शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • ब्लग
  • जातमा छोपिएको मानवता जहाँ कैयौं निर्मला पहराईहरू मारिइरहन्छन्

जातमा छोपिएको मानवता जहाँ कैयौं निर्मला पहराईहरू मारिइरहन्छन्

भानु बोखिम  |  काठमाडौं, शनिबार, कार्तिक २०, २०७८

भानु बोखिम

भानु बोखिम

शनिबार, कार्तिक २०, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर सौजन्य : समता फाउन्डेसन

कैलालीको सुख्खडमा रहेको निर्मला पहराईको घर पुग्नेबित्तिक्कै आँखामा हृद्धयविदारक दृश्य ठोक्कियो। मोटो ज्यान भएकी महिला विक्षिप्त अवस्थामा थिइन्। उनलाई म्याक्सी पहिरिएकी अर्काे महिलाले सम्हालिरहेकी थिइन्। पछि थाहा भयो उनी निर्मला पहराईकी दिदी हुन् अनि सम्हाल्नेचाहिँ भाउजू। 

निर्मला पहराई जो कैलाली एफएममा समाचार पढ्न्थिन्। उनले समाचार वाचन गरेको एकाध भिडियो अझै पनि इन्टरनेटको दुनियाँमा भेटिन्छ। तर वर्ष दिनअघि नै उनले मृत्युको खबर छोडेर गएकी छिन्। सुक्खडको जंगलमा झुन्डिएको अवस्थामा भेटिएर। सामान्य रुपमा हेर्दा, निर्मलाको मृत्यु आत्महत्याजस्तो देखिन्छ। तर उनको परिवार यसलाई आत्महत्या भनेर स्वीकारेको छैन। 

हामी त्यहाँ ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रमका लागि पुगेका थियौं। प्राविधिक साथीहरुले घरपछाडिको दृश्य कैद गर्ने हिसाबले क्यामेरा फ्रेमिङ गरेका थिए। क्यामेराको फ्रेमिङमा ७० वर्ष काटेकी निर्मलाकी आमा बाटुली पहराई रोइरहेकी थिइन्। उनको पीडा यति चरम थियो कि केही बोल्न सक्छिन् जस्तो लाग्दैन थियो। त्यसैले योजना बदल्यौं। त्यहींनेर बाटुलीका छोरा विशाल पहराईसँग पनि अन्तवार्ता गर्ने भइयो। त्यहीअनुसार प्रस्तोता प्रकाश सपुतलाई ब्रिफिङ गर्‍यौं। 

त्यही बेला अघि विक्षिप्त अवस्थामा देखिएकी निर्मलाकी दिदी फेरि देखा परिन्। उनी आँगनको डिलमा हिँडिरहेकी थिइन्। उनलाई सम्हालिन गाह्रो परिरहेको थियो। छेउमै कोही आफन्त चनाखो भएर उसको पिछा गरिरहेको थियो, अचानक ढल्न सक्छिन् भनेर। 

‘उहाँ निर्मलाको मृत्युले ट्रमाटाइज्ड भएको रे’, छेउमै रहेका प्रदीप परियारले भने।  प्रदीप ‘जातको प्रश्न’ निर्माण गरिरहेको समता फाउन्डेसनका कार्यकारी अध्यक्ष हुन्। उनी फिल्डमा छायांकन भएका प्रायः सबै कार्यक्रममा उपस्थित थिए। सामाजिक र सांस्कृतिक स्तरीकरणले सिंगो समाजलाई कसरी जगडेको छ? कसरी जात व्यवस्था सामाजिक संरचनाका रुपमा विकसित छ? यो व्यवस्था वैज्ञानिक नभए पनि बदल्न तयार देखिँदैन? जात व्यवस्थाले मानव समाजमा पारेको प्रभावका आयाम कस्ता छन्? यस्ता बहस यसपालिको जातको प्रश्नको समेटिएका छलफलको विषय हुन्। बहसमा देशको सरहदभित्र जातको कारण भएका अन्याय, उत्पीडत र विभेदको कथा पनि समेटिएका छन्, जसको एक रुप थियो निर्मला पहराईको मृत्युको कथा।  

प्रदीपको कुरा सुनेपछि मैले नियालेर निर्मलाको दिदीलाई नियालें। हाम्रो आगमनले उनलाई निर्मलाको सम्झना गराएको थियो। सम्झना विभिन्न कारणले आउँछ। कतिपय अवस्थामा तत्काल भएको कार्य वा उठेको प्रसंगले पनि पुरानो घटनाको सम्झना गराउँछ। घरमा हाम्रो आगमनले निर्मलाकी दिदीलाई बहिनीको सम्झना गराएको हुनुपर्छ। अरुका अनुसार उनी जब मृत निर्मलालाई सम्झिन्छिन्, तब यसैगरी विक्षिप्त हुन्छिन् रे। यो पहिलो घटना थिएन उनी विक्षिप्त भएको। 

निर्मला दलित भएको थाहा पाएपछि ती युवक निर्मलाबाट पन्छिन् थाले। जाग्री पन्छिएनन् मात्र, आफ्नै समुदायको साउद थरकी महिलासँग प्रेम गर्न थाले। त्यसपछि त्रिकोणात्मक प्रेम सम्बन्धको द्वन्द्व सुरु भयो। त्यसकै सिकार भइन् निर्मला।

यस्तो किसिमको मानसिक विक्षिप्तता अस्वाभाविक हैन। निर्मला अरुको नजरमा एक सञ्चारकर्मी थिइन्। तर परिवारको नजरमा एक जवान छोरी थिइन्, आफ्नो खुट्टामा उभिएकी। आफ्ना लागि बोल्न र लड्न सक्ने हैसियतमा थिइन्। निर्मला सबल, सक्षम र जवान महिला थिइ्न्। जो आफ्नो ७० कटेकी आमालाई ‘अब म छु नि आमा, कुनै चिन्ता नलिनू’ भनेर ढाडस दिन्थिन्। यस्तो आत्मविश्वासी निर्मलाले आत्महत्या गरिन् भनेर परिवारका सदस्यले पत्याउन सकेका छैनन्। 

यही अविश्वासको कुरा आमाले छायांकनका क्रममा पनि बोलिन्। निर्मलाका दाजु विशाल पहराईले बहिनीको नालिबेली खोले। तर धेरै कुरा निर्मलाको मृत्युपछि थाहा भयो। निर्मला जाग्री समुदायका एक युवकसँग प्रेममा थिइन्। हाम्रो समाजले गरेको जातको श्रेणीगत विभाजनमा जाग्री उच्च जाति हो।  निर्मला दलित भएको थाहा पाएपछि ती युवक निर्मलाबाट पन्छिन् थाले। जाग्री पन्छिएनन् मात्र, आफ्नै समुदायको साउद थरकी महिलासँग प्रेम गर्न थाले। त्यसपछि त्रिकोणात्मक प्रेम सम्बन्धको द्वन्द्व सुरु भयो। त्यसकै सिकार भइन् निर्मला भन्ने परिवारको छ। जसको परिणाम आत्महत्या देखाउने हिसाबले निर्मलाको हत्या गरियो। 

तस्बिर सौजन्य : समता फाउन्डेसन

निर्मलाको आनीबानी अनि घटनास्थलको प्रकृति हेरेर परिवारले निर्मलाको आत्महत्या विश्वास गर्न सकेन। यही कारण जिल्ला अदालतमा मुद्दा दर्ता गरे। निर्मलाका दाइ विशाल स्थानीय तहमा वडा सदस्य छन्। यस कारण उनले बहिनीको हत्या घटना बाहिर ल्याउन राजनीतिक दलबाट सहयोग खोजे। तर उनले सहयोग पाएनन्। अरुको दल त परै जाओस्, आफ्नै दलका नेता पनि पन्छिए। दलका नेतालाई आफ्नो ठाउँमा आउन र कुरा सुनिदिन अनुरोध गरे। तर कुनै पनि नेता, सांसद आउन तयार भएनन्। विशालले जातकै कारण सबै नेता, सांसद र आफ्नै राजनीतिक दल पनि पन्छिएको ठहर्‍याएका छन्। 

विशालको बुझाइमा दलित भएपछि कसैको मृत्यु पनि आफैं ओझेलमा पर्दाेरहेछ। उनी दबिएको स्वरमा भन्छन्, ‘मेरी बहिनी निर्मला दलित मात्र थिइनन् पत्रकार पनि थिइन् र महिला पनि थिइन्। तर उनी दलित मात्र साबित भइन्।’ विशालका अनुसार निर्मलाको मृत्युमा दलित संघसंस्थाले आवाज उठाए। तर यसको विरोधमा कुनै पत्रकार वा सञ्चारगृह बोलेन। कुनै महिला अधिकारकर्मीले चासो राखेनन्। आखिर यो सब हुनुमा निर्मलाको जात थियो भन्ने लाग्छ। 

विशालको नजरमा दलितले खुलेर जोकोहीसँग प्रेम गर्न पाउँदैनन। दलित युवतीले उच्च जातिसँग प्रेम गरे मारिन पुग्छन्। युवतीको ठाउँमा युवा भए पनि नियति उही हो। मारिएनन् भने पनि बलात्कारको आरोप लगाइन्छ र जेल पठाइन्छ। यस्ता धेरै घटना देखेका विशालले न्याय निसाफ पनि जातकै आधारमा गर्न खोजेको देख्छन्। 

विशालसामु बहिनीलाई न्याय दिलाउँछौं तर मुद्दा फिर्ता लेऊ भन्ने नेताहरु पनि आए। यो कुरा आफैंमा अमिल्दो थियो। न्यायालयबाट मुद्दा फिर्ता लिएर कसरी मृतकलाई न्याय मिल्छ? यस्ता अमिल्दा र अन्तर विरोधी कुरा धेरै आए। जसको उद्देश्य उच्च जातिको वर्चस्व र अधिपत्यमाथि आँच आउन नदिनु थियो। राजनीतिक र सामाजिक रुपले सचेत विशालले यो कुरालाई स्वीकार गरेनन्। 

‘नेपालको न्यायप्रणाली भनेकै पीडितलाई थकाएर, अन्तिममा यसले बिर्स्यो भन्ने बेलाचाहिँ फैसला गर्ने। पीडितलाई न्याय दिनुको सट्टा, झन् अन्यायमा पार्ने जस्तो लाग्यो।’

बहिनी हत्याको बारे जिल्ला अदालतमा मुद्दा दायर थियो। उनी समयसमयमा फैसला र सुनुवाइका बारेमा सोधिरहन्थे। सोधिखोजी गर्दा अदालत प्रशासनबाट अनभिज्ञता प्रकट गरिन्थ्यो। तर निर्मलाको परिवारलाई थाहै नदिई जिल्ला अदालतले फैसला सुनायो। फैसलाले निर्मलाले नै आत्महत्या गरेको ठहर्‍याएको थियो। 

‘नेपालको न्यायप्रणाली भनेकै पीडितलाई थकाएर, अन्तिममा यसले बिर्स्यो भन्ने बेलाचाहिँ फैसला गर्ने। पीडितलाई न्याय दिनुको सट्टा, झन् अन्यायमा पार्ने जस्तो लाग्यो।’

विशाल पहराईले झैं यो देशमा धेरैले न्याय प्रणालीमाथि गुनासो गर्दै आएका छन्। तर न्यायप्रणाली भनेको अड्डा–अदालत मात्र हैन। समाजको संरचना र समाजमा बस्नेको सोच र व्यवहार पनि हो। हाम्रो समाजमा वर्गका हिसाबले मात्र मान्छे उच्च छैनन्। जातको हिसाबले पनि मान्छे उच्च बनाइएको छ। समाजको नियम, विधि र प्रणाली कहींकतै यही उच्चहरुको हितमा प्रयोग गरिँदै आएको छ। किनभने तल्लो वर्ग वा जातिले समाजको कुनै पनि प्रणालीमा प्रभाव पार्न सक्दैनन्। 

सारमा भन्दा, सौल डी अलिन्स्कीले आफ्नो पुस्तक ‘रुल्स फर र्‍याडिकल्समा’ लेखे जस्तै छ समाजको न्यायप्रणाली। धनी (हाम्रो सन्दर्भमा उच्च वर्ग र जाति दुवै) ले प्रयोग गर्ने न्याय, नैतिकता र शान्तिसुरक्षा शब्दावली उनीहरुकै सुरक्षाको निश्चितता गर्न हो। 


प्रकाशित: November 6, 2021 | 14:05:40 काठमाडौं, शनिबार, कार्तिक २०, २०७८
भानु बोखिम

भानु बोखिम

काठमाडौं, शनिबार, कार्तिक २०, २०७८

थप समाचार

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

आर्थिक संकटले ‘रोएको’ त्यो चार महिना [हिमालयशमशेरका ती दिन]

म सानो छँदै मेरी आमाको मृत्यु भयो। तर मलाई हेला हुन्छ भनेर मेरो बुबाले म १२ वर्षको नपुगुन्जेल दोस्रो विवाह गर्नुभएन। मेरो लालनपालन धाई आमाले गर्नुभएको थियो। मेरा वरिपरि नोकर चाकर, आठपहरिया र ड्राइभरहरु हुने गर्थे।

हाम्लाई पनि मायाले हेर ऋषि दाइ!

ऋषि दाइसित मेरो अहिलेसम्म कुनै पनि सुमधुर सम्बन्धका डोरीहरू बाटिएका छैनन्। तथापि, सदैव म उनको विशिष्ट फ्यान भए पनि उनले त्यसलाई कहिल्यै पर्वाह भने गरेनन्।

अनिश्चितताको भुँमरीमा फसिरहेको छ अफगानिस्तान

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका छैन। सरकारी ढुकुटी गोलिगठ्ठा र बन्दुकमा खर्च भएको छ।

स्वर्गै हो श्रीअन्तु

सीमा छेउमा रहेकाले त्यहाँबाट भारतका सिक्किम, मानेभञ्याङ, दार्जिलिङ, सिलिगुडी देखिने अनुमान लगाउन गाह्रो परेन। त्यहाँ बलेका ताराभन्दा बाक्लो झिलिमिलि बत्तिले रातमा दिपावली गरेको आभाष हुन्थ्यो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C