सोमबार, असार १३, २०७९

गाउँमा निर्वाचन : एक कोलाजमय उत्सव

भानु बोखिम  |  काठमाडौं, बिहीबार, जेठ १२, २०७९

भानु बोखिम

भानु बोखिम

बिहीबार, जेठ १२, २०७९, काठमाडौं

नेपाल समय

बुबालाई नेपाली कांग्रेसप्रति बढी नै झुकाव थियो। आफ्नो भतिजीछोरी (लिलादेवी बोखिम) र हाम्री दिदीलाई सांसद भएको हेर्ने मन थियो। तर लिला दिदी दोश्रो संविधानसभा र त्यसपछिको प्रतिनिधिसभा दुवै निर्वाचनमा पराजित भइन्। पछिल्लो निर्वाचन परिणाममा दुःखी हुनुभएको बुबालाई यसपालिको स्थानीय तहको निर्वाचनमा भोट दिने तिव्र लालसा थियो। 

म भोट नदिई मर्दिनँ। बुबा भन्ने गर्नुहुन्थ्यो रे। तर निर्वाचन हुनुभन्दा १४ दिनअघि नै बुबा बित्नुभयो। बुबा बित्दा दल तथा उम्मेदवारहरु तीव्र रुपले प्रचारप्रसार गरिहेका थिए। गाउँमा चुनाव एक उत्सव जस्तो भइरहेको थियो। रित्तिँदै गएको गाउँमा राजनीतिक दलप्रतिको आस्था भने पहिले झैं कायम थियो। गोप्य मतदान भनेपनि यहाँ पहिले नै मतदाताको आस्था छताछुल्ल हुँदोरहेछ। प्रायः सबैको नाममा एमाले, कांग्रेस, माओवादी वा अन्य दलको ट्याग लागेको हुन्थ्यो, जस्तो कि बुबा कांग्रेसको नाममा परिचित थिए।  

बुबा पछिल्लो समय जीवनप्रति आशावादी हुनुहुन्थेन। यद्यपि भोट हालेर मात्र मर्ने चाहना थियो। यो हाम्रो ग्रामीण भेगको संस्कार र सोचले निर्माण गरेको मनोविज्ञान पनि हो। अक्सर ५० काटेपछिका धेरै मानिसहरु गाउँमा जीवन भोग्नु पुगेको ठान्दा रहेछन्। यो सोच अशिक्षा, गरिबी तथा जाँडरक्सीको नियमित सेवनले पैदा गरेको निरासा पनि हो। आफ्नै जीवनप्रति आशा नराख्ने गाउँलेहरुमा, राजनीतिक दलप्रति भने ठृलो समर्पण थियो। राजनीतिक दलप्रति उनीहरुको अपेक्षा थियो होला। तर अपेक्षाभन्दा ठूलो उनीहरुमा एउटा जिम्मेवारी र नैतिकता बोध थियो। आफ्नो आस्थाको दलप्रति प्रतिवद्ध हुनुपर्छ र हरसम्भव जिताउने प्रयास गर्नुपर्छ। 

अर्काेतिर उम्मेदवारको उद्देश्य जित्नुसँग थियो। निर्वाचनमा उम्मेदवार भएपछि जित्ने उद्देश्य राख्नु स्वभाविक हो। निश्चित हार्ने लडाइँ लड्नुमा कुनै रोमाञ्चकता पनि हुँदैन। जितको सम्भावनाले नै मान्छेलाई संघर्षशिल बनाउने हो। तर जसरी पनि जित्नु भनेको लोकतन्त्रको उपहास हो। ठूलो दलको उम्मेदवारमा यो सोच हाबी थियो। यहि सोचबाट धेरै नै प्रभावित देखिन्थे ठूला दलमा आस्था राख्ने मतदाताहरु पनि। साना दलका कार्यकर्ताहरु मतदाताले देश र समयको आवश्यकता नबुझेको भनेर गुनासो गर्थे।

यो उनीहरुको गुनासो भन्दा पनि हिनताबोधको उच्छवास थियो। आफू सानो हुनुको तथा सानो भएर आफ्नो रवाफ नभएकोमा पीडा थियो। मतदातालाई अबुझ ठान्ने उनीहरु आफैको राजनीतिप्रतिको अध्ययन र बुझाइ भने साँघुरा थिए। गलत तथ्य, तथ्यांकको आधारमा कुरा गरिरहेका हुन्थे। उपयुक्त भाषाको कमी त थियो नै जसले मतदातालाई आफ्नो उद्देश्य, मुद्दामा मनाउन सकोस्। 

सानो दलको कुनै कार्यक्रम तथा योजना थिएनन्। बस्, उनीहरुको मुद्दा र सिद्धान्त थिए। ठूला दलको सिद्धान्तको कुरा ओझेलमा थियो। उनीहरुले ठूला ठूला योजनाका बिस्कुन लगाएका थिए। योजना यस्ता थिए कि यो स्थानीय तहको निर्वाचन नभएर प्रदेश तथा संघीय सरकार निर्माण गर्ने निर्वाचन हो। स्थानीय तहले थोरै श्रोत साधनमा वा आफैंले राजस्व संकलन गरेर निर्माण गर्न सक्ने योजनाहरु पनि समेट्नुपर्थ्यो। यस्ता योजनाहरु घोषणापत्रमा खासै देखिँदैनथे। घोषणापत्रले स्थानीय आवश्यकताको अध्ययन गरेको वा त्यसको बारेमा सिर्जनात्मक तरिकाले काम गर्न खोजेको खासै देखिँदैनथ्यो। केवल ठूला योजना सूचीकृत गरिएको थियो, जुन काम संघ तथा प्रदेश सरकारको हो।

म भोट नदिई मर्दिनँ। बुबा भन्ने गर्नुहुन्थ्यो रे। तर निर्वाचन हुनुभन्दा १४ दिनअघि नै बुबा बित्नुभयो। बुबा बित्दा दल तथा उम्मेदवारहरु तीव्र रुपले प्रचारप्रसार गरिहेका थिए।

आफूले तथा आफ्नो बजेटले सक्ने भन्दा अरुलाई गुहार्नुपर्ने योजनको ताँती राम्रै थियो। उसमाथि ठूला दलहरु संघ र प्रदेशबाट बनेका वा बनिरहेका ठूला योजनाको जस लिन प्रतिस्पर्धामा देखिन्थे। यसमा मुख्य गरेर एमाले र कांग्रेस अगाडि देखिन्थे। यी सबै कुराको पछि दौडिरहँदा नेता, कार्यकर्ता र दलमा आस्था राख्ने मतदातालाई निर्वाचन एक उत्सव बनिरहेको थियो। उनीहरुलाई दैनिक कामको भन्दा बढी आफ्नो दलको चिन्ता थियो। त्यसैले प्रायः सबै आ–आफ्नो ढंगले निर्वाचनको प्रचार प्रसारमा थिए। 

लोकतन्त्र एक खर्चिलो प्रणाली पनि हो। खर्च बढाउने काम समय समयमा गर्नुपर्ने निर्वाचनले पनि गर्छ। तर लोकतन्त्र अब सरकार तथा देशको लागि मात्र नभएर दल तथा उम्मेदवाररको लागि पनि खर्चिलो हुँदै गएको छ। केही समयअघि कांग्रेस नेता शशांक कोइरालाले प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा ६ करोड खर्च गरेँ भन्दा निर्वाचन आयोगको स्पष्टीकरणमा परेका थिए। तर सर्वत्र छाएको यथार्थ भने यहि हो। निर्वाचन दल र उम्मेदवारको लागि पनि महँगो भएको छ। उम्मेदवारले भात, मासु अनि खर्च मतदातासम्मलाई दिनुपरेको छ। यो क्रम गाउँमा बढ्दै गएको चर्चा छ। जसरी पनि जितौँ भन्दा नियम र कानुनहरु ओझेलमा परेका छन्। 

गाउँमै बस्दाको एक घटना– मौन अवधि सुरु भएपछि एमाले उम्मेदवार गाडी लिएर हाम्रो गाउँ आएछन्। गठबन्धनले यो सूचना पाएपछि हंगामा मच्चियो। गठबन्धनका कार्यकर्ताहरु एमाले उम्मेदवारले निर्वाचन आचार संहिता मिचेको आरोप लगाइरहेका थिए। तर उनीहरुले गाडीको बाटो छेक्न प्रयोग गरेको बाइकमा नेपाली कांग्रेसको झण्डा ठडिरहेको थियो। यसलाई चाहिँ उनीहरुले आफ्नो सानको विषय बताउँदै थिए।

गाडीमा आएका उम्मेदवार र उनका कार्यकर्ता त गायब भइहाले, बिचरा भयो गाडीको चालक। मध्यरातमा चालक भोकभोकै भयो। गठबन्धनका कार्यकर्ता र मतदाताले एमाले उम्मेदवारलाई यति गाली गरे कि ऊ त्यहाँ भएको भए सुनेरै बेहोस हुन सक्थ्यो। पछि उनीहरुबीच सहमति भयो भन्ने कुरा सुनियो। तर यसको एउटा ह्याङओभर भने निर्वाचन भएको रात देखियो। 

निर्वाचनको रात गाउँकै एमाले र कांग्रेस कार्यकर्ता रक्सी खाएर झगडा गरेछन्। झगडाको विषय एमालेमा आस्था राख्नेले मौन अवधिमा किन हाम्रो उम्मेदवाररलाई गाली गरिस् भनेछन्। दुई जनाको विवाद मिलाउन भोलिपल्ट अधिकांश गाउँलेको समय खर्च भयो। गाउँलेले दुवैलाई दोषी करार गरे अनि गाउँको सडकमा तीन मिटर ढुंगा सोलिङ गर्नुपर्ने सजाय सुनाए। दलप्रतिको अनावश्यक आस्थामा गाउँलेको समय खर्च भइरहेको थियो। मत दिनु लोकतन्त्र प्रतिको आस्थाभन्दा बढी अभिमानको रुपमा छल्किरहेको थियो। 

लोकतन्त्र एक खर्चिलो प्रणाली पनि हो। खर्च बढाउने काम समय समयमा गर्नुपर्ने निर्वाचनले पनि गर्छ। तर लोकतन्त्र अब सरकार तथा देशको लागि मात्र नभएर दल तथा उम्मेदवाररको लागि पनि खर्चिलो हुँदै गएको छ।

त्यसको चार दिनपछि झापा झर्दा गाडीभरी निर्वाचन परिणामकै चर्चा थियो। वडा सदस्यले यति खसी र सुँगुर ढाल्दैछन्। फलाना उम्मेदवाररले यति खर्च गर्यो। वडाध्यक्ष जित्नेले त राँगै ढाल्न परिगो नि। यस्ता विषय यात्राको आधा दिनसम्म चर्चामा रहे। यहि बिचमा अनिदो रहेका गाडीका सहचालकले चिन्ता प्रकट गरे – निर्वाचन त सकियो, पचास हजार पो उठ्ने हो कि हैन। 

उनको चिन्ता निर्वाचनमा गाडी प्रयोग गर्नेले पैसा तिर्छन् कि तिर्दैनन् भन्ने थियो। एक उम्मेदवाररले निर्वाचनमा गाडी प्रयोग गरेवापत ५० हजार दिनु रहेछ। तर ति उम्मेदवाररले चुनाव हारेछन्। सहचालकको बुझाइमा निर्वाचन हार्नु भनेको कमाइ बन्द हुनु थियो। यो कारण, आफ्नो पैसा उठ्दैन कि भन्ने चिन्ता थियो। 

समग्रमा निर्वाचन उत्सवमय थियो। गाउँमा दसैं, तिहारमा नपुग्ने मान्छेहरु पनि भोट हाल्न पुगेका थिए। उनीहरुलाई आफ्नो दल नै सबथोक थियो, दिवंगत मेरा बुबालाई जस्तै। यो सोच र आस्थाले पुराना दौंतरीको भेट मात्र भएको थिएन। गाउँमा बहार पनि आएको थियो। साथै लोकतन्त्रको सुन्दर पक्षलाई अराजक र भ्रष्ट बनाउने कोसिस पनि गरिरहेको थियो। 


प्रकाशित: May 26, 2022 | 15:05:24 काठमाडौं, बिहीबार, जेठ १२, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
ब्लग

किन स्वतन्त्र? केबाट स्वतन्त्र?

लामिछाने केबाट स्वतन्त्र छन् त? मूलधार दलीय राजनीतिबाट? पैसा र शक्तिको लोभ र लालचबाट? कि सिद्धान्तबाट? आफूलाई स्वतन्त्र घोषणा गरेर मात्र पुग्दैन, स्वतन्त्रताको व्याख्या गर्नु जरूरी छ।
नेपाल समय
ब्लग

मिरुना-फुर्वा प्रकरणका अनुत्तरित प्रश्‍न

मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्‍ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ? यो कुरा कबड्डी निर्माण टिमले सोच्यो? यदि मिरुना नै वास्तविक ‘सिकार’ हुन् भने उनलाई न्याय दिलाउन र यदि फुर्वा तामाङ निर्दोष हुन् भने उनको चरित्र सच्याउन निर्माण टिमले प्रहरीको जिम्मा लगाउनु पर्थ्यो।
नेपाल समय
ब्लग

बनारसमा मानिसको जाम छिचोल्दा

आज गंगा आरति विश्वमै चर्चित आरति हो। यो समयमा गंगामा मानिसहरु स्नान पनि गर्ने रहेछन्। गंगा सागरमा डुबुल्कीकै लागि हजारौं मानिसको भीड हुने रहेछ।
नेपाल समय
ब्लग

गाउँमा निर्वाचन : एक कोलाजमय उत्सव

समग्रमा निर्वाचन उत्सवमय थियो। गाउँमा दसैं, तिहारमा नपुग्ने मान्छेहरु पनि भोट हाल्न पुगेका थिए। उनीहरुलाई आफ्नो दल नै सबथोक थियो, दिवंगत मेरा बुबालाई जस्तै।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना