बिहीबार, भदौ २, २०७९

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

कौशल काफ्ले  |  काठमाडौं, शनिबार, साउन ७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शनिबार, साउन ७, २०७९, काठमाडौं

नेपाल समय

एक व्यापारी छ। असाध्यै चलाख! उसले आस्थाको व्यापार गर्छ। कसैको आस्थालाई पैसामा बदल्न ऊ सिपालु छ। मान्छेहरूलाई 'होस्टाइल' बनाएर हजार-लाख रुपैयाँ तिर्न उकास्नु उसका लागि सामान्य काम हो। 

ऊ- एक 'पण्डित' अर्थात् आस्थाको व्यापारी। 

कुनै 'सिजन' चाहिँदैन। न त कुनै 'मुहूर्त'। गाउँमा भव्य सप्ताह(पुराण) आयोजना हुँदै छ। यसका लागि उनै पण्डितको नेतृत्वमा सहरबाट ६-७ जनाको टोली गाउँ छिर्छ। 'भव्य सप्ताह' सम्पन्न गराउन हिँडेका उनीहरूले भव्य ट्रकको व्यवस्था गरेका छन्। ट्रकमै आवश्यक सामग्री लिएर 'बर्दिबास टु सिन्धुली(तीनपाटन)'को व्यापारिक यात्रामा निस्कन्छन्।

यसरी यात्रामा निस्कनु उनीहरूका लागि पक्कै सहज थिएन। हुन त, व्यापारीहरू त्यसै पनि मुर्ख हुँदैनन्। आफूले लगानी गर्दै गरेको ठाउँबाट मुनाफा कसरी कमाउने, त्यसको स्टिमेट अगाडि नै तयार गरिसकेका हुन्छन्। लगानी सुरक्षित नभई मिहिनेत र पैसा मात्र त्यसै फाल्दैनन्। 

धर्मका नाममा ठगी खाने ती विचराहरुले पनि लगानी सुरक्षित गर्न अनेक दुःख झेलेछन्। गाउँमा जाने भएपछि त्यहाँको ठूलोबडो मान्छे चिन्नैपर्यो। चिनेर मात्रै पुग्दैन, आफ्नो योजना सफल पार्न अनेक प्रलोभन देखाउनैपर्‍यो। ईश्वरको नाममा ‘इमोसनल ब्ल्याकमेल’ गर्नैपर्‍यो। यी सबै हर्कत गर्न उनीहरू पछाडि पर्दैनन्।

गाउँका अग्रज भनिएकासँग भद्र सहमति गरेपछि उनीहरूले आफ्नो योजनाअनुरूप काम थाल्छन्। अब भने अनेकौं अस्वाभाविक चर्तिकला त्यहाँ देख्न पाइन्छ। सोझो हिसाबले जीविका चलाउने गाउँबासीले आफ्नो आस्थामाथि कसैले थाहै नदिई व्यापार गरिरहेको पत्तै पाउँदैनन्। सम्भवतः आजसम्म उनीहरूले आफू ठगिएको चालै पाएका छैनन्।

सप्ताह सुरु हुन्छ। पण्डितले मण्डपमा बसेर प्रवचन दिन थाल्छन्। त्यहीँ छेउमा राखिएको छ, एउटा चाँदीको कुर्सी। आयोजकका अनुसार कुर्सीमा देखिएको सेतो भाग चाँदीबाटै बनेको हो। त्यसलाई उनीहरूले भगवानको आशीर्वाद प्राप्त हुने वस्तुको रूपमा व्याख्या गरेका छन्। कुर्सीमा बसेपछि मोक्ष प्राप्तिको बाटो खुल्नेजस्ता भ्रममा स्थानीयलाई राखिन्छ।

यसरी कसैको भावनामा खेलेर दिमाग भुट्ने काम सकेपछि उनीहरूले नियम सुनाउँछन्- जसले धेरै पैसा तिर्छ, कुर्सीमा बस्नलायक उही हुन्छ। 

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र 'पपुलिजम'को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।

अनि पैसा हुनेहरूले कथित पण्डितहरूको लहैलहैमा लागेर शुल्क तिर्न सुरु गर्छन्। कुनै चलचित्रका दृश्यमा देखाइएजस्तो गरी ५ हजार रुपैयाँबाट गन्ती सुरु हुन्छ। ५ हजार १, ५ हजार २, ५ हजार १०, ...क्रमश। यसरी सबैभन्दा धेरै पैसा तिर्न सक्ने मान्छे कुर्सीमा आसिन हुन्छ। त्यो कुर्सीमा ऊ त्यतिन्जेल मात्र बस्छ, जतिबेलासम्म त्योभन्दा धेरै पैसा तिर्ने मान्छे तयार हुँदैन। 

यो देख्दै गर्दा बलिउडका प्रसिद्ध निर्देशक राजकुमार हिरानी निर्देशित फिल्म 'पीके'का दृश्यहरू आँखामा घुम्छन्। जसमा परीक्षार्थीमा देखिएको डरमाथि भगवानको नाम लिएर गरिएको व्यापारको एउटा दृश्य देखाइएको छ। दृश्यमा नायक अमीर खानले भनिरहेका छन्, 'पापा, यो कलेजमा अहिले परीक्षा चलिरहेको छ। विद्यार्थीहरू सबै भयंकर डराइरहेका छन्। अब हामी सुरु गर्छौं, डरका बिजनेस।' त्यसपछि उनले एउटा ढुंगा ठाडो पारेर राखिदिन्छन् अनि केही पैसा ढुंगामाथि छरिदिन्छन्। जुठो पानले पोतेर ढुंगालाई राताम्मे पारिदिन्छन्। नभन्दै परीक्षार्थीहरूले पैसा चढाउन सुरु गर्छन्। पीके फिल्मको यो दृश्य हेर्दै गर्दा पनि गाउँमा भइरहेको यस्तै 'व्यापार'को झझल्को आउँछ। 

अझ गाउँमा आयोजित सप्ताहमा त ५ हजार रुपैयाँभन्दा कम तिर्नेका लागि प्रमाणपत्र र खादाको पनि व्यवस्था हुन्छ। आयोजकका अनुसार यो पनि भगवानको प्रसाद र आशीर्वाद हो। यस्ता चीज पाउन सक्नेहरू 'भाग्यशाली' ठहरिन्छन्। भगवानको नामसँग जोडिएको प्रमाणपत्र र खादा पाएपछि भक्तहरू पनि मक्ख पर्ने भइहाले। स्थानीयका अनुसार यसरी आयोजक लाखौं रुपैयाँ कुम्ल्याएर बाटो लाग्न सफल भएका छन्।

गाउँबाट आस्थाको नाममा ठगी खानेहरूले यसरी पैसा कुम्ल्याएको एक महिना पनि कटेको छैन। अहिले फेरि गाउँकै अर्को घटना सतहमा छ। अब राज्यले नै चर्च, मन्दिर र गुम्बाजस्ता संरचना बनाउन पैसा छुट्याएको छ। सूचनाअनुसार बागमती प्रदेश सरकारले दुईटा मन्दिरका लागि करिब आधा करोड रकम छुट्याएको छ भने स्थानीय तहले चर्च-गुम्बाका लागि बजेट विनियोजन गरेका छन्।

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र 'पपुलिजम'को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथि प्रश्न हो। के अहिले गाउँमा त्यही कुराको आवश्यकता थियो? आर्थिक मन्दीले देश चुर्लुम्म डुब्न लागेका बेला यस्तै अनुत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने जरुरी थियो?

यस्तो गैरजिम्मेवार जवाफ दिने बुद्धिजीवीहरूलाई के थाहा छैन भने यसरी विद्यार्थीमा पठन संस्कृति नहुनु स्कुलकै कमजोरी हो। स्कुलले आफ्ना विद्यार्थीलाई कसरी हुर्काइरहेको छ भन्ने प्रश्न यहाँ उठ्छ। तर यसबारे मन्थन गर्न गाउँका कुनै विद्वान्लाई फुर्सद छैन। 

पक्कै थिएन। गाउँमा लगानी गर्न आवश्यक अन्य थुप्रै कुराहरू छन्। जस्तो, सिन्धुली सदरमुकामबाट १९ किलोमिटरभित्र पर्ने गाउँमा पुग्ने बाटो नै विकट छ। विकट बाटो छिचोलेर गाउँ पुग्दा त्यहाँभित्र झनै विकट दृश्यहरू हेर्न पाइन्छ।

एउटा गतिलो स्कुल गाउँमा छैन। सक्नेहरू गतिलो स्कुलमा पढाउन भनेर छोराछोरीलाई बाहिर पठाउँछन्। बाहिर पठाउनुअघि पनि त्यहीँको निजी विद्यालयमा उनीहरूकै हालीमुहाली हुन्छ। तर जो सक्दैनन्, उनीहरूले त्यहीँको सरकारी विद्यालयमा आफ्ना केटाकेटी पढाउनुको विकल्प छैन।

कस्ता छन् त त्यहाँका सरकारी विद्यालय? आउनुस्, एकछिन विद्यालय भ्रमण गरौं। 

विज्ञान–प्रविधिको यो युगमा मेरो गाउँको स्कुल पुग्यो भने ठीक उल्टो दृश्य देख्न पाइन्छ। त्यहाँ कम्प्युटर विषय पढाइन्छ। तर कम्प्युटरको ल्याब कस्तो हुन्छ, विद्यार्थीले देख्न पाउँदैनन्। नाम मात्रैको कम्प्युटर विषय पढाउन विद्यालय अल्झेको छ। विज्ञान विषयको हकमा पनि उस्तै हालत छ। किनकि, स्कुलसँग कम्प्युटर किन्न र विज्ञान ल्याब बनाउन पर्याप्त बजेट छैन। मन्दिर बनाउन लाखौं रुपैयाँ पारिदिनेहरूले पनि स्कुलका लागि बजेट मिलाउन सक्दैनन्?

अपवादबाहेक गाउँका कतिपय गन्यमान्यलाई त एउटा गतिलो स्कुल कस्तो हुन्छ भन्ने थाहै छैन। बस्, सरकारले बनाएको पाठ्यक्रमअनुसार घोकाउने र लेखाउनेबाहेक अन्य विकल्प उनीहरूसँग छैन। होओस् पनि किन? स्कुलबारेमा थोरै पनि चिन्ता उनीहरूमा देखिँदैन। 

यदि चिन्ता हुन्थ्यो भने स्कुलको अवस्था हविगत हुने थिएन। मलाई थाहा भएसम्म, आजसम्म स्कुल सुधार्ने विषयमा एउटा गतिलो छलफल कार्यक्रमसमेत गाउँमा भएको छैन। व्यवस्थापन समिति अध्यक्ष को बनाउने भन्ने विषयमा महिनौं खर्चिने 'बुद्धिजीवी'लाई शिक्षण सिकाइको विषयमा बहस गर्न फुर्सदै छैन।

चासो दिनेहरू पनि त्यहाँ 'मुर्ख' कहलिन्छन्। जब तपाईं गएर यसबारे कुनै बुद्धिजीवी वा स्वयं स्कुलकै कुनै शिक्षकलाई (अपवादलाई छाडेर) प्रश्न गर्नुहुन्छ। ओ हो ..! अब सुनिन थाल्छन् अनेक वहाना र दुःख। कुतर्क दिने बुद्धिजीवीले सुर्खेतका नारायण सिग्देलको जस्तो स्कुल हैन, कुनै अर्को आफ्नोजस्तै बिग्रिएका स्कुलका उदाहरण त्यहाँ पेस गर्छन्। अनि, अनेक दुःख र बाध्यता सुनिन थाल्छन्। बजेट नै पर्याप्त नआउने भन्दै अभिभावकदेखि केन्द्र सरकारसम्मलाई दोष लगाएर पन्छिने क्रम त्यहाँ चलिरहन्छ। 

अर्को मुख्य कुरा, स्कुलमा एउटा गतिलो पुस्तकालय पनि छैन। झारो टार्ने गरी एउटा पुस्तकालय व्यवस्था गरिए पनि त्यसको व्यवस्थापनमा थप मिहिनेत गरेको देखिँदैन। स्कुलमा गएर यस विषयमा प्रश्न गर्‍यो भने जवाफ आउँछ– यहाँ कसले पढ्छ र पुस्तकालय राख्नू?

यस्तो गैरजिम्मेवार जवाफ दिने बुद्धिजीवीहरूलाई के थाहा छैन भने यसरी विद्यार्थीमा पठन संस्कृति नहुनु स्कुलकै कमजोरी हो। स्कुलले आफ्ना विद्यार्थीलाई कसरी हुर्काइरहेको छ भन्ने प्रश्न यहाँ उठ्छ। तर यसबारे मन्थन गर्न गाउँका कुनै विद्वान्लाई फुर्सद छैन। 

गाउँमा गतिलो स्कुल नहुँदा कलिलै उमेरका केटाकेटीले घर छाडेर बस्नुपरेको कुराको चिन्ता त्यहाँ देखिँदैन। राम्रो शिक्षाकै खोजीमा अभिभावकले आफ्ना बालबालिका सहर पठाउनुपर्दाको दुःख उनीहरू बुझ्दैनन्। यसले बाल मनोविज्ञानमा परिरहेको असरबारे कसलाई चिन्ता हुन्थ्यो र? खुलेआम बालश्रम भइरहँदा पनि जनप्रतिनिधिको ध्यान त्यसमा पुग्दैन। 

शिक्षा अभावमा मान्छेहरू झारफुकमा समय बर्बाद गरिरहेका हुन्छन्। जन्डिस लाग्दा पित्तलको बटुको र दुबो बोकेर झारफुकका लागि भौंतारिरहेका हुन्छन्। सिंगो गाउँ छुवाछूतमा चुर्लुम्मै डुबेको छ। अझ कतिपय अवस्थामा बोक्सीको आरोप लगाइएका घटना सुनिन्छन्।  

संयुक्त राष्ट्रसंघले बाल मानव अधिकारबारे लेखेकै छ, 'बालबालिकालाई उपलब्ध हुने सबभन्दा उच्च तहको स्वास्थ्य सेवा र उपचारमा पूर्ण र बराबरी पहुँच हुनुपर्छ। त्यस्तै, आधारभूत शिक्षा निःशुल्क र अनिवार्यका साथै सबैको समान पहुँचमा हुनुपर्छ।' तर राष्ट्र संघभित्रैको एउटा देश नेपालमा यसको न्यूनतम पालना भएको देखिँदैन। मेरो गाउँ त यसको एउटा उदाहरण मात्र हो। स्थानीय प्रतिनिधिहरू भेट्दा पनि अन्य राजनीतिक कुरामा घन्टौं छलफल गरिरहेका भेटिन्छन्। तर स्कुलमा गुणस्तरीय शिक्षा कसरी दिने भन्ने विषयमा थोरै पनि चासो दिएको मैले पाएको छैन।

चासो छ त, कस्तो मन्दिर बनाउने? कहाँबाट मूर्ति किनेर ल्याउने? बनारस वा कुनै धाममा गएर मूर्ति किनेर ल्याउन सक्ने उनीहरूले शैक्षिक सुधारका लागि भने सामान्य पहल गर्न अनेकौं बहाना बनाउने गर्दछन्। अनेकौं बाध्यता देखाउने गर्दछन्। अहिले स्कुललाई अनदेखा गरेर मन्दिरका लागि बजेट पार्न भने उनीहरूको राम्रै पहल छ।

अब अलि माथिल्लो टोलतिर लागौं। त्यहाँ पनि क्रिस्चियन धर्मका नाममा ठगी खानेले उस्तै गरेका छन्। जहाँ स्कुल र स्वास्थ्य चौकी पनि गतिलो छैन। कुनै गतिला किताब त्यहाँ पुग्दैनन्। तर धर्मका प्रचारकहरू त्यहाँ पत्तै नदिई पुगिसकेका छन्। यशुले स्वास्थ्य ठीक पारिदिने, ज्ञान दिनेजस्ता आश्वासनमा धर्म परिवर्तन गराइएका छन्। मानिसलाई भ्रममा पारेका छन्। अहिले त्यस्तै गाउँहरूमा स्थानीय तहले पनि थप चर्च निर्माण गर्न बजेट छुट्याएका छन्।

जबकि त्यस्ता भेगमा मान्छेहरू सामान्य बिरामी हुँदा पनि बाहिर दौडाउनुपर्छ। शिक्षा अभावमा मान्छेहरू झारफुकमा समय बर्बाद गरिरहेका हुन्छन्। जन्डिस लाग्दा पित्तलको बटुको र दुबो बोकेर झारफुकका लागि भौंतारिरहेका हुन्छन्। सिंगो गाउँ छुवाछूतमा चुर्लुम्मै डुबेको छ। अझ कतिपय अवस्थामा बोक्सीको आरोप लगाइएका घटना सुनिन्छन्।  

यसरी शिक्षा र स्वास्थ्यको ठूलो समस्या रहिरहेका बेला गाउँका अग्रज र जनप्रतिनिधिले प्राथमिकता नै बिर्सिएर बजेट खेर फालिरहेका छन्। मन्दिर बनाउनुहुन्न भन्ने हैन तर प्राथमिकता भुलेर सधैं मन्दिर र मूर्ति खरिदमा मात्र बजेट सिध्याउनुहुन्न। दुःखको कुरा- स्कुल, विद्यार्थी र नागरिकको स्वास्थ्यको वास्तै नगरी मन्दिर मात्र शृंगार्न सिंगो गाउँ लागिपर्छ, जुन आजको युगका लागि सबैभन्दा दुःखद पक्ष हो। 


प्रकाशित: July 23, 2022 | 12:56:55 काठमाडौं, शनिबार, साउन ७, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
ब्लग

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र ‘पपुलिजम’को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।
नेपाल समय
ब्लग

बीपीले विश्वास गरेका परशुनारायाण पञ्चायत पसेपछि...

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।
नेपाल समय
ब्लग

कालीमाथि स्वीङमा सरर...

डोरीमा छँदै एकपल्ट काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ।
नेपाल समय
ब्लग

किन स्वतन्त्र? केबाट स्वतन्त्र?

लामिछाने केबाट स्वतन्त्र छन् त? मूलधार दलीय राजनीतिबाट? पैसा र शक्तिको लोभ र लालचबाट? कि सिद्धान्तबाट? आफूलाई स्वतन्त्र घोषणा गरेर मात्र पुग्दैन, स्वतन्त्रताको व्याख्या गर्नु जरूरी छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना