सोमबार, माघ ३, २०७८

अनिश्चितताको भुँमरीमा फसिरहेको छ अफगानिस्तान

आसिफ खान तुर्क  |  काठमाडौं, आइतबार, कार्तिक २१, २०७८

आसिफ खान तुर्क

आसिफ खान तुर्क

आइतबार, कार्तिक २१, २०७८, काठमाडौं

नेपाल समय

म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ। 

पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा रहेको खैयबार पास पार गरेपछि जलालावाद हुँदै काबुल पुग्न सकिन्छ। जलालावाद काबुल नजिकैको सहर हो, तालिवानले यो सहर नियन्त्रणमा लिएपछि तत्कालीन अफगानी राष्ट्रपति असरफ घानी मुलुक छाडेर बाहिरिएका थिए।

पछिल्लो समय अफगानिस्तानमा रोटीका लागि बालिका बेचिएको घटना सुन्दा आङ सिरिङ्ग हुन्छ। कतै दन्त्यकथा सुनेको पो हो कि भन्ने अनुभूति पनि हुन्छ। हामी बच्चा हुँदा सय वर्षअघि यसरी नै मानव बेचबिखन हुन्थ्यो रे भन्ने कथा सुन्थ्यौं, त्यसैको पुनरावृत्ति पो हो कि भन्ने भान हुन्छ।

गत साता मात्र बीबीसी, सिएनएनलगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियामा चरम गरिबीले गर्दा अफगानिस्तानका विपन्न परिवारले छोरीहरु बेचेको कथा प्रकाशित भए। त्यहाँको बाद्गिस प्रान्तको एक परिवारले खानेकुरा किन्ने पैसा जुटाउन नौ वर्षीया बालिकालाई बेहुलीका रुपमा ५५ वर्षीय व्यक्तिलाई बेचेको थियो, जुन कथा हृदयविदारक थियो। विवाहको नाममा ती बालिकामाथि कति चरम शोषण भयो होला, त्यसको कल्पना मात्र गर्न सकिन्छ।

सात जनाको परिवारका लागि छाक जुटाउन कुनै उपाय नभएपछि सो परिवारले ती बालिकालाई बेचेको जनाएको छ। बेचिएकी ती बालिकामाथि अब परिवारको कुनै हकअधिकार छैन। ५ सय अमेरिकी डलरमा बेचिएकी ती अबोध बालिकाले अनेक अत्याचार र पीडा खपेर जिन्दगी बिताउनुपर्ने निश्चित छ।

तलिवान सत्तामा आएपछि अफगानिस्तानको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्था तहसनहस भएको छ। रोजगारीको कुनै उपाय छैन। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी निकायको बैंक एकाउन्ट फ्रिज भएको छ। एकाधबाहेक त्यहाँ कुनै पनि विदेशी एजेन्सीको त्यहाँ उपस्थिति देखिँदैन।

यसरी केटीहरुलाई स्कुल जान वञ्चित गरिएपछि उनीहरुको भविष्य अन्धकार हुने निश्चित छ। स्वास्थ्य, उद्योगधन्दालगायत उत्पादनमूलक क्षेत्रको स्थिति पनि नाजुक छ।   

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ। केही काम गर्छु भन्नका लागि पनि कि त सरकारी ढुकुटीमा पैसा हुनुपर्छ, कि त विदेशी निकायले पत्याउनुपर्छ। यी दुवै अवस्था अफगानिस्तानमा छैन। 

शिक्षामा पनि तालिवानले आफ्नै फरमान जारी गरेको छ। केटीहरुलाई सहशिक्षाका रुपमा कलेज जान वञ्चित गरिएको छ। यसरी केटीहरुलाई स्कुल जान वञ्चित गरिएपछि उनीहरुको भविष्य अन्धकार हुने निश्चित छ। स्वास्थ्य, उद्योगधन्दालगायत उत्पादनमूलक क्षेत्रको स्थिति पनि नाजुक छ।   

अहिलेसम्म तालिवानले कुनै पनि अन्तर्राष्ट्रिय समुदायको साथसहयोग पाएको छैन। कुनै पनि देशले तालिवान सरकारको समर्थन गरेका छैनन्। यतिसम्मकि सबैभन्दा नजिकको छिमेकी देश पाकिस्तानले पनि तालिवान सरकारलाई समर्थन जनाएको छैन। लोकतन्त्र र मानवअधिकारको विपक्षमा रहेको तालिवान सरकारले यस्तो समर्थन पाउने सम्भावना पनि न्यून छ। त्यसैले, अफगानिस्तानमा रहेका नागरिकमा त्रास, अन्योल र द्विविधा रहेको छ।

त्यहाँ अहिले खाद्यान्न संकट गहिरो बन्दै गएको छ। अफगानिस्तानका करिब १ करोड मानिस चरम भोकमरीको समस्यामा रहेको अनुमान छ। सुन्दा अचम्म लाग्न सक्छ, त्यहाँका विपन्न वर्ग मात्र होइन, मध्यम वर्गले पनि खाद्य संकटको सामना गरिरहेका छन्।

मैले अफगानिस्तानमा रहेका पत्रकार तथा साथीभाइसँग कुराकानी गर्दा खानेकुरा अभाव भएपछि मध्यम वर्गीय परिवारले पनि आफ्नो जायजेथा बेच्न थालिसकेका छन्। घरमा राखिएका टिभी, फ्रिज, वासिङ मेसिन आदि सस्तो मूल्यमा बेचेर खानेकुरा जुटाइरहेका छन्।

म पाकिस्तानमै बसेर अफगानिस्तानमा भएका घटनाको ‘अपडेट’ नियमित लिइरहेको छु। तीन महिनाअघि तालिवानले सत्ता हत्याएपछि त्यहाँ दिनानुदिन संकट चुलिँदै गएको छ। त्यहाँ काम गर्ने स्थानीय तथा अन्तर्राष्ट्रिय पत्रकारलाई ज्यादै ठूलो जोखिम छ। ज्यानै जाने खतरा देखिएपछि अधिकांश पत्रकारले सक्रिय पत्रकारिता छाडेर पलायन भएका छन्। तालिवान सत्तामा आएपछि अफगानिस्तानमा एक जना पत्रकारको हत्या हुनुका साथै ३० जनाभन्दा बढी पत्रकारमाथि हातपात तथा हिंसात्मक घटना भएका छन्।

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय मिडियामा काम गर्ने स्थानीय पत्रकारले अफगानिस्तानमा भएको दयनीय अवस्थाको रिपोर्टिङ गर्न आनाकानी गर्छन्। त्यहाँ तालिवानले गरेको कतुर्त कुनै पनि अन्तर्राष्ट्रिय मिडियामा आयो भने पत्रकारको ज्यान नै जोखिममा पर्न सक्छन्। त्यही भएर पनि पछिल्लो समय अफगानिस्तानमा चर्किएको भोकमरीको समस्या, तालिवानले महिलामाथि जारी गरेको कडा कानुनलगायत विभिन्न विषयबारे अन्तर्राष्ट्रिय मिडियामा थोरै मात्र समाचार पढ्न पाइन्छ।

अहिले काबुलबाट चार्टरबाहेक सीमित देशहरुका लागि मात्र अन्तर्राष्ट्रिय उडान हुन्छ। अन्तर्राष्ट्रिय समुदायबाट ‘आइसोलेटेड’ भएको छ अफगानिस्तान। सकेसम्म धेरै मानिस देश छाडेर अन्यत्र जान चाहन्छन्। अलिकति पहुँच भएका व्यक्तिहरु युरोप र अमेरिकामा पुगिसकेका छन्। 

अहिले अफगानिस्तानमा रहेका नागरिक अनिश्चयको भूँमरीमा तड्पिएका छन्। कति बेला के हुन्छ? केही थाहा छैन। तालिवान सरकारले देशलाई कता लगेर भड्खालोमा जाक्ने हुन् कि भन्ने संशय छ। नागरिक स्वतन्त्रता, मौलिक स्वतन्त्रता र मानवअधिकारलाई बन्धक बनाइएको छ। 

केही दिनअघि एकजना अफगानी साथीसँग कुरा भएको थियो। मैले त्यहाँको के छ खबर? भनी सोधेको थिएँ। अन्यमनस्क भावमा उनले भने– के खबर हुनु र? जिन्दगी अनिश्चितताको भुँमरीमा फसिरहेको छ। त्यसपछि मलाई उनीसँग धेरै लामो कुराकानी गर्ने 'मुड' चलेन। मैले मनमनै प्रार्थना गरेँ–अफगानी नागरिकले यो दुर्दिनबाट छिट्टै मुक्ति पाऊन्।

(पाकिस्तान पेसावारका पत्रकार आसिफसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)


प्रकाशित: November 7, 2021 | 22:35:00 काठमाडौं, आइतबार, कार्तिक २१, २०७८
आसिफ खान तुर्क

आसिफ खान तुर्क

तुर्क पाकिस्तानी पत्रकार हुन्।
काठमाडौं, आइतबार, कार्तिक २१, २०७८

थप समाचार

यस कारण जोगाऔं रैथाने बिउ र वनस्पति

डार्बिनको बाँच्नका लागि संघर्ष एवं अनुकूलता र छनोटको सिद्धान्तबाट जीव तथा वनस्पति सधैं तनावमा रहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ। आनुवंशिक तथा उत्परिवर्तनले जीव र वनस्पतिबीच अस्तित्वको संघर्ष रहिरहन्छ।

मलाई एक्स नभन्‍नु है!

आधा घण्टाको 'व्यग्र' र 'लामो' प्रतीक्षापछि उनी आइपुगिन्। लाजले होला उनका गाला राता देखिन्थे। फोनमा घन्टौं गफिने उनी भेटमा एक शब्द बोलिनन्। केवल कर्के आँखाले हेरिन्।

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

म सानो छँदै मेरी आमाको मृत्यु भयो। तर मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकर चाकर, आठपहरिया र ड्राइभरहरु हुने गर्थे।

हाम्लाई पनि मायाले हेर ऋषि दाइ!

ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C