काठमाडौं– इतिहासकार एवं प्राध्यापक डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको पुस्तक ‘नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध’ प्रकाशित भएको छ। नेपालको प्राचीनकालदेखि अहिलेसम्म छिमेकी राष्ट्र एवं अन्य देशहरूसँगको सम्बन्धको विस्तृत चर्चा गरिएको यस पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।
चौध अध्यायमा विभाजित पुस्तकमा नेपालले अन्तरराष्ट्रिय सम्बन्ध स्थापना गर्दाका आरोहअवरोह तथा विवादबारे विश्लेषण गरिएको छ। डा. उपाध्यायको यसअघि नेपालको इतिहास, विश्वको इतिहास, आधुनिक भारतको इतिहास, नेपालको प्राचीन र मध्यकालीन इतिहासलगायत आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन्।
नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको मूल्य ४ सय ९५ रुपैयाँ रहेको छ।