बुधबार, माघ २५, २०७९

कभरमा अनुवादकको नाम अनिवार्य गराउने जेनिफरको अभियान

नेपाल समय  |  काठमाडौं, आइतबार, फागुन ८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ८, २०७८, काठमाडौं

नेपाल समय

अनुवादका सन्दर्भमा जेनिफर क्रफ्टको प्रस्ट मान्यता छ, कृतिको गातामै अनुवादकको नाम हुनैपर्छ। उनी स्पस्टसाथ भन्छिन्, ‘आफूले पढिरहेका शब्दको चयन कसले गर्‍यो, सुरुमै थाहा पाउने हक पाठकलाई छ।’ त्यसैले अनुवादकको नाम गातामा राख्न नमान्ने प्रकाशकसँग जेनिफर काम नै गर्दिनन्।

जेनिफरले नोबल पुरस्कार बिजेता पोल्यान्डकी साहित्यकार ओल्गा तुकारचुकको उपन्यास 'फ्लाइट'को अनुवाद गरेकी छिन्। यो कृतिको अनुवादपछि उनको कामले थप चर्चा पायो। फ्लाइट अनुवादका निम्ति उनले सन् २०१८ मा बुकर इन्टरनेसनल प्राइज हात पारिन्।

फ्लाइटको अनुवाद जेनिफरका निम्ति सन्तान जत्तिकै प्यारो छ। ‘नि:सन्देह यो कृति ओल्गाको हो। मैले मेरो शैली प्रयोग गरेर सम्पूर्ण तागत समर्पण गरेकी छु। त्यसैले मलाई यो अनुवाद सन्तान जत्तिकै प्यारो छ।’

जेनिफरको निम्ति यो अनुवाद फगत श्रम मात्रै थिएन, प्रेम थियो। आफ्नो प्रेमलाई संसार समक्ष चिनाउनका निम्ति उनलाई एक दशक लाग्यो। एक दशकसम्म यो अनुवाद प्रकाशन गर्न उनी असमर्थ भइन्। अन्ततः सन् २०१७ मा बेलायतको  फिचकराल्डो इडिसनले उनको अनुवाद प्रकाशित गर्‍यो भने सन् २०१८ मा अमेरिकाको रिभरसेडले पनि छाप्ने निर्णय गर्‍यो। यो अनुवादले ओल्गाको फ्लाइटलाई संसारभरका दर्शकसामु मात्रै परिचित गराएन, जेनिफरलाई समेत उत्कृष्ट अनुवादकका रुपमा परिचित गरायो। 

फ्लाइटको अनुवादले जेनिफरलाई विश्वसामु चिनाएपनि उनी एक विषयले स्तब्ध छिन्। वर्षौंको मिहेनत र दशक लगाएर प्रकाशित भएको अनुवाद संस्करणको गातामा उनकै नाम छुट्यो। त्यसपछि नै हो जेनिफरले कठोर निर्णय लिएको, गातामा नाम आए अनुवाद गर्ने नभए नगर्ने।

आफ्नो निर्णयबारे जेनिफरको ट्विट छ, ‘अब उपरान्त गातामा मेरो नाम प्रकाशित हुने सर्तमा बाहेक म अनुवाद गर्ने छैन। अनुवादमा मेरो नाम प्रकाशित नहुँदा मेरो मात्रै अपमान भएको छैन। पाठकहरुलाई पनि असुविधा भएको छ। आफूले पढेका शब्दको चयन कसले गर्‍यो, यो जानकारी राख्ने अधिकार पाठकलाई छ।’

फ्लाइटको अनुवाद जेनिफरका निम्ति सन्तान जत्तिकै प्यारो छ। ‘नि:सन्देह यो कृति ओल्गाको हो। मैले मेरो शैली प्रयोग गरेर सम्पूर्ण तागत समर्पण गरेकी छु। त्यसैले मलाई यो अनुवाद सन्तान जत्तिकै प्यारो छ।’

उनको यो अभिव्यक्तिले विश्व साहित्यिक जगतकै ध्यान खिचेको छ। जेनिफर उपन्यासकार मार्क हडनले अनुवाद कृतिको गातामा अनुवादकको नामा राख्न प्रकाशकहरुलाई खुला पत्र नै लेखे। त्यसमा २६ सय लेखकको हस्ताक्षर समावेश थियो। हस्ताक्षर गर्नेहरुमा प्रख्यात लेखकहरु लरेन ग्रोफ, केत कितामुरा, फिलिप पुलम्यान, रोबिन मायर, जोन किन लगायत थिए। यो हस्ताक्षर अभियानपछि बेलायतका पन म्याकमिलन, इन्डिपिन्डेन्ट युरोपियन प्रेसले अनुवादकको नाम गातामै राख्न थाले।

जेनिफरको पछिल्लो अनुवाद कृति पनि ओल्गाकै ‘द बुक्स अफ ज्याकोब’ हो। नौ सय पृष्ठको यो उपन्यास १८औँ शताब्दीका नेता ज्याकोब फ्र्याङकबारे छ। उपान्यासको विषयवस्तु नेताको डायरी, कविता र केही  भविष्यवाणीबारे छ। यस कृतिको अनुवादमा जेनिफरको कौशलबारे समीक्षकहरुले राम्रै प्रशंसा गरेका छन्। समीक्षकहरुको नजरमा जेनिफरको अनुवाद कला अद्भुत छ। ओल्गाको बृहत् कृतीमा जेनिफरको फुर्तिलो अनुवाद अनुकरणीय र प्रशंसनीय रहेको उनीहरुको भनाइ छ। न्युर्योक टाइम्समा आफ्नो समीक्षमा वाट गार्नर लेख्छन्, ‘निकै संवेदनशील भएर अनुवाद गर्ने जेनिफर, लेखकको भावनालाई दुरुस्तै उतार्छिन्। हास्यरसमा पनि उनको उत्तिकै दख्खल छ।’

‘द बुक्स अफ ज्याकोब’मा जेनिफरको नाम गातामै उल्लेख छ। ओल्गा र उनी स्वयंको अनुरोधमा प्रकाशक रिभरसेडले जेनिफरको नाम लेखेको हो। प्राय अनुवादकले आफ्नो पारिश्रमिकबाहेक केही पाउँदैनन्। ‘फ्लाइट’को अनुवादका लागि जेनिफर पारिश्रमिक मात्रै पाएकी थिइन्। ‘द बुक्स अफ ज्याकोब’को अनुवादका लागि भने उनले रोयल्टी पनि पाउनेछिन्। जेनिफरको अनुवाद कलाबारे आल्गाले भनेकी छिन्, ‘साहित्यिक दृष्टिकोणले उनको प्रतिभा अविश्वसनीय छ।’

ओल्गा उनको प्रशंसामा यत्तिमा मात्रै सीमित  छैनन्। ‘जेनिफर भाषाको गहिरो सन्देश अनुवादमा उतार्छिन्।  लेखकको अभिप्राय दुरुस्तै उतार्ने उनको क्षमता छ,’ जेनिफरको अनुवाद कौशलबारे उनी भन्छिन्।

अनुवादका निम्ति विशेष कला आवश्यक छ। अनुवादका लागि चार्तुयता र कल्पनाशीलता अपरिहार्य छँदैछ, पाठकलाई मौलिक रुपमा सामाग्री दिने क्षमता अनिवार्य छ ।

जेनिफरको प्रशंसामा ओल्गा अझै अघाएकी छैनन्। ‘शब्द र पंङ्क्ति मात्रै होइन, जेनिफरले लेखकको आवेग र संवेदनालाई पनि उसैगरी उतार्छिन्। लेखकको सबैपाटो जस्ताको त्यस्तै प्रस्तुत गर्नसक्ने उनको क्षमताको म ठूलो प्रशंकको हुँ।’

कृतिको गातामा अनुवादकको नाम छाप्ने मुद्दा जेनिफरका निम्ति फगत अभियान मात्रै थिएन। यसले पारदर्शितालाई मद्दत पुर्‍याउने उनको विश्वास थियो। यस्तै यसले पाठकहरुलाई अनुवादकको कामको मूल्यांकनको अवसर दिने उनी बताउँछिन्। अनुवाद रचनात्मक र कलात्मक विषय भएको भन्दै जेनिफर भन्छिन्, ‘अनुवाद प्राविधिक विषय मात्रै होइन, यो कलात्मक पनि हो। निश्चय पनि हामीले हाम्रो मेहनतको श्रेय पाप्त गर्नेपर्छ तर बिर्सन नहुने पक्ष भनेको हामीले हाम्रो कामको जिम्मेवारी पनि लिनै पर्छ।’ 

जेनिफरको यो अभियानपछि अन्य लेखकले पनि यसलाई महत्व दिएका छन्। इटालियन भाषाका कृति अनुवाद गर्ने झुम्पा लहिरीले अनुवादकको नाम गातामै समावेश गर्ने मानक अभ्यास स्थापित गर्नेपर्ने मत राख्छिन्। यो अभ्यासले अनुवादकलाई अधिकार सम्पन्न व्यक्तिका रुपमा स्थापित गर्ने उनको बुझाइ छ।‘ 

अनुवादका निम्ति विशेष कला आवश्यक छ। अनुवादका लागि चार्तुयता र कल्पनाशीलता अपरिहार्य छँदैछ, पाठकलाई मौलिक रुपमा सामाग्री दिने क्षमता अनिवार्य छ । यस्तो क्षमता भएका व्यक्तिको अधिकार स्थापित गर्न यो अभियानमा सबैले साथ दिनैपर्छ,’ लहिरीको मत छ। 

 ‘केही प्रकाशकहरुले मसँग काम नगर्लान् तर अनुवादकलाई गर्ने व्यवहार र अनुवादलाई हेर्ने दृष्टिकोण बदल्न भने म सफल हुनेछु। मेरो लागि सफलता र खुशी नै यही हुनेछ।'

अनुवादित साहित्य अमेरिकी बजारको एक सानो हिस्सा हो। एलेना फेरान्टे, हारुकी मुराकामी र कार्ल ओभका अनुवादित कृतीले ठूलै सफलता प्राप्त गरेपनि धेरै प्रकाशकहरुले अमेरिकीहरुले अनुवादित कृतीमा त्यति विश्वास नराख्ने मान्यता  राख्छन्। ‘विगतमा प्रकाशकहरु भन्थे- अनुवादित साहित्य भन्ने थाहा पाउनासाथ अमेरिकीहरू त्यो पुस्तकलाई बेवास्ता गर्थे,’ अनुवादक एन गोल्डस्टिन भन्छन्। 

यही विश्वासका कारण अनुवाद साहित्य प्रकाशनको संख्या घट्दो छ। सन् २०१० मा ९ हजार साहित्यिक कृति अंग्रेजी भाषामा अनुवाद भएका थिए। सन् २०२१ मा ४ सय १३ अनुवादित कृति सार्वजनिक भएको तथ्यांक छ। यीमध्ये पनि थोरैको गातामा मात्रै अनुवादकको नाम उल्लेख छ। ठूला प्रकाशहरुले अनुवादकको नामा गातमा उल्लेख गर्ने नीति आफूहरुको नरहेको बताउने गरेका छन्। केही साना प्रकाशकहरुले मात्रै जेनिफरको अभियानलाई साथ दिन  खोजिरहेका छन्। 

४० वर्ष पुगेकी  जेनिफर भने आफ्नो अभियानलाई अझै व्यापक बनाउने पक्षमा छिन्। जेनिफर स्पेनिस, पोलिस र रसियन भाषाका कृति अनुवादको तयारीमा छिन्। ट्युल्सा युनिभर्सिटीमा उनले रसियन साहित्य अध्ययन गरेकी थिइन्। लोवा युनभर्सिटीबाट उनले साहित्यिक अनुवादमा स्नातकोत्तर गरेकी थिइन्। पोलिस साहित्य भने उनले पछि अध्ययन गरेकी हुन्। सन् २००२ मा जेनिफरले ओल्गाको कथा संग्रह ‘प्लेयिङ मेनी ड्रम्स’ पढेकी थिइन्। त्यस कथासंग्रह उनलाई निकै रोमाञ्चित लागेको थियो। पछि उनले एन्टोनिया लोयडले अनुवाद गरेको ओल्गाको उपन्यास पढेकी थिइन्  र एन्टोनियालाई इमेल गरेर ओल्गालाई भेट्न पाइन्। 

सन् २००३ मा जेनिफर पोल्यान्ड पुगिन्। त्यहीँ उनले ओल्गाको ‘फ्लाइट’ अनुवाद गरेकी हुन्। ‘जब म ओल्गाका पुस्तकबारे सम्पादकहरुसँग कुरा राख्थेँ उनले नोबेल पुरस्कार पाउने दाबी गर्थेँ तर कसैले पनि मेरो कुरा पत्याउन तयार भएनन्। कालान्तरमा म सही भएँ,’ जेनिफर भन्छिन्। 

ओल्गाका कृतिका साथै जेनिफरले बेलेटा ग्रेग, रोमानिया पउल लगायतका कृति पनि अनुवाद गरेकी थिइन्। अनुवादका लागि जेनिफर पुस्तक पढेर सक्छिन्। अनि सुरुमा फर्किछिन् र लेखकको भावनालाई सुरुदेखि अन्त्यसम्मै दुरुस्तै उतार्छिन्। जेनिफर शब्द-शब्दको उल्था होइन, लेखले अभिव्यक्त गरेको भावनालाई बढी ध्यान दिन्छिन्। आफ्नो अनुवाद कलाबारे जेनिफर भन्छिन्, ‘म एकसरो पढेर सबै कुरा भत्काउछु। अनि फेरि जगैदेखि पुनर्निर्माण गरेर सुन्दर बनाउने प्रयत्न गर्छु।’

अनुवाद नगर्दा जेनिफर आफ्नै कृतिमा व्यस्त हुन्छिन्। उनले स्पेनिस भाषामा आत्मवृतान्त तयार गरेकी छिन्। आगामी वर्षका निम्ति उनी तीन वटा नयाँ उपन्यास अनुवादमा व्यस्त छिन्। जेनिफरलाई कहिलेकाहीँ डर पनि लाग्छ, गातामा नाम राख्नुपर्ने शर्तले कतै अवसर त गुम्दैनन्। जति उनको मनमा डर छ, त्यो भन्दा बढी आफ्नो अभियानप्रति दृढता पनि छ। ‘केही प्रकाशकहरुले मसँग काम नगर्लान् तर अनुवादकलाई गर्ने व्यवहार र अनुवादलाई हेर्ने दृष्टिकोण बदल्न भने म सफल हुनेछु। मेरो लागि सफलता र खुशी नै यही हुनेछ।'

-द न्युयोर्क टाइम्सबाट


प्रकाशित: February 20, 2022 | 06:37:01 काठमाडौं, आइतबार, फागुन ८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
पुस्तक

पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ।
नेपाल समय
पुस्तक

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचित

झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडौंको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरे।
नेपाल समय
पुस्तक

'थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन्'

‘महानगर’ फिल्मका निर्देशक मोहन राईद्वारा अनुदित पुस्तकलाई अभि सुवेदीसहित जोएल हिबोनेट, नविन सुब्बा, सुष्मा राईले संयुक्त रुपमा विमोचन गरेका थिए।
नेपाल समय
पुस्तक

एक केजीको बच्चा हुर्काउन संघर्षरत कर्णालीका आमाको कथा बोल्ने 'शून्यको मूल्य'

डा. केसीलाई पूर्ण जीवन बुझ्न समाजै बुझ्नुपर्छ र समाजका असली पात्रसँग संगत गर्नुपर्छ भन्ने लाग्यो। त्यसैको फलस्वरुप संगत गरे बिरामीसँग डाक्टर भएर। आमाको बिरामी छोरा भएर। पढ्न रहर हुँदाहुँदा पनि स्कुल जान नपाएको बालक भएर। बिरामीको विश्वासिलो साथी भएर। अनि, जन्माए- नयाँ पुस्तालाई कर्णाली बुझाउने खुराक शून्यको मूल्य।
नेपाल समय
पुस्तक

कसरी जन्मिन्छन् रातारात अनुवादक?

अनुवाद गर्दा मिहिनेत र समय लाग्छ। अनुवादककाअनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ। तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना