सोमबार, माघ ३, २०७८

मलाई एक्स नभन्‍नु है!

ए एस ठकुरी  |  काठमाडौं, शनिबार, पुष १०, २०७८

नेपाल समय

ए एस ठकुरी

शनिबार, पुष १०, २०७८, काठमाडौं

नेपाल समय
प्रतिकात्मक तस्बिर।

'तिमीसँग के छ त्यस्तो जो अरुसँग बिल्कुलै छैन। कसरी जोडियौ तिमी मेरो जिन्दगीमा' र म फसेँ। अब तिमी बिना बाँच्‍न सक्ने कल्पना पनि मेरा लागि कल्पनाबाहिरको कुरा भइसक्यो,' दिनकै दुई-तीनपटक हुने कम्तीमा आधा घण्टा लामो बातचितमा यस्तै वा यस्तै भाव बोक्ने शब्द बोल्थिन्, उनी।

'मसँग एक थान मुटुबाहेक अरु केही छैन। बस् यत्ति हो, त्यो मुटु चाहिँ तिम्रा लागि धड्किन्छ,' उनीसँग अलि बढी नै 'क्लोज' भएपछिका कुराकानीमा मसँगै सदाबहार रेडिमेड रूपमा यही जवाफ हुन्थ्यो। भाव एउटै भए पनि उनका शब्दहरू प्रत्येक पटक केही न केही फेरबदल हुने गर्थे। मलाई भने त्यसका लागि दिमाग लगाइरहने फुर्सदै हुँदैनथ्यो। त्यसमा दिमाग लगाउनुभन्दा उनकै स्वर सुन्दा मलाई सबै कुरा पुगेजस्तो हुन्थ्यो। म दिमागलाई दु:ख दिन्‍नथेँ। हृदयलाई खुशी दिलाउन चाहन्थेँ, र फोन गर्थेँ। 

मेरा उही शब्द कैयौँपटक कुनै तोडमोड बिना नै उनले बाराम्बार सुनेपछि भन्‍न थालिन्, 'मलाई त्यति भए पुग्छ। तर मुटु धड्किँदासम्म साथमै रहनुपर्छ।' 

'मुटुको धड्कन बन्द भएपछि पनि तिम्रै साथमा हुनेछ', मैले स्वरमा स्वर जुधाएर भन्ने गर्थेँ। 'सात जुनीसम्म मलाई तिम्रो मात्रै हुने मन छ। तिमीबाट म कहिल्यै टाढा जान नपरोस्,' शब्द फरक, भाव उही उनको। 

यो उनको गुनासो, प्रेम वा डर के थियो थाहा भएन। अझसम्म पनि म यसै भन्‍न सक्दिनँ। तर मलाई सात जुनीको कुनै मतलब थिएन। यही जुनीमा उनलाई आफ्नो बनाउनु थियो। मैले उनको हुनु थियो।

घण्टौँ साथमै भएपनि उनलाई चित्त बुझ्दैनथ्यो। मोबाइलमा नाइट प्याक तानेर घन्टौँ गफिन्थ्यौँ। निद्रा कहाँ पुग्थ्यो पत्तो नहुने। कयौँ दिन आँखा एकपटक पनि चिम्म नगरी सूर्य उदाइसक्थ्यो।

प्रेम भावनाहरूको सँगालो हो, चामत्कारिक भाव हो। मानव इतिहासमा सबैभन्दा बढी बहस भएको छ, प्रेममा। तर, प्रेम भनेको यही हो भनेर अहिलेसम्म कसैले भन्‍न सकेको छैन। मैले पनि उनीसँग 'तिमीलाई प्रेम गर्छु'बाहेक केही भन्‍न सकिनँ। वास्तविक प्रेममा परेकै थिएँ होला र त उनीबाहेक त्यस्तो 'फिलिङ' आएको अनुभव गरेको थिइनँ। मलाई लाग्छ त्यही अनुभूति प्रेम हो।

कतिपय प्रश्नको उत्तर फ्याट्ट दिइहाल्थिन्, अनि अर्को प्रश्नमा म पुगिहाल्थेँ। कतिपय प्रश्नको उत्तर पाउन मैले उनीसँग कयौँ पटक बोल्नुपरेको छ। कयौँ पटक आग्रह गर्नुपरेको छ। कयौँ पटक कसम खानुपरेको छ।  

प्रेमको 'प'सम्म थाहा छैन भन्‍ने उनी घन्टौँसम्म प्रेमकै विषयमा बहस गर्न सक्ने बनिसकेकी थिइन्। म उनका बातहरु कान थापेर सुनिरहन्थेँ।

मलाई जिज्ञासा लाग्थ्यो उनी मेरोबारे के सोच्छिन्' कस्तो अनुभूति गर्छिन्, त्यो सबै थाहा पाउँ। यसका लागि म विभिन्‍न प्रश्न र बाहना बनाएर उनलाई सोध्‍ने गर्थेँ। कतिपय प्रश्नको उत्तर फ्याट्ट दिइहाल्थिन्, अनि अर्को प्रश्नमा म पुगिहाल्थेँ। कतिपय प्रश्नको उत्तर पाउन मैले उनीसँग कयौँ पटक बोल्नुपरेको छ। कयौँ पटक आग्रह गर्नुपरेको छ। कयौँ पटक कसम खानुपरेको छ।  

उनलाई 'आई लभ यू' भनेको मन पर्दैनथ्यो। 'आई लभ यू भनेको मन पर्दैन, भनिरहन पनि पर्दैन,' पटकपटक भन्‍ने गर्थिन् उनी। मलाई चाहिँ उनलाई मन नपर्ने कुरा गर्दा कताकता रमाइलो पनि लाग्थ्यो। उनलाई मन नपर्ने उही कुरा म दिनमै पाँच-सातपटक भनिदिन्थेँ। उनलाई सायद रिस उठ्थ्यो होला झर्किन्थिन् पनि। मैले भन्ने गर्थेँ, 'अरे पग्ली! प्रेम जताउन शब्दको पनि त जरुरत पर्छ।' अनि भन्थिन्, 'मलाई थाहा छ, हामी प्रेमी हौं।'

'मलाई कुट्न त कुट्दैनौ नि कहिल्यै, म त धेरै रिसाउँछु', उनको यो प्रश्न साताको दुईतीन बार दोहोरिइरहन्थ्यो।

'कुट्दिनँ कहिल्यै। तर रिस उठ्यो भने कहिलेकाँही कुटिन सक्छौं,' मेरो मजाकले उनको सिरियस प्रश्न पनि कहाँ पुग्थ्यो टुंगो हुँदैनथ्यो। 

सुन्दर संसार कल्पना गरिसकेका थियौँ हामीले। 'हम दो हमारे दो' भनेजस्तै। सायद प्रेममा अलिअलि झगडा पनि मिसिएरै आउँदो रहेछ। बेलाबेला झगडा पनि पर्थ्यो। झगडाको विषय भने अति सामान्य, अहिले सोच्छु त्यो (हामीबीच झगडा परेको) पनि कुनै झगडाको विषय हो! खासमा उनलाई छोरा मन पर्ने, मलाई छोरी। यसमा पनि झगडा। यो विषयले हाम्रो दुईको दिमाग मात्र होइन, मोबाइल पनि तात्थ्यो (कुरा लम्बिएर)। तर त्यति लामो समय चल्ने झगडाको उठान पनि हाँसउठ्दो। बैठान पनि उस्तै। अन्तिममा यो त हाम्रो 'वश'मा छैन भनेपछि झगडा सकिन्थ्यो। हाँस्थ्यौं।

अद्‍भूत आभास प्रेम रहेछ। यही आभासले दिलाउने रहस्यमय भावना प्रेम। यही रहस्यमय भावना थिए र त प्रेम थियो हाम्रो।

उनका लागि ६-६ घन्टा एउटै चोकमा बिताएको छु मैले।

जुन मेरो जिन्दगीका सबैभन्दा लामा दिन थिए।

यथार्थमा भन्दा कल्पना मिठा हुन्छन्। मायामा होस् या जिन्दगीमा। उनको मनमा बस्‍नु थियो मलाई। तर हाम्रो प्रेम उनको घरको बार्दलीसम्म पनि पुग्न पाएन। जग बसाई सकेको मायाको घर बिचमै उखेलियो। भत्किएको घरसँगै पुरिए हाम्रा सयौँ सपना, अंकुराई सकेको हाम्रो प्रेम बढ्न पाएन। बीचमै निमोठियो। फक्रने, फूल्ने र सुवासित हुने कयौँ कल्पना एकाएक खरानी भए।  

फेसबुकबाट सुरु भएको थियो हाम्रो कुराकानी। फेसबुक स्क्रोल गर्दा एक दिन एउटा अबोध अनुहार देखियो। हरियो रङको जिन्स पाइन्ट र सेतो कुर्तीले अनायासै मन तान्यो। तस्बिरमा आँखा गडे। आँखालाई मन परेपछि मनलाई इंगित गर्‍यो। 

'रिक्वेस्ट' पठाएँ। पन्ध्र दिनसम्म पनि 'एसेप्ट' भएन। ती पन्ध्र दिनका कठिनाइ त्यसबेलासम्मको मेरो जीवनकै सबैभन्दा कठिन थिए। कहिले एक्सेप्ट होला र कुरा गरौँला लागिरह्यो, लागिरह्यो।

१५ दिनको कष्टपूर्ण प्रतीक्षापछि १६औँ दिनमा मेरो अनुरोध स्वीकृत भएको नोटिसफिकेसन फेसबुकले पठायो। साँझको समय थियो। उनी अनलाइनमै थिइन्। मैले 'हेलो' भनेर म्यासेज गरेँ। 

म्यासेज 'सीन' भएपनि उनले बाल दिइनन्। तर मैले प्रयास जारी राखेँ। करिब दश दिनसम्म पनि खास कुरा सुरु नै भएन। हाइ–हेल्लोमा सीमित भयो।

बिस्तारै हाम्रो कुराकानी सुरु भयो। हामी नजिकिन थाल्यौं।

उनी बारम्बार भन्थिन्, 'मैले किन तपाईको रिक्वेस्ट एसेप्ट गरेँ थाहा छैन। मैले मेरै गाउँघरका साथीभाइ र आफन्तको त गरेकी छैन।'

अनि म जिस्काउथेँ, 'केही विशेष भएर होला नि त।'

'हुन्छ खुब, विशेष त्यस्तो सोच्‍ने भए म कुरा गर्दिनँ,' उनको छोटो जवाफ आउथ्यो। तर कुराकानी रोकिएन। विस्तारै हाम्रो कुरा लम्बिँदै गए। एक अर्कालाई बुझ्‍ने प्रयास हुन थाल्यो।

म्यासेजबाट सुरु भएको हाम्रो सम्बन्ध फोन नम्बरमा पुग्यो।

आधा घण्टाको 'व्यग्र' र 'लामो' प्रतीक्षापछि उनी आइपुगिन्। लाजले होला उनका गाला राता देखिन्थे। फोनमा घन्टौं गफिने उनी भेटमा एक शब्द बोलिनन्। केवल कर्के आँखाले हेरिन्।
नम्बर साटासाट भएपछि हामी झन नजिक भयौं। कयौँ रातहरु प्रेमिल कुरा गरेरै बित्थे। सपना बुनैरै कट्थे। हामीले प्रेमको सागरमा डुबुल्की मारिसकेका थियौं। हाम्रो प्रेम झन झन झाँगिदै गयो।

हामीले एक दिन भेट्ने वाचा गर्‍यौं।

फागुनको महिना प्रणय दिवस आउँदै थियो। मेरा भावना त्यही दिनका लागि मनभित्रै कैद गरेको थिएँ। हुन त प्रेम गर्नेहरुका लागि हरेक दिन प्रणय दिवस नै हुन्छ। तैपनि त्यो दिन विशेष लाग्थ्यो। त्यही दिन मनको गाँठो खोल्ने जमर्को गरेको थिएँ।

म भेट्दिन लाज लाग्छ भेटेर के कुरा गर्ने?, यस्ता यस्तै प्रश्न तेर्स्याउँथिन् उनी।

जसरी-तसरी सयौँ पटक आग्रह र कोसिस गर्दा उनी भेट्न राजी भइन्। रातो गुलाबको फूल लगेर म उनलाई भेट्न पुगेँ।

तर उनी निर्धारित समयमा आइपुगिनन्। फोन गरेँ, 'मलाई लाज लाग्यो म आउदिनँ' भन्ने उत्तर आयो। मलाई लाज नलागेपनि सहज भने महसुस गरेको थिइनँ। तैपनि उनका लागि भनिदिएँ, 'लाज त मलाई पनि लागेको  छ नि! आऊ न प्लिज।' उनले नजिकै कतै आइपुगेर घुर्की मात्र लगाएकी रहिछन्। उनले मलाई तड्पाउनकै लागि थप आधा घण्टा समय लिएकी रहिछन्। त्यो आधा घण्टा मेरा लागि आधा जुनीभन्दा बढी भइदियो।

आधा घण्टाको 'व्यग्र' र 'लामो' प्रतीक्षापछि उनी आइपुगिन्। लाजले होला उनका गाला राता देखिन्थे। फोनमा घन्टौं गफिने उनी भेटमा एक शब्द बोलिनन्। केवल कर्के आँखाले हेरिन्।

करिब दश मिनेट म मात्रै बोलेँ। उनको असहजता मैले महसुस गरेँ। 'कतै जाऔं न परतिर,' मेरो आग्रह थियो। उनी बारम्बार 'म कोठा जान्छु' भनिरहिन्। 

'आजको दिन मेरा लागि छुट्याऊ, भोलिदेखि घरमै बसिररहनू, म कुनै आग्रह गर्दिनँ,' मेरो प्रत्युत्तरमा आग्रह पनि थियो।

निकै लामो सकसपूर्ण आग्रहपछि गाडी चढेर स्वयम्भ' जाने निर्णय गराउन म सफल भएँ। स्वयम्भुको ‘मन्दिर’मा बुद्धलाई साक्षी राखेर मैले उनलाई प्रेम प्रस्ताव राखेँ।

खल्तीबाट गुलाबको फूल निकालेर भनेँ, 'आई लभ यू'।

उनी अक्क न बक्क भइन्। लाजका कारण सलले मुख छोपिन्। लजाउँदै हातको रातो गुलाब लिँदै 'लभ यू टू' भन्दै उनले गुलाब चुमिन् र ब्यागमा राखिन्।

हामी एकछिन अंगालोमा बाँधियौँ। एक अर्काको संसार भयौं। हाम्रा कुराकानी भए धेरै, अबेर गरी आआफ्नो डेरा फर्कियौँ।

कुराकानीको क्रम रोकिने कुरै थिएन। 'माया के हो बल्ल महसुस गर्दै छु म,' उनले भनेका शब्द झल्झली आउँछन् दिमागमा।

आ–आफ्नै परिभाषा छन् प्रेमका। भावनाभन्दा निकै निर्मम छ, प्रेमबारे विज्ञानको परिभाषा। भारतीय कवि मनोज मुन्तसीर भन्छन्-

चिकित्सा विज्ञान भन्छ-दिलमा हड्डी हुँदैन

प्रेम भन्छ- यस्तो हुन्छ भने दिल किन टुट्छ?'

चिकित्सा विज्ञान भन्छ- दिलको साइज लगभग १२ सेन्टिमिटर हुन्छ

प्रेम भन्छ- मात्र १२ सेन्टिमिटरमा दुनियाँभरको दर्द कसरी फिट हुन्छ।

नसम्झिउँ भन्दा पनि उनको यादले एक पल पनि छोड्दैन। तर यहाँ न मन रह्यो, मात्र दर्द। यो सबै भुलेर उनी कसरी मबाट टाढा हुन सकिन् मलाई केही थाहा छैन। 

'म मान्छे त खतमै हुँ है, कति दुःख दिन्छु,उनको भनाइ हुन्थ्यो। हो उनले साह्रै दुःख दिइरहेकी छन्, तर अझै कहिलेसम्म?' प्रश्न अनुत्तरित छ। मेरो चोखो मायाको दिलमा छुरा रोप्‍न कसरी सकिन्, बुझ्‍न सक्या छैन।

करिब डेढ वर्ष हामी सधै सँगै थियौं। भौतिक रूपमा टाढै भएपनि भावनात्मक रूपमा हामी शतप्रतिशत सँगै थियौँ।

लत रहेछ प्रेम चाहे अस्थायी होस् चाहे स्थायी। समयक्रमसँगै उनी बदलिँदै गइन्। उनको प्रेम अस्थायी सावित हुँदै जान थाल्यो।

विस्तारै उनी टाढिँदै गइन्। सम्पर्क कम हुन थाल्यो। केही समयको अन्तरालमा नै सामाजिक सञ्जाल र फोन सम्पर्कबाट हामी बिलकुल अलग भयौं। यादहरु र रातहरु उस्तै  हुँदा रहेछन्। आज सकिएपनि तर भोलि फर्केर आइहाल्ने।

हाम्रा के-के अनि कस्ता कस्ता सपना र चाहना थिए, सबै शून्य भइदिए। अब त यादहरूका पोका मात्रै बाँकी छन् जसलाई न उधिन्न सकिन्छ न मिल्काउन।

जति नै बिर्सूँ भने पनि दिलको कुनामा रहेको प्रेमले कहिल्यै छोडेन। लामै प्रतीक्षापछि हामी फेसबुकमा फेरि साथी बन्यौँ। कहिलेकाँही कुरा पनि हुन्छ अचेल। तस्बिर पठाउँछिन् आफ्नो, अनि सोध्छिन्, 'म कस्ती देखिएकी छु?'

अनि भन्छु- मन परेको फूल सकेपनि हरियो। 

'माया गर्ने मान्छे गुमाएँ पछुतो लाग्छ मलाई,' उनी कहिलेकाँही भावुक भएर भन्छिन्, अहिले। 'निदाउन नदिने तिम्रा याद बेइमान हुन् कि निदाउन नचाहने मेरा आँखा?' उनको प्रश्न हुन्थ्यो त्यसबेला। तर अहिले उनी मस्त निदाएकी छन् सबै भूलेर।

ती दिन पीडादायी रहे मेरा। रात मात्रै मेरा हुन्थे यादहरु उनैका। लाग्छ बैंकमा पैसा राखेर बचाए जस्तो सजिलो रहेनछ जिन्दगीमा खुसी, प्रेम अनि मुस्कान बचाउन।

'म तिमीलाई चाहन्छु, प्रेम गर्छु' भन्दा मैले पागलको उपाधि पाएँ मैले। तर यतिबेला वास्तवमा नै म पागल बनिसकेको छु। उनले पागल बनाएर गइन्। पागल उपाधि पाउन पनि कहाँ सजिलो छ? यो पाउन त कसैलाई बेहद प्रेम अनि मनैदेखि विश्वास गर्नु पर्ने रहेछ।

'नारीको हृदय कोमल हुन्छ' भन्‍ने आदर्शका कुरा मैले पनि सुनेको थिएँ। तर उनीप्रतिको मेरो हृदयभावले यो कुरा बिलकुल स्वीकार गर्दैन। फलामभन्दा कठोर अनि निर्दयी लाग्छ मेरो हृदयलाई।

प्रेम अनि धोका एउटै दिलबाट हुँदो रहेछ। उनले भनेको कुरालाई विश्वास गर्ने हो भने उनलाई अहिले लागेको पछ'तो बनावटी हो कि वास्तविक?' मलाई थाहा छैन। तर उसको कुभलो कहिल्यै चाहन्‍न यो मन।

'हाम्रो जोडी त लास्टै मिल्याथ्यो। तर के गर्नु?' भाग्यमा नभएपछि‘' फेरि पुरानै घाउ कोट्याएर रक्ताम्य बनाउँछिन्।

'म तिमीलाई चाहन्छु, प्रेम गर्छु' भन्दा मैले पागलको उपाधि पाएँ मैले। तर यतिबेला वास्तवमा नै म पागल बनिसकेको छु। उनले पागल बनाएर गइन्। पागल उपाधि पाउन पनि कहाँ सजिलो छ? यो पाउन त कसैलाई बेहद प्रेम अनि मनैदेखि विश्वास गर्नु पर्ने रहेछ।

उनीसँग छुट्टिँएपछिका ६ महिना म पागलै भएँ। यो कुरा मेरा केही साथीलाई पनि थाहा भयो। उनका हरभनाइ झुटा भए। 'म तिमी बिना बाँच्न सक्दिन' भन्थिन्। तर उनका सु-समाचार सुनिरहेको छु। 

कसै बिना कोही मर्दैन, आदत न हो बद्लिन्छ। समयले घाउ पुर्दै जान्छ। भलै कहिलेकाँही पुराना घाउको खत देखिन्छ र कन्याउँदा दुख्छ। 

'अहिले पनि याद आउँछ र मेरो,' केकी दिनको अन्तरालमा यो प्रश्न दोहोरिइरहन्छ। म भन्छु, 'बिर्सिएँ भने त तिमी र ममा के फरक रह्यो र?'

बाटो बिरानो अनि साइनो थोत्रो लाग्‍न थालेको छ, अचेल। उनका यादहरु कहीँ पुगेका छैनन्। मात्रै उनी पुगिन्। 'कहिल्यै आउँदिनँ' भनेर गएकी उनी हरेक रात सपनीमा किन आउँछिन्? रातमा याद, यादमा उनी अनि साथमा उनी नै नभईदिँदा मुटु फुट्ला जस्तो हुन्छ मेरो।

उनले बुनेका शब्दहार अनि गरेका वाचाले कति बेर पनि छोड्दैन। तर उनी नै नभएपछि ती शब्दहार र वाचाको के अर्थ?'

उनीसँग बिताएका निर्जन सडकहरुसँग इर्ष्या लाग्न थालेको छ, अचेल। उनीसँग पुगेका चोक अब कहिल्यै पुग्न नपरोस् भन्ने लाग्छ। सम्बन्ध पनि जाडोयामको सिरक रहेछ। बेलाबेला मिलाइरहे पनि कताकताबाट चिसो पसिहाल्ने। 

सोच अनि सपना आफैंमा घनिष्ठ हुन्छन्, फिका त उनको साथ नहुँदा बन्दा रहेछन्। 'म तिमीबाहेक कसैको पनि हुने छैन,' उनले बोलेको झुट पनि कति मिठो? र त उनीसँग जोडिएका हरबातले हररात पिरोल्छ।

उनीसँग मेरा गुनासा कति छन् कति। आग्रह पनि उति नै। तर अब उनको एउटै आग्रह छ, 'मेरो हुनेबालासँग कहीँ कतै भेट भइहाल्यो भने मलाई देखाएर 'मेरो एक्स हो नभन्नू है!’ 


प्रकाशित: December 25, 2021 | 15:25:55 काठमाडौं, शनिबार, पुष १०, २०७८
नेपाल समय

ए एस ठकुरी

काठमाडौं, शनिबार, पुष १०, २०७८

थप समाचार

यस कारण जोगाऔं रैथाने बिउ र वनस्पति

डार्बिनको बाँच्नका लागि संघर्ष एवं अनुकूलता र छनोटको सिद्धान्तबाट जीव तथा वनस्पति सधैं तनावमा रहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। आनुवंशिक तथा उत्परिवर्तनले जीव र वनस्पतिबीच अस्तित्वको संघर्ष रहिरहन्छ।

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

म सानो छँदै मेरी आमाको मृत्यु भयो। तर मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकर चाकर, आठपहरिया र ड्राइभरहरु हुने गर्थे।

हाम्लाई पनि मायाले हेर ऋषि दाइ!

ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C