा– कृषिदेखि यातायातसम्म– र विभिन्न सेवा क्षेत्रहरूमा–उदाहरणको लागि स्वास्थ्य, संस्कृति, शिक्षा, मनोरञ्जन तथा प्रशासन– देखिन्छन्। विशाल आकारका वैज्ञानिक–प्राविधिक प्रणालीहरूले– जुन वैज्ञानिक तथा प्राविधिकहरूका समूहहरूद्वारा निर्मित तथा सञ्चालित हुन्छन्– नयाँ वस्तुहरू र बजारहरूको सृजना र विकास गर्दछन् (वस्तुहरू, पदार्थहरू, सेवाहरू), जसको उत्पादन पनि विज्ञानमा आधारित प्राविधिक ज्ञानद्वारा हुन्छ।  हामी बाँच्ने तरीका र हाम्रो समाजले काम गर्ने तरीका दुवै यो प्रक्रियाबाट पूर्णरूपले प्रभावित छन्। 

वर्तमान पूँजीवादी उत्पादनमा उत्पादित वस्तुहरू अत्यन्त जटिल स्वरूपका छन्, जसको खरिद अलग–अलग ढंगबाट गर्न सकिन्छ तर अन्य भागहरूबिना तिनीहरू उपयोगहीन हुन्छन्; उदाहरणको लागि सफ्टवेयर प्रोग्राम, नेटवर्क सब्स्क्रिप्सन, विभिन्न संयोजक घटकहरू। अल्पसंख्यक विशाल कर्पोरेशनहरूद्वारा नियन्त्रित र निरन्तर नवीकृत प्रविधिहरूको संयोजनले जोडिएका यी नयाँ वस्तुहरू सञ्जालहरू र प्रणालीहरूमा आबद्ध छन्, जसले आफ्नै कार्यविधिहरू र मान्यताहरू स्थापित गर्दछन्। यी नयाँ सञ्जालहरू र प्रणालीहरू विज्ञान–प्रविधिमा आधारित छन्, र त्यसैकारण यिनीहरू पूर्णरूपले त्यस्ता विज्ञान कम्पनीहरू तथा कर्पोरेशनहरूमा निर्भर छन्, जुन स्वयंले विज्ञान–प्रविधिको नियन्त्रण गर्दछन्। त्यसकारण यो नयाँ पूँजीवादको शिखरमा हुनुको अर्थ नयाँ वैज्ञानिक–प्राविधिक विकासहरूमा पारंगत हुनु हो। 

वर्तमान उत्पादन प्रक्रियामा दुई रणनीतिक क्षेत्रहरू अन्तर्सम्बन्धित भएका छन्– मातृ प्रविधिहरूको क्षेत्र (कम्प्युटर, दूरसञ्चार, जैवप्रविधि, विशेषगरी जेनेटिक इन्जिनियरिङ र पदार्थ विज्ञान, इत्यादि) र तिनीहरूको संयोजनको क्षेत्र (अन्तरिक्ष प्रविधि, भूमण्डलीकृत सूचना तथा बहुसञ्चार, स्वास्थ्य, इत्यादि)। यी क्षेत्रहरूमध्ये प्रत्येकमा केवल विशाल कर्पोरेशनहरू मात्र, जुन अन्य अत्यन्तै उच्च ढंगबाट विशिष्टीकृत कम्पनीहरूको साथमा काम गर्दछन्, नयाँ प्रणालीहरू तथा वस्तुहरूको उत्पादनको लागि विज्ञान–प्रविधिको सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने स्थानमा रहन्छन्। 

यो नयाँ उत्पादन प्रक्रिया तथा नयाँ प्राविधिक प्रतिस्पर्धाको लागि अनुसन्धान, उपकरण तथा तालिममा अझ धेरै लगानीको आवश्यकता पर्दछ। परिणामस्वरूप प्रत्येक रणनीतिक क्षेत्रमा केवल अल्पसंख्यक कर्पोरेशनहरूको मात्र प्रमुख हुन्छ। 

सन् १९९० को दशकदेखि करिब यी सबै क्षेत्रहरूमा संकेन्द्रण बढेको छ, र पूँजीवादीहरूका ध्रुवहरूको बीचमा तथा प्रत्येक ध्रुवभित्र पनि संझौताहरू, गठबन्धनहरू र व्यापारहरू भइरहेका छन्। 

यो सामान्यीकृत (भूमण्डलीकृत) पूँजीवादको निर्णायक स्थानमा रहन चाहने कुनै पनि देशले नयाँ वैज्ञानिक–प्राविधिक विकासहरूमा पारंगत हुनुपर्दछ। 

विज्ञान–प्रविधिमा आधारित वर्तमान विशाल कर्पोरेशनहरूले (निगमहरूले) केवल उत्पादन तथा बजारमा मात्र प्रभाव पार्दैनन्; तिनीहरूले अनुसन्धानको निर्देशन, उत्पादनहरूको परिकल्पना, प्रणालीहरूको निर्माण, मागको सृजना र अन्ततः जीवनशैली तथा भावी समाजको स्वरूपलाई निर्धारण पनि गर्दछन्।

तर पनि विज्ञान–प्रविधिमा आधारित पूँजीवादको उदयस“गै आद्योगिक पूँजीवादको लोप भएको छैन। मानव समाजको विकास क्रममा सदा के देखिन्छ भने अगाडिका चरणहरू कमजोर बन्दछन् र पछाडिका चरणहरू प्रबल बन्दछन्। त्यसैगरी वर्तमान युगमा औद्योगिक पूँजीवाद कमजोर बनिरहेको छ र विज्ञान–प्रविधिमा आधारित पूँजीवादले शक्ति प्राप्त गरिरहेको छ। यसको साथसाथै, अगाडिका सामाजिक चरणहरू, सामान्यतया अगाडिका उत्पादनका रूपहरू, नयाँ आकारमा ढालिन्छन्– जसरी कृषि तथा घरेलु जीवन औद्योगिक पूँजीवादको नव–प्रवत्र्तक शक्तिद्वारा पूर्णरूपले रूपान्तरित भएका थिए, त्यसैगरी औद्योगिक पूँजीवादका सबै सामाजिक क्रियाकलापहरू (घरेलु जीवन, कृषि, यातायात, उद्योग, स्वास्थ्य सेवा, सूचना–सञ्चार, आदि) विज्ञान–प्रविधिमा आधारित वर्तमान पूँजीवादको नव–प्रवत्र्तक शक्तिद्वारा गम्भिर रूपले रूपान्तरित भइरहेका छन्। 

मानवसमाजका पूर्ववर्ती चरणहरूको तुलनामा उत्तरवर्ती चरणहरूमा गतिविधिहरूको विस्तार पनि उल्लेखनीय देखिन्छ। म्यानुफ्याक्चर कालको पूँजीवादले आपूmलाई मुख्यतया कपडा उत्पादनमा लगाएको थियो, औद्योगिक पूँजीवादले आफ्नो कार्यक्षेत्रलाई अत्यन्तै विविधीकृत वस्तुहरूको उत्पादनमा विस्तार ग¥यो, र विज्ञान–प्रविधिमा आधारित वर्तमान पूँजीवादले आपूmलाई मानव जीवनको हरेक क्षेत्रमा पु¥याएको छ– ज्ञान, वस्तु उत्पादन र सेवा। यस अर्थमा, विज्ञान–प्रविधिमा आधारित पूँजीवादको उदयस“गै हामी पूँजीवादको गतिविधिको क्षेत्र विस्तृत तथा सार्वभौमिक भइरहेको देखिरहेका छौं। 

यसप्रकार, पूँजीवादले विश्व र यसका समाजहरूमाथि पहिलेभन्दा अझ धेरै प्रभुत्व जमाएको छ। व्यापारिक पूँजीवादको उदय युरोपमा चौधौं शताब्दीदेखि सोह्रौं शताब्दीमा भएको थियो। औद्योगिक पूँजीवाद सत्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीमा आएको थियो। त्यसपछि बीसौं शताब्दीमा वित्तीय पूँजीवाद आयो। अब एक्काइसौं शताब्दी वैज्ञानिक–प्राविधिक पूँजीवादको युग बन्नलागेको छ। यद्यपि हामीहरू आज यसका सम्पूर्ण अभिव्यक्तिहरू देख्नबाट धेरै टाढा छौँ, तर पूँजीवादको यो नयाँ चरण वर्तमान समाजको “आमूल रूपान्तरण”को आधारभूत तत्व हो भन्ने कुरामा कुनै शंका छैन। 

त्यसकारण वर्तमान पूँजीवाद वैज्ञानिक–प्राविधिक पूँजीवाद हो।

४. उत्पादन क्षेत्रबाट मानवश्रमको विस्थापन

मानव समाजको इतिहासमा मानवश्रम सदा प्रमुख उत्पादक शक्ति रहिआएको थियो। तर यसको विपरित वर्तमान युगमा मानवश्रम उत्पादन क्षेत्रबाट विस्थापित भएको छ। अब यो समाजको प्रमुख उत्पादक शक्ति रहेको छैन। 

मानवश्रमको भूमिका (१) शक्ति, (२) कुशलता, र (३) नियन्त्रण हो। यी तीनै भूमिकाहरूलाई वर्तमान विज्ञान–प्रविधिले विस्थापन गरेको छः शक्तिलाई प्राकृतिक शक्तिद्वारा, कुशलतालाई यन्त्रद्वारा र नियन्त्रणलाई स्वचालनद्वारा।

उत्पादन क्षेत्रलाई तीन श्रेणीहरूमा विभाजन गरिएको छ– (१) प्राथमिक क्षेत्र (उचष्mबचथ कभअतयच), (२) द्वितीय क्षेत्र (कभअयलमबचथ कभअतयच) र (३) तृतीय क्षेत्र (तभचतष्बचथ कभअतयच)। प्राथमिक क्षेत्रमा कृषि, द्वितीय क्षेत्रमा उद्योग र तृतीय क्षेत्रमा सेवा पर्दछन्। यी क्षेत्रहरूमा श्रमको संलग्नता क्रमशः स्थानान्तरण भएर वर्तमान युगमा सेवा क्षेत्रमा पुगेको छ। तर सेवा क्षेत्र उत्पादनको सहायक क्षेत्रमा पर्दछ। त्यसकारण वर्तमान समाजमा मानवश्रमको भूमिका पनि सहायक बनेको छ। 

५. समाजको नयाँ संरचना 

उत्पादनका क्षेत्रबाट मानव श्रम–शक्तिको विस्थापन भएपछि मानवश्रम सामाजिक व्यवस्थाको आधार रहेन। परिणामस्वरूप अहिले समाजको विभाजन र स्तरीकरणका अन्य गौण तत्वहरू प्रभावकारी बनेर सतहमा आएका छन्। ती तत्वहरू हुन्– लिंग, जाति, वर्ण, समुदाय, धर्म, क्षेत्र, आदि। यी तत्ववहरूले वर्तमान समाजमा ठूलो विषमता सृजना गरेका छन्। वर्गीय विभेदको स्थान लिंगीय, जातीय, धार्मिक, क्षेत्रीय विभेदहरूले लिएका छन्। समाजमा मानिसहरूको सम्बन्ध र एकताको आधारको रूपमा, वर्गीकरणको आधारको रूपमा अन्य गौण तत्ववहरू प्रभावकारी बनेका छन्। तर यसको अर्को पक्ष पनि छ, जुन क्रान्तिको लागि अत्यन्त महत्ववपूर्ण छ। 

उत्पादक शक्तिको रूपमा विज्ञान–प्रविधिको विकास र त्यसमाथि पूँजीपति वर्गको एकाधिकारको परिणामस्वरूप समाजका बहुसंख्यक मानिसहरू उत्पादन क्षेत्र र सम्पदा (सम्पत्ति) को स्वामित्व दुवैबाट विस्थापित भएका छन्। यिनीहरूबाट अब एउटा नयाँ वर्गको निर्माण भइरहेको छ। यही वर्ग वर्तमान युगको सबैभन्दा क्रान्तिकारी वर्ग हो, किनभने यसस“ग गुमाउनको लागि आफ्नो केही पनि छैन, तर जित्नको लागि सम्पूर्ण संसार छ, र यो वर्तमान पूँजीवादी व्यवस्थाको अनिवार्य परिणाम, वैध सन्तान, हो। 

- सुनुवार र श्रेष्ठको ‘कम्युनिष्ट कसरी बन्न सकिन्छ’ पुस्तकबाट



प्रकाशित: March 13, 2022 | 12:21:52 काठमाडौं, आइतबार, फागुन २९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।

श्रीमतीलाई भीरबाट लडाएर हत्या गर्ने निर्दयी श्रीमान्

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

बालुवाटार पुगे नेकपा एसका तीन मन्त्री

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ।

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

थप समाचार

नेपाल समय
पुस्तक

'पानीघट्ट' पढ्दा आफ्नै बारीको डिलमा पुगेका खगेन्द्र लामिछाने

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ माथिको अन्तरसंवादको सुरूवातमा भने, ‘आफूले लेख्न र बोल्न चाहेको भाषा लेख्ने मान्छे भेटेँ।’
नेपाल समय
पुस्तक

नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन्।
नेपाल समय
पुस्तक

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ। शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे।
नेपाल समय
पुस्तक

सूर्यप्रसाद हराउने बीपी, कृष्णप्रसाद हराउने गिरिजा

ओखलढुंगा लगायत क्षेत्रमा ठूलो विनास भयो। सूर्यबाबु यस्तो हिंसात्मक आन्दोलनको कटु आलोचक हुनुहुन्थ्यो। नेहरूसँग निकट सूर्यप्रसादले इन्दिरा गान्धी र ‘रअ’को योजना कहिल्यै पनि स्वीकार्नु भएन। जबकि भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो बुबाको घनिष्ट मित्र भएकोले सूर्यबाबुलाई चाचा भन्थिन् भने सूर्यबाबुले छोरी नै भनेर सम्बोधन गर्नुहुन्थ्यो।
नेपाल समय
पुस्तक

लेखकले पाउने रोयल्टीमा १.५ प्रतिशतमात्रै कर लाग्ने

आगामी आर्थिक वर्षको बजेटमा लेखकले पाउने लेखकस्व (रोयल्टी)मा लाग्ने आयकर घटाइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना