बिहीबार, असोज २०, २०७९

पठन संस्कृतिको दियो सल्काउँदै पुस्तकालय अभियान

महेश्वर आचार्य  |  काठमाडौं, शनिबार, साउन १६, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, साउन १६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– मकवानपुरको हेटौंडामा पुस्तकालय अभियान समूहले जिल्लाका सबै गाउँपालिकामा पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको छ। मंसिरयता अभियानले पाँचवटा पुस्तकालय स्थापना गरिसकेको छ। गत मंसिरमा हेटौंडाको नागबस्तीमा समृद्ध पुस्तकालय स्थापना गरिएपछि जिल्लाभर उत्साह बढेको हो।

अभियानले मकवानपुरका १० वटै स्थानीय तहमा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको सदस्य सुरेश श्रेष्ठ बताउँछन्। मकवानपुरमा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका तथा ८ वटा गाउँपालिका छन्।

‘अहिले डिजिटल युगको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा पुस्तकालयको महत्त्व दिनप्रतिदिन बढ्दैछ,’ श्रेष्ठले भने, ‘सबैको साथ सहयोग भए शीघ्र जिल्लाभरि पुस्तकालय स्थापना गर्ने लक्ष्य पूरा हुन्छ।’ नागसोतीको समृद्ध पुस्तकालय उद्घाटन कार्यक्रममा पुस्तकालय स्थापना अभियानको योजना सुनाउँदा उपस्थित सबैले सकारात्मक रुपमा लिएको र तत्काल २ लाख ७० हजार संकलन भएको श्रेष्ठले बताए। 

अभियानले हेटौंडा–७, नागसोतीमा समृद्ध पुस्तकालय, चौघडामा शान्ति पुस्तकालय, बकैया गाउँपालिकाको वडा नम्बर ४ मा बकैया सार्वजनिक पुस्तकालय, भीमफेदी गाउँपालिकामा ज्योति पुस्तकालय, मनहरि गाउँपालिकामा मनहरि सार्वजनिक पुस्तकालय स्थापना गरिसकेको छ। गढी गाउँपालिकामा पनि पुस्तकालय स्थापना गर्ने योजना छ।

२८ वर्षपछि खुल्यो ज्योति पुस्तकालय

अभियानले भीमफेदी गाउँपालिकास्थित ज्योति पुस्तकालयलाई पनि २८ वर्षपछि ब्युँत्याएको छ। पुस्तकालयका लागि आवश्यक पुस्तक अभियानले जुटाएको थियो भने कम्प्युटर, फर्निचरलगायतका सामग्री गाउँपालिकाले सहयोग गरेको थियो। राणाकालीन मुकाम भीमफेदी बजारस्थित पानीपोखरीसँगैको भवनमा ज्योति पुस्तकालय स्थापना गरिएको थियो। २०१० सालमा स्थापित पुस्तकालय २८ वर्षदेखि बन्द थियो। 

‘राणाकालीन भवनमा पुस्तकालय स्थापना गरिएको छ,’ गाउँपालिकाको सूचना अधिकारी बद्री सापकोटाले भने, ‘आगन्तुक र पाठकको रुचिअनुसार पुस्तकालय सञ्चालन गरिनेछ।’

वर्षको पाँच हजार सहयोग  

अभियानले पुस्तकालयलाई दिगो बनाउन सहयोग गर्न चाहनेहरुलाई वर्षको ५ हजारको आर्थिक सहयोगको प्रतिबद्धता गर्न अनुरोध गरेको छ। संस्थागत सहयोगका लागि भने कतै पहल नगरिएको श्रेष्ठले बताए। ‘हामीले एक जनाबाट वर्षको ५ हजारको सहयोगका लागि अनुरोध गरेका छौं,’ श्रेष्ठले भने, ‘अभियानमा सहयोग गर्न चाहनेहरुको सूची लामो हुँदै गएको छ। हामी यसका लागि स्थानीय तह र संस्थालाई नै सक्रिय बनाउन केन्द्रित छौं।’ अभियानले पुस्तक उपलब्ध गराउने काम मात्र गर्दै आइरहेको छ।

‘हामी अब स्थानीय संघसंस्था तथा लायन्स क्लब, लियो क्लब, रोटरी क्लबजस्ता अन्य सामाजिक संघसंस्थाको सहकार्यमा अघि बढ्दै छौं’, श्रेष्ठले भने।

सञ्चालनमा चुनौती

पुस्तकालय स्थापनाभन्दा सञ्चालन चुनौतीपूर्ण रहेको अभियानका सदस्य श्रेष्ठ बताउँछन्। ‘समुदायले पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने प्रतिबद्धता गरेपछि मात्र हामीले ५० हजार बराबरको पुस्तक सहयोग गर्ने गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘पुस्तकालय स्थापनाभन्दा पनि त्यसको दैनिक सञ्चालन चुनौतीपूर्ण छ।’

अभियानले पुस्तकालय सञ्चालन गर्न गाउँपालिकालाई स्वयम्सेवकको व्यवस्था गर्न अनुरोध गरेको छ। गाउँपालिका अभियानको प्रस्तावमा सहमत छन्। ‘गाउँपालिकाले नै स्वयंसेवीहरुको व्यवस्था गरिदियो भने पुस्तकालय दिगो हुन सक्छ,’ श्रेष्ठ भन्छन्। अभियानले सकेसम्म स्थानीय संघसंस्थाको रोहबरमा पूर्वाधारयुक्त र नियमित सञ्चालन सम्भावना भएका ठाउँमा पुस्तकालय स्थापनामा सहयोग गर्दै आएको छ।

नेपालमा पुस्तकालय

नेपालमा लिच्छविकालदेखि नै पुस्तकालयको प्रारुप थियो भनिए पनि १८६९ भदौ १५ मा ‘पुस्तक चिताइ तहविल’ स्थापना गर्न गीर्वाणयुद्घ विक्रम शााहले जारी गरेको लालमोहरका आधारमा  पुस्तकालय व्यवस्थित भएको इतिहास छ।  पुस्तकालय सञ्चालन गर्न आवश्यक ऐन नभएको, कम्प्युटराइज्ड अभिलेख व्यवस्थापन, पुस्तकालय संरक्षण र दिगो विकासको अभावजस्ता विविध समस्यालाई सम्बोधन गर्न पुस्तकालय गुरुयोजना बन्यो। त्यसकै आधारमा ‘पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका २०६९’ लागू भएको छ।

मुलुकको शिक्षा विकासमा पुस्तकालय तथा सूचना विज्ञानको विकास एवम् प्रविधिको उपयोग र शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलाई प्रमुख आधार मानिए पनि पुस्तकालय केन्द्रीय तथा स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको बताउँछन् नेपाल पुस्तकालय संघका अध्यक्ष इन्द्र अधिकारी।

सामुदायिक स्तरबाट पुस्तकालय स्थापना हुनु सराहनीय भए पनि पुस्तकालयको दिगोपनबारे सजग हुनुपर्ने उनी बताउँछन्। ‘सामुदायिक पुस्तकालयमा कम्तीमा दुई जना स्वयंसेवकको व्यवस्था गाउँपालिकाले गरिदिने हो भने पुस्तकालय राम्रोसँग चल्न सक्छ,’ अधिकारी भन्छन्, ‘नत्र त एक वर्षमा पुस्तक गायब भएर पुस्तकालय नै बन्द हुन पुगेको उदाहरण धेरै छन्।’

उनले संघका तर्फबाट आफ्नो व्यक्तिगत संकलनका पुस्तकहरु पनि अभियानलाई दान दिएको जनाउँदै अबको पुस्तकालय संस्कृतिको प्रवद्र्धन स्थानीय तहको हातमा रहेकाले स्थानीय निकायलाई स्थानीय अगुवा तथा संघसंस्थाले झक्झकाउनुपर्ने बताए।

जनताको विश्वविद्यालय

सार्वजनिक पुस्तकालयलाई ‘जनताको विश्वविद्यालय’ पनि भन्ने गरिन्छ। कुनै पनि मुलुकको विकासको अवस्था कस्तो छ भनेर मापन गरिने विभिन्न सूचकमध्ये सार्वजनिक पुस्तकालयको स्तर पनि एक भएको निर्देशिकाले औंल्याएको छ। तर, नेपालमा विभिन्न समुदायले स्थापना गरेको पुस्तकालयले नै सार्वजनिक पुस्तकालयको धर्म निर्वाह गरिरहेका छन्।

‘नेपालमा एक त पुस्तकालयको अभाव छ। भएको पुस्तकालय पनि राम्ररी सञ्चालन हुन सकेका छैनन्,’ शिक्षा मन्त्रालयअन्तर्गतको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख यादवचन्द्र निरौला भन्छन्, ‘देशभरका निर्वाचित जनप्रतिनिधिलाई बाटो देखाउने मकवानपुरको पुस्तकालय अभियान समूहको प्रयास प्रसंशनीय छ।’

नेपालमा शिक्षामा लगानी भनिँदा आमबुझाइमा विद्यालयको बजेट मात्र बुझिने गरिन्छ। तर पुस्तकालय र पठन संस्कृतिबारे धेरैको चासो नै छैन।  हाल पालिकाहरु स्रोत सम्पन्न भएकाले एक–दुई जनालाई करारमा राख्नसक्ने हैसियतमा भएकाले पालिकाहरुले यस सम्बन्धमा सोच्नुपर्ने निरौला बताउँछन् । ‘पुस्तकालय दिगो हुन एक जना कर्मचारीलाई न्यूनतम तलबमा करारमै भए पनि राख्न सकियो भने उसको वित्तृविकास पनि हुन्छ र पुस्तकालय पनि चल्छ,’ निरौला भन्छन्, ‘त्यस्तो व्यक्तिलाई पुस्तकालयको आधारभूत ज्ञान पनि दिनुपर्छ। ताकि उसको अनुपस्थितिमा पनि पुस्तकालय चल्न सकोस्।’



प्रकाशित: July 31, 2021 | 15:51:09 काठमाडौं, शनिबार, साउन १६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
पुस्तक

सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक 'नेसनल सेक्युरिटी एन्ड द स्टेट'

विशाल दुई छिमेक बीचमा रहेको सानो राष्ट्र नेपालको सुरक्षा नीति, नेपाली सेनाको भूमिका, राजनीतिक आयामलगायत विषयवस्तु समेटेर नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी केशरबहादुर भण्डारी लिखित अंग्रेजी पुस्तकले मुलुकको सुरक्षा संवेदनशीलता र यसप्रतिको हाम्रो तयारीबारे अवगत गराउनेछ।
नेपाल समय
पुस्तक

के पढ्ने दसैंमा? प्रकाशनगृहले ल्याए यस्ता साहित्यिक पुस्तक

किताब साथमा भयो भने दसैंको फुर्सदिलो समय सदुपयोग गर्न सहज हुन्छ। दसैंमा पैसाको थप व्यवस्थापन बोनसले जुटाइदिन्छ। अन्य सामान किनमेल गर्ने क्रममा आख्यान, गैरआख्यान कृति छानीछानी किन्न सकिन्छ। सबैतिर हर्षोल्लासको वातावरण हुने हुँदा अघिपछिभन्दा दसैंका बेला किताब किन्ने र प्रकाशन गर्नेको बाढी नै लाग्छ।
नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
पुस्तक

खगेन्द्र लामिछानेको 'फुर्के' : पशु र मानिसको सम्बन्ध बुझाउने पुस्तक

‘फुलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’बाट मानिसको संवेदना केल्याउन खोजेका थिए भने फुर्केमार्फत कुकुरको संवेदना उजागर गर्न खोजेका छन्।
नेपाल समय
पुस्तक

मुटुरोग विशेषज्ञ डा कोइरालाले ल्याए विशेष संस्करणको ‘हृदय’

डा. कोइराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना