बिहीबार, भदौ २, २०७९

कालीमाथि स्वीङमा सरर...

निर्भीकजंग रायमाझी  |  काठमाडौं, शनिबार, असार १८, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

शनिबार, असार १८, २०७९, काठमाडौं

नेपाल समय

कुश्माको झोलुंगे पुलमा पाइला राख्नेबित्तिकै मेरा आँखा तिरमिराए। पर्वत घुम्न पाउँदा फुरुंग बनेको मन एक्कासि डरले काप्न थाल्यो। आँखा सीधै कालीगण्डकीको खोचमा ठोक्कियो। केही मिनेट हिँडेपछि मात्र डर चट् भयो। 

आजसम्म त्यति अग्लो झोलुंले पुल नचढेको हुनाले रोमाञ्चक अनुभूति भइरहेको थियो। तर पाँच मिनेट हिँडेर पुलको बीच भागमा पुगेपछि फेरि डर सुरु भयो। कारण, त्यहाँबाट सोझै काली नदीमा हाम फाल्नुपर्ने थियो । ‘द क्लिफ’का कर्मचारीले मार्करले हातमा तौल लेखिदिएका थिए। त्यही देखाउँदै बन्जी–स्वीङ गर्ने ठाउँ प्रवेश गरें। 

म बन्जी गर्ने ठाउँ पुग्दा अरूहरूले बन्जी गरिरहेका थिए तर स्वीङ गरेको देखिनँ। त्यहाँ पुग्नेबित्तिकै सुरक्षाका लागि नटबोल्ट र डोरी कम्मरमा बाँधियो। हेलमेट लगाइयो।

‘तपाईं आफैं हाम फाल्ने कि हामीले छाडिदिँदा हुन्छ ?’ व्यवस्थापनमा खटिएकाले भने।

‘जे गर्दा सजिलो हुन्छ, त्यही गरिदिनू’, मैले प्रस्ट कुरा नबुझेकाले भनेँ।

यसपछि मलाई डोरीमा भ्यागुतोजसरी झुन्ड्याइयो। २२८ मिटर तलतिर बगिरहेको काली नदी हेर्न सक्ने कुरै भएन। पारिपट्टिको गाउँतिर नियाल्दै थिएँ, एक्कासी वान...टु...थ्री भन्दै मलाई झुन्ड्याइएको डोरी छाडियो।

ओ...! कहाली लागेर कराएछु।

दुई–तीन सेकेन्डसम्म मर्छुजस्तो लाग्दै थियो तर तल पुगेर डोरी अडियो। अब भने सबै डर हरायो। न कहीँ दुखेको छ, न त केही अप्ठेरो भएको छ। मजाले आरामदायी कुर्सीमा बसेजस्तै डोरीमा झुन्डिन के डर मान्नू! त्यतिबेला पो पहिले मनमा उब्जिएको डर सम्झेर लाजै लाग्यो।

फेरि डोरीले पल्लो छेउ हुइँक्यायो। यसबेला भने काली नदीतिर आँखा डुलाएँ। मनमनै कालीलाई ढोगें। अनि डोरीमा रहेको क्यामेरातिर हेर्दै  श्रवण मुकारुङको शब्द र कर्णदासको स्वरमा रहेको ‘हे कालीगण्डकी! आमा गण्डकी’ बोलको गीत गुनगुनाएँ। 

स्वीङ गर्दा पनि गीत र कविता नै गुनगुनाउने रहेछु। गाउँछु भनेर होइन, अनायासै मुखमा आयो। अघिल्लो दिनदेखि नै त्यही गीत गाएकाले पनि मुखमा आएको थियो, सायद।  तीन–चार मिनेट झुन्डिएपछि डोरीले माथितिर तान्न थाल्यो। अब भने संसारै जितेजस्तो अनुभव भयो।

जब स्वीङ गर्ने ठाउँमा (पुलको बीच भाग) आइपुगें, तब लाग्यो– अब संसारको जस्तो कठिन काम पनि गर्न सक्छु भन्ने साहस पलायो। स्वीङ मात्र होइन, बन्जी, रक क्लाइम्बिङ वा हिमाल आरोहण नै गर्न सक्छुजस्तो लाग्यो। 

स्वीङ र पिङ खेलिसक्दा मन चंगा भयो। दिमागमा वर्षौंसम्म जमेको विकार हटेजस्तो महसुस भयो। साहसले नै मानिसलाई जस्तो चुनौती पनि पार गर्ने सक्ने बनाउँदो रहेछ भन्ने बोध भयो।

डोरीमा छँदै एकपल्ट  काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ। अवैध ढुंगा–बालुवा उत्खनन, शालीग्राम चोरी–पैठारी तथा स्वीकृति नलिईकन जथाभावी सञ्चालन गरिएका रिसोर्टले कालीलाई कुरुप बनाइरहेको छ।

नदीबाट डोरीमै झुन्डिएर पुलमाथि आइपुगिने रहेछ। स्वीङ गराउने मास्टरहरूलाई धन्यवाद भनेर पुलको पल्लो छेउ रहेको ‘द क्लिफ’ होटलमा गएँ। त्यहाँ अग्लो पिङ राखिएको थियो। पिङ खेलाउनेलाई सोधें, ‘स्वीङ गरिसकेकालाई त पिङ खेल्दा मज्जा आउँदैन होला हगि!’

‘कहाँ हुनु नि! स्वीङमा भन्दा पनि डर लाग्छ एकचोटि,’ पिङ खेलाउने कर्मचारीले थपे, ‘दह्रो झट्का हान्छ यसले।’

‘ल कस्तो हुँदो रहेछ खेलौं न’ भनेर पिङमा बसें। केटाकेटी छँदा दसैंमा घरकै भुइँतलामा दलिनमा डोरी झुन्ड्याएर पिङ बनाइदिन्थेँ। त्यसमै खेल्थें। अलि ठूलो भएपछि बाँसको लिंगे पिङ खेलें तर मच्चिन आजसम्म आउँदैन। अर्काले ठेलिदिए नडराई मजाले मच्चिन सक्छु। 


यहाँ भने डोरी र घिर्नीको सहायताले पिङ मच्चाइने रहेछ। कम्मरमा पेटीले पिङलाई बाँधेको हुन्छ नत्र पिङ मच्चिँदा मान्छे हुत्तियो भने सीधै काली नदीमा बजारिन बेर लाग्दैन। नभन्दै एकचोटि फेरि सातो गयो। बडेमाको अग्लो भीरको पिङ खेल्दा असाध्यै रमाइलो भयो। 

स्वीङ र पिङ खेलिसक्दा मन चंगा भयो। दिमागमा वर्षौंसम्म जमेको विकार हटेजस्तो महसुस भयो। साहसले नै मानिसलाई जस्तो चुनौती पनि पार गर्ने सक्ने बनाउँदो रहेछ भन्ने बोध भयो।

‘द क्लिफ’ले कुश्मामा सुविधायुक्त होटलसहित साहसिक खेलहरू सञ्चालन गरेको छ। यही झोलुंगे पुलमा बन्जी, स्वीङ, स्काई साइक्लिङ (डोरीमा साइकल चलाउने), स्काई चियर (भीरमा बसेर डोरीको सहायतामा अडिएको टेबलमा बसेर खाना खाने) खेलाउने गरेको छ।

७ हजार रुपैयाँमा स्वीङ वा बन्जी गर्न सकिने रहेछ। दुवै गर्दा सहुलियतमा १० हजार ५ सय मात्र पर्ने रहेछ। पोखराबाट जम्मा ६० किलोमिटरको दूरीमा पर्ने कुश्मा स्वीङ र बन्जीको हब बन्दै रहेछ।


प्रकाशित: July 2, 2022 | 14:19:06 काठमाडौं, शनिबार, असार १८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
ब्लग

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र ‘पपुलिजम’को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।
नेपाल समय
ब्लग

बीपीले विश्वास गरेका परशुनारायाण पञ्चायत पसेपछि...

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।
नेपाल समय
ब्लग

कालीमाथि स्वीङमा सरर...

डोरीमा छँदै एकपल्ट काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ।
नेपाल समय
ब्लग

किन स्वतन्त्र? केबाट स्वतन्त्र?

लामिछाने केबाट स्वतन्त्र छन् त? मूलधार दलीय राजनीतिबाट? पैसा र शक्तिको लोभ र लालचबाट? कि सिद्धान्तबाट? आफूलाई स्वतन्त्र घोषणा गरेर मात्र पुग्दैन, स्वतन्त्रताको व्याख्या गर्नु जरूरी छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना