बिहीबार, जेठ १२, २०७९
किर्गिस्तान ब्लग-६

बिस्केक उपसंहार

विनय सापकोटा  |  काठमाडौं, शनिबार, वैशाख २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, वैशाख २४, २०७९, काठमाडौं

नेपाल समय

हामी किर्गिस्तान यात्रामा छौँ। आज मलाई अरु कुनै ठाउँ घुम्न मन लागिरहेको थियो। सूचीमा धेरै ठाउँ थिए। तर एउटा योजना बनाउनु पर्ने भयो। अब म भिक्ट्री गार्डेन, ओक पार्क, आला टु स्क्वाएर, फाइन आर्ट म्युजियम, पेनफिलभ पार्क डुल्ने योजना बनाउन लागेँ।

होटेलको रिसेप्सनमा गएर सो कुरा बताएँ। त्यहाँ भएका युवक मेरो कुरा सुनेर मुस्काए। मैले पहिले भिक्ट्री पार्क जाने कुरा बताएँ। तर उनले त्यो ठाउँ सम्झनै सकेनन्।

गुगल म्यापमा देखाएपछि बल्ल बुझे। त्यसको रसियाली भाषामा अर्कै नाम रहेछ, जुन मैले सम्झनै सकिनँ।

‘मानिसहरु त्यहाँ बिहे गर्न जान्छन्। धेरै जोडी त्यहाँ गएको देखेको छु। त्यहाँ जाने परम्परा छ। तर किन जान्छन्, थाहा छैन,’ उनले भिक्ट्री पार्क बारे भने, ‘राम्रो ठाउँ छ डुलेर आउनुहोला।’

‘हुन्छ। मैले ट्याक्सी अर्डर गरेको छु। एकैछिनमा फोन आउला। उसलाई यहाँ बोलाइदिनुस्,’ मैले अनुरोध गरेँ।

उनले हामी जाँदै गरेको ठाउँ वरिपरिका कुरा पनि बताउँदै थिए ट्याक्सी आइहाल्यो। होटेलका अर्का कर्मचारीले ट्याक्सितर्फ लिएर गए। ड्राइभरलाई खै के भने कुन्नी, ट्याक्सी चालकले सरासर लिएर हिँडे।

यसबीच अलिअलि यहाँको ट्याक्सीबारे पनि भनौँ। बिस्केकमा चार खालका ट्याक्सी पाइने रहेछन्। कारपुल, इकोनोमी, कम्फर्ट र कम्फर्ट प्लस। हामी कम्फर्टमा थियौं। भाडा १५० आसपास थियो। त्यो भनेको नेपाली २०० बराबर। इकोनामी र कारपुल अझ सस्ता रहेछन्।

हामी भिक्ट्री गार्डेन पुग्यौं। तीन तिरबाट अर्धवृत्तकार खाँबो, एउटा गोलो आकारको संरचनामा जोडिएका थिए। जसको मुनि सदा आगो बलिरहँदो रहेछ। युवायुवती बिहे गर्न आउने सो ठाउँमा हामी पुग्दा कुनै वरवधु देखिएनन्।

पार्कमा केही सालिक देखिए। कसका हुन्, थाहा भएन, बुझ्नका लागि ठूलो प्रयास पनि गरिएन। गार्डेनको उत्तरतिर बिस्केक सिटी सर्कस थियो। हामी चाहिँ पश्चिमतर्फ लाग्यौं। म्युजियम नपुग्दै थिएटर भेटियो। नाम थियो– ओपेरा एन्ड ब्यालेट थिएटर।

नेपाल समय

थिएटर पस्ने योजना नभएकाले सडकपारिको फाइन आर्ट म्युजियम गयौं। सो संग्रहालय बिहीबार र आइतबार मात्र खुल्ने रहेछ। त्यसले हामीलाई हिस्स बनायो। अब अघि बढ्नुको विकल्प थिएन। रिपब्लिकन पुस्तकालयलाई देब्रेतिर छोड्दै अगाडि बढ्यौं।

लाइब्रेरीबाट २ सय मिटरको दुरीमै पर्छ ओक पार्क। पार्कमा सय सोम तिरेर १५ मिनेट साइकल दौडाउन पाइने रहेछ। अनि स्केटबोर्ड पनि चलाउने पाइने रहेछ। दाम एउटै। त्यहाँ सजाइएका विभिन्न व्यक्तिका सालिक हेर्यौं।

मलाई मन परेको चाहिँ टोक्टोगुल सत्याग्लोनोभको हो। लामो दारीमा हात राखेको उनको शालिक आकर्षक थियो। पार्कअघि भेटिने ठाउँ हो सेन्ट्रल हिस्ट्री म्युजियम।

यो म्युजियम घुमिसकेकाले त्यता पसेनौं। बाहिरैबाट आला टू स्क्वाएर हेर्यौं। वाटोको वारिपारि छन् यी दुई ठाउँ। त्यसलाई साइडमा छोडेर हामी चाहिँ अघि बढ्यौं। अघिबाटै पश्चिम दिशातर्फ मात्र हिँडिरहेका थियौं। हिस्ट्री म्युजियमबाट पाँच मिनेटको पैदल यात्रामै पेनफिलभ पार्क भेटिन्छ। जहाँ खेल्नका लागि धेरै थोक हुन्छन्।

हामी त एक खेल खेलेर अघि बढ्ने योजनामा थियौं। रेलमा घुम्ने कि डोरीमा घुम्ने कि, डुंगाजस्तो पिङमा चढ्ने कि रोटेपिङ खेल्ने। त्यहाँको रोटेपिङ असाध्यै ठूलो थियो। मैले यति ठूलो रोटेपिङ देखेकै थिइन। त्यसैले त्यसमा चढ्ने सुर आयो।

त्यो विस्तारै घुमिरहेको थियो। मैले सोचेँ मान्छे चढाउँदै होला। चढाएपछि छिटो घुमाउँछ कि। घुम्न गएका दुवै जनाको सल्लाह मिलेपछि हामी पिङमा गयौँ।

‘कति दाम हो‍?’ मैले सोधेँ।

‘वान हन्द्रेड एन्ड फिफ्टी पर पर्सन,’ जवाफ आयो।

‘हाउ मच टाइम डज इट टेक?’ मैले सोधेँ।

‘टेन मिनेट्स, सिंगल राउन्ड,’ काउन्टरमा बसेका मानिसले भने। हामी हिस्स पर्‍यौँ। त्यो ज्यादै ठूलो भएकाले ढिलो घुमाइने रहेछ। एक राउन्ड पूरा हुँदा १० मिनेट लाग्ने रहेछ। एक सय पचास सोममा एक राउन्ड घुम्न पाइने।

हामी दुई जना थियौं। त्यति बुझिसकेपछि चार सय दियौँ। ‘एक सय फिर्ता लिनु छै’ है भनेर अघि बढ्यौं। एउटा बक्स चन्द्रागिरीको केबुलकारको जत्रै थियो। छ जनासम्म सहजै अटाउन सकिने। विस्तारै हामी चढेको बक्सले गति लियो। जमिन टाढिँदै गयो। रुखको टुप्पो बराबरीमा देखिन थाले। एकैछिनमा बिस्केकका घर पनि तल देखिन थाले। त्यहाँबाट देखिने बिस्केक सहर निकै चाखलाग्दो थियो। मैले हामी बसेको होटेल ठम्याउन खोजेँ तर सकिन। दक्षिणपट्टि रहेको हिमाल अनि त्यसमुनिको पहाड सिधा अघि देखिइरहेका थिए। हामीले आजको यात्रा सुरु गरेको स्थान पहिल्याएँ।

भिक्ट्री गार्डेन, ओक पार्क, आला टु स्क्वाएर, स्ट्याचु अफ मानस, हिस्ट्री म्युजियम, थिएटर, फाइन आर्ट म्युजियम हुँदै फेरि एकपटक मनमनै पेनफिलभ पार्क आईपुगें।

बिस्केकमा हिँड्न कति सजिलो। न बाटो भुलिने डर न अचाक्ली भिडभाड। व्यवस्थित सहरीकरणको नमुना थियो त्यो। मैले आफूअघि रहेको संसद् भवनलाई नियालेँ। पिङ खेलिरहेका अन्य मानिस धेरै तल देखिए। एकपटक त म बिस्केककै सबैभन्दा माथि पुगेँ भन्ने भाव जाग्यो। त्यो सम्झेर हाँसे। पर परका पहाड र हिमाल पनि बराबरीमा देखिएझैं लागेको थियो। अँ एउटा कुरा त झन्डै भन्नै भुलेको, यहाँ घरभन्दा धेरै रूख पो देखिन्थे। अनि नियमित रुपमा फैलिएको सडकले बाँधेको बिल्डिङ र रूखहरू।

हामी विस्तारै भुईंमा झर्‍यौँ। फर्किंदा काउन्टरमा अर्कै मानिस थिए। उनी चाहिँ मरिगए अंग्रेज नबुझ्ने। मोबाइलको सहायताले ‘एक सय फिर्ता पाउनु छ’ भन्यौं। उनले अघिको मान्छेसँग फोनमा कुरा गरे र दिइसकेको बताए।

‘ह्वाट?’ मैले सोधेँ।

उनले मोबाइलमै खेलेर ‘दिइसकेको’ भनेपछि हामी अवाक् हुँदै हिँड्यौँ। भाषा नबुझ्ने ठाउँमा झगडा गरेर के बसिराख्नु ?

एक खेल खेल्ने योजना बदलेर अर्को पनि खेल खेल्ने योजना बनाएका थियौं। त्यसपछि मन मरेको नाटक गर्दै हिँड्यौँ। यात्रा पश्चिमतर्फै थियो। त्यहाँ थियो किर्गिस्तानको राष्ट्रिय रंगशाला। बीचका केही भवन र सडक पार गरेपछि त्यहाँ पुगियो।

नेपाल समय

त्यसको एक छेउमा रहेको चारवटा टेनिस कोर्टमा खेलाडी अभ्यास गरिरहेका देखिन्थे। हामी अघि बढ्यौं। ठूलो गेट देखियो। गेटलाई दाइने छोडेर अघि गयौं। प्यारापिट थियो। प्यारापिटमा छानो थिएन। त्यो रंगशाला काठमाडौंको दशरथ रंगशालाभन्दा सानो भएको अनुमान लगायौं।

भित्र एथ्लेटिक्सका खेलाडी अभ्यास गरिरहका थिए। हामी भित्र गएनौं। बाहिरबाटै तस्बीर लिएर फर्कियौं। रंगशालाको पश्चिममा थियो स्पोर्टस प्यालेस, त्यसको पश्चिममा चाहिँ म्याक्सिम गोर्की पार्क। स्पोर्टस प्यालेसमा खास केही थिएन। त्यसैले हामी गोर्की पार्कतर्फ गयौं। त्यो सानो र सुन्दर पार्क थियो। बीचमा म्याक्सिम गोर्की टुलमा हात अड्याएर उभिरहेका थिए। गार्की आँखाको ठिक अघि पर्ने गरी म चौरमा बसेँ।

‘धेरै गलिएछ है,’ मैले भनेँ।

‘निकै हिनियो है आज,’ मुकन्दको जवाफ थियो।

‘आ... हा... हा...!’ मैले मनको थकान मुखबाट निकालेँ। मन्दमन्द हावालाई अनुहारभरि महशुस गरेँ। बजारको बीचमा यति स्वच्छ हावा महशुस गर्न काठमाडौंमा कहिले पाइएला ? मैले चौरमा बस्दा सोचिरहेको थिएँ।

हामीले म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध पुस्तक ‘आमा’बारे केही बेर चर्चा गर्यौं। त्यो किताबले विश्वका धेरै मानिसलाई कम्युनिस्ट बनाएको मानिन्छ। पहिलोपटक पुस्तक पढ्न मलाई झ्याउ लागेको थियो। एक पटक पढिनसकेको मैले दोस्रो पटक सुरु गर्दा मात्र पुस्तक पढिभ्याएको थिएँ। तर पढिसकेपछि मलाई कम्युनिस्ट साँच्चिकै महान् हुन्छन भन्ने परेका थियो। त्यो विस्तारै हराउँदै गयो। शून्यसम्म आइपुग्न निकै समय लाग्यो।

आज यो पार्कले त्यही गोर्की सम्झाइदियो। म चाहिँ गोर्की भन्नेबित्तिकै ‘आमा’का पात्र पावेललाई सम्झन्छु। जो रसियन मजदुरका नाइके थिए। अनि उपन्यासमा आमाको भूमिका पनि निकै गहन रुपमा प्रस्तुत गरिएको छ। त्यो मलाई याद आयो।

नेपाल समय

अब हामीलाई फर्किनु थियो। होटेल जाने कि भेफा सेन्टर ? मुकुन्द र मेरो कुरा मिलेन। म होटेल जाने सोचमा थिएँ। मुकुन्द भेफा सेन्टर जाने र सपिङ गर्ने मुडमा। मुकुन्दको तर्कले जित्यो। हामी भेफा सेन्टर जाने भयौं। ट्याक्सी खोज्न उस्तै समस्या पर्यो। धेरै प्रयास गरेपछि बल्ल सफल भइयो। समस्या पुरानै त थियो।

त्यसैले म्यानुअल ट्याक्सी लिने सोचेका थियौं। तर त्यता वरिपरि ट्याक्सी नै भेटिएन। अनि एक जना मानिसको सहायताले ट्याक्सी बोलाउन लगाएर हामी निस्कियौं। भेफा सेन्टरमा एकछिन डुले पनि मुकुन्दको सपिङ केही भएन। मैले चाहिँ एउटा टिसर्ट र घडी किनेँ। अनि होटेल फर्किर्यौं।

त्यो रात मैले युवा खेलाडी सुमित श्रेष्ठको प्रोफाइल लेख्ने योजना बनाए। उनीसँग कुरा गरेँ र फोटो संकलन गरे।

अन्तिम दिन...

अन्तिम दिन दुई बजेदेखि अफगानिस्तानसँगको खेल थियो। बिहान मैले खासै काम गरिनँ। आज लगेज प्याक गर्नुपर्ने पनि थियो। मैले बिहानै सबै कुरा ठिक गरेँ।

अनि ब्रेकफास्टको लागि रेस्टुरेन्ट छिरेँ। आज हाम्रो लन्च थिएन त्यसैले बिहानै भात बजाइदिएँ।

‘के हो पत्रकार दाइ बिहान–बिहानै भात हान्देको,’ सरोजले भने।

मैले हाँस्दै ‘आज लन्चको साटो पनि हान्देको नि’ भनें।

‘ए त्यसो भए त ठिक छ’ भन्दै उनी अर्को बेञ्चतर्फ लागे। मैले गार्डेन होटेलमा अन्तिम ब्रेकफास्ट खाएँ। आज पनि हाम्रो कोभिड टेस्ट थियो। किनभने भोलि बिहान पाँच बजे हामी बिस्केक छोड्दै थियौं।

आज दिउँसो कोभिड–१९ को टेस्ट गराएर फेरि म कोठामा छिरेँ। काठमाडौं के लगिदिने होला ? फर्किने बेलामा त त्यो कुराको पो समस्या हुने रहेछ। सामान हेर्नका लागि सुपरमार्केटतर्फ लागें।

त्यहाँ चकलेट थिए। मलाई चकलेट कसरी किन्ने भन्ने भेउ भएन। अरु सबै सामान किन्न सजिलो थियो। तर चकलेट जोखेर कसरी किन्ने होला ? मैले तराजु छेवैमा रहेको चकलेटको मेनु हेरेँ। त्यो रसियन भाषामा लेखिएका थियो। के गर्ने के गर्ने भन्ने दोधारमा परेपछि म त्यत्तिकै फर्किएँ।

अजिजलाई साँझ सँगै सुपरमार्केटमा जान भनेँ। उनले हुन्छ भने। अनि म कोठामा बाँकी सामान मिलाउन थालेँ। हामी १२ बजे खेलको लागि निस्कियौं। यो अन्तिम खेल थियो।

‘आज चाहिँ बाहिर गएरै बिप्स लगाउनु है,’ गौरव दाइले प्लेयर ड्रेसिङ रुमको अर्को कुनाबाट भन्नुभयो।

खासमा यो प्रतियोगितामा दिइएको विप्स अर्कै प्रतियोगिताका लागि बनाइएको रहेछ। र, अरु नै स्पोन्सरको नाम रहेछ। त्यसो भएकाले हामीलाई उल्टो लगाउन भनिएको थियो। अघिल्लो दिन मैले ड्रसिङ रुपमै विप्स भिरेको थिएँ।

‘हेत्तेरिका उल्टो विप्स लगाएर सुरुमै साइत बिगार्‍यो भाइले,’ दाइले अघिल्लो दिन भन्नुभएको थियो। अनि भोलिपल्ट उहाँले सुरुमै भन्दा म गलल हासेको थिएँ। रत्नकुमार श्रेष्ठ दाइसँगै म र मुकुन्द बाहिर निस्कियौं। त्यसपछि मिडिया सेन्टरमा गएर विप्स भिर्यौं।

अन्तिम खेल अनि अन्तिम खेलको रिपोर्टिङ मलाई रमाइलो त लागिरहेकै थियो। तर नेपालले गोल बेहोर्दै गयो। अफगानिस्तानलाई छनोट हुनका लागि विशाल गोलअन्तरको अवाश्यकता थियो। उसले ठूलो जित निकाले पनि आवश्यकता पुरा गर्न सकेन र छनोटबाटै  बाहिरियो। नेपाल त अघिल्लै दिन बाहिरिसकेको थियो।

अफगानिस्तान बाहिरिँदा टेक्निकल एरियामा दुई अफिसियल रोइरहेका थिए। कतिपय अफगानी खेलाडीको आँखामा आँसु थियो। समग्रमा छनोट सकिएको थियो। नेपाल र अफगानिस्तान बाहिरिएका थिए भने ताजकिस्तान र उज्वेकिस्तान छनोट भएका थिए।

नेपाल बाहिरिनुको पीडा त थियो नै काम गर्नुपर्ने चुनौती पनि। अन्तिम दिन भएकाले खेलको समग्र कुराकानी गर्नुपर्ने थियो। मैले सिनियर खेलाडी मणिकुमार लामालाई मैदानमा बोलाएर कुरा गर्न चाहे पनि हल्लाका कारण सकिएन।

त्यतिकै फर्कियौं। होटेल पुगेर हामीले मुख्य प्रशिक्षक र मणिसँग कुरा गरेका भिडियो नेपाल पठाइदियौं। प्रतियोगिताको समग्र फोटा र म्याच रिपोर्ट पठाएपछि मेरो काम सकियो।

त्यति सकेर बाहिर निस्किँदा बाहिर त कोही पनि थिएन। आज राति फर्किनुपर्ने भएकाले सबैजना सपिङमा गएछन्। म पनि चकलेट किन्न लागें। त्यहाँ काम गर्ने एक महिलासँग सहयोग मागेँ। उनले जोखेर त्यसमा लेवल टाँसिदिइन्।

रत्न दाइले चाहिँ फरक–फरक दामका धेरै चकलेट एकै ठाउँमा राख्नुभएछ। जोख्नलाई ठिक्क परेकी महिला छक्क परिन्। कसो गर्ने भन्ने उनले भेउ पाइनन्। एकफेरि हेरिन्, अनि हाँसिन्। किनभने त्यहाँ एकै खालका चकलेट मात्र जोखेर लेबल राख्न मिल्थ्यो।

अब सबै चकलेट खन्याएर एकै ब्रान्डका चकलेट मिलाउन थालिन् उनी। अनि करिब १२ प्रकारका चकलेट छुट्याएपछि सबै जोखेर उनले लेबल लगाइदिइन्। बल्ल चकलेट किन्नका लागि तयार भयो।

त्यो लिएर रिसेप्सनमा गयौं। रिसेप्सनमा उनले एउटा बार कोड स्क्यान गरिन्। र, कम्प्युटरमा हेरिन् त्यहाँ २४ सोम मात्र देखायो। फेरि चकलेटको प्याकेट हेरिन् त्यहाँ अझै स्क्यान गर्न बाँकी ११ वटा कोड थिए। उनी छक्क परेको हाँसोका साथ हामीलाई हेरेर स्क्यान गर्न लागिन्। त्यो पल मलाई धेरै हाँसो लागिरहेको थियो।

जे होस् चकलेट किनियो। मैले चार खालका चार केजी चकलेट किनेँ। अब के किन्ने होला भन्दै हेर्दै गएँ। अफिसमा दिलिपजीले ‘लिकर’ ल्याउन भन्नुभएको थियो। हेरेँ। त्यहाँको चल्तीको त भोड्का थियो। तर रेड लेबल खाने विचार थियो सबैको। मैले एउटा लिएँ।

केही पैसा बाँकी नै थियो। हामी भेफा सेन्टर गयौँ। टिमका सबै जना त्यतै भेटिए। धेरै बेर चहारेपछि मैले सर्ट किनेँ। अब पैसा १५ सय जति बचेको थियो। १५ सय नेपालमा लगेर के गर्नु? दिमागले सोच्यो। फेरि ससाना समान किनेर मैले त्यो पैसा सकिदिएँ। त्यति गर्दा रात परिसकेको थियो।

सामान थपिएपछि प्याक फेरि गर्नुपर्ने थियो। अहिले किनेको सामान धेरै भइसकेछ। लगेजमा मिलाउन निकै समय लाग्यो। त्यसपछि म रातिको खानाका लागि निस्किएँ। यो चाहिँ गार्डेनमा अन्तिम खाना थियो।

हामी दुई बजे एयरपोर्टको लागि निस्कनुपर्ने भयो। आफ्नो सामान बटुलेर राखिसक्दा रातको ११ बज्यो। अब सुत्ने कि यक्तिकै बस्ने म दोधारमा परेँ। निदाएको निदाई भइयो भने त गाह्रो पर्ला! आफैंलाई प्रश्न गरेँ। त्यसैले २ बजे आसपासका तीन अर्लम लगाएर सुतेँ।

दुई बजे ब्युझिएँ। हातमुख धोएर लबीमा आउँदा त कोही छैन। बाहिर हेरेँ धन्न गाढी चाहिँ त्यहीँ थियो। ड्राइभर दाइ पनि आइसकेका रहेछन्।

‘यहाँ आउने कतिबजे भनेको छ?’ मैले रिसेप्सनमा सोधेँ।

रिसेप्सनमा बसेमा मानिसले तीन बजे भनेको जानकारी दिए। म फेरि आधाघण्टा कोठामै भुल्लिएर झरेँ। विनोद दाइसँग एकदुई जना साथीहरु आइसक्नु भएको रहेछ।

अनि मैले कोठाको ‘की’ जिम्मा दिएँ।

‘यू ह्याभ युज्ड मिनी बार?’ उनले भने, ‘यु ह्याभ टु पे।’

मैले ‘ओके’ भनेँ।

हामीले मिनी बारको १६ डलर होटेललाई तिर्यौं।

म कहिल्यै रक्सी नपिउने मान्छे। त्यहाँ पनि पिउन मन थिएन। कहिल्यै पिएकै थिइनँ।

गएको दोस्रो दिनको कुरा हो।

‘विदेश आएको बेला नखाए कहिले खाने?’ मुकुन्दले भने, ‘खाँदा केही फरक पर्दैन।’ उनले अघिदेखि कर गरिरहेका थिए। म विभिन्न बहानामा पन्छाउँदै थिएँ।

‘यो खासै लाग्दैन। अरु जस्तो नमिठो हुन्न। फलफुलको जुस त हो,’ यस्तै भनेर मुकन्दले मलाई फकाइरहेका थिए। एकपटक बाहिर डुलेर कोठामा फर्किएँ। बोतल खोलिसकेको थियो।

खाइदिउँ न त भनेर मैलै पनि पिइदिएँ। थैट! यस्तो नमिठो कसरी खान्छन् मान्छेहरुले। त्यस्तो नमिठो जिनिस मैले जीवनमा दोस्रो पटक खाएको हुँला। पहिलो पटक तीन वर्षअघि तेह्रथुममा एभोकाडो खाँदा पनि मलाई यस्तै नमिठो लागेको थियो।

मैले फेरि त्यो वाइन मुखमा हाल्नै सकिनँ। आज त्यस्तै भयो। अर्कोतिर पिउन मन थिएन। बल्लतल्ल आधा सकाएँ। आधा चाहिँ पोखिदिएँ। म अब नखाने पक्षमा थिएँ। भोलिपल्ट राति मुकुन्दले फरि आग्रह गरे।

मैले नखाने बताएँ। कसैले किन रक्सीलाई ‘तुच्छ’ शब्दले सम्बोधन गर्छन् भन्ने कुरा मैले त्यही समयमा अनुभूत गरेँ।

‘मलाई कम्पनी नदिने?’ भावुक मुकुन्दको प्रश्न आयो।

हेत्तेरिका, कस्तो आपत आइपर्‍यो। यो दिन मुस्किलले दुई/तीन पटक चुसेँ। वाइन ग्लासको एक चौथाई राखेको थिएँ। आधा पनि पिउन सकिनँ। त्यसपछि चाहिँ पिउँदै पिइनँ। हेर्दै हेरिनँ। मिनीबारबाट त्यसबाहेक एउटा जुस र दुई वटा मिठाइ हामीले चलाएका थियौँ। त्यसैको पैसा १६ डलर भएछ।

त्यो तिरेर हामी बसमा चढ्यौं। चढ्नुअघि मैले अजिजलाई धन्यवाद भनेँ। उनले किर्गिस्तान बसाइका दौरान धेरै सहयोग गरे। मैले उनको पुरा नाम थाहा पाउने चाहेँ।

‘अजिज कुदाइवेर्देनोव,’ उनले भने।

अजिजले हामीलाई शुभकामना दिए। उनी हामीसँग ठट्टा गर्न थालिसकेका थिए। सबैसँग रमाइलो मान्दै बोलिरहेका थिए। सबैले उनीसँग सायद अन्तिम कुराकानी गरिरहेका थिए।

हामी विमानस्थलबाट गार्डेन होटेल आउँदा पनि राति नै थियो। अहिले पनि भर्खरै बिहानको तीन बजेको छ। यो पनि राति नै त हो। मैले ती दुई स्थानबीचको बाटोको स्पष्ट जानकारी भने राख्न सकिनँ।

नेपाल समय

तर यसअघि डुलेका भेफा सेन्टरदेखि म्युजियम र पार्क हुँदै बिस्केक छोडिरहँदा त्यस पहिले पुगेको केही ठाउँ याद भए। बाटोछेउको पहिलेकै दृश्य हेर्दै फर्किर्यौं।

फर्किने क्रममा एक जना दाइले ट्राउजर उल्टो लगाउनु भएको रहेछ। हामीले दुबई एयरपोर्टसम्म मजाक बनायौं।

पहिला दुबईबाट बिस्केक जाँदा राति थियो। आज फर्कंदा घाम झुल्किन लागेको थियो। अब फेरि बिस्केक आइएला? मैले आफैंलाई सोधें।

सायदै नआइएला। त्यसैले मैले त्यो रुटको धेरै अवधि झ्यालबाट बाहिर हेर्दै बिताएँ। झ्यालको सिट खासमा आदर्श दाइको थियो। तर म बसेँ। दाइ त निदाइहाल्नु भयो। मलाई चाहिँ यात्रामा निद्रा नलाग्ने।

तर मलाई त्यो ठाउँको भू–बनोट धेरै फरक लागेको थियो। ढुंगाका उराठलाग्दा पहाडको माथिबाट उडिरहेको थियो हाम्रो विमान। कहीँ कहीँ व्यवस्थित कृषिका लागि बनाइएका ठूला फर्म पनि देखिन्थे। यि सबै दृष्यलाई कैद गर्दै दुबई एयरपोर्ट पुगियो। सँगै फर्किएका इरानका खेलाडी अर्कोतर्फ लागे।

हामी नेपालतर्फ। दुबई जाँदा वैदेशिक रोजगारीमा जाँदै गरेका मानिस भेटिएको थियो। फर्किँदै गर्दा चाहिँ बैदेसिक रोजगारीबाट फर्किने खासै भेटिएन। खासमा यो विमान आधाभन्दा धेरै खालि थियो। म बसेको ठाउँको तीन सिटमा पनि म मात्र थिएँ।

यो पनि


प्रकाशित: May 7, 2022 | 14:00:42 काठमाडौं, शनिबार, वैशाख २४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
ब्लग

रुकुमको सोती घटना पछ्याउँदा

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्ने गरी अध्ययन टोली बुटवलबाट त्यहाँ पुगेको थियो।
नेपाल समय
ब्लग

प्रश्नले पनि अन्याय गर्दैछ बलात्कार पीडितलाई

संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
नेपाल समय
ब्लग

भरतपुर मतगणनामा जे देखियो

रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।
नेपाल समय
ब्लग

बिस्केक उपसंहार

हामीले म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध पुस्तक ‘आमा’बारे केही बेर चर्चा गर्यौं। त्यो किताबले विश्वका धेरै मानिसलाई कम्युनिस्ट बनाएको मानिन्छ।
नेपाल समय
ब्लग

उँभो जाने भोटतिर

सर्वत्र हिउँ नै हिउँले ढाकेको थियो। त्यसो त मनाङ जाने भनेकै हिमाल हेर्नका लागि हो। हिमाल नेपालको अन्य भूभागबाट उत्तर दिशामा देखिन्छ। तर मनाङको विशेषता नै भनौँ, के उत्तर, के दक्षिण, के पूर्व, के पश्चिम, सबैतिर हिमालै हिमाल देखिँदो रहेछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना