शनिबार, मंसिर १८, २०७८

ती दिन : यी दिन

हाम्लाई पनि मायाले हेर ऋषि दाइ!

विवश वस्ती  |  काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

विवश वस्ती

विवश वस्ती

शनिबार, कार्तिक २७, २०७८, काठमाडौं

नेपाल समय

विक्रमाब्द २०६५/०६६ तिर। संविधानसभाको पहिलो निर्वाचनमा नित्य ‘दस वर्षे’ हतियार बिसाएर शान्ति प्रक्रियाको सँघारमा पाइला टेकेको नेकपा (माओवादी) ले ठूलो दल बन्ने सौभाग्य पायो। ‘युद्ध–नाइके’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने। परापूर्वकालमा विश्वविजेताको स्वप्नमा डुबेका सिकन्दरझैँ प्रचण्डको राजशैली सतहमै उत्रिन थाल्यो। 

त्यो समय बुढ्यौलीका दिनहरूतिर लम्किरहनुभएका मेरा बुबा नियमितजसो नै टेलिभिजन हेर्नुहुन्थ्यो। एकदिन बुबाले सोध्नुभयो, ‘बाबु, टेलिभिजनमा धेरैजसो समय नेताहरूका पछिल्तिर उभिने, गोरो अनुहार र चुच्चो–चुच्चो नाक भएको, सधैं टाई लगाउने र कपाल चिल्लो बनाएर हिँड्ने मान्छेलाई देखिँदैन त? किन होला? कतै गएछन् कि क्या हो?’

बुबाले कसलाई सङ्केत गर्न खोज्नुभएको हो भन्ने कुरा मैले तत्कालै बुझिहालें र उहाँको जिज्ञासारुपी रेखालाई मेट्दै भनें, ‘बुबा, तपाईंले जुन मानिसको कुरा गरिरहनुभएको छ, अहिले ती मानिस आफैं नै समाचारको पात्र बनेका छन्।’

मलाई थाहा भएन, मेरो जवाफले बुबाको चित्त बुझ्यो कि बुझेन! 

त्यो बेला ‘समाचारको पात्र’ बन्ने अरू कोही नभएर तिमी नै थियौ, ऋषि दाइ। न साँझ, न बिहान वा न मध्यरात नै। जहिल्यै, आठै प्रहर, चौबीसै घन्टा, भोक, निद्रा, प्यासको कुनै पर्वाह नगरी समाचारका पात्रहरू खोजी हिँड्ने तिम्लाई कमरेड प्रचण्डले समाचारको पात्र बनाए। त्यो पनि अनौठो केसमा। तिम्ले हातहतियार ओसारपसार गर्‍यौ रे? समाचार ओसारपसार गरेको आरोप लगाएर तिम्लाई हिरासतमा राखेको भए दुनियाँलाई आपत्ति हुँदैनथ्यो। तर, हातहतियार ओसारपसारजस्तो जघन्य कार्य गरेको भन्दै तिम्लाई केही दिन दुःख दिइयो, दुःख खेप्न अभिशप्त बन्यौ।  

त्यो तिम्रा लागि प्रतिकूल समय थियो। इतिहासका अनुकूल र प्रतिकूल दुवै क्षण भोगेका छौ, तिमीले। मैले ‘तिमी’ भन्दा मन खिन्न नपार है, ऋषि दाइ। ‘तिमी’ सम्बोधन गर्दा नै आत्मीयताको सुगन्ध पाउने गरेको छु मैले। ‘तपाईं’ भने पनि हुन्थ्यो। तर ‘तपाईं’ भन्दा आत्मीयता हराएजस्तो लाग्छ, सुमुधुर सम्बन्धमा तगारो तेर्सिएजस्तो लाग्छ।   

ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्। 

नढाँटी भनूँ, ऋषि दाइ तिमीसँग मेरो सुमधुर सम्बन्ध कायम भएन, कहिल्यै पनि। खै, किन भएन, भएन? मलाई पनि अहिलेसम्म छानबिन गर्ने चौचौ उत्पन्न भएन। अत्यन्तै व्यस्ततम क्षणहरूबीच दिनचर्याका पन्नाहरू पल्टाउनमा नै व्यस्त तिमीलाई पनि मसित सम्बन्ध सुधारेर अग्रगामी पाइला चाल्ने खासै रुचि भएन होला सायद। त्यही भएर नै, ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्। 

ऋषि दाइ म तिम्लाई नेपाली पत्रकारिताको समृद्ध औ सकुंचित दृश्यपटमा कुनै विशेषणबिनाको ‘हिरो’ भएको देख्न चाहन्थें। यो मेरा कैयौं इच्छाहरूको एउटा विशिष्ट इच्छाको सूचीमा अंकित थियो। तर तिम्लाई मेरो सुझाव कहिल्यै पनि ग्राह्य भएन। आखिरमा, किन भएन, यो तिम्ले नै जानुन्। ‘पच्छिमको कानुन, भग्वानले जानून्’ भन्ने यौटा उखान–छेड छ, अछाम क्षेत्रतिर। तिम्ले नै जानून्। हाम्रै ऋषि दाइले नै जानून्, किन हाम्ले जान्नु पर्‍यो र? मलाई के टाउको दुखाइ भयो र, बित्थैमा?

००

ऋषि दाइ, अरूले मानून् वा नमानून्, तर म भने तिम्रा निम्ति एउटा विशाल, भीमकाय र सम्भ्रान्तशील विन्ध्याचल पर्वत उठाउने उही परम–तुच्छ हनुमान हुँ। तसर्थ, मैले तिम्रा कुरा मान्नैपर्छ। जसरी र जुन हिसाबले हुन्छ, मैले तिम्रा कुरा मान्नैपर्छ। मैले भने मान्नैपर्छ, हाम्रा ऋषि दाइ इतिहासका हरेक सन्दर्भ, क्षण र सुख–दुःखका अत्यन्तै विश्वासिला, भरपर्दा र अविराम साक्षी हुन्। उनीजस्ता होनहार, सबल र नौजवान साक्षी अहिलेसम्म कुनै पनि ‘लिखितम् नाममा’ मा मैले देखेको छैन। उनी साक्षी नबसेका ऐतिहासिक क्षण विरलै होलान्। उनले साक्षी–पत्रको किनारामा हस्ताक्षर गरेनन् भने त्यो अपुरो हुन्छ, अधुरो हुन्छ र सर्वथा धर्मराउँदो हुन्छ। म तिम्लाई अभिवादन गर्छु, ऋषि दाइ। तिम्रो साक्षीमय अभिनयलाई म अन्तरहृदयदेखि नै नमन गर्छु। जय नेपाल ऋषि दाइ!

२०६५ सालको मध्य जेठमा हामीकहाँ बिहानीको झुल्के घाम उदाएसँगै गणतन्त्रको बीजारोपण भयो। हर्षोल्लासका अनगिन्ती बत्ती बले। त्यसपछि नेपालको प्रथम राष्ट्रपतिमा डा.रामवरण यादवले अबिर जात्रा स्वीकारे। हो, त्यही बेला नै हो, हाम्रा ऋषि दाइ गणतन्त्र नेपालको प्रथम महामहिम राष्ट्रपतिका पछिल्तिर हर्षविभोर मुद्रामा टहलिइरहेका थिए। म त्यसको नित्य साक्षी हु“। निधारमा अबिर र गलामा सयपत्री फूलको मालाले सजिएका राष्ट्रपतिभन्दा एक बित्ता पछाडि मात्रै उनी उत्फुल्ल देखिएका थिए।

चाहे राष्ट्रपति हुन् वा प्रधानमन्त्री हुन्, सबैको सत्तारोहणमा ऋषि दाइ हाजिर भएकै हुन्छन्। यदि त्यस्ता सुवर्ण अवसरहरूमा ऋषि दाइलाई देखिएन भने सर्वथा खल्लो महसुस हुन्छ, नुनविनाको तरकारीजस्तै।

यस्तो महसुस हुन्थ्यो, ऋषि दाइले नै ‘सबैलाका सम्माननीय’ डा.रामवरणलाई शीतल निवासको शीतल परिवेशमा छिराउन टुप्पीदेखि पैतालासम्मका बल र जोड गरेका हुन्। दर्जनभन्दा बढी वर्षअघिको त्यो परिदृश्य देख्दा, उनको समग्र हाउभावले त्यही कुराको संग्लो पुष्टि गथ्र्यो, हाम्रा ऋषि दाइ नभएका भए रामवरण नामका कुनै बेलाका ‘भैंसी–गोठाला’ महोदयले शीतल निवासको दैलो टेक्ने सुऔसर प्राप्त गर्न निकै मुस्किलजन्य कार्जे हुन्थ्यो। रामवरणका लागि शीतल निवासको दैलो उघार्नु कुनै बालकलाई बडेमानको लोहरोले ओखर फुटाएर त्यसभित्रका गुदी प्राप्त गर्नुजस्तै कठिन र सकसको विषय हुन्थ्यो। 

डा. रामवरण यादव राष्ट्रपति हुँदा हाम्रा ऋषि दाइ साक्षी बसेका एउटा दृष्टान्त मात्र हुन्। चाहे राष्ट्रपति हुन् वा प्रधानमन्त्री हुन्, सबैको सत्तारोहणमा ऋषि दाइ हाजिर भएकै हुन्छन्। यदि त्यस्ता सुवर्ण अवसरहरूमा ऋषि दाइलाई देखिएन भने सर्वथा खल्लो महसुस हुन्छ, नुनविनाको तरकारीजस्तै। 

००

ऋषि दाइ तिम्लाई देख्दा कहिलेकाहीं मलाई मजाक पनि गर्न मन लाग्छ। दाजु–भाइबीच मजाक त चलिहाल्छ नि, हैन र? एउटा मजाक पस्किने अनुमति चाहन्छु, ल। 

म : ऋषि दाइ! तपाई जहिल्यै पनि किन अरूहरूका पछिल्तिर उभिएर आफ्नो सान र साख घटाइरहनुभएको छ? अब त फ्रन्टमा नै आउनुपर्‍यो नि तपाईंजस्ता व्यक्तित्व। 

ऋषि दाइ : भाइको भनाइको मतलब? मैले त अलि बुझ्न सकिनँ नि! 

म : मेरो भनाइ के हो भने, अब त तपाई फ्रन्टलाइनमै आउनुपर्‍यो भन्या क्या।

ऋषि दाइ भाइले मलाई धेरै सिकाउने कोसिस नगर्दा हुन्छ। मलाई अरूले पनि यसैगरी पेल्छन्, एउटा पटमूर्ख ठानेर। तर म त्यति कुरा नबुझ्ने मानिस होइन। म धेरै नै हिन्दी म्याग्जिनहरू पढ्छु। नाम नै भन्नु त नपर्ला। तर मलाई अरू सबै हिन्दी म्याग्जिनहरू मन परे पनि त्यो इंग्लिसमा छापिने फ्रन्टलाइन भने त्यति मन पर्दैन। म किन त्यो फ्रन्टलाइनमा आउनु? मलाई जुन पत्रिका नै मन पर्दैन भने त्यसमै म किन आइरहनुपर्‍यो र? हैन त, जर्नालिस्ट भाइ? 

म : मैले म्याग्जिनको कुरा गरेको होइन, दाइ! फ्रन्टलाइन अर्थात् तपाईं अघिल्लो पंक्तिमा आउनुपर्‍यो भनेको हु“ मैले। किनकि, तपाईं जहिल्यै पनि अरूहरूका पछिल्तिर उभिएरै रमाउनुहुन्छ। कहिले कसका पछिल्तिर, कहिले कसका पछिल्तिर उभिएर आफूलाई महान् पिछलग्गुका श्रेणीमा आबद्ध व्यक्तिका रुपमा परिचित तुल्याइरहनुभएको छ अहिलेसम्म। यस्तो पाराले तपाईं कहिले महान् व्यक्ति ठहरिनुहुन्छ?

ऋषि दाइ : त्यसमा मेरो के दोष छ र भाइ? म जहिल्यै पनि अग्रिम मोर्चामा नै हुन्छु। क्यामराम्यान भाइहरूले पनि मलाई अगाडि नै पारेर खिचिरहेका हुन्छन्। मेरो गोरो अनुहार, सग्लो आँखा र चुच्चे नाकलाई उनीहरूले फोकस गरिरहेका हुन्छन्। अँ, टाईको भने प्रसंग छुटेछ। उनीहरूले मेरो टाईलाई पनि उत्तिकै मान्यता दिएर खिचिरहेका हुन्छन्। तर टेलिभिजनवालाहरू भने धेरै झेली देखिए। किनकि, उनीहरूले भने मलाई जहिल्यै पछाडि परेको सिनमात्रै राख्छन्।

नितान्त ग्य्रान्ड डिजाइनअनुसार यस्तो भयो। नभए, अघिल्तिर भएको मान्छेलाई पछिल्तिर र पछिल्तिर भएका मान्छेलाई कसरी अघिल्तिर पार्न सकिन्छ र? ग्य्रान्ड डिजाइन नभए यो कसरी हुन सक्छ र?

म : त्यस्तो कसरी हुन्छ र दादा?

ऋषि दाइ : किन हुँदैन। (अलि आक्रोशित हुँदै) हुन्छ। म एक पटक हाम्रा कम्रेड छन् नि, कम्रेड परचन्ड। हो, उनका अगाडि उभिएर प्रश्न तेर्स्याइरहेका थिएँ। मलाई के लागिरहेको थियो भने, म अगाडि छु र परचन्न कम्रेड पछाडि। तर पछि टेलिभिजनले म पछाडि र परचन्न कम्रेड अघि भएको दृश्य देखायो। क्या बोर! यो कसरी भयो, थाहा छ भाइलाई?

म : कसरी भयो, दादा? थाहा भएन त मलाई।

ऋषि दाइ : यो सबै ग्य्रान्ड डिजाइनअनुसार भयो। नितान्त ग्य्रान्ड डिजाइनअनुसार यस्तो भयो। नभए, अघिल्तिर भएको मान्छेलाई पछिल्तिर र पछिल्तिर भएका मान्छेलाई कसरी अघिल्तिर पार्न सकिन्छ र? ग्य्रान्ड डिजाइन नभए यो कसरी हुन सक्छ र?

म : यो डिजाइन कसले गर्‍या होला, दाइ?

ऋषि दाइ : भाइ, यस विषयमा मलाई त्यति धेरै ज्ञान त छैन। तर मलाई के लाग्छ भने यो ग्य्रान्ड डिजाइन गर्नेमा बागबजारतिर लोगो–सोगो डिजाइन गर्ने कुनै मान्छे हुनुपर्छ। किनकि, उनीहरूका काम नै डिजाइन गर्ने हो। मलाई उनीहरूमाथि नै शंका छ। 

म : दाइ, म तपाईंलाई एउटा क्वेस्चन सोधूँ?

ऋषि दाइ : ओके भाइ, आइएम रेडी।

म : दाइलाई इंग्लिस पनि राम्रै आउँदो रहेछ।

ऋषि दाइ : अक्सफोर्ड डिक्सनरी त मैले कण्ठ नै पारेको छु। इंग्लिसको कुरै नगर भाइ। मलाई हतार छ अहिले। फटाफट क्वेस्चन सोध न।

म : दाइले अहिलेसम्म कतिजनाको पछिल्तिर उभिएर कीर्तिमान कायम गर्नुभयो होला?

ऋषि दाइ : कीर्तिमान भनेको कुन अंग्रेजी वर्ड हो भाइ? मलाई नेपालीमा सोध न, यार। 

म : रेकर्ड भनेको दाइ।

ऋषि दाइ : ए, गुड। म अरूका पछिल्तिर उभिने मान्छे बिल्कुलै होइन। तिम्ले मेरो प्रश्न गराइको स्टाइल देख्या छौ? म जहिल्यै पनि अघिल्तिर नै उभिएर प्रश्न गर्छु। तर देखाउनेहरूले मलाई पछिल्तिर उभिएको नै देखाउँछन्। तर अरूहरूलाई भ्रम नहोस्, म जहिल्यै पनि अघिल्तिर नै छु...।

ऋषि दाइसित अरू थुप्रै संवाद/परिसंवाद गर्ने इच्छा नभएको त कहाँ हो र? बिहान सखारैदेखि राति अझ मध्यरातसम्म व्यस्त रहनुपर्ने उहाँको स्वभाव र चुस्त कार्यशैली भएको हुँदा म ऋषि दाइलाई आक्कलझुक्कल मात्र भेट्छु। 

२०७२ वैशाख १२ गतेको प्रलयकारी भूकम्प आएको केही हप्तापछि मैले तिम्लाई भेटेको थिएँ। याद छ? त्यो बेला तिम्ले रिपोर्टस क्लबलाई कसरी जीवन्त राखेका थियौ। जस्तै आपतविपतको बेलामा पनि तिम्ले पत्रकारिताको धर्म निर्वाह गरिरह्यौ। रिपोर्टस क्लबको पुतलीसडकस्थित कार्यालयमा बस्ने अवस्था नरहेपछि तिम्ले भृकुटीमण्डपको खुला चौरमा नै रिपोर्टस क्लब सञ्चालन गर्‍यौ। एक मध्याह्न तिम्ले खै कुन संस्थाको पत्रकार सम्मेलनको व्यवस्थापन गरिरहेका थियौ। तर मलाई देखेपछि तिमी नराम्ररी झस्कियौ। त्यो दिन हामीबीच देखादेख मात्रै भयो, कुनै संवाद भएन। 

००   

आफूलाई ‘वरिष्ठ’, ‘व्यावसायिक’ पत्रकार भनाउँदाहरू तिम्लाई उडाउन मज्जा ठान्छन्। तिम्रा बारेमा केही थान जोक्सहरू पनि बनेका छन्, जुन मैले पनि सुनेको छु। हम जायगा अहिले जीवित छैनन्। जीवित भएका भए उनले पनि तिम्लाई जोक्स बनाउँथे होलान्।

तिम्रा बारे मैले दुई थान जोक्स सुनेको छु। एकपटक तिम्ले ‘नेपाली पत्रकारिताको कोसेढुंगा’ को बारेमा बोल्दा आफूलाई महान् पत्रकार मान्नेहरूले पनि लिलिपुट ठान्नुपर्ने अवस्था ब्युँतिएको थियो रे। ऋषि दाइ तिम्ले भन्यौ रे, ‘यो कोसेढुंगा भन्ने कुरा धेरै ठूल्ठूला, मौलिक नेपाली ढुंगाहरूको समग्र रुप हो। नेपालमा कति थरीका ढुंगाहरू पाइन्छन्, तपाईंहरूलाई थाहै होला। हाम्रातिर दल्छिन ढुंगा पाइन्छन्, अलि माथि लेकतिर फुस्रे ढुंगा पाइन्छन्। तर यो कोसेढुंगाचाहि“ ती कमसल ढुंगाहरूभन्दा राम्रो ढुंगा हो र नेपाली पत्रकारितामा यस्तै राम्रा ढुंगाहरूको आवश्यकता छ। म त्यही कोसेढुंगाको खोजीमा लागेको छु।’

ऋषि दाइ! तिम्ले नेपालमा मध्यान्हकालीन ‘समोसे’ पत्रकारहरू जन्माउन जति योगदान दियौ, म त्यस्ता कार्यको अग्रपंक्तिका प्रशंसक हुँ। मैले तिम्रो क्लबमा धाएर अहिलेसम्म पेट नै ढुस्याउने खालको समोसाको स्वाद त ग्रहण गर्न पाएको छैन।

ऋषि दाइ तिमी विस्मरणशील मनुवाको कोटीमा पर्दैनौ। तिमीमा सोदेश्यमूलक हृदय छ भन्ने कुरामा मलाई कुनै आपत्ति छैन। र, सबैलाई रिझाउन, भिजाउन र गिज्याउन उत्तिकै जानेका पनि छौ। जसले जे भने पनि, तिम्ले नेपाली पत्रकारिता जगत्का स्थितप्रज्ञ व्यक्ति हुने हैसियत राख्छौ। नभए, एक जना वरिष्ठ पत्रकारलाई दसैंमा आफ्ना मान्यवरहरूले शुभाषिस दिँदा तिम्रो हवाला दिँदै तिमीजस्तै ठूला, महान् पत्रकार बन्ने सुझाव सायदै दिन्थे होलान्। यसलाई तिम्रो महानता मानिनुपर्छ। महानता भन्ने जिनिस जिन्दगीमा एकाध व्यक्तिले मात्रै आर्जन गर्न सक्छन्, त्यस्तो कार्जेमा तिमी मात्र सक्षम छौ। औं, रहनेछौ कालान्तरसम्म पनि। तिम्रो महानताको कदर गर्न नसक्ने, नजान्नेहरूले कृतघ्न व्यक्तिहरूका सूचीमा लामबद्ध हुने हैसियत राख्छन्। योभन्दा बढी के भन्नु?

००

ऋषि दाइ! तिम्ले नेपालमा मध्यान्हकालीन ‘समोसे’ पत्रकारहरू जन्माउन जति योगदान दियौ, म त्यस्ता कार्यको अग्रपंक्तिका प्रशंसक हुँ। मैले तिम्रो क्लबमा धाएर अहिलेसम्म पेट नै ढुस्याउने खालको समोसाको स्वाद त ग्रहण गर्न पाएको छैन। मौका मिलेछ भने कुनै दिन छिरौंला र डकार उत्पन्न गराउने समोसा र एक कप चियाको स्वाद अवश्य नै ग्रहण गरुँला। तर तिम्ले अलपत्रकारहरूलाई दिउँसोको नास्तास्वरुप समोसा दिएर अतुलनीय गुन लगाएका छौ। तिमी पत्रकारहरूका त्राणकर्ता हौ। र, अझै हुनेछौ भन्ने गहिरो अपेक्षा राखेको छु मैले। 

ऋषि दाइ! समग्रमा, म तिम्रो एकजना असल शुभचिन्तक हुँ, हितैषी हुँ, शुभाकांक्षी हुँ, हरेक सन्दर्भ/पाइलामा शुभागमन चाहने व्यक्ति हुँ। अतः एकजना शुभेषीले यति कुरा भन्दा तिमीले गर्व गर्नुपर्छ। वा, गर्न सक्नुपर्छ। 

यतिभन्दा धेरै के भनुम् र खै?

तर, मेरो दिमागलाई भने एउटा नितान्त फाल्तु प्रश्नले धेरै दिनदेखि नै निरन्तर रुपमा चाटिरहेको छ। यसरी चाटिरहेको छ कि, मेरो दिमाग कुनै नवजात बाच्छीको टाउको हो, जसलाई कुनै होनहार आमा अर्थात् गाईले निरन्तर चाटिरहेकी छे। कुरा के हो भने, तिम्रो बारेमा शम्भुजित बाँस्कोटा दाइले आजको मितिसम्म किन यस्ता शब्दहरू खर्चेर धुन भरेनन्,–‘हाम्लाई पनि मायाले हेर, ओ! ऋषि दाइ। ऋषि दाइ, ऋषि दाइ...। ढिच्चिऊँ, ढिच्चिऊँ, ढ्यास्, ढ्यास, ढ्यास...। ओ, ऋषि दाइ!’ 

हाम्लाई पनि मायाले हेर, ऋषि दाइ!


प्रकाशित: November 13, 2021 | 06:20:40 काठमाडौं, शनिबार, कार्तिक २७, २०७८
विवश वस्ती

विवश वस्ती

काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

थप समाचार

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

म सानो छँदै मेरी आमाको मृत्यु भयो। तर मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकर चाकर, आठपहरिया र ड्राइभरहरु हुने गर्थे।

अनिश्चितताको भुँमरीमा फसिरहेको छ अफगानिस्तान

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ।

जातमा छोपिएको मानवता जहाँ कैयौं निर्मला पहराईहरू मारिइरहन्छन्

‘नेपालको न्यायप्रणाली भनेकै पीडितलाई थकाएर, अन्तिममा यसले बिर्स्यो भन्ने बेलाचाहिँ फैसला गर्ने। पीडितलाई न्याय दिनुको सट्टा, झन् अन्यायमा पार्ने जस्तो लाग्यो।’

स्वर्गै हो श्रीअन्तु

सीमा छेउमा रहेकाले त्यहाँबाट भारतका सिक्किम, मानेभञ्याङ, दार्जिलिङ, सिलिगुडी देखिने अनुमान लगाउन गाह्रो परेन। त्यहाँ बलेका ताराभन्दा बाक्लो झिलिमिलि बत्तिले रातमा दिपावली गरेको आभाष हुन्थ्यो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C