बिहीबार, जेठ १२, २०७९

दासप्रथा उन्मूलनमा हस्ताक्षर गर्दा काँपेको लिंकनको हात

नेपाल समय  |  काठमाडौं, शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८, काठमाडौं

नेपाल समय
दासप्रथा उन्मुलनका लागि हस्ताक्षर गर्दै अमेरिकी राष्ट्रपति अब्राहम लिंकन। तस्बिर : ओलम्स्टेड२०० डट ओआरजी।

काठमाडौं- अब्राहम लिंकन राष्ट्रपति हुँदाबखत दासप्रथा समर्थक र विरोधी खेमामा सिंगै देश विभाजित भइसकेको थियो। लिंकन राष्ट्रपति भएसँगै दासप्रथाकै कारणले गृहयुद्ध चर्किन थालेको थियो। 

यसैबीच दक्षिणी क्षेत्रका दास–मालिकहरूले चलाइरहेको गृहयुद्धको प्रतिकार गर्न  दासप्रथा उन्मूलनको घोषणा ठूलो हतियार हुनेछ भन्ने सुझाव उनलाई दिइयो। यो सुझाव लिंकनका सल्लाहकार, सहकर्मी तथा समर्थकहरूले दिएका थिए। तर उनी भने तत्काल दासप्रथाको उन्मूलनका पक्षमा थिएनन्। 

उनले दासप्रथालाई दक्षिणका दास–राज्यका शासक र सामन्तहरूको आन्तरिक मामिलाको विषयमात्रै ठानिरहे। अमेरिकालाई एकीकृत बनाएर राख्‍न दासप्रथा तत्काल अन्त्य गर्दा परिस्थिति आफ्नो विपरीत जाने भय उनमा थियो। 

तर, लिंकनका सल्लाहकार, सहकर्मी तथा सडकमा रहेका दासप्रथाविरोधी शक्तिहरू संघर्षमा थिए। उनीहरूले दक्षिणतिर दासहरू मुक्त गर्ने घोषणा गरेर दास-राज्यभित्र आगो झोस्‍नुपर्छ भन्ने मागका साथ आवाज बुलन्द पारे। अझ कतिले त दासप्रथा उन्मूलन गरेर लिंकनले पुण्य कमाउनु पर्छ भन्ने अर्थबाट दबाब दिए। 

लिंकनले दुवै तर्फका विचार र तर्कलाई ध्यानपूर्वक सुनिरहे। उनीहरूका भनाइको मर्मप्रति सहानुभूति प्रकट गरे। तर उनीहरूका सुझाव लागू गर्न अस्वीकार गरे। लिंकनलाई दासप्रथा अन्त्य गर्ने हो भने डेमोक्रेट पार्टीले गृहयुद्धमा साथ दिने छैन भन्ने लागिरहेको थियो। दासप्रथा चलिरहेका सीमाका राज्यहरूको समर्थन गुम्नेछ भन्ने डर पनि उनलाई थियो। 

चालिस लाख मजदुरहरूलाई मालिक र सामन्तहरूको माखेसाङ्लोबाट मुक्त गर्न सकिएमा श्रमिकहरू ठूलो फौज तयार हुने कुरामा ती दुवै राष्ट्रका पुँजीपतिहरू विश्वस्त हुन थालेका थिए। 

अझ दासप्रथा उन्मूलनका विरोधीका रूपमा आफ्नै रिपब्लिकन पार्टीका नेताहरू पनि आफ्ना विरोधी भएर निस्कनेछन् भन्ने लागेकाले गर्दा पार्टी र राज्यहरूको राष्ट्रिय सहमति टुट्नेछ र कमजोर उत्तरको लिंकन प्रशासनमाथि दक्षिणका बर्बर दास–मालिकहरूले विजय हासिल गर्ने विश्लेषण गरियो।

 सन् १८६३ नोभेम्बर १९ मा राष्ट्रपति अब्राहम लिंकन सम्बोधन गर्दै। तस्बिर : लिथोग्राफ। 

दासप्रथा उन्मूलनका पक्षपातीहरूको तर्क भने बलियो र वास्तविक खालको थियो। उनीहरूको बलियो तर्क थियो, दासप्रथा उन्मूलनको घोषणा भएमा दक्षिणका ४० लाख दासहरूले खुला रूपमा विद्रोह गर्नेछन् र दक्षिणका दास–मालिकहरू कमजोर हुनेछन्। दक्षिणलाई समर्थन गर्ने त्यसबेलाको शक्ति राष्ट्र ब्रिटेनले पनि दासप्रथा उन्मूलनको घोषणाको विरोध गर्न सक्दैन। 

यही तर्कसहित उनीहरू लिंकनकहाँ पटक पटक गए, उनले पनि पटकपटक उनीहरूको प्रस्ताव लागु गर्न अस्वीकार गरे। पटक पटकको अस्वीकारपछि पनि दासप्रथा उन्मूलनका पक्षपातीहरूले सडकदेखि सदनसम्म आवाज घन्काएर सहमति कायम गर्न खोजे।  उनीहरूको तर्कले अन्ततः राष्ट्रपतिसमेतलाई प्रभावित पार्न थालेपछि लिंकनले आफ्नो अडानमाथि पुनःविचार गर्नुपर्‍यो। 

त्यसमाथि उत्तरका राज्यहरूमा औद्योगिकीकरणलाई व्यापक मात्रामा विस्तार गर्न नवोदित अमेरिकी उद्योगपति र पुँजिपतिहरूलाई मजदुरहरूको सख्त जरूरत भएको थियो। त्यस्तै अमेरिकाका लगानी गर्न चाहने ब्रिटिश पुँजीपतिहरूलाई पनि सस्तो ज्यालामा काम गर्ने श्रमिकहरूको आवश्यकता थियो। त्यसरी सस्तो श्रम बेच्नसक्ने संभावनाले युक्त काला जातिका अफ्रिकी अमेरिकीहरूलाई भने दक्षिणी राज्यका कपास खेति गर्ने मालिक र सामन्तहरूले बन्धनमा पारिरहेका थिए। 

ती चालिस लाख मजदुरहरूलाई मालिक र सामन्तहरूको माखेसाङ्लोबाट मुक्त गर्न सकिएमा श्रमिकहरू ठूलो फौज तयार हुने कुरामा ती दुवै राष्ट्रका पुँजीपतिहरू विश्वस्त हुन थालेका थिए। 

मूल रूपमा अमेरिकी उद्योगपति र ब्रिटिश पुँजीपतिहरूले दासहरूलाई कैद मुक्त गर्नका लागि सम्पूर्ण खाले प्रयास गर्ने तयारी गरे। उनीहरूले दक्षिणका दासमालिक र सामन्त तथा उनीहरूको राज्यविरूद्ध राजनीतिक र सामरिक रूपमा टक्कर लिनुपरे पनि लिने अडान लिए। त्यसपछि उनीहरूको वैचारिक र राजनीतिक प्रतिनिधित्व गर्ने राजनीतिक दल र तिनका नेताहरूले दासप्रथा उन्मूलनका लागि हरियो बत्ती पाए। यसपछि राष्ट्रपति लिंकनलाई पनि अगाडि बढ्नका लागि सम्पूर्ण बाटो खुल्यो।

ब्रिटिश पुँजीपतिहरूको दबाबमा ब्रिटेनले पनि दासप्रथा उन्मूलनको घोषणालाई समर्थन गर्ने छाँटकाँट देखाएपछि लिंकनले सोचे– दासप्रथा उन्मूलनले गर्दा आफ्नो प्रिय देशको अखण्डता बच्छ भने किन त्यसो नगर्ने त रु युद्ध जित्ने सैनिक लक्ष्य पनि पूरा हुने भए किन दासप्रथा उन्मूलन नगर्ने त?

हात हल्लिए पनि नहल्लिए पनि हस्ताक्षर गर्ने अठोटसहित अमेरिकाका राष्ट्रपति लिंकनले सुनको कलम राम्ररी समाएर सतर्कतापूर्वक आफ्नो नाम लेखे- 'अब्राहम लिंकन।'
त्यसपछि लिंकनले उत्तर र दक्षिणको सीमामा रहेका राज्यहरूको सहमतिमा दासप्रथा उन्मूलनको घोषणा गर्नका लागि खाका तयार गर्न थाले। तर ती राज्यहरू भने दासता उन्मूलनको सवालमा पर–पर भाग्न थाले। त्यसैल शक्तिसम्पन्न राष्ट्रपति लिंकनले सन् १८६२ जुलाईसम्ममा राष्ट्रपतिको आदेशमार्फत् दासप्रथा उन्मूलनको घोषणा गर्ने मनस्थिति बनाए। उनले दक्षिणी राज्यहरूमाथि विजय प्राप्त भएपछि यस्तो घोषणा गर्ने सोच बनाएका थिए। 

सन् १८६३ मा ह्वाइट हाउसबाहिर राष्ट्रपति अब्राहम लिंकन अफ्रिकी अमेरिकीहरूसँग कुरा गर्दै। तस्बिर : बेटम्यान आर्काइभ/गेट्टी इमेजेज्। 

त्यसैले अन्टिएटम क्रीकमाथि उत्तरी सेनाले विजय हासिल गरेपछि २३ सेप्टेम्बर, १८६२ मा दासप्रथा उन्मूलनसम्बन्धी प्रस्तावित घोषणापत्र प्रकाशित गरे। दासप्रथा उन्मूलनसम्बन्धी प्रस्तावित घोषणापत्रमा भनिएको छ, 'जनवरी १, १८६३ सम्ममा विद्रोही दक्षिणी राज्यहरूले शान्ति कायम गरेनन् भने त्यहाँका सबै दासहरूलाई स्वतन्त्रता प्रदान गरिनेछ।'

घोषणापत्रमा दासहरूलाई मुक्त गर्ने मालिकहरूलाई सरकारले क्षतिपूर्ति दिनेजस्तो दास–मालिकहरूलाई खुसी पार्ने खालका बुँदाहरू पनि राखिएका थिए।

लिंकन आफूले दिएको कडा चुनौतीबाट ती विद्रोही राज्यहरू अलिकति पनि नहच्किएको देखेर निकै असजिलो स्थितिमा फसे। दासप्रथा समर्थक र विरोधीहरूले आ–आफ्नो क्षेत्रबाट मोर्चाबन्दी गरे। विरोध र समर्थनको आँधीबेहरी नै सिर्जना भयो। यसले लिंकनको मनस्थितिमा पनि गहिरो प्रभाव पार्यो। दासप्रथा उन्मूलनसम्बन्धी राष्ट्रपतिको आदेशमाथि अन्तिम हस्त्ताक्षर गर्ने दिनमा प्रकट भएको उनको व्यवहार ध्यान दिएर हेर्न लायकको थियो। 

१ जनवरी १८६३ मा आफ्नो मनस्थितिबारे राष्ट्रपति लिंकन स्वयंले भनेका थिए, 'त्यस दिन बिहान ९ बजेदेखि नै मेरा हात काँपिरहेका थिए र मेरो दायाँ पाखुरा त पूरै प्यारालाइज भइरहेको थियो। घोषणामा हस्ताक्षर गर्दा मेरो हात काँपिरहेको थियो। पछि त्यो दस्तावेज हेर्नहरूले भन्नेछन्– उनी असमञ्जसमा परे।'

घोषणामा हस्ताक्षर गर्ने समयमा उनले मचमा बसीबसी सुनको पेनमा मसी राखे अनि अलिकति अप्रसन्नताका साथ आफ्ना काँपिरहेका हात र घोषणा लेखिएको कागज हेरे। उनले काँपिरहेका हातलाई स्थिर पार्नका लागि पटकपटक प्रयास गरे। 

अमेरिका सिंगैलाई उथलपुथल पार्ने, ४० लाखभन्दा बढी दासहरूलाई स्वतन्त्र बनाउने घोषणामा हस्ताक्षर गर्नका लागि उनले आफ्ना हात सम्हाल्न खोजे। अनि हात हल्लिए पनि नहल्लिए पनि हस्ताक्षर गर्ने अठोटसहित अमेरिकाका राष्ट्रपति लिंकनले सुनको कलम राम्ररी समाएर सतर्कतापूर्वक आफ्नो नाम लेखे- 'अब्राहम लिंकन।'

(डेल कार्नेगीले लेखेको अब्राहम लिंकनको जीवनी पुस्तकको अंशबाट निर्भीकजंग रायमाझीको अनुवाद।)



प्रकाशित: January 22, 2022 | 16:38:06 काठमाडौं, शनिबार, माघ ८, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
पुस्तक

'द सेल्फिस सिटी' लिएर आए धमला

लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ।
नेपाल समय
पुस्तक

तस्बिरमा साझाको प्रदर्शनी

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ। साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ।
नेपाल समय
पुस्तक

साझा प्रकाशनको प्रदर्शनीमा ५० देखि २८ सयसम्मका पुस्तक

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ। साझा प्रकाशनले वैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको हो।
नेपाल समय
पुस्तक

निर्मल पुर्जाको पुस्तक 'बियोन्ड पसिबल' नेपालीमा पनि आउने

निर्मल पुर्जा (निम्स दाइ) को पुस्तक ‘बियोन्ड पसिबल’ नेपाली भाषामा पनि प्रकाशन हुने भएको छ।
नेपाल समय
पुस्तक

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

स्व. प्रा. डा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेको हो। पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्‍जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी भएको बताए। 'पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्‌ग पारेको छ। कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ,' उनले भने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना