मंगलबार, असोज ११, २०७९
फोटो ब्लग

बनारसमा मानिसको जाम छिचोल्दा

दिनेश श्रेष्ठ  |  काठमाडौं, शनिबार, जेठ १४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ १४, २०७९, काठमाडौं

नेपाल समय
गंगा किनारमा आरतीदर्शनका लागि जम्मा भएको भिड।

देश स्थानीय चुनावमा होमिएका बेला म भने १६ वैशाखमा सपरिवार भारत भ्रमणमा निस्किएँ। हाम्रो पहिलो गन्तव्य मुम्बई थियो। भारतकै सबैभन्दा ठूलो सहर, जहाँ कलाकार बन्नकै लागि दैनिक सयौं मानिस पुग्छन् भनिन्छ। हाम्रो उद्देश्य भने त्यहाँ दिन बिताउने मात्र थियो।


नेपाल समय
इस्कोन मन्दिर मुम्बई।
नेपाल समय
होटल ताज प्यालेस मुम्बई।
नेपाल समय
इलिफेन्ट केभ मुम्बई।

मुम्बईमा हामीले गेटवे अफ इन्डिया, इलिफेन्टा केभ, जुहु बिच, स्कोन मन्दिरको यात्रा गर्यौँ। भारतकै ठूलो सहर मुम्बई अर्थात् ‘सिटी अफ अटो’ को तीन दिने यात्रापछि हामी दक्षिण पूर्व भारतको तामिलनाडू राज्यमा पुग्यौँ।


कल्पना गरेको भन्दा धेरै सफा रहेछ, तामिलनाडू। लगभग नेपालजस्तै। नेपालको जस्तै पहाड, जंगल र मैदान भएको क्षेत्र। त्यहाँ हामी सद्गुरु (जग्गी वासुदेव) को आश्रममा बस्यौँ। तीन दिनको त्यो बसाइले त्यहीँ बसौँ बसौं लागेको थियो।

नेपाल समय
तमिलनाडूको खुला क्षेत्र।

अध्यात्ममा आस्था राख्ने मानिसहरु त्यहाँ आउने गर्थे। वास्तवमा यो ठाउँ अध्यात्म, विज्ञान, कला र योगको सम्मिश्रण थियो। सद्गुरुको प्रवचन मैले नेपालमै रहँदा पनि सुन्ने गरेको छु। उहाँको आश्रममै आएर सुन्नुको आनन्द त ओहो! म बयानै गर्न सक्दिन।

त्यहाँ देखाइने योग र आश्रममा बनाइएको वास्तुकलाले पनि लोभ्यायो मलाई। आश्रमको कलात्मक अधियोगीले मोहित पारेको थियो। रातको समयमा यसले अझ मनमोहक लाग्थ्यो।

नेपाल समय
जग्गी वासुदेव आश्रमको अधियोगी।

दुर्भाग्य भनौँ वा के! मोबाइल प्रयोग गर्न नपाइने थुप्रै ठाउँ भएकाले मैले फोटो लिन पाइनँ। तीन दिनको आध्यात्मिक यात्रामा धेरै देखियो, भोगियो। 

विचलित मनलाई शान्त बनाएर हामी बैंगलोर ट्रान्जिट हुँदै फेरि भारतको उत्तरतर्फ लाग्यौँ। हाम्रो गन्तव्य थियो, वाराणसी।

बाक्ला घर अनि मानिसहरुको भीडले रुख, जंगल मासिइरहेका थिए। शितल छहारीमा बस्न त लामै यात्रा गर्नुपर्ने हुन्थ्यो। ४० डिग्री तापक्रममा हामी आठ जनाको पारिवारिक टिम आइसक्रिमकै खोजीमा हुन्थ्यौँ।

त्यहाँ एउटा अनुभव भने सुनाउनै पर्ने छ। हामी १५ मिनेट जति त मानिसको जाममा पर्यौँ। मैले यसलाई नाम दिएको छु, ‘बबाल जाम!

यसअघि सवारी जाममा परे पनि मलाई मानिसको जामबारे याद थिएन। तर वाराणसीमा मानिसको जामले चाहिँ हैरानै बनायो।

बल्लतल्ल जामबाट निस्किएका के थियौँ टेम्पो खोज्न उस्तै समस्या आइलाग्यो। दिमाग त सेलाउनै पाएन। मानिसको भीडबाट बल्ल त तंग्रिएका थियौँ। होटल फर्किनका लागि हामीलाई टेम्पो चाहिएको थियो। तर, त्यति धेरै मानिस भएको ठाउँमा टेम्पो कसरी भेट्नु?

अन्जानहरुको भीडमा आँखाको नानी टेम्पोका पाङ्ग्राझैँ वरिपरि दौडिरहे। एक घण्टा दौडिएपछि आँखाका पाङ्ग्रा खाली टेम्पोमा गएर अडिए। त्यो टेम्पो भेट्दा, भगवान् भेटिएझैँ लाग्यो। छेउमा फोहोर गन्हाइरहेको थियो। मैले काठमाडौंलाई सबैभन्दा फोहोर मानेको थिएँ। त्यहाँ त काठमाडौंभन्दा फोहोर रहेछ।

अनि पुराना ढाँचाका घरहरु। त्यति पुराना पनि होइन। ढलानकै भए पनि सानो ठाउँमा कुचुक्क परेका देखिन्थे। त्यहाँको विषेश आकर्षण त आरती नै थियो।

त्यहाँ विशेषतः योजना नै आरती हेर्ने थियो। जमिनमा ठाउँ नभएपछि पानीमाथि बोटमा बसेर हेर्नुपर्ने भयो। हामी आरतीको प्रतिक्षामा खासै बस्नु परेन। ४५ मिनेट हुने आरतीको लागि छ बजे पुगेका थियौँ। त्यसैले पनि आरतीको समीपमा बस्ने भने पाइएन।


नेपाल समय
गंगा आरती देखाउँदै पूजारी।

भीडभाड कम छ भने बोट चलाउँदै हेर्न सकिने रहेछ। वरिपरि चलाएर आइसकेपछि रोकेर किनारा लगाएपछि आरती सुरु हुने समय भइसकेको थियो। बोटको चालकले हामीलाई हिन्दीमा त्यहाँको ठाउँको बारेमा सुनाइरहेका थिए। बोट चालकले काशी घाटको वरिपरि बनेका मठ, मन्दिर, घाट र बस्तुकलाबारे जानकारी दिइरहेका थिए। हामीले चालकले भनेका कुरा सुन्दै उनले देखाएका बस्तु नियाल्यौँ।

पाँच जना पुजारी आरती घुमाउन ठिक्क परेर उभिइरहेका थिए। आरती भयो। अगाडि बाला चतुदर्शीमा हामीले पशुपतिमा लिएर जाने गरेको झैँ बत्ति लिएका थियौँ। 


नेपाल समय
गंगा आरती हेर्न पुगेका श्रद्धालुहरू।

राजा, महन्तले बनाएका धेरै घाट बनाएका थिए। त्यहाँ घुम्न जानेहरुले बोटिङ गर्दै घाटहरु हेरिरहेका हुन्थे। दश अश्वमेघ घाटमा हामी पुगेका थियौँ। काशी विश्वनाथ मन्दिर नजिकैको घाटमा थियौँ हामी। एकजना नेपाली महन्थले बनाएको घाट रहेछ त्यो।

विभिन्न राजा, महाराजा र ऋषिमुनिको नाममा हरेक घाटमा फरक फरक दिनमा आरती हुने गरेको रहेछ। त्यहाँ हजारौं मानिस बोटमा बसेर आरती हेरिरहेका हुन्छन्। बोटमा हामीले दुई घण्टाको समय व्यतित गर्यौँ। त्यति समय बिताएको चार सय भारतिय रुपैयाँ लाग्ने रहेछ। केहि मिनेट बोटको सफारिपछि आरती सुरु हुँदै थियो।

आज गंगा आरती विश्वमै चर्चित रहेछ। यो समयमा गंगामा मानिसहरु स्नान पनि गर्ने रहेछन्। गंगा सागरमा डुबुल्कीकै लागि हजारौं मानिसको भीड हुने रहेछ। गंगालाई ‘त्रिपथ गामिनी’ भनेर चिनिन्छ। यो भनेको तीन लोक (स्वर्ग, मत्र्य र पाताल) हुन्छ। र, तिनै लोकमा गंगा हुने हिन्दू शास्त्रमा लेखिएको मानिन्छ। मानिसको मृत्युपश्चात् पनि स्वर्गमा गंगा भेटिने विश्वासका साथ मानिस गंगास्नान गर्दछन्।

नेपाल समय
गंगा आरती गर्दै पूजारी।

यो त धार्मिक पक्ष भयो। यस्तो धेरै आध्यात्मिक विश्वासहरु छन्। गंगालाई सबैभन्दा शुद्ध पानीका रुपमा पनि लिइन्छ। तर त्यहाँको वस्तुगत कुरा गर्दा चाहिँ, साँझको समयमा छल्किँदै गरेको पानीमा आरती टल्किएको मैले धेरैबेर हेरेँ।

‘कति मनमोहक,’ त्यो चित्रलाई कैद गर्दै मैले आफैंसँग भनेँ।

आँखा चिम्लेर तवलाको तालमा हात पड्काउँदै अर्कै दुनियाँमा पुग्ने भक्तहरुको ठूलो जमात उपस्थित भएको थियो त्यहाँ। त्यो दुनियाँमा म आफैं पनि पुगेँ।

एकैपटक सुनिने ठूलो स्वरमा आफ्नो पनि गलाको स्पन्दन मिलाउँदा मनको बह पनि कम हुनेरहेछ।

000

वाराणसीमा मैले दुई कुरा तुलना गरेँ। खानेकुरा सस्तो बस्ने होटेल चाहिँ महँगो। भारतीय रुपैयाँ ७० देखि खाना पाइने रहेछ। तर भारतीय डिसमा खान टेसै नपर्ने। त्यतिबेला मलाई नेपाली दाल भात मिस भयो। र, शान्त वातावरण पनि। काठमाडौं त्यसै पनि कोलाहल लाग्न सक्छ। मलाई पनि त्यस्तै लाग्थ्यो। तर वाराणसीको तुलनामा काठमाडौं धेरै शान्त रहेछ।

टेक्सटाइलमा धनी छ वाराणसी। सबैभन्दा धेरै कुर्ता सलवार अनि साडी उत्पादन गर्ने ठाउँमै पुग्दा त एक भारी कपडा बोकेर ल्याउँ कि भन्ने लोभ पनि पलाउने रहेछ। करण ती कपडाको दाम अत्यन्तै कम। काठमाडौंमा पाउने औसत मूल्यभन्दा तीन गुणा सस्तो।

तर एउटा दृष्य चाहिँ बडा गजबकै थियो। स्कुटर र बाइक आपसमा धेरै ठोक्किने भएकाले सवारीधनीले वरिपरि स्टिलले बेर्ने गरेका रहेछन्। त्यसो गर्दा ठोक्किए पनि सवारीमा चोट नलाग्ने भयो।

वाराणसी घुम्ने सबैभन्दा उत्तम दिन चाहिँ आइतबार रहेछ। सबै पसल बन्द हुने भएकाले मन्दिर जान सजिलो पर्छ। आइतबार चाहिँ वाराणसीमा नेपाल बन्दझैँ सबै पसल बन्द हुने रहेछन्। जाम पनि कम।

सारनाथ घुम्ने योजनामा पनि हामी सफल भयौँ। सारनाथ चाहिँ गौतम बुद्धले पहिलो पटक प्रवचन दिएको ठाउँ हो। त्यसैले त्यहाँको चर्चा विश्वभर छ। विश्वभरका बैद्धिस्टहरुको धार्मिक आस्थाको केन्द्र पनि हो सारनाथ। त्यसो भएको हुनाले भारतले यो क्षेत्रको प्रचार गर्दै आएको छ।

नेपाल समय
सारनाथ विहार।

लुम्बिनीसँग नाम जोडिएर यो क्षेत्र धेरै चर्चित पनि छ। त्यहाँ विहारको संग्रह देख्न पाइन्छ। विहार धेरै भएको कारणले होला, थुम्कै थुम्का भएजस्तो पो देनिन्छ। त्यहाँ रहेको स्तुपा नै सारनाथको मुख्य आकर्षण हो। एक दर्जनजति स्तुपा रहेका छन् होला।

वाराणसीको अर्को विशेषता हो बनारस हिन्दू विश्वविद्यालय। यो विश्वविद्यालय यति विशाल छ कि यसको क्षेत्रफल रिङरोड भित्रको काठमाडौं जत्रै रहेछ।

विश्वविद्यालयको होस्टेलमात्रै छिचोल्न पाँच किलोमिटर पार गर्नुपर्छ भनेर केही वर्षअघि त्यहाँ पुगेर आएका काठमाडौंका एक पत्रकारले सुनाए। तर हामी भने त्यहाँ जान भ्याएनौँ। आज सम्झँदा त्यो मिस भइरहेको छ। वाराणसीबाट हामी रेलमा गोरखपुर, सुनौली नाका हुँदै काठमाडौं फर्कियौँ।

सबै तस्बिर : दिनेश श्रेष्ठ


प्रकाशित: May 28, 2022 | 14:51:35 काठमाडौं, शनिबार, जेठ १४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
ब्लग

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन? ढोकामा चुकुल नलागेको बेला पनि किन भागेन? सबै व्याख्या हुन्छ।
नेपाल समय
ब्लग

सिंहदरबारलाई चिठ्ठी

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्।
नेपाल समय
ब्लग

विशिष्टीकृत बाल अस्पताल नै किन?

बितेको २५ वर्षमा धेरै दुःख पाएँ। धेरैसँग लडियो। कति पटक आफ्नै ज्यान जोगाउनसमेत गाह्रो भयो। पछि मैले प्रणालीविरुद्ध लडेरै सरकारलाई जिम्मेवार महसुस गराएँ।
नेपाल समय
ब्लग

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र ‘पपुलिजम’को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।
नेपाल समय
ब्लग

बीपीले विश्वास गरेका परशुनारायाण पञ्चायत पसेपछि...

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना