शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • ब्लग
  • आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

नेपाल समय

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

शर्मिला ठकुरी  |  काठमाडौं, शनिबार, कार्तिक २७, २०७८
शर्मिला ठकुरी

शर्मिला ठकुरी

काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

श्री ३ देवशमशेरको नातिको हैसियतमा जन्मँदै जर्नेलको उपाधि पाएको म प्रधानमन्त्रीको रोलक्रममा थिएँ। त्यसैले मेरो बाल्यकाल निक्कै सुखसयलमा बित्यो। बालसखा आफन्तका छोराछोरी थिए। थापाथलीस्थित घरको बार्दलीमा मिलेर खेल्थ्यौं। 

म सानो छँदै मेरी आमाको मृत्यु भयो। मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकरचाकर, आठपहरिया र ड्राइभरहरु हुन्थे। 

म करिब ६ वर्षको हुँदा १९९० मा ठूलो भूकम्प आयो। माइतीघर हाइटमा बुबाका दाजुभाइहरुको लहरै घर थियो। ठूलोबुबाका छोराहरुसँग म खेल्दै थिएँ। भूकम्पले बेस्मारी हल्लायो। सबै भागाभाग गर्न थाले। हामीलाई पनि खुला चौरमा ल्याइयो। त्यतिबेला हामी पुर्ख्यौली घरअगाडिको चौरमा पाल हालेर केही दिन बसेका थियौं। 

१३ वर्षमा मेट्रिक पास (अहिलेको एसईई सरह) गरेको म गणित र विज्ञान विषयमा कमजोर थिएँ। त्यसैले मैले आर्टस विषय पढ्ने निधो गरेँ। त्रिचन्द्र क्याम्पसमा आईएमा भर्ना भएँ। कलेज आउजाउ अरबी घोडामा गर्थे‌। साथमा नोकरचाकर पनि हुन्थे।

तत्कालिन समयमा अरबी र टागन गरी दुई प्रकारका घोडा थिए। सरकारले अरबी जातको घोडा भारतबाट किनेर ल्याएको थियो। टागन जातको घोडा भने तिब्ततबाट ल्याइएको थियो। अरबी घोडा चढ्नेहरुको ठूलो सान हुन्थ्यो। माइतीघरमा रहेको हाम्रो घरबाट त्रिचन्द्र कलेजसम्म जाँदा मलाई नियाल्ने धेरै हुन्थे।

नेपालमा जन्मिँदै जर्नेल पद पाएको र सबैको सम्मान तथा नोकरचाकरले घेरिएको म त्यहाँ गएपछि सर्वसधारणमा परिणत भएँ। 
त्रिचन्द्रबाट आईए सकाएपछि म पढ्नका लागि मुम्बई  गएँ। त्यहाँ मैले सोचेजस्तो भएन। ठूलोबुबाका छोराहरुजस्तै एउटा फ्ल्याट भाडामा लिएर नोकरचाकर पनि राखेर बसौंला भन्ने सोचेको थिएँ तर फ्ल्याट अभावमा एउटा कोठामा खुम्चेर बस्नुपरेको थियो। सँगै गएका नोकरचाकर पनि फर्काइदिएँ।

त्यहाँको कलेजमा स्नातकमा भर्ना भएँ। मुम्बई भारतको अन्य ठाउँको जस्तो होइन रहेछ। नेपालको त झन् एक छेउ पनि होइन। मुम्बईका मानिसको ठाडो स्वर, सबैलाई तिमी भन्ने व्यवहार र एकै प्रकारको व्यवहार गर्ने प्रवृत्तिले सुरुसुरुमा मलाई असहज भयो। नेपालमा जन्मिँदै जर्नेल पद पाएको र सबैको सम्मान तथा नोकरचाकरले घेरिएको म त्यहाँ गएपछि सर्वसधारणमा परिणत भएँ। 

त्यहाँको वातावरणमा घुलमिल गर्नुको विकल्प नै थिएन मेरा लागि। मलाई बिस्तारै त्यहाँको वातावरणले छुन थाल्यो। घोडा चढ्ने तथा आफ्नै गाडीमा सानका साथ हिँड्ने म ट्रेनमा ठेलमठेल गरेर हिँड्नुपर्ने बाध्यतामा परेँ। तर ठेलमठेल गरी ट्रेनमा हिँड्दा सामान्य मानिसको जीवन र उनीहरुको कठिनाइ बारेमा भने मलाई राम्रोसँग बुझ्ने मौका भयो। 

राजनीतिक यात्रा

भारतीयले पनि नेपाल छिर्नका लागि राहदानी लिनुपर्ने व्यवस्था थियो। अझ भनौं नेपालमा उपत्यकाबाहेक अन्य ठाउँबाट आउनेहरुले राहदानी लिनुपर्थ्यो।  त्यसैले काठमाडौं भनेकै ‘नेपाल’ हो भन्ने भान थियो सबैलाई। पछिसम्म पनि काठमाडौं जाने नभएर नेपालीले पनि नेपाल जाने भन्ने गरेका थिए। राजा महेन्द्रको पालामा भने उपत्यकाभन्दा बाहिरबाट नेपाल आउने नेपालीले राहदानी लिन नपर्ने व्यवस्था भयो। नेपालगन्जबाट रक्सौलसम्म रेल सञ्चालन हुने गर्दथ्यो। सानो चुच्चे रेल थियो। म रक्सौलमा रेल चढेर भारत गएको थिएँ।

भारतीय दूतावासमा हाम्रो सहजै पहुँच थियो। भारतीय दूतावासबाट फोन गरेर ठूलोबुबा सुवर्णशसमशेरलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी दिने काम मैले नै गर्थे‌ं। 

हजुरबुबाको उदारवादी छवि ममा पनि थियो या भनौं रगतमा नै उदारवादी छवि भएकाले होला नेपाली कांग्रेसले सुरु गरेको राणा शासनविरोधी आन्दोलनमा म पनि लागेँ। मुम्बईमा पढ्दा नेपाली कांग्रेस निकट साथीहरुसँग भेट भयो। मलाई पनि कांग्रेसमा लाग्न प्रेरणा मिल्यो। नेपाली कांग्रेसको आन्दोलनलाई रकम सहयोग गर्ने व्यक्ति थिए सुवर्ण शमशेर। उनी भारतको कोलकातामा बसेर नेपाली कांग्रेसलाई रकम सहयोग गर्थे। उनको भूमिगत नाम थियो ‘रन्जित’। नाताले मेरो ठूलो बुबा पर्ने सुवर्णशमशेरलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी दिने काम भने मैले नै गर्ने गरेको थिएँ। 

भारतीय दूतावासमा हाम्रो सहजै पहुँच थियो। भारतीय दूतावासबाट फोन गरेर ठूलोबुबा सुवर्णशसमशेरलाई नेपालको राजनीतिक अवस्थाबारे जानकारी दिने काम मैले नै गर्थे‌ं।  कांग्रेसको आन्दोलनमा राणाहरुले दमन गरिरहेका थिए। आन्दोलनका क्रममा नै २००६ साल असोजमा पहिलो पटक राति मैले टुँडिखेलमा लगेर राणा शासनविरोधी पर्चा छरेको थिएँ। यसमा मेरी सानिमाले पनि सघाउनुभएको थियो। 


मौसुफको इच्छाअनुसार दिल्ली उड्न चाहिने सुविधा उपलब्ध गराउन आग्रह गर्दछौं अन्यथा भएमा नेपाल भारत सम्बन्धमा जटिलता उत्पन्न हुनेछ।'

२००७ सालमा राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन पुगे। उनले भारतीय दूतावासमार्फत तत्कालीन भारतका प्रधानमन्त्री जहवराल नेहरुलाई शरण पर्न चाहेको जानकारी गराएका थिए। सोहीअनुसार नेहरुले नेपालका प्रधानमन्त्री मोहनशमशेर जंगबहादुर राणालाई चिठी लेखेर 'मौसुफको इच्छाअनुसार दिल्ली उड्न चाहिने सुविधा उपलब्ध गराउन आग्रह गर्दछौं अन्यथा भएमा नेपाल भारत सम्बन्धमा जटिलता उत्पन्न हुनेछ' भन्ने धम्कीपूर्ण पत्र पठाएका थिए। सोही पत्रका कारण मोहनशमशेरले राजा त्रिभुवनलाई दिल्ली उड्नका लागि अनुमति दिएका थिए।

२५ वर्षमा अर्थसचिव 

राजा त्रिभुवनको सो कदमपछि नेपालमा प्रजातन्त्र स्थापना भयो। प्रजातन्त्र स्थापनासँगै नेपालको पहिलो अर्थमन्त्री सुवर्णशमशेर नियुक्त भए। सुवर्णशमशेरले आफ्ना निजी निवास बालुवाटार (ललिता निवास) मा अर्थ मन्त्रालय राखेका थिए। तत्कालीन समयमा अर्थ मन्त्रालय राख्ने पर्याप्त स्थान थिएनन्। निजी निवासबाट नै राणाहरुले अर्थ मन्त्रालयको काम गर्ने गरेका थिए। 

मलाई उनले अर्थसचिवका लागि छाने र जिम्मेवारी दिए। म २५ वर्षको मात्र थिएँ। अर्थसचिवका साथसाथै नेपाल बैंकको अध्यक्ष पनि भएपछि बैंकिङ क्षेत्र र अर्थतन्त्रलाई अगाडि लैजाने ठूलो जिम्मेवारी आइलाग्यो। मैले दुवै जिम्वेवारीलाई राम्रोसँग निर्वाह गरें।

पहिलो पटक आय व्यव सार्वजनिक 

राणा शासनमा देशको कुल आम्दानी र खर्चको हिसाब राम्रोसँग थिएन। कुनै योजना वा कामका निमित्त खर्चको निकासा हुँदा सो योजनालाई कार्यान्वयन गर्ने वा खर्च गर्ने जिम्मा एकमुष्ट दिइन्थ्यो। परिणामस्वरुप खर्च नभई बाँकी रहेको रुपैयाँ तालुकवालाहरुको तजबिजमा रहन्थ्यो। 

अर्थसचिवको हैसियतमा अर्थ मन्त्रालयबाट बारम्बार ताकेता गर्दा पनि यस्ता बाँकी रकमको राम्रो विवरण पाउन सकिएको थिएन। कति रकम उठिरहेको छ  कति उठ्न बाँकी छ? भनेर पनि यकिन हुन सकेन। 

अर्थसचिव भएपछि पहिलो काम देशको आयव्ययको विवरण राम्रोसँग राख्ने काम गरेँ। आम्दानी दुई करोड ९० लाख ८१ हजार रुपैयाँ थियो भने खर्च २ करोड ४६ लाख ८७ हजार रुपैयाँ भएको थियो। ४३ लाख ९४ हजार रुपैयाँ बचत देखिएको थियो। हामीले नेपालको अर्थतन्त्रको आधुनिकीकरणका लागि भारतबाट केही विज्ञ पनि बोलाइएका थियौं। 

वैवाहिक जीवन 

मेरो विवाह खड्गबहादुर मल्लकी माइली छोरीसँग भएको थियो। उनको मृत्यु भएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। मैले प्रेम विवाह गरेको भन्दा पनि हुन्छ। मल्लको जेठी छोरी मेरा ठूलोबुबाका छोराले विवाह गरेका थिए। 

ठूलो बुबाको छोराको विवाहमा जन्त जाँदा मैले मेरी श्रीमती विजया राज्यलक्ष्मीलाई देखेको थिएँ। सोही बेलादेखि नै हामी दुवैले एकअर्कालाई मन पराएका हौं। मन पराए पनि मैले उनीसँग तत्काल विवाह गर्न सकिनँ किनकि म कामको सिलसिलामा अमेरिका जानुपर्ने थियो। विजयालाई 'म अमेरिका जान्छु एक वर्षका लागि अहिले नै विवाह गर्न असमर्थ छु' भन्ने सन्देश पठाएँ। 

उनले पनि पर्खन तयार छु भनिन्। उनी मेरा लागि एक jर्ष पर्खिन्। अमेरिकाबाट नेपाल आएपछि मैले उनीसँग विवाह गरें। म कामको सिलसिलामा विभिन्न देशमा जानुपरेकाले उनले चारजना छोराछोरीलाई राम्रोसँग पालनपोषण गरिन्। 

अहिले म जुन घरमा बस्छु त्यो घर उनैले बनाएको हो। उनी घरायसी काममा निक्कै पोख्त थिइन्। म विभिन्न देशमा पुगे पनि अन्य कुनै महिलासँग प्रेम भएन। कामको सिलसिलामा जानुपर्ने भएकाले कामतिर मात्र मेरो ध्यान गयो। विजयाले पनि हाम्रो घरको राम्रो व्यवस्थापन गरिन् र मप्रति कहिल्यै गुनासो गरिनन्। 

मेरी श्रीमती र भेखबहादुर थापाकी श्रीमती रीता क्लासमेट हुन्। उनीहरुले लक्ष्मीप्रसाद देवकोटाबाट अंग्रेजी शिक्षा लिएका थिए। जसका कारण उनीहरुको शैक्षिक योग्यता राम्रो थियो।  ससुरा खड्गबहादुर मल्ल बर्दियाका ठूला जमिनदार थिए। 

मैले आफूसँग भएको गाडी रोयल होटललाई भाडामा दिएँ। त्यहाँबाट मासिक एक हजार रुपैयाँ आउँथ्यो। सोही रकमबाट मैले घरखर्च धानेको थिएँ। 

२०१७ सालमा रााजाले मलाई नेपाल राष्ट्र बैंकको गभर्नरबाट हटाए। म धेरै रोएँ। मलाई अब कसरी घर खर्च धान्ने  भन्ने चिन्ता थियो। किनकि मेरा चार छोराछोरी थिए। घरमा नोकर चाकर थिए। सबलाई पानलपोषणको जिम्मेवारी ममा थियो। तर मेरो जागिर थिएन। 

म अत्तालिएँ। विजया बर्दिया (माइत) बाट चामल ल्याएर घरखर्च धानौंला भनेर ढाडस दिन्थिन्। मैले आफूसँग भएको गाडी रोयल होटललाई भाडामा दिएँ। त्यहाँबाट मासिक एक हजार रुपैयाँ आउँथ्यो। सोही रकमबाट मैले घरखर्च धानेको थिएँ। 

चार महिना आर्थिक संकट झेलेपछि मैले यूएनमा जागिर पाएँ। मैले सानैदेखि दु:ख झेल्नुपरेको थिएन। त्यसैले त्यो चार महिना मेरा लागि चार वर्षझैं भयो। त्यो चार महिनाले मलाई अभावमा पनि सहज रुपमा जीवन यापन गर्न पाठ सिकायो। 

[नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबरासँग  कुराकानीमा आधारित]

यो पनि

शर्मिला ठकुरी

शर्मिला ठकुरी

काठमाडौं, शनिबार, कार्तिक २७, २०७८

थप समाचार

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

अनिश्चितताको भुँमरीमा फसिरहेको छ अफगानिस्तान

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ।

जातमा छोपिएको मानवता जहाँ कैयौं निर्मला पहराईहरू मारिइरहन्छन्

‘नेपालको न्यायप्रणाली भनेकै पीडितलाई थकाएर, अन्तिममा यसले बिर्स्यो भन्ने बेलाचाहिँ फैसला गर्ने। पीडितलाई न्याय दिनुको सट्टा, झन् अन्यायमा पार्ने जस्तो लाग्यो।’

स्वर्गै हो श्रीअन्तु

सीमा छेउमा रहेकाले त्यहाँबाट भारतका सिक्किम, मानेभञ्याङ, दार्जिलिङ, सिलिगुडी देखिने अनुमान लगाउन गाह्रो परेन। त्यहाँ बलेका ताराभन्दा बाक्लो झिलिमिलि बत्तिले रातमा दिपावली गरेको आभाष हुन्थ्यो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C