मंगलबार, माघ ११, २०७८

पुस्तकमा सिकाइ, सिकारु र सिकाउनेको कथा

राज सरगम  |  काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

राज सरगम

राज सरगम

शनिबार, कार्तिक २७, २०७८, काठमाडौं

नेपाल समय

घोटिएर पढ्नुपर्ने, बढी नम्बर ल्याउनुपर्ने, अनुशासित हुनुपर्ने, शिक्षकले भन्दा कम बोल्नुपर्ने, बाआमाका लागि जेहनदार र इमानदार सन्तान बन्नुपर्ने मानसिकता बोकेको समाजमा जब कुनै विद्यार्थीले पुस्तकभन्दा परको कुरा गर्छ त्यो विद्यार्थी सबैको चिन्ताको विषय बन्छ।

हरिहर तिमिल्सनाको पहिलो उपन्यास ‘कखरा’ यस्तै एउटा विद्यार्थीको कथा हो। कखराको केन्द्रीय पात्र सफल आफूलाई कुनै पनि अनुशासनमा बाँध्न चाहँदैन। ऊ आफ्नै दुनियाँको संरचना खडा गर्न चाहन्छ। विषयभन्दा बाहिरी दुनियाँको कुरा गर्न रमाउँछ। तर अनुशासनको पाठ रटाउने अभिभावक र शिक्षकलाई यो मान्य हुँदैन।

बरदायिनी स्कुलमा पढ्दै गरेको सफलको कथा हो कखरा। सानु, साधु र सफल स्कुलदेखि गाउँघरसम्मका मिल्ने साथी हुन्। तीमध्ये सफल बढी गफाडी र चलाख छ। ऊ असम्भवलाई सम्भव बनाउन खोज्छ। पैसा राख्ने बैंैक घरमै छ भन्छ। घरमा खुत्रुके हराउँदा आत्तिन्छ। ऊ अध्ययनशील छ तर विषयगत किताबमा रुचि राख्दैन।

पुस्तकालयमा भएका कथा, कविता र निबन्धका किताब उसले नपढेको होइन तर पढ्दै गरेको विषयमा भने कम नम्बर ल्याउँछ। सफल कक्षामा अरुभन्दा धेरै किताबभन्दा बाहिरको प्रश्न गर्छ। जस कारण ऊ शिक्षकको नजरमा दोषी ठहरिन्छ।

शिक्षकसँग प्रश्न गर्ने विद्यार्थी धेरै कम हुन्छन्। त्यस्ता विद्यार्थी कि शिक्षकका प्यारा हुन्छन् कि खराब हुन्छन्। विषयभन्दा बाहिरको प्रश्न गरे शिक्षकले होच्याउने र उत्तर तोडमोड पारिदिने। सफल गृहकार्य गर्दैन।

विद्यालयमा खराब देखिएका विद्यार्थीको कुरा घरसम्म नपुग्ने कुरै हुँदैन। सफल खराब विद्यार्थी हो भन्ने शिक्षकको गुनासो घरसम्म पुग्दा बा रिसाउँछन्। उसलाई पिट्छन्।

नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।

सफल अभिभावकका लागि पनि त सपना हो। अभिभावक चाहन्छन् हरेक सन्तान संस्कारयुक्त होस्। त्यसैले बाह्य किताबभन्दा कोर्सको किताब पढिदिएको हेर्न चाहन्छन् उसका बा। धेरै पढेर जागिर खाओस्। घरको गरिबी हटाओस्, सबैको प्रिय बनोस् भन्ने चाहन्छन्। छोरोले पढिदिएर पास हुनु परिवार पास हुनुजस्तै भन्ने आमअभिभावकको प्रतिनिधित्व गर्दछन् सफलका अभिभावक। सफलमा सिक्ने रुचि तीव्र छ। ऊ अनेक भाषा सिक्न चाहन्छ। चराको भाषा सिक्न लालयित छ। चराले पाएको स्वतन्त्रता आफूले पनि पाएको कल्पना गर्छ। एक जना काकासँग चरोको अण्डा र बचेरा हेर्न जंगल पुग्छ।

सफल आफूलाई अनुशासनमा राख्ने प्रतिबद्धता गरिरहन्छ अभिभावकसँग। तर सक्दैन। हेडसरले सफललाई सुधार्न नसकिने ठान्छन्। सफलले स्कुल फेर्नुपर्ने हुन्छ। ऊ स्कुल फेर्दै जान्छ। तर आपूmलाई फेर्न सक्दैन। ऊ आफ्ना लागिभन्दा परिवारका लागि पढ्न विवश छ।

भौतिक संरचनाले ठडिएको पाठशालाविरुद्ध छ, सफल। किताब मात्रै ज्ञानको स्रोत होइन प्रकृति पनि पाठशाला भन्ने हो भन्ने ज्ञान बाँड्न चाहन्छ। तर उसको कुरा समाजले स्वीकार्दैन।


स्कुल पढ्दै गरेको विद्यार्थीको मनोभावनालाई प्रतिनिधित्व गर्ने पात्र हो, सफल। नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।

कखराले शिक्षकलाई पनि सचेत गराउँछ। गृहकार्य गर्ने विद्यार्थी मात्रै जीवनमा पास हुन्छ भन्ने धारणालाई तोड्न खोजेको छ कखराले। कमजोर विद्यार्थी भए सिंगो स्कुल र परिवार असन्तुष्ट देखिन्छन् तर एउटा कमजोर विद्यार्थीमाथि अभिभावक र शिक्षकले लादेको सिकाइ कस्तो छ भन्ने कहिल्यै सोच्दैनौं।

अधिकांश अभिभावकले आफ्ना सन्तानलाई असल बनाउन पढाइरहेका छैनन्। अभिभावक नम्बरको पछाडि कुदेका छन्। स्कुल व्यापारको पछाडि। आजको विद्यार्थीले पढेका त छन् तर जानेका छैनन्। प्रकृतिमय हुन नसक्नु अर्को दुःखद अवस्था छ।

अभिभावक शिक्षकको भर परेका छन्। शिक्षक किताबमा भर परेका छन्। विद्यार्थीमा पढ्ने रुचि छैन। किन कोर्सभन्दा बाहिरका कुरा गर्छन्? कोर्सले किन ध्यान तानिरहेको छैन? किन कम नम्बर आउँछ? कतै हाम्रो सिकाइ प्रणाली नै त दोषी छैन? खोज्नु पर्ने विषय यी हुन् तर हामी विद्यार्थीको नम्बर खोजिरहेका छौं।

‘पढाउनेले पढौं’ अभियानका अभियन्तासमेत रहेका लेखक तिमिल्सिनाको कखरा उपन्यास विद्यार्थी जीवन र शिक्षक जीवनको कथा हो।

किताबले गिजुभाईको सम्झना गराउँछ। शिक्षा कक्षा कोठाभित्र सीमित गरिएको छ। अनेकन् विधिबाट पनि हामी सिक्न सक्छौं भन्ने अभ्यासलाई बिर्सिएर हामी विषयगत किताबमा मात्रै केन्द्रित छौं।

विद्यालय यातनालय होइन। यहाँ शान्ति र समय सापेक्ष गतिविधि हुनुपर्ने हो। ज्ञानलाई प्रेमपूर्वक बाँड्नुपर्ने हो। तर त्यसको विपरीत हामी सुगा रटाइरहेका छौं।

कुनै पनि कुरा सिक्न विद्यार्थीले अर्थात् सिकारु आफैंले कोसिस गर्नुपर्छ। सफलले त्यो कोसिस गरेको छ। सिकारुले गरेको कोसिसलाई स्कुलले मार्गनिर्देशन गर्नुपर्ने हुन्छ। ‘प्रेमसहितको शिक्षाको खाँचो’ आजको शिक्षण सिकाइ प्रणाली हुनुपर्ने माग कखराको छ।

अढाइ दशकदेखि शिक्षण पेशामा आवद्ध लेखक तिमिल्सिनाले विद्यार्थीका असफलता, डर, त्रास, आँसु र अन्योललाई भोगेका छन्। ‘पढाउनेले पढौं’ अभियानका अभियन्तासमेत रहेका लेखक तिमिल्सिनाको कखरा उपन्यास विद्यार्थी जीवन र शिक्षक जीवनको कथा हो।


प्रकाशित: November 13, 2021 | 10:26:02 काठमाडौं, शनिबार, कार्तिक २७, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

थप समाचार

दासप्रथा उन्मूलनमा हस्ताक्षर गर्दा काँपेको लिंकनको हात

चालिस लाख मजदुरहरूलाई मालिक र सामन्तहरूको माखेसाङ्लोबाट मुक्त गर्न सकिएमा श्रमिकहरू ठूलो फौज तयार हुने कुरामा ती दुवै राष्ट्रका पुँजीपतिहरू विश्वस्त हुन थालेका थिए।

मुक्तकमार्फत राजनीतिक व्यवस्था र साँढे प्रवृत्तिको भण्डाफोर

उनका गजलका शेरहरु २०५२/२०५३ सालदेखिनै हामीले सुन्दै र पढ्दै आएका छौँ। प्रमाणपत्र तहको अध्ययन गर्दाको बखतमा नै उनका गजलहरुले नेपालगन्ज क्षेत्रमा उनलाई परिचित गराइसकेका थिए।

विमर्श 'उज्यालोतिर' : बालबालिकालाई कता लैजाँदैछ विद्यालय शिक्षा?

कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे। साथै विद्यालय, अभिभावक र शिक्षकहरुको भूमिकाका विषयमा पनि उनीहरुले छलफल गरे।

सन्जीव पोखरेलको 'एक अनि शून्य' सार्वजनिक

सन्जीव पोखरेलको पश्चिमी दर्शनमा आधारित नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ।

गुरुआमाका नाममा विद्यार्थीले गरे पुस्तक प्रकाशन

किसान माध्यमिक विद्यालय झेडेवा पाल्पामा अध्ययन गरेका पूर्व विद्यार्थीले गुरुआमा मिनाकुमारी केसीलाई गुरु दक्षिणा स्वरूप, ‘मिना दिदी’ नामक पुस्तक अर्पण गरेका छन्।

टोनी हागनको पुस्तक 'नेपालमा मेरो खोज यात्रा' किम्फमा लोकार्पण

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण 'नेपालमा मेरो खोजी यात्रा' लोकार्पण गरिएको छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C