मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • ब्लग
  • 'बर्ड वाचिङ' मा कीर्तिमान बनाएकी फिबीको प्रेरणादायी कथा

'बर्ड वाचिङ' मा कीर्तिमान बनाएकी फिबीको प्रेरणादायी कथा

अनुज घिमिरे  |  काठमाडौं, शुक्रबार, असोज १, २०७८

अनुज घिमिरे

अनुज घिमिरे

शुक्रबार, असोज १, २०७८, काठमाडौं

नेपाल समय

संसार डुलेर चराको खोजीमा लागेकी फिबी स्‍नेटसिङर पनि एउटा यस्ती चरा प्रेमी हुन्, जसले चरा अनुसन्धानका क्षेत्रमा लोभलाग्दो इतिहास रचेकी छन्। उनको ईर्ष्यालाग्दो कार्यलाई पछ्याउन जोकोहीलाई पनि हम्मे–हम्मे पर्छ। ५० वर्षको उमेरमा गम्भीर स्वास्थ्य समस्याले गाँजे पनि आत्मबलले जितेर फिबीले खोजी कार्यमा दिएको निरन्तरता निकै प्रेरणादायी छ।

फिबी स्‍नेटसिङरको जन्म सन् १९२१ मा अमेरिकाको इलनोईमा भएको हो। उनको जन्म सम्पन्न परिवारमा भएको थियो। पिता लियो बर्नेट विज्ञापन कम्पनीका संस्थापक थिए। उनको सानैदेखिको सपना वैज्ञानिक बन्ने थियो। सन् १९५० ताका अमेरिकामा पनि महिलालाई स्वतन्त्रताको साथ आफूले चाहेको कुरा गर्ने वातावरण कहाँ थियो र? सोही कारण उनले आफ्नो वैज्ञानिक बन्ने सपना पूरा गर्न पाइनन्।

यद्यपि उनको विवाह एक वैज्ञानिकसँग भयो। दुःखको कुरा, वैवाहिक जीवन सुखद हुन सकेन। तर पनि सामाजिक कारणले गर्दा उनले सम्बन्धविच्छेद गरिनन्। वैवाहिक जीवनलाई निरन्तरता दिँदै गइन्। गृहिणीका रुपमा आफूलाई सीमित गराइन्।

३४ वर्षको उमेरमा हिँडिरहँदा एक दिन एउटा सामान्य घटना भयो। अनि त उनको जीवनमा कायापलट नै भइदियो। त्यस दिन मिल्ने साथीले उनलाई चरा देखाउन लगे। पहिलोपटक ब्ल्याकबरियन ब्याबलर (फिस्टे चरा) देखेपछि त उनी चराको संसारको अम्मली बनिन्।

मृत्यु कुरेर बस्नुभन्दा उनी आफ्नो जीवनका अन्तिम क्षण चरा खोजेर आनन्दित हुन चाहन्थिन्। चरामा उनले अर्कै खुसी भेटेकी थिइन्। अस्पतालको बेड छोडेर उनी जंगल, मरुभूमि, घाँसे मैदान चहार्न लागिन्।

जीवनमा नयाँ भेटिएको ‘बर्डिङ’ को सोखमा उनी मग्न भइन्। त्यसपछि त उनी नियमित आफ्नो घरवरपर चरा खोज्दै हिँड्न थालिन्। व्यक्तिगत जीवन र घरबारको तनावबीच चलिरहेको उनको ‘श्यामश्वेत’ जिन्दगीमा चराको रंगीन संसारको आयाम थपियो। निरस जीवन सरस लाग्दै जान थाल्यो।


५० वर्षकी हुँदा उनमा स्वास्थ्य समस्या देखियो। समस्या लरोतरो थिएन। डाक्टरहरुले उनलाई क्यान्सर भएको पहिचान गरे। छालामा हुने एक प्रकारको ‘टर्मिनल मेलानोमा’ का कारण उनको जीवन एक वर्षभन्दा बढी नलम्बिने डाक्टरी रिपोर्टले देखायो। उनलाई थेरापी गर्नुपर्ने सुझाव दिइयो।

अब धेरै बाँच्दिनस् भनेर डाक्टरले भने पनि उनले बेवास्ता गरिन् र अलास्कातिर चरा खोज्न हिँडिन्। यो नै उनको साहसिक निर्णय थियो। आफ्नो पुस्तक ‘बर्डिङ अन अ बरौड टाइम’ मा उनले चराप्रतिको लगावलाई क्यान्सरको मृत्यु चेतावनीबाट भएको बताएकी छन्। ‘मान्छेका लागि बर्डिङ धेरै कुरा हुन सक्छ तर मेरा लागि भने यो जीवनमरणको कुरा थियो,’ उनले भनेकी छन्।

मृत्यु कुरेर बस्नुभन्दा उनी आफ्नो जीवनका अन्तिम क्षण चरा खोजेर आनन्दित हुन चाहन्थिन्। चरामा उनले अर्कै खुसी भेटेकी थिइन्। अस्पतालको बेड छोडेर उनी जंगल, मरुभूमि, घाँसे मैदान चहार्न लागिन्। अहिले पनि संसारमा सबैभन्दा धेरै चरा देख्ने वा बेस्ट ‘बर्डर’ को सूचीमा पुरुष छन्। उति बेला बर्डिङको संसार पुरुषप्रधान नै थियो।

बर्डिङ संसारमा आफूले पहिलो पटक देखेको र पहिचान गरेको चराको सूचीलाई ‘लाइफ लिस्ट’ भन्ने चलन छ। अझ एक जमात त हरेक वर्ष बिग इयर (ठूलो वर्ष) भनेर संसारभरका चरा खोज्दै हिँड्छ।

सन् २०१६ मा अर्जन ड्वाहविवसले ६ हजार ८ सय ५२ प्रजातिको चरा देखेर विश्व कीर्तिमान बनाएका थिए।  सन् १९७० ताका फिबीले सबै स्थानीय रेकर्डलाई उछिनिसकेकी थिइन्। फिबीको संसारभरका चरा खोज्ने लक्ष्यले उनको लाइफ लिस्ट बढ्दै गयो। चरा हेर्ने काम आफैंमा सजिलो होइन। म आपैंm चरा अध्ययनमा लागेको १० वर्ष पुग्न लाग्यो तर अझै राम्रो ‘बर्डर’ हुन सकेको छैन। बर्डिङका लागि धेरै नै समय चाहिन्छ। यो आफैंमा एउटा पूर्णकालीन काम सरह छ। काम र पढाइको व्यस्तताले धेरै डुल्ने अवसर पनि धरै हुँदैन।

अचेल त प्रविधिको विकासले बर्डिङ पनि सहज भएको छ। फिबीको पालामा भने त्यति सहज थिएन। उनको पुस्तकअनुसार उनी हरेक यात्रामा निस्किनुअघि ती देशको चराका बारेमा अध्ययन गर्थिन्। पुस्तकमा उनले संसारभर डुल्दा भोगेका दुःखको पनि चर्चा गरेकी छन्। कोस्टारिका जाँदा भूकम्पले तर्सायो। नेपालमा चरा हेर्न आउँदा उनीसँगै गएका एकजना सहकर्मीको मृत्यु भयो। उनको चराको खोजीको यात्रा कुनै पनि कोणबाट सहज थिएन। पपुवान्युगिनीमा त उनीमाथि सामूहिक बलात्कार नै भयो।


दुर्लभ  चरा  हेलमेट भेङा

उनको अठोटले अन्ततः उनलाई संसारमा सबैभन्दा धेरै चरा देख्ने पहिलो व्यक्ति बनायो। सन् १९९५ मा जब उनले ८ हजार ४० प्रजातिको सूची गिनिज वल्र्ड रेकर्डलाई पठाइन् र ८ हजारभन्दा धेरै चरा देखेको रेकर्ड बनाउने संसारकै पहिलो व्यक्ति बनिन्।

जिन्दगीमा आउने धेरै उतारचढावका बाबजुत पनि प्रकृति र जनावर माझमा खुसी भेट्न सकिन्छ भन्ने उदाहरण हो, फिबीको कथा। चरा प्रेमी वा चरामा लाग्दै नलागेकालाई पनि सायद यो कथा प्रेरणाको स्रोत बन्न सक्छ।
पुरुषप्रधान ‘बर्डिङ’ संसारमा उनको यो कार्यलाई ठूलै पराक्रम मान्नुपर्छ। चराप्रेमी फिबीको जिन्दगी ८ हजार ६ सय ७४ चराको ‘लाइफलिस्ट’ र एउटा बेजोड माइलस्टोनका साथ पूरा भयो। तर उनको विरासत भने अमर रहिरहनेछ।

क्यान्सरले बाँच्न एक वर्षभन्दा कम समय छ भनेर तर्साएको फिबी चराहरूको खोजमा संसार डुल्दै १८ वर्ष बाँचिन्। चराप्रतिको माया र आफ्नो दृढ संकल्पले संसारका ८५ प्रतिशत प्रजातिको चरा देखिन्।

१८ वर्ष क्यान्सरसँग लडेको फिबीको मृत्यु भने माडागास्करमा भएको कार दुर्घटनामा भयो। उनले संसार छोड्नु अगाडि आफूले धेरै पछ्याएको र अत्यन्तै दुर्लभ हेलमेट भेङा चरा भने खोजेरै छोडिन्।

जिन्दगीमा आउने धेरै उतारचढावका बाबजुत पनि प्रकृति र जनावर माझमा खुसी भेट्न सकिन्छ भन्ने उदाहरण हो, फिबीको कथा। चरा प्रेमी वा चरामा लाग्दै नलागेकालाई पनि सायद यो कथा प्रेरणाको स्रोत बन्न सक्छ।

कुनै दिन समय र जिन्दगीले साथ दिए फिबीले झैं संसार डुलेर चराको लिस्ट बनाउँदै हिँड्ने अवसर मेरो जिन्दगीमा पनि आउला कि। म त्यही आशा गरिरहेको छु।


प्रकाशित: September 17, 2021 | 07:00:00 काठमाडौं, शुक्रबार, असोज १, २०७८
अनुज घिमिरे

अनुज घिमिरे

घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्।
काठमाडौं, शुक्रबार, असोज १, २०७८

थप समाचार

राष्ट्रपति सडकमा देखिँदा श्रद्धाले झुक्न पाउने कहिले?

हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरु सडकमा देखिँदा हाम्रो आधा शरीर श्रद्धाले आफैं निहुरियोस्। गाडीमा हाम्रा सम्माननीयहरु हुइँकिँदा सडकको किनारामा उभिएर परर्र ताली पड्काउन पाइयोस्। मोबाइल झिकेर उनीहरुको फोटो कैद गर्ने रहर पलाओस्।

एमसीसी सम्झौतामा साक्षी बस्दाको त्यो क्षण

अमेरिकाका तर्फबाट उपविदेशमन्त्रीले एमसीसीको सम्पूर्ण काम सकिएको र अब नेपालको संसद्ले अनुमोदन गरेपछि लागू हुने बताए। मलाई सो कुरा चित्त बुझेन र तत्काल प्रश्न गरें– नेपालले संसद्बाट अनुमोदन गराउनुपर्ने कारण के हो?

शोक र त्रासमा बाँचिरहेकाहरूसँग साक्षात्कार गर्न खोज्दा...

माओवादीले गरिब र दलितका निम्ति १० वर्ष जनुयद्ध गर्‍यो। तर त्यही जनयुद्धबाट स्थापित एक नेताले दलित र गरिबलाई थप पीडा थियो। मारिनेका आफन्तले जनार्दन शर्माबाट यो कुराको अपेक्षा गरेका थिएनन्।

देशभित्रका 'शरणार्थी'हरु!

अलमल छ जीवन, जीविका र भविष्य! पीडा र विपत्तिको विषम परिस्थितिहरुमा पनि जनता आफैंले उठ्नुपर्छ, राज्य नामको जिनिसबाट कुनै सहयोग पाउँदैन भने उसले राज्यलाई आफूले सक्दा आफ्नो पसिनाको केही भाग राज्यको निमित्त किन छुट्टयाउने?

डब्लूटीओबाट नेपाल अलग हुनै सक्दैन

साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।

सामाजिक छैनन् सामाजिक सञ्जाल

अनगिन्ती समस्याको जडका रुपमा सामाजिक सञ्जाललाई लिइए तापनि यसको उपयोग गरेमा फाइदैफाइदा पनि त छन्। डिजिटल दुनियाँ भएकाले यसकै माध्यमबाट व्यापार, व्यवसाय तथा दैनिक जीवनलाई सहजीकरण गर्नेहरु पनि छन्। कैयौं छुटेका सम्बन्ध जोडिएका पनि छन्।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C