बिहीबार, जेठ १२, २०७९

झण्डा : समाज विभाजनको अविच्छिन्न अभ्यास

नविन अभिलाषी  |  काठमाडौं, शनिबार, वैशाख २४, २०७९

नविन अभिलाषी

नविन अभिलाषी

शनिबार, वैशाख २४, २०७९, काठमाडौं

नेपाल समय

रणबहादुर शाहको एउटा भनाइ छ, ‘सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ, तर झण्डामुनि बस, दरबार नपस।’ राजतन्त्रात्मक व्यवस्था मात्र होइन, राजाहरुको शालिक फुटाएर र तस्बिरहरु च्यातेर इतिहास निमिट्यान्न पारेका नेपालीले उनीहरुको भनाइ सुन्ने र मान्ने कुरै भएन।

तर यो समय झण्डा समाएर, झण्डामुनि बसेर, झण्डा च्यातेर होस् या दिनदिनै परिवर्तन गरेर, दरबार पस्ने र जसरी हुन्छ, जागिर खाने होडबाजी चल्दै गरेको समय हो। अर्थात् निर्वाचनको समय। 

ऋतुराज वसन्तको यो मौसममा फूल के फुलेको छ? घरका धुरीमा त्याेभन्दा बढी झण्डाहरु फुलेको देख्न सकिन्छ। बजार निस्कनुस्, ब्राण्डेड झण्डाहरुको रंगभित्र बजार नै लुप्त छ। झकिझकाउ छ। सडक किनाराका पोलदेखि रुखका हाँगाहरुमा झण्डा झुण्ड्याइएका छन्, अटो रिक्सादेखि टिप्पर र चिल्ला कारहरुले समेत झण्डाहरु बोकिरहेका छन्। 

सामाजिक सञ्जालका भित्तादेखि टिकटकका भिडियोहरुमा झण्डाको बजार चलेको छ। मानिस त फगत निमित्त हो। अहिलेको मानिससँग एकसरो कपडा नहोला, तर एउटा झण्डा जरुर छ। झण्डा नभएको मानिस भेट्न गाह्रो छ। मानव सभ्यताको विकासक्रममा भर्खरै देखा परेको झण्डाले यस्तो साम्राज्य निर्माण गरेको छ, मानौं, झण्डा विना मानव अस्तित्व नै खतरामा छ। 

मेरो एउटा साथी छ, जन्मजात नेपाली कांग्रेस। अन्य दलहरुको नाम सुन्न समेत नचाहने कांग्रेसको सक्रिय कार्यकर्ता उसले १० वर्षदेखि छापाखाना चलाइरहेको थियो। आश्चर्य यस्तो भयो कि अहिले नेकपा एमालेदेखि राप्रपासम्मका दलहरुको झण्डाको व्यापारिक प्रचार गरिरहेको छ, सामाजिक सञ्जालहरुमा समेत सक्रिय भएर।  

यसलाई कसरी सामान्य सोच्न सकिन्छ? प्रतिस्पर्धात्मक पुँजीवादी बजारले सैद्धान्तिक कट्टरतालाई कसरी धुलो धुलो बनाउँछ भन्ने सामान्य उदाहरण होइन र यो? 

ऋतुराज वसन्तको यो मौसममा फूल के फूलेको छ? घरका धुरीदेखि कुकुरको तुरीमा समेत झण्डाहरु फूलेको देख्न सकिन्छ।

केहि वर्षअघिको कुरा हो। छिमेकी गाउँको एक जना मानिसको सवारी दुर्घटनामा मृत्यु भयो। हामीले दोभानमा चिता तयार पार्यौं। तर लामो समयसम्म लास चितामा चढाइएन। उनी माओवादी कार्यकर्ता रहेछन्, रातो कपडाको झण्डा त ल्याइएछ तर हसिया हथौडा कसले बनाउने? त्यहि बीचबाट केहि ठूला मानिसहरु निस्के र चार तारा भएको रातो झण्डा ओढाएर जय नेपालको सलामी झ्याम्म ठोके। अरु मानिसहरु हेरेको हेरै। 

अहिलेको मानिस कुनै विशेष प्रकारको झण्डामुनि जन्म लिन्छ र अर्को कुनै विशेष प्रजातिको झण्डा ओढेर संसारबाट अलप हुन्छ। शब्दहरुको सिर्जनादेखि शवहरुको समाप्ति झण्डाको निर्देशनमा चल्न थालेको छ। झण्डा मानिसलाई कट्टर समूहवादमा गाल्ने र प्रशिक्षण गर्ने बिम्बको रुपमा निर्माण भएको छ।   

झण्डाहरुले निर्माण गरेको सौन्दर्यशास्त्रबारे खास तहहरुमा बहस नै छैन। आस्थाको प्रतीक, गरिमा र गौरवको संकेत, चिनारी र पहिचानको प्रतिबिम्ब मानिने यो झण्डाभित्र सुशुप्त रुपमा आउने समूहवाद (एकता?) कति भयानक छ? कुनै सिद्धान्त, विचार, धर्म, आस्था, जात, लिङ्ग, वर्ग, वर्ण, भाषा, भूगोल र कुनै प्रकारको प्रतिनिधित्व गर्ने झण्डाहरुले हाम्रो सामाजिक जीवनलाई कसरी विभाजन र क्षय गरिरहेका छन् भन्नेबारे सोच्न भ्याइएको छैन। 

झण्डाको उदयः तीन आयाम

इतिहास युद्धको निर्मम दस्तावेज हो। त्यहि युद्ध र रगतसँग लतपतिँदै झण्डाले आयतन निर्माण गरेको तथ्यले पुष्टि गरेको छ। कार्ल मार्क्सले श्रम सम्बन्धको आधारमा समाजलाई पाँच भागमा विभाजन गरे। आदिम साम्यवादी युग, दास युग, सामन्ती युग, पुँजीवादी युग र समाजवादी युग तथा साम्यवाद। आदिम साम्यवादी युगको विघटनपछि दास युगको प्रारम्भ भयो। त्यसयता सामूहिक युद्धले गति मात्र लिएन, एउटा समूहले अर्को समूहलाई दास बनाउने युगको सुरुवात भयो। यसको फैलावट भूगोलसँग जोडिन पुग्यो। सशक्त कविलाले कमजोर कविलामाथि हमला गर्ने र त्यो भूगोल आफ्नो कब्जामा लिएको प्र्रतीकस्वरुप कुनै चिन्ह वा संकेत राख्ने, गाड्ने वा बनाउने गर्न थालियो। सामन्ती युगसम्म आइपुग्दा त्यो चिन्ह वा संकेत एउटा निश्चित रंग, आकार वा चिन्ह सहितको झण्डामा विकास र विस्तार भयो। 

झण्डाको प्रयोग थल भन्दा जलमार्गमा बढी प्रयोग हुन्थ्यो। पुरातत्वविद्हरूले ४० हजार वर्षपहिले नै अष्ट्रेलियामा बसोबास गर्ने मानव समुदायले डुङ्गा विकास गरेको पत्ता लगाएका छन्। यसरी डुङ्गा प्रारम्भिक समयदेखि नै यातायातको साधनको रूपमा प्रयोग हुँदै आएको देखाउँछ। अन्वेषणबाट पत्ता लागेको विश्वको सबैभन्दा पुरानो डुङ्गा पेसे क्यानो हो, जुन पिनस सिल्भेस्ट्रिसको रूखको खोक्रोबाट बनेको छ। ८ हजार २ सयदेखि ७ हजार ६ सय ईसापूर्व बीचमा निर्माण गरिएको यसको बचेको संरचना अहिले पनि नेदरल्याण्ड्सको एसेन स्थित ड्रेन्ट्स म्युजियममा राखिएको छ। यस्तै कुवेतमा ७ हजार वर्ष पुरानो समुद्री डुङ्गा फेला परेको छ। 

इतिहास युद्धको निर्मम दस्तावेज हो। त्यहि युद्ध र रगतसँग लतपतिँदै झण्डाले आयतन निर्माण गरेको तथ्यले पुष्टि गरेको छ।

डुङ्गाबाट विस्तार र विकास भएको पानीजहाज अहिले प्रमुख यातायात र ढुवानीको साधन बन्न पुग्यो। सन् १६०० देखि १८०० को बीचमा युरोपमा पानी जहाजको यसरी अभूतपूर्व विकास भयो कि खाद्यान्न र यातायातमा प्रयोग हुने पानी जहाज विस्तारै आदिवासीको राज्यमा सैनिक बोक्ने र त्यहाँको धनसम्पत्ति ओसार्न पानी जहाजको व्यापक प्रयोग हुन थाल्यो। 

त्यस अगाड युरोपका देशमा राष्ट्रिय झण्डाको प्रचलन खास विकास भएको पाइँदैन। तर टाढाको पानीजहाज र भूगोल पहिचानका लागि पहिलेदेखि नै आआफ्नै आकारप्रकार र विशेषता सहितका झण्डाहरु प्रयोग भएको पाइन्छ। १८ औँ शताब्दीमा आइपुग्दा युरोपका प्राय सबै राज्यहरुमा राष्ट्रिय झण्डाहरु निर्माण गर्ने लहर चलिसकेको थियो। उपनिवेशको विस्तारसँगै यूरोपले झण्डा संस्कृतिको विस्तार पनि गर्यो।    

झण्डाको जरो खोज्दै जाँदा तेस्रो आयाम वैदिक झण्डालाई हेरिँदो रहेछ। विशेष गरी दक्षिण एसियामा धर्म अभ्यासको क्रममा निर्माण भएको झण्डामा थप एउटा आयाम देखिन्छ। पूर्वीय दर्शनले विकास गरेको झण्डा त्रिकोणात्मक छ। मन्दिर, देवीदेवताको विशिष्टीकरणका लागि प्राचिनकालमै त्रिकोणात्मक ध्वजाको निर्माण भएको पाइन्छ। त्यसको प्रमुख र सशक्त उदाहरण नेपाल हो। 

यसरी संसारमा झण्डा उत्पत्ति र विकासमा धेरै सन्दर्भबारे बहस हुने गरेपनि उल्लेखित माथिका तीन सन्दर्भहरु नै बढी मान्य छन्। इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजवंशले सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेको छ। नेपालकै चर्चा गर्दा दुई त्रिकोणात्मक विश्वकै दुर्लभ झण्डाको उत्पत्ति कहिले भयो भन्ने यकिन भन्न सकिँदैन। तर नेपालका प्रामाणिक राजा मानदेवको पालामा दुई त्रिकोणात्मक झण्डा प्रयोग भएको तथ्य छ। तर औपचारिक रुपमा संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो। त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा निर्माण गरेको इतिहास छ। 

बहसमा नेपालको राष्ट्रिय झण्डा

(हाल सुषुप्त अवस्थामा रहेको यो बहसले झण्डाप्रति नेपाली समाजको दृष्टिकोण र मनोविज्ञान निर्माणमा प्रधान भूमिका खेल्ने भएकाले यो सहायक शीर्षक राखिएको हो।) 

संघर्ष र परिवर्तनपछि वर्तमान समाज र राजनीतिक व्यवस्थाको सारमहत्व र गौरव झल्काउने प्रतीकको रुपमा झण्डाको विश्व मानक तथा अर्थ निर्माण भएको छ। तर नेपाल राज्यमा झण्डै सोह्र सय वर्षदेखि सारभूत रुपमा एउटै झण्डाको यात्रा जारी छ। 

राज्यको मूल चरित्र, राष्ट्रगान, निशान छाप परिवर्तन हुँदा नेपाली राष्ट्रिय झण्डा परिवर्तनको पनि बहस त उठ्यो तर निष्कर्षमा पुग्न सकेन। मूलतः नेपालको झण्डा वैदिक हो कि होइन भन्नेमा निरर्थक र सुशुप्त बहस त छ, नेपालको झण्डा वैदिक झण्डा हो भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग हुँदा पनि यो बहस सबैभन्दा कमजोर छ। 

झण्डाको जरो खोज्दै जाँदा तेस्रो आयाम वैदिक झण्डालाई हेरिँदो रहेछ। विशेष गरी दक्षिण एसियामा धर्म अभ्यासको क्रममा निर्माण भएको झण्डामा थप एउटा आयाम देखिन्छ।

लिच्छविकालिन राजा मानदेवले जारी गरेका मानाङ्कमा दुई त्रिकोणात्मक ध्वजा आकृति देखिन्छ। झण्डै सोह्र सय वर्ष पुरानो नामाङ्क मुद्रामा झण्डालाई सिंहले खुट्टा उठाएर सलाम गरेको चित्र अंकित छ, अंशुवर्माले यहि झण्डालाई अपनाएको र मल्लकालिन राजा सिद्धिनरसिंह मल्लले धातुमा समेत बनाएको डा दयाराम श्रेष्ठले ‘नेसनल फ्ल्याग अफ नेपाल एण्ड इन्ट्रोडक्सन’मा उल्लेख गरेका छन्। वैदिककालमा मठमन्दिरमा फहराउँदै ल्याइएको दुई त्रिभूजिय पताकाको विस्तारित रुप नै नेपालको झण्डा भएको श्रेष्ठसहित योगी नरहरिनाथ, शंकरनाथ राजवंशी, बालचन्द्र शर्मादेखि बालकृष्ण सम जस्ता इतिहासमा काम गरेका व्यक्तिहरुले प्रमाणित गरेका छन्। 

विभिन्न राजा महाराजाको चाहना मुताविक परिवर्तन र प्रयोग हुँदै आएको झण्डालाई आधुनिक संरचनामा राखेर व्याख्याको वातावरण बनाउने काम इन्जिनिएर शंकरनाथ रिमालले २०१८ मा गरे। २०१९ सालको संविधानले मान्यता दिएको त्यो झण्डालाई हुबहु २०४७ सालको संविधानले मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको, समानुपातिक तथा धर्मनिरपेक्षता सहितको संविधानले समेत अक्षरशः मान्यता दियो।    

झण्डा परिवर्तनको बहस नयाँ मोडमा पुगेको छ। निर्णायक परिवर्तनमा काम गरेका राजनीतिक दलहरु मौन छन् भने सनातन धर्म इतरको खेमाले परिवर्तनको मुद्दा समाएर बसेको छ। एउटा रोचक कुरा जोडौँ, अमेरिकी समाजशास्त्री करेन ए. सेरुलोको विश्वभरिको झण्डाको अध्ययनले पृथक, बढी बुट्टेदार र रंग प्रयोग गरिएको झण्डा भएको मुलुक आर्थिक, सामाजिक र राजनीतिक रुपले कमजोर भएको देखाउँछ। यो अध्ययनको निचोडबाट नेपाल अलग छैन।  

झण्डाले निर्माण गरेको विद्रूप मनोविज्ञान

सामन्ती युगमा युद्ध जितेर झण्डा गाडेपछि त्यो साम्राज्यको मालिक हुने मान्यता थियो। समय यसरी फेरियो कि साम्राज्य निर्माण गर्न अब सैनिक पठाउनु पर्दैन, युद्ध गर्नु पर्दैन। झण्डाहरु पठाए हुन्छ। 

नेपालमा युद्ध र युद्धपछि पनि दाङका नवधनाढ्य (सामन्त?)हरुको जग्गामा माओवादीले झण्डा गाड्ने लहर चल्यो, झण्डा गाडेकै भरमा कब्जा भएका धान फल्ने फाँटहरु जग्गाधनीले अहिले पनि भोग गर्न पाएका छैनन्। झण्डाको शक्ति यो हो। 

झण्डाको शक्तिबारे कुरा गरौँ। केहि महिना अगाडि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भयो। यूपीको सुल्नानपुरमा मोदीलाई कालो झण्डा देखाउने स्थानीय अगुवा महिला रिता यादवलाई गोली हानिएको हो। कालो झण्डाको कुरा गर्दा स्तम्भकारसँग भर्खरैको अनुभव छ, दाङको देउखुरीमा नेकपा एमालेको आमसभा थियो। कोरोना भाइरसको भयले मास्क अनिवार्य थियो। तर स्तम्भकारको मुखमा थियो कालो रंगको मास्क। सुरक्षाकर्मीले अन्त्यसम्म पनि बहस गर्न छोडेन र अन्ततः निलो रंगको मास्क लगाउनुपर्यो। 

नेपालमा युद्ध र युद्धपछि पनि दाङका नवधनाढ्य (सामन्त?)हरुको जग्गामा माओवादीले झण्डा गाड्ने लहर चल्यो, झण्डा गाडेकै भरमा कब्जा भएका धान फल्ने फाँटहरु जग्गाधनीले अहिले पनि भोग गर्न पाएका छैनन्। झण्डाको शक्ति यो हो। 

आजको विषय मात्र भएन, २००८ साल असार २ गते तत्कालिन भारतीय प्रधानमन्त्री नेहरुलाई समेत नेपाल भ्रमण आएको बेला टुँडीखेलमा कालो झण्डा देखाइएको थियो। त्यो अभियोगमा १० जना पक्राउ गरेर पछि छोडिएको कुरा भैरव रिसालले लेख्नुभएको छ।     

कोरोनापछि भारतबाट रित्तो हात फर्किएको मेरो एक छिमेकी साथीले सूर्य अंकित ठूलो झण्डा बनाएको छ र मोटरसाइकलमा राखेर चुनावी प्रचारमा व्यस्त छ। पार्टीको सिद्धान्त, मर्म र मान्यताबारे शून्य छ। राष्ट्रका सम्पति भनिने गायकहरुले निर्माण गरेको रेडिमेड गीतमा नाचेर भैलो खेल्दै के प्रचार गरिरहेका छन्? फगत झण्डाको प्रचार मात्रै लाग्दैन?   

कांग्रेस, कम्युनिष्टको के कुरा? मन्दिर, मस्जिद र गुम्बाहरुका आफ्नै झण्डाहरु छन्। शिख, इसाइ, गुरुदेव र ब्रह्मकुमारीजहरुको  आफ्नै। ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको आआफ्नै झण्डा नहुने कुरै भएन, यहाँ त कामी र सार्कीको समेत आफ्नै झण्डाहरु छन्। सेना प्रहरीदेखि टेम्पोमा सहचालक गर्नेसँग पनि झण्डा छ। 

म केहि साता अघिमात्रै लुम्बिनी प्रदेशको तराईमा अवस्थित मुस्लिम बस्तीको अवलोकनमा थिएँ। जहाँका प्रत्येक घरमा झण्डा थिए। रमाइलो त के भने कुनै झण्डामा मक्का त कुनै झण्डामा मदिनाको चित्र अंकित।  

झण्डा नै सुरक्षित छैनन्। रुसी र सोभियतका कलाकार, चित्रकार तथा फोटोग्राफरले निर्माण गरेको हँसिया हथौडा चिन्ह अंकित झण्डा अहिले निरन्तर क्षयीकरणको रफ्तारमा छ। टुक्रा–टुक्रामा विभाजित छ। संसारका मजदुरहरु एक हौँ भनेर सुरुवात गरेको अभियानको झण्डा अहिले विश्वव्यापी रुपमा पुँजीपति वर्गको हातमा पुगेको छ। 

कांग्रेस, कम्युनिष्टको के कुरा? मन्दिर, मस्जिद र गुम्बाहरुका आफ्नै झण्डाहरु छन्। शिख, इसाइ, गुरुदेव र ब्रह्मकुमारीजहरुको  आफ्नै। ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रको आआफ्नै झण्डा नहुने कुरै भएन, यहाँ त कामी र सार्कीको समेत आफ्नै झण्डाहरु छन्।

संविधान निर्माणपछिको समय हुनुपर्छ। भैरहवा शहरका घरघरमा पञ्चरंगी बौद्ध झण्डा फहराउने अभियान थालियो। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाले त्यसलाई बढाएर घरको बाहिरी भित्तामा पहेंलो रंग पोत्न सहयोग गर्ने भयो। प्रत्येक घरको छतमा बौद्ध झण्डा हुनुको अर्थ के हुन्छ? हिन्दू र इस्लाम धर्मावलम्बीको बाहुल्य नगरमा धर्म नै नमान्ने स्वतन्त्रता पाएका मानिसहरुले के गर्छन्? वैमनस्य उत्पन्न हुनसक्ने जोखिम बढेपछि अभियान सेलायो। 

धेरैलाई लागेको छ, झण्डा एक अभियान हो, आन्दोलन हो, अधिकारको एउटा लडाइँ हो। परिचय र पहिचान हो। र हो पनि। इतिहासले त भन्छ झण्डा एक प्राविधिक विषय हो। तर हामीले यसलाई समाजको मनोविज्ञान र आस्थामा रुपान्तरण गर्यौं। तर विडम्बना त्यो रुपान्तरणको सिलसिला रोकिएन, र झण्डा त्यो भन्दा बढी अहिले उन्माद हो। अहंकार र पृथकतावादी आत्मसोचको तुजुक र घमण्ड हो झण्डा।  

झण्डा एकताको प्रतीक भनेर पढ्ने जमाना रहेन। जसको हातमा झण्डा छ त्योसँग सामाजिक सत्ता मात्र छैन, अर्को झण्डा बोक्ने समूह वा व्यक्तिलाई बाइपास गर्ने मनोविज्ञान पनि छ। त्यो झण्डा राजनीतिक होस् या धर्मको। झण्डाले राजनीतिक विभाजन मात्र गर्दैन, त्यसभित्रका थुप्रै अवयवका लागि बनेका झण्डाले विभाजनको सिलसिला जारी राख्छ। यसले सुदूर हैन निकट भविष्य भयानक देखाउँछ। 


प्रकाशित: May 7, 2022 | 06:20:25 काठमाडौं, शनिबार, वैशाख २४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
ब्लग

रुकुमको सोती घटना पछ्याउँदा

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्ने गरी अध्ययन टोली बुटवलबाट त्यहाँ पुगेको थियो।
नेपाल समय
ब्लग

प्रश्नले पनि अन्याय गर्दैछ बलात्कार पीडितलाई

संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
नेपाल समय
ब्लग

भरतपुर मतगणनामा जे देखियो

रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।
नेपाल समय
ब्लग

गाउँमा चुनावी 'दलदल'

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।
नेपाल समय
ब्लग

बिस्केक उपसंहार

हामीले म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध पुस्तक ‘आमा’बारे केही बेर चर्चा गर्यौं। त्यो किताबले विश्वका धेरै मानिसलाई कम्युनिस्ट बनाएको मानिन्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना