सोमबार, असोज १०, २०७९

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

सुशील देवकोटा  |  काठमाडौं, आइतबार, भदौ २६, २०७९

सुशील देवकोटा

सुशील देवकोटा

आइतबार, भदौ २६, २०७९, काठमाडौं

नेपाल समय

बलात्कार घटनाका विषयमा धेरै मान्छेको कुरा पढेँ। आफ्नो विषयमा जान्ने भनिएका बुद्धिजीवी भनिनेहरू पनि चिप्लिएको देखेँ। तर ठिकै छ, बलात्कारको मनोविज्ञान हाम्रो कोर्समा पढाइन्न। त्यसैले एक पटक 'मलाई थाहा छैन' भन्न मिल्यो। तर सामग्री प्रकाशन भएपछि पनि बलात्कारका आरोपितकै पक्षमा उभियो भने समाजमै समस्या छ भनेर बुझ्नुपर्‍यो। समाजमा केही बुझाउनुपर्‍यो भनेर मैले रात-दिन लगाएर यो सामग्री तयार गरेको  छु। यो कुरा सकेसम्म धेरै मान्छेसम्म पुर्याउन सहयोग गर्नुहोला। त्यसका लागि मलाई सोध्नु पर्दैन। 

यौन दुराचारको बेला दिमागमा के भइरहेको हुन्छ? खासमा मलाई यस्तो सामग्री लेख्न मन थिएन। तर बेला-बेलामा भइरहने घटनाहरुले मलाई यो विषयमा लेख्न बाध्य बनायो। मैले केही दिन त कुरेँ। तर कतैबाट पनि चित्तबुझ्दो कुरा/लेख रचना नआएपछि मैले आफैं लेख्न लागेँ। यसमा वैज्ञानिक रुपमा बलात्कार भइरहेको बेला मान्छेको दिमागमा के प्रभाव परिरहेको हुन्छ भन्ने कुरा लेख्ने प्रयास गरेको छु। बलात्कार मात्र हैन, अरु कुनै प्रकारको यौन दुराचारमा पनि यी कुराहरु लागू हुन्छन्। 

उमेर नपुगेका मान्छेसँग यौन क्रियाकलाप किन वैज्ञानिक रुपमा गैरकानुनी हो भनेर बुझ्न मेरो पुरानो सामग्री (ट्विटर थ्रेड) पढ्नु होला। भाषाको ज्ञान मेरो बलियो पाटो नभएकोले त्यो मामलामा मलाई माफ गरिदिनु होला। अर्को कुरा, यौन दुराचार गर्नेमा पुरुष धेरैजस्तो देखिन सक्छ यो सामग्रीमा। तर यौन दुराचार महिलाले पनि गर्न सक्छिन् भन्ने मलाई ज्ञान छ। बलात्कार महिला/पुरुषले गर्ने नभएर आपराधिक मानसिकता भएको व्यक्तिले गर्ने हो। तैपनि किन पुरुषले मात्र गर्छन् भनेर लेखिस् भनेर तोरीको गेडामा प्वाल खोज्न आउनुहोला भनेर यो डिस्क्लेमर राख्न चाहन्छु। 

यो सामग्री ३ ग्रुपप्रति लक्षित छः यौन दुराचारका घटनाबाट पीडित, छानबिन गर्ने निकाय (प्रहरी) र कानुन बनाउने निकाय। यौन दुराचारका घटनाबाट पीडित धेरैजसो मान्छेहरु आफ्नो गल्ती नभए पनि 'गिल्ट'मा बाँचेको देखिन्छ। जस्तैः मैले अलि बल गरेर हुन्न भनेको भए मलाई बलात्कार गर्दैनथ्यो कि? मैले चिच्याएको भए बलात्कार गर्दैनथ्यो कि? ढोकामा चुकुल नै लगाएको थिएन तर पनि म किन भागिनँ? गल्ती त मेरै हो जस्ता सोच आएर पीडितले आफैंलाई दोष दिन्छन्। 

यो सामग्रीमा बलात्कार भइरहेको समयमा किन पीडितले प्रतिकार गर्न सक्दैनन् भनेर एकदमै बलियो र वैज्ञानिक कारण दिनेछु। खासमा विज्ञानले के पुष्टि गरिसकेको छ भने बलात्कार भइरहेको बेला तपाईंको शरीर 'अटो पाइलट'मा गइसकेको हुन्छ। के गर्ने र नगर्ने तपाईंको वशमा हुन छोडिसकेको हुन्छ। तपाईं नचिच्याएको, बलात्कार गर्न नरोकेको, ढोका खोलेर नभागेको तपाईंको गल्ती हैन। आफूलाई दोष नदिनुस्। यो त प्रकृतिले हाम्रो शरीर र दिमाग त्यसरी नै बनाएका कारणले त्यसो भएको हो। तर वैज्ञानिक कारण थाहा नभएपछि हामी आफैंलाई दोष दिन्छौँ। दोष त बलात्कार गर्ने मान्छेको नै हो।

अर्को कुरा यो सामग्री अनुसन्धान गर्ने निकायप्रति पनि लक्षित छ। जस्तै- कुनै महिलाले आएर 'मलाई 'ब्वाइफ्रेन्ड'ले दिउँसै कोठामा बलात्कार गर्‍यो' भनेर उजुरी दिइन् भने अनुसन्धान गर्ने निकायले केरकार गर्न यी प्रश्न सोध्न सक्छ। दिउँसै? अनि त्यो कोठा त बाटोको छैउमै छ, किन नचिच्याएको? मान्छेले सुनेर बचाइहाल्थे नि? कतै पहिला सहमतिमा यौन सम्पर्क भयो तर अब कुरा नमिलेर आरोप लगाएको त हैन?

खासमा यो 'सेकेन्डरी एब्युज' (पीडितलाई नै थप पीडा दिने काम) हो। धेरै यौन दुराचार पीडितहरू 'सेकेन्डरी एब्युज भइन्छ' भनेर अगाडि आउन हिच्किचाउँछन्। हो, सबै यौन दुराचारका आरोप सत्य हुन्नन्। त्यसमा पनि हामी सजग हुनुपर्छ। म यो सामग्रीमा प्रहरीले कसरी न्युरोसाइन्समा आधारित भएर पीडितलाई प्रश्न सोध्नुपर्छ भनेर लेख्नेछु।

धेरै मान्छे नजिकै हुँदाहुँदै पनि पीडितले कुनै प्रतिकार नगर्नु (नचिच्याउनु आदि)मा वैज्ञानिक कारण छ। त्यसैले प्रहरीले यी केसमा साधारण दिमागले सोच्ने प्रश्न गर्ने नै होइन। त्यसरी गरिने अनुसन्धानलाई 'ट्रमा सेन्ट्रिक इन्भेस्टिगेसन' वा पीडित केन्द्रित अनुसन्धान  भनिन्छ। 

यो सामग्री कानुन बनाउने निकायप्रति लक्षित छ, समयको हदबन्दीलगायतका विषयमा। विज्ञानले के भन्छ भने यी केसमा सकेसम्म लामो समय दिनुपर्छ। हुन त बलात्कारको भौतिक प्रमाण नष्ट हुने हुनाले छोटो समय राख्नुपर्छ भन्ने पनि सुनिन्छ, जो एक हदसम्म ठिकै हो। तर न्युरोसाइन्सले के भन्छ भने बलात्कार भएको मान्छेले दिमागमा राख्ने सूचना साधारण मान्छेको जस्तो हुन्न। 

अनुसन्धान गर्दै जाँदा प्रहरीले चलचित्रको पटकथा जस्तो सलल बगेको घटनाक्रम (continuous information) खोज्न सक्छ। साधारण अवस्थामा त्यो मनासिब हो। जस्तै तपाईंले आफूलाई मन परेको मान्छेले के लगाएको थियो? के खायो सबै सोधेमा सजिलै सलल उत्तर दिन सक्नुहुन्छ किनभने सामान्य अवस्थामा दिमागले ती सूचना मिलाएर चाङ लगाएर राखेको हुन्छ खोज्ने बित्तिकै फटाफट निस्किने गरेर। तर जो व्यक्तिमाथि बलात्कार हुन्छ (डरको अवस्थामा) दिमागले सूचना टुक्रा-टुक्रा गरेर राख्छ। यसलाई फ्र्यागमेन्टेड इन्फर्मेसन भन्न सकिन्छ। औपचारिकता छोडेर साँच्चै न्याय दिने हो भने त्यो सूचना अनुसन्धान अधिकारी/निकायले बाहिर निकाल्नुपर्छ। बलात्कार पीडितले दिने सूचना त्यसैले टुक्रा-टुक्रा परेको हुन्छ किनभने ती सूचना दिमागले नै त्यसरी राखेको हुन्छ।

दिमागमा रहेको त्यो सूचना कसरी बाहिर निकाल्ने भन्ने कुरा व्यक्ति-व्यक्तिमा फरक पर्छ। अनुसन्धान गर्ने निकाय कत्तिको वैज्ञानिक तरिकाले प्रस्तुत हुन्छ त्यसमा भर पर्छ। हो केही व्यक्तिले छिटै सूचना दिन सक्छन् तिनलाई छोटो समयको हदबन्दी ठिकै होला, तर व्यक्तित्व अनुसार कसैलाई २ वर्ष र कसैले त जिन्दगीभरि नै ती सूचना बाहिर निकाल्न सक्दैनन्। तर त्यो उनीहरुको इच्छा होइन, दिमागले नै त्यसरी राखेको हुन्छ सूचना। प्रहरीले यो मनोविज्ञान बुझ्नुपर्छ। कसैले चिटिक्क पारेर मिलाएर घटनाक्रम बताउन सकेन भन्दैमा यो आरोप झुटो रहेछ भनेर अविश्वास गर्न हुन्न।

पीडित केन्द्रित अनुसन्धान कसरी गर्ने भन्ने बारेमा पनि म यहाँ लेख्नेछु। हुन त मैले प्रहरीलाई अनुसन्धान कसरी गर्ने भनेर सिकाउन खोजेको हैन। त्यो मेरो हैसियत पनि हैन। तर केही वैज्ञानिक आधार मात्र भन्न खोजेको हो। 

अब विज्ञानको पाटोमा जाऔँ। हामी मान्छे भएको हाम्रो चेतनाले हो जुन संसारमा अरु कुनै प्राणीमा मान्छेको जति छैन। हाम्रो दिमागमा प्रत्येक कार्यको लागि केही भागहरु छुट्याएको हुन्छ। तीमध्ये आजको सामग्रीमा महत्वपूर्ण २ भागका कुरा गरौं (तल चित्र)।

नेपाल समय

पहिलो भागको नाम प्रिफ्रन्टल कोर्टेक्स वा पीसी (Prefrontal Cortex or PC) हो भने दोस्रो भागको नाम एमिग्डाला (amygdala) हो। यो सामग्री यी दुई दिमागको भाग वरिपरि घुम्नेछ। बलात्कारको मनोविज्ञान पनि यी दुई दिमागको भागबाटै व्याख्या गर्न सकिन्छ। 

पीसी साँच्चिकै पर्सनल कम्प्युटर (पीसी) जस्तै हो। यसलाई हाम्रो दिमागको हाकिम पनि भनिन्छ किनभने यसले कार्यकारी भएर काम गरिरहेको हुन्छ। हामी मान्छे-मान्छेको रुपमा प्रस्तुत हुने यही पीसीको कामले हो। हामीले सोच्ने, योजना बनाउने, घटनाक्रमबारे विवेचना गर्ने सबै यही पीसीले गरिरहेको हुन्छ। कम्प्युटरको तुलना गर्ने हो भने यसले सीपीयु (CPU) जस्तै काम गरिरहेको हुन्छ। 

हाम्रा बच्चाबच्चीले हामीलाई दिक्क लगाए भने हामी सम्झाउन खोज्छौँ तर रिसैले हात-खुट्टा भाँच्दैनौँ। किनभने हाम्रो पीसीले हामीलाई ती हाम्रा बच्चा हुन्, त्यसो गर्नु हुँदैन भनिरहेको हुन्छ। भनेपछि हाम्रो सामान्य अवस्थामा हुनुपर्ने कामको जिम्मा पीसीले लिएको हुन्छ। मैले यस्तो गरेँ भने त्यसको परिणाम यस्तो हुन्छ भनेर विवेचना गर्ने भाग पनि यही नै हो। पुरानो सामग्रीमा 'कसरी वयस्क नहुँदासम्म यो भाग पूर्णरुपमा विकास भएको हुन्न र किशोरकिशोरीहरु के गरेमा त्यसको परिणाम के हुन सक्छ भनेर राम्रोसँग आकलन गर्न सक्दैनन्, त्यसैले हामी उमेर पुगेकाहरुले उनीहरुलाई यौन दुव्यवहारबाट बचाउने कर्तव्य हो' भनेर लेखिसकेको छु। त्यो सामग्री खोजेर पढ्नु होला। 

अब दिमागको अर्को भागको बारेमा जसलाई एमिग्डाला (amygdala) भनिन्छ। यो भाग दिमागको डरकेन्द्र हो। एमिग्डालाले चलाउने प्रकृयालाई 'फियर सक्रिट्री' भनिन्छ (तल चित्र)।

नेपाल समय

डर शब्द सुन्दा एक प्रकारको कमजोरी हो जस्तो लाग्छ किनभने हामी भन्ने गर्छौं- कस्तो डरछेरुवा रै'छ। तर, मानव विकासको इतिहासमा डरको ठूलो भूमिका छ। अहिले पो मान्छेले संसारमा हैकम चलाएर बसेको छ। परापूर्वकालमा मान्छे अरु डरलाग्दा जनावरसँगै बस्थे, त्यो बेला बच्नका लागि डरको ठूलो भूमिका थियो।

त्यो डरलाई सञ्चालन गर्ने दिमागको भाग एमिग्डाला हो। डर नभएका प्राणी आफ्नो सिकारीसँग नजिकै जान्छन् अनि मारिन्छन्। त्यसो हुन नदिन प्रकृतिले भय सञ्चालन गर्न दिमागमा छुट्टै एमिग्डाला बनाएको छ। अब म यो सामग्रीको सबैभन्दा महत्वपूर्ण लाइन लेख्न गइरहेको छु जो बलात्कारको मनोविज्ञानको सवालमा कुरा सुन्नु भएको छ। 

यो के हो भने जरायोहरु बाटो काट्दा गाडीको हेडलाइट अगाडि परे भने भाग्न छोडेर टक्क त्यही उभिइरहेका हुन्छन्। यदि गाडीको स्पिड कन्ट्रोल छैन भने ठोकिएर मर्छन्। यो त २ नम्बरको कुरा अनुसार त उल्टो पर्‍यो, बाँच्नु पर्नेमा त जरायो मर्यो।

तर, प्रकृतिमा त यसले जीवित रहनुमा सहयोग गर्छ। यो प्रकृयालाई 'फ्रिज-फ्ली-लाइट' भनिन्छ (तलको तस्बिर हेर्नुहोला)।

तपाईंले फ्लाइट भन्ने त सुन्नु भएकै होला, जसको अर्थ हुन्छ सकेसम्म भिड्ने (फाइट गर्ने) नभए भाग्ने। तर प्रकृतिमा फ्रिज-प्लाइट-फाइट हुन्छ जो कुरा एमिग्डालाले ले सुरु गर्छ। त्यसको फाइदा के भयो त?

प्रकृतिमा खतराको संकेत आएपछि जनावर नहल्लिकन एकै ठाउँमा बस्ने गर्छ। त्यो गर्नु भनेको आँखा र कानको प्रयोग गरेर खतरा कताबाट छ भनेर पत्ता लगाउनु हो। शरीरको पूरै शक्ति चल्न छोडेर त्यही कुरा स्क्यान गर्नमा खर्च हुन्छ। त्यसैले भयको पहिलो नजितास्वरुप शरीर नहल्लिकन स्थिर हुन्छ। शरीर स्थिर भएपछि सूचना संकलन हुन्छ अनि त्यही सूचनाको आधारमा भिड्ने वा भाग्ने काम हुन्छ। भाग्ने अवस्था नभएपछि ज्यान जोगाउन भिड्नुपर्ने हुन्छ। 

अब मुख्य कुरा, बलात्कार भइरहेको बेला पनि 'फियर सर्किस्ट्री' सरु भएपछि शरीर कुनै प्रतिक्रियाविहीन हुन्छ भन्ने हो। यो केटीले सहमतिमै यौन सम्पर्क गरेको हो। कुनै प्रतिवाद गरिन सम्भोग गर्दासम्म भन्नेहरुको वैज्ञानिक उत्तर यही हो। बलात्कार भइरहेको बेला प्रतिवाद भन्ने हुन्न। शरीर अटोपाइलटमा गइसकेको हुन्छ। स्थिर भइसकेको हुन्छ। त्यो सहमति हैन, त्यो आफ्नो शरीर बचाउन प्रकृतिले बनाएको सुरक्षा कवच हो। 

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन? ढोकामा चुकुल नलागेको बेला पनि किन भागेन? सबै व्याख्या हुन्छ।

अब तपाईंलाई लाग्यो होलाः प्रकृतिले शरीर फ्रिज हुने किन बनायो? यसो हेर्दा त घाटा लाग्या जस्तो भयो। जस्तै- जरायोलाई गाडीले हानेको। खासमा प्राकृतिक रुपमा जरायोलाई फाइदा हुन्छ अरु सिकारीबाट फ्रिज भएर वरपरको अवस्थालाई स्क्यान गरेर भाग्न। समस्या गाडीको गतिको हो। प्रकृतिमा जनावरहरु गाडी जस्तो छिटो हुन्नन्। त्यसैले जरायो फ्रिज भएर स्क्यान गरेर भाग्न सक्छ। तर गाडीको स्पिड धेरै हुनाले जरायोले स्क्यान गर्दा-गर्दै गाडी ठोक्किइसक्छ। खास कुरा त्यो हो। अब, डरमा शरीर फ्रि किन हुन्छ भनेर केही भिडियो हेरौँ। अनि थाहा हुन्छ खासमा फ्रिज हुनु कति फाइदाजनक हुन्छ भनेर। 

युट्युबमा यस्ता भिडियो (animals playing dead) भनेर हेर्न सकिन्छ। 

पहिलो भिडियोमा मृगलाई शायद चितुवाले लखेटेर समात्छ। त्यो बेलासम्म चितुवा थाकेको हुन्छ। त्यो थाहा पाएर ब्वाँसो आउँछ चितुवा लखेट्न। अनि मृग पर्छ ब्वाँसोको मुखमा। तर हेर्नुस् है, मृग नचलेर मरेको जस्तो गरेर फ्रिज भएर बसेको हुन्छ। ब्वाँसोलाई लाग्छ यो मरेको छ अनि अल्ली पर चितुवा लखेट्न जान्छ। त्यति बेलासम्म मृग जुरुक्क उठेर भाग्छ। ब्वाँसो जिल्ल पर्छ। यही हो सिकारीबाट फ्रिज भएर ज्यान जोगाउने तरिका। फ्रिज हुनु साँच्चिकै बाँच्ने कला हो। 

अब अर्को भिडियो मा कुनै बेला भाग्ने अवस्था नभए पनि फ्रिज भयो भने ज्यान बच्न सक्छ। खासमा प्रकृतिमा सिकारीलाई चलिरहेको जिउँदो प्राणी मारेर खान मन पर्छ। यो भिडियोमा ब्वाँसोले एउटा पोजुम (एक प्राणी) समातेर खान थाल्छ। तर उक्त प्राणीले मरेको जस्तो गरेर नचलेर बस्छ।

अनि मुखैमा भएको उक्त प्राणीलाई ब्वाँसोले खाँदैन। हुन त यो प्राणीको गन्ध पनि एक कारण हो तर फ्रिज भएको हुनाले यसको ज्यान बच्यो। डरपछिको फ्रिजले साँच्चिकै ज्यान जोगाउँछ।

बलात्कार पनि एक प्रकारको सिकारीले कमजोर प्राणीलाई सिकार बनाएको जस्तै हो। बलात्कारका बेला शरीर फ्रिज हुन्छ त्यो प्रकृतिले शरीर जोगाउन गरेको काम हो।

शरीर चलेन भन्दैमा यौनसम्पर्क गर्ने अनुमति दिएको भन्ने होइन। यो कुरा बुझ्नुपर्छ। मलाई लाग्छ यो कुरा बुझे भने हाम्रो समाजमा सोधिने पीडितले त्यो बेला यो किन गरेन, त्यो किन गरेन भन्ने धेरै प्रश्नको जवाफ मिल्छ। 

शरीर फ्रिज पनि २ प्रकारको हुन्छ। एउटालाई भनिन्छ 'टनिक इम्मोबिलिटी' जसमा प्यारालाइसिस र बोली नआउने हुन्छ। त्यसैले बलात्कारको क्रममा फ्रिज भएकाहरु बोल्न र भाग्न सक्दैनन्। अनि अर्को हुन्छ कोल्याप्स्ड इम्मोमबिलिटी (collapsed immobility)। यो झन् खतरनाक अवस्था हो। यो केसमा मुटु चल्ने दर र रक्तचाप एक्कै चोटी घट्छ। दिमागमा अक्सिजनको कमी हुन्छ। अनि मान्छेलाई निन्द्रा लाग्नेदेखि लामो समयसम्म बेहोस हुनेसम्म हुन्छ। 

बलात्कार भइसकेपछि पनि तत्कालै किन नभागेको? किन सँगै सुतेको? भन्ने प्रश्नको उत्तर यो हो। प्रहरीले यो कुरा बुझ्नुपर्छ। बलात्कार भएपछि कोल्याप्स्ड इम्मोबिलिटी भएकाहरु त्यहीँ सुत्छन्। यो अवस्था भनेको जनावरको सिकारी-सिकारको फ्रिज अवस्था हो। महिलाको शरीर टनिक इम्मोबिलिटीमा जान्छ। 

अब माथि लेखेको आत्मसुरक्षा व्यवहारका विषयमा फर्कन्छु। अनुसन्धानले के देखाएको छ भने बलात्कार भइरहेको बेला करिब ५० प्रतिशत पीडितले कि त म आज मर्छु अथवा बलात्कारको अलावा ममाथि शारीरिक क्षति हुन्छ भन्ने सोच्छन्। त्यो भनेको बलात्कार हुने मान्छेको शरीरले त्यसरी सोचेको हुन्छ। शरीरले आफूलाई जसरी पनि बचाउन खोज्छ त्यसैले बलात्कार हुने मान्छेले गरेको कुनै क्रियाकलाप सामान्य अवस्थामा अचम्मलाग्दो हुन सक्छ तर विज्ञानले के भन्छ भने त्यो त दिमागले आफू बच्न गरेको काम हो।

कतिपय केसमा के पाइयो भने बलात्कार भएको महिलाले नै पुरुषलाई स्खलन हुन सघाएको। प्रहरीले यसो हेर्दा त त्यो सहमति देखियो। तर यो बुझ्नुपर्छ कि पीडितको दिमागले फियर सक्रिट्री सक्रिय बनाइसक्यो। उसको एउटै उद्देश्य हुन्छ, शरीरलाई बचाउने चाहे त्यो छोटो समयमा पीडकलाई नै सहयोग गरेको जस्तो देखियोस्। हेर्नुस् त हाम्रो शरीरको लीला कस्तो अचम्मको छ! अनि यही आत्मसुरक्षाका लागि शरीरले गर्ने अर्को काम भनेको असंलग्न गराउनु पनि यो। यो चित्रमा जोनको आँखा हेर्नुस् त! (तल चित्र)। 

यस्तो लाग्छ कि शरीरबाट आत्मा बाहिर निस्कियो। अनुसन्धानले के देखाएको छ भने साँच्चिकै बलात्कारको पीडाबाट बच्न शरीरले असंलग्न गराउँछ, ताकि शरीरलाई धेरै पीडा नहोस्। बलात्कार भएका मान्छेले मन नै शरीरमा नभए जस्तो, कता-कता उडे जस्तो अनुभव हुने बताएका छन्। त्यो भनेको शरीरले बलात्कारको हानीबाट बचाउन शरीरलाई असंलग्न गराएको हो। 

अब एउटा क्लिप हेरौँ, जो प्रहरी अनुसन्धानमा महत्वपूर्ण हुन्छ। यो फरक कुरामा ध्यान केन्द्रित गर्नुस्। हेर्नुस् त त्यो बलात्कार सिनमा। जोनको शरीरले बलात्कार भैरहेको कुरामा ध्यान दिएको छैन। बरु कफी टेबल हेरेको छ। त्यो त्यत्तिकै भएको हैन। बलात्कारमा ध्यान गयो भने शरीरलाई झन् पीडा हुन्छ, त्यो ध्यान अर्कैतिर लगे कम पीडा हुन्छ।

अब बिचार गर्नुस् त भोलि प्रहरी केस भयो अनि प्रहरीले के-के भयो भनेर सोध्दा जोनले मलाई अफिसमा लगेर भुइँमा लडाएर बलात्कार गरियो भनिन् अनि प्रहरीले अरु थप के भयो भन्नुस् भनेर सोधे भने- खै म लडेँ, मलाई बलात्कार गरियो, मैले धेरै गर्न सकिनँ, तर अफिसको कफी टेबल हेरेको याद छ।

यो उत्तरले न्युरोसाइन्स नबुझेको प्रहरी पागल हुन्छ। बलात्कार जस्तो भयानक कुरा हुँदा पनि त्यसमा ध्यान नदिएर कफी टेबल हेरेर बसेको? कस्तो पागल मान्छे रैछ? यो केस त पक्कै झुटो हुनुपर्छ। तर, सबै कुरा त सत्य थिए। शरीर फ्रिज भयो, आत्मसुरक्षाका लागि शरीर फ्रिज भएको हो। त्यसका लागि थप पीडा नहोस् र त्यहाँबाट जसरी भए पनि मुक्ति मिलोस् भनेर उसको ध्यान फरक कुरामा गएको हो। यो शरीरले आफैं गर्ने प्रक्रिया हो। 

फेरि दिमागमा बलात्कार भइरहेको बेला जुन कुरामा ध्यान गयो त्यही कुरा पछिको लागि रेकर्ड हुने हो। मैले माथि भनेझैँ, यी सब सूचना टुक्राटाक्री भएर पीडितको दिमागमा बसेका हुन्छन् र बाहिर निकाल्न मान्छे अनुसार फरक-फरक समय लाग्छ। कानुनको भावना अनुसार सबैलाई न्याय दिने उद्देश्य हो भने समयसीमा लामो राख्नु पर्छ, ताकि सबै बलात्कार पीडितले आफ्नो दिमागमा छरिएर रहेको सूचना निकाल्न सकुन्।

यो किन महत्वपूर्ण छ भने सबै मान्छेको शरीरले डर कसरी ह्यान्डिल गर्छ भन्ने कुरा फरक हुन्छ। जस्तै यो रोलर कोस्टर राइडमा एउटै रोलर कोस्टरमा एकजनाले डर राम्रोसँग ह्यान्डल गर्न सक्छ भने अर्को जनाले बेहोस हुँदै उठ्दै फेरि बेहोस हुन्छ।

बलात्कार पनि फियर सक्रिट्री एक्टिभेटिङ इभेन्ट (fear circuitry activating event) हो, प्रत्येक पीडितले आ-आफ्नो शरीर अनुसार त्यसलाई चलाइरहेको हुन्छ। ठ्याक्कै १ वर्षमा यो कुरा दिमागबाट बाहिर ल्याएर भन्भ नेर कानुन बनाउनु भनेको मान्छे र मान्छेको दिमाग फरक हुन्छन् भन्ने संवेदनशीलता स्वीकार नगर्नु हो।

अब एउटा महत्वपूर्ण प्रश्न, कुरा पूरै बलात्कार पीडितमा गयो, बलात्कार गर्नेको पनि त दिमागमा डर होला नि! पीसी (prefrontal cortex) बन्द होला, उसले पनि त राम्रोसँग सोच्न नसकेर त्यस्तो गरेको होला! केही हदसम्म यो कुरा ठिकै हो, तर अनुसन्धानले के देखाएको छ भने- बलात्कार गर्नेहरु प्राय: क्रमबद्ध अपराधी (serial offender) हुन्छन्। यस्तो कुरा धेरै चोटी गरेका हुन्छन् त्यसैले उनीहरुको दिमागमा बलात्कार पीडित जस्तो अकस्मात फियर सक्रिट्री (fear circuitry) हुन्न। किनभने यो काम उनीहरुले गरिसकेका हुन्छन्। यसका साथै उनीहरूले यस्तो काम योजनबद्ध रूपमा गरिरहेका हुन्छन्। त्यसैले यो महत्वपूर्ण हुन्छ कि बलात्कार गर्नेले त्यो भन्दा पनि पहिले कुनै अपराध गरिसकेको हुने सम्भावना बढी हुन्छ। त्यसैले सकेसम्म पहिल्यै उनीहरुलाई रोक्नुपर्छ। 

यो सामग्री मेरो अनुसन्धान होइन, मैले अरुको काम पढेर, हेरेर आफ्नो क्षमताले भ्याएसम्म लेखेको हुँ। यसमा कमजोरी छन्, त्यसको लागि माफी चाहन्छु। आशा छ यो सामग्रीमार्फत समाजमा बलात्कार पीडितलाई शंका गरेर सोधिने धेरै प्रश्नको उत्तर मैले दिएँ होला।

(देवकोटाको ट्विटरबाट लिइएको यो सामग्री आवश्यक सम्पादन गरिएको छ।)


प्रकाशित: September 11, 2022 | 16:39:03 काठमाडौं, आइतबार, भदौ २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
ब्लग

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन? ढोकामा चुकुल नलागेको बेला पनि किन भागेन? सबै व्याख्या हुन्छ।
नेपाल समय
ब्लग

सिंहदरबारलाई चिठ्ठी

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्।
नेपाल समय
ब्लग

विशिष्टीकृत बाल अस्पताल नै किन?

बितेको २५ वर्षमा धेरै दुःख पाएँ। धेरैसँग लडियो। कति पटक आफ्नै ज्यान जोगाउनसमेत गाह्रो भयो। पछि मैले प्रणालीविरुद्ध लडेरै सरकारलाई जिम्मेवार महसुस गराएँ।
नेपाल समय
ब्लग

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र ‘पपुलिजम’को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।
नेपाल समय
ब्लग

बीपीले विश्वास गरेका परशुनारायाण पञ्चायत पसेपछि...

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना