शुक्रबार, साउन २७, २०७९
किर्गिस्तान ब्लग–५

अनि पैदल...

विनय सापकोटा  |  काठमाडौं, शुक्रबार, वैशाख २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, वैशाख २३, २०७९, काठमाडौं

नेपाल समय

मैले विस्केकको म्यापमा गार्डेन होटेल खोजेँ।

‘हिँडेरै जाँदा पौने घण्टाको दुरीमा रहेछ हामी बसेको होटेल,’ मैले भनेँ।

‘पुगिएला त। बाटो भुलिने ठाउँ छ ?’ मुकुन्दको प्रश्न थियो।

‘छैन। दुई जम्मा मोड मात्र छ,’ मैले जवाफ दिएँ।

‘जाउँ,’ मुकुन्दले मेरो मनासाय बुझ्दै भने।

बजार हेर्नु हाम्रो मुख्य उद्देश्य थियो। हामीलाई त्यो सहरमा डो¥याउने गुगल म्याप हामीसँग थियो।

यात्रा सुर भयो। सडक वरिपरि हरियाली। कुनै ठाउँमा पनि भीडभाड थिएन। ठूलो र चिटिक्क परेका विल्डिङहरु।

‘ट्रली बसका कारण सडकका दुवै साइडमा दुईवटा तार राख्नैपर्ने रहेछ,’ मुकुन्दले ठाउँको विचरण गर्दै भने।

मैले पनि त्यो कुरा याद गरिरहेको थिएँ  सहि थपिदिएँ, ‘त्यो पनि नहुने हो भने त स्वर्गै नि।’

फुटपाथको लागि छुट्टै सडक, त्यसमा छुट्याइएको साइकल लेन। कुनै ठाउँमा पनि आकाशे पुल थिएनन्। अनि मोटरसाइकल पनि देखिएनन्। बिस्केकका ती ठाउँ डुलिरहँदा पाँचवटा जति मोटरसाइकल देखिए होलान्।

सबैभन्दा रमाइलो दृश्य चाहिँ स्कुटीमा प्रहरीहरु बिना हेलमेट गुडिरहेका थिए। सहरको ट्राफिक पनि सडक बत्तिले नियन्त्रण गरेको थियो। अति आवश्यक ठाउँमा मात्र ट्राफिक कर्मचारी देखिन्थे। अर्को रमाइलो कुरा के भने त्यहाँ प्रहरी चौकी नै हुँदैन रे। पक्राउ परेका व्यक्तिलाई राख्नका लागि बनाएका कारगार र जेल मात्र हुन्छ रे। प्रहरी चाहिँ जतिबेलै पनि गस्तीमा मात्र, कार लिएर।

‘कसैले उजुरी गर्नु पर्यो भने?’ मैले अजिजलाई जिज्ञासा राखेको थिएँ।

उनले भनेका थिए, ‘पुलिसलाई फोन गरेर आफू भएको ठाउँमै बोलाउने।’ त्यसपछि उनी हाँसेका थिए। अजिज धेरै बाठा मानिस रहेछन्। उनी केहिबेर कुरा गरेपछि मानिसलाई चिनिहाल्छन्। उनले त प्रकाश दाइलाई ‘राइस किलर’ नामाकरण नै गरिदिएका थिए। कारण प्रकास दाइ रेस्टुरेन्टमा ‘राइस’ भनेर ठूलो स्वरले वेटरलाई भन्थे। उनी जहिल्यै ढिलो आइपुग्ने भएकाले आउने बेलामा भात सकिएको हुन्थ्यो।

फेरि यात्राकै प्रशंगमा लागौ, बाटोमा इन्डियन रेस्टुरेन्ट भेटिएलान् कि भन्ने हाम्रो आशा थियो। त्यहाँ बसपार्क सँगैको बिल्डिङमा भारतको झण्डा देखियो। बिल्डिङको भुईँमा पसल स्टोर देखियो। स्टोरमा डाबरका सामान थिए। तर किनेर खाइहाल्ने कुरा चाहिँ केहि रहेनछन्। खाने कुरा भेटिहाले पनि भाषाको मसस्या पक्कै हुन्थ्यो।

बाटामै हामीले कफी खाएका थियौँ। त्यतिबेला पनि खाँदा भाषाको समस्या उस्तै थियो।

त्यो कफी सपमा ‘स्मल, लार्ज र एक्स्ट्रा लार्ज’ ग्लासमा पाइँदो रहेछ। हामीले ‘क्यापचिनो’ मागेपछि उनले त्यो सोधेका रहेछन्। हामी वाल्ल परेर हेरिरह्यौँ। उनी अघि आएर ग्लासको नक्सा भएको ठाउँ देखाए। अनि बल्ल हामीले बुझ्यौं। र, दुई लार्ज मगाएका थियौँ। विस्केकमा होटेलबाहेक पहिलो पटक खाएको त्यो कफी मात्र थियो।

विस्केकको विशेषता चाहिँ यो(समर) मौसममा राति आठ बजेसम्म पनि उज्यालै हुने रहेछ। बिहान पनि साढे छ बजे बल्ल उज्यालो सुरु हुने रहेछ। हामी करिब साढे सात बजे होटेल पुग्यौं।

‘ओहो ! पहिलो पटक विस्केकामा हिँडेर यात्रा गरियो,’ मैले सिरकमा पल्टँदै आफैंसँग भनेँ। फेरि यो कुरा पनि भनेँ, ‘यहाँ त हिँड्न लागि खुबै राम्रो सहर रहेछ।’


मैले त्यो क्षेत्रमा घुम्नलायका चार ठाउँ भेट्टाएको थिएँ। तर कता कसरी जाने भन्ने भेउ पाएको थिइनँ। आज गएपछि चाहिँ अलिअलि भेउ पाइयो।

त्यो रात खाना खाएर चाँडै सुत्यौं।

ला ! ब्याट्रि त रैनछ !

अप्रिल ९ मा नेपालको खेल थिएन। तर दुई बजे अभ्यासको कार्यक्रम थियो। त्यो दिन बिहान मैले विजयको प्रोफाइल लेखिसकेर अफिसमा पठाएँ। दिउँसो चाहिँ कोरोनाभाइस टेस्ट गर्नुपर्ने थियो। त्यस्तै, हाम्रो प्रिम्याच प्रेस कन्फरेन्स पनि थियो। त्यो कार्यक्रम १ बजेसम्म सकियो। त्यसको डिटेल नेपालमा पठाउनु पर्ने थियो। त्यसैले यो दिन निकै व्यस्त भइयो।

हामी अभ्यासका लागि टिमसँगै सहरको दक्षिणमा रहेको गाजाप्रोम स्पोट्स कम्प्लेक्समा पुग्यौं। बाहिरबाट हेर्दा मलाई त्यो कुनै मोवाइल कम्पनीको बिल्डिङजस्तो लागेको थियो। तर स्पोट्र्स कम्लेक्स रहेछ।

निकै सानदार थियो त्यो। तर ड्रेसिङ रुम चाहिँ सानो। एकैदिन आठ ठिमको अभ्यास गराउनुपर्ने भएको कारण समय यसरी व्यवस्थापन गरिएको थियो कि कम्लेक्समा पस्ने देखि निस्कने बेलाम्मको समय विभिन्न शीर्षमा भाग लगाइएको थियो।

मैले भित्र गएर फोटो खिच्नका लागि क्यामेरा निकाले। अन गरेर क्याप निकाले। तर क्यामेराले फोटो खिचेन। खिच्दै खिचेन। फेरिमेमोरि हेरें, ठिकै थियो। ब्याट्रि हेरेँ। ब्याट्रि हुनुपर्ने ठाउँ त ह्वाङ्गै रहेछ।

‘थुइया। चार्जमा हालेको ब्याट्रि त होटेलमै पो छुटेछ,’ मैले आफैंलाई धिक्कारेँ। मैले यो कुरा मुकुन्दलाई भनेँ। हामी दुवै हिस्स पर्यौं। अब के गर्ने त ? मोवाइलले खिच्ने ? मैले आफैंलाई प्रश्न गरें। अघिल्लोपटक मेमोरी कार्डका कारण अभर परेकाले मैले अर्को कार्ड पनि किनेको थिएँ। अहिले चाहिँ ब्याट्रिी बिर्सियो।

मैले आफ्नो मोवाइलबाट फोटो ट्राइ गरेँ। टाढाबाट खिच्दा राम्रो नआएको जस्तो लाग्यो। मिलन दाइका आइफोन थियो। आइफोनबाट राम्रो आउने मलाई थाहा थियो। आज उनको मोवाइल मागेर काम चलाएँ।

अजिजसँग हिमचिम बढिसकेको थियो। उनलेल चोरऔंला र बुढी औंलाको चारपाटे नक्सा बनाउँदै सोधे, ‘ह्वेर इज योर क्यामेरा ?’

‘क्यामेरा इज इन ब्याग,’ मैले हाँस्दै भने।

‘देन ह्वाइ आर यु युजिङ मोवाइल।’

‘क्यामराज ब्याट्री इज चार्जिङ इन होटेल,’ मैले हाँस्दै भने।

‘ओ यू फर्गट।’

‘यप।’

उनले ठूलो स्वरमा भने, ‘हु ब्रिङ दिस गाइ हियर।’ त्यो सुनेर म गलल्ल हासेँ।

‘ओ माइ गड,’ उनले निदार छुँदै फेरि भने। तर नजिकैबाट खिच्न पाइने भएकाले फोटाहरु राम्रा आइरहेका थिए।

होटेलमा फर्किएपछि गौरव दाइले पनि त्यहि प्रश्न गर्नुभएको थियो। क्यामेरामा लाइट नपुगेकाले मोवाइल प्रयोग गरेको भन्दिएँ। उहाँले ठिकै छ भोली राम्रो लाइट होला भन्नुभयो। म मुसुक्क हाँसे। र, आफ्नो कोठातर्फ लागेँ।

अनि खेल सुरु भयो‍‍‍...

विस्केक आइपुगेको चार दिनमा अप्रिल १० तारिख भयो। आजबाट छनोट खेल सुरु हुँदै थियो। पहिलो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्दै थियो। टिममा सबैजस्तो म पनि खेलका लागि उत्साही थिएँ।

मलाई विदेशी भूमिमा रिपोर्टिङको अनुभव पनि लिनु थियो। त्यो अनुभवमा रमाउनु थियो। धेरै सिक्नु थियो। त्यहाँ सहयोगका लागि मिडिया अफिसर जुवेक थिइन्। उनले हामी जान अनुमति पाउने सबै ठाउँ देखाइदिइन्। अनि म खेलस्थलमा फर्किएँ।

मैले धमाधम क्यामेरामा खेलाडीको गतिविधि सुरक्षित गर्न थालेँ। मलाई फिल्ड अफ प्लेबाट फोटो खिच्नु थियो। जेबेकले ‘एफओपी’ बाट खिच्न नपाइने बताइन्। म हिस्स परेँ।

‘अनि मैले कस्तो फोटो पठाउनु त ?’ आश्चर्य मान्दै प्रश्न गरेँ।

उनले एकछिन सोचेर आफैं केहि फोटो उपलब्ध गराइदिने बताइन्। उनले फोटो उपलब्ध गराउने हुन वा होइनन् मलाई यकिन थिएन। त्यसैले आफैंले पनि खिचेँ। खेलमा नेपालले हार बेहोर्यो।

पहिलो दिनको तुलनामा आजको धेरै फोटा राम्रा आएका थिए। मैले छानेर नेपाल पठाइदिएँ। खेलको समरी र कप्तानका कुरा पठाएपछि मैले आजको ड्युटी पुरा गरेँ। मलाई आज अस्ति गएकै ठाउँ डुल्न जान मन थियो। तर अजिजले आज नेपाली टिमलाई एउटा ठाउँ घुमाउन लौजाने भनेका रहेछन्। त्यसैले हाम्रो घुम्ने योजना रद्द भयो।

सवा तीन बजेतिर हामी निस्कियौं। अजिजले हामीलाई एउटा सुन्दर पार्कमा लगेँ। अग्लो स्तम्भ थियो त्यहाँ।


‘यो के हो ?’ सोधेँ।

‘दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने मानिसको सम्झनामा बनाएको स्मारक हो यो,’ अजिजले भने।

‘यहाँ के के छ ?’

‘पार्क जस्तो छ। रुखहरु छन्। अनि स्मारक छ,’ उनले भने, ‘मानिसहरु आउँछन्। यहाँ आराम गर्छन्। त्यहि हो।’

खासमा त्यो बच्चाहरु आउने पार्क रहेछ। मानिस आफ्नो छोराछोरी लिएर आउने रहेछन्। शितल हावा आइरहेको रमाइलो ठाउँ थियो। तीनवटा खम्बा गाडेर स्मारक बनाइएको थियो। डुल्नुपर्ने ठाउँ खासै केही थिएन्। केही मिनेट बिताएर हामी फर्किने भयौं।

‘होटेज जाने कि मल ?’ सबैले जिज्ञासा राखे।

हामी मल जाने भयौं।

केही मिनेटको दुरीमा एसिया मल रहेछ, निकै विशाल। धेरैले धेरै किने। मैले चाहिँ केहि पनि किनिनछु। एक सय डलरको सोम साटेको थिएँ तर धेरै खर्च गरेकै थिइन।

मल घुम्नुमा विशेष रुचि पनि थिएन। किनमेल पनि खास थिएन। त्यसैले केहीबेरमा हामी बाहिर आएर बस्यौं। तर, बेलुका छ बजे मात्र होटल आइपुग्यौं।

भोलिपल्ट नेपाली टिमले ताजकिस्तानसँग खेल्दै थियो। पहिलो हाफमा नेपालले निकै राम्रो प्रदर्शन गर्याे। नेपाली टिममा मलाई धेरै मनपरेका खेलाडी थिए, विजय। तर उनले पहिलो हाफमै रातो कार्ड बोहोरे। त्यसपछि नेपालले हार बेहार्यो। नेपालले हारेको भन्दा पनि विजयले कार्ड बेहोरेकोमा मलाई धेरै दुःख लागेको थियो। त्यो दिन खेल मैदानबाट होटेल फर्किंदा बसमा शून्यता थियो। हामी छनोटबाट बाहिरिसकेका थियौं।

मनको दुःखलाई एक ठाउँमा राखेर होटेल पुगेर मैले आफ्नो काम फत्ते गरें।



प्रकाशित: May 6, 2022 | 11:29:03 काठमाडौं, शुक्रबार, वैशाख २३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
ब्लग

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र ‘पपुलिजम’को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।
नेपाल समय
ब्लग

बीपीले विश्वास गरेका परशुनारायाण पञ्चायत पसेपछि...

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थें। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो- मेरो लागि आज पनि प्रश्नरहित नै छ ! हो त, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन।
नेपाल समय
ब्लग

कालीमाथि स्वीङमा सरर...

डोरीमा छँदै एकपल्ट काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ।
नेपाल समय
ब्लग

किन स्वतन्त्र? केबाट स्वतन्त्र?

लामिछाने केबाट स्वतन्त्र छन् त? मूलधार दलीय राजनीतिबाट? पैसा र शक्तिको लोभ र लालचबाट? कि सिद्धान्तबाट? आफूलाई स्वतन्त्र घोषणा गरेर मात्र पुग्दैन, स्वतन्त्रताको व्याख्या गर्नु जरूरी छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना