सोमबार, असोज ४, २०७८

सामाजिक छैनन् सामाजिक सञ्जाल

रमेश ज्ञवाली  |  काठमाडौं, मंगलबार, भदौ २९, २०७८

रमेश ज्ञवाली

रमेश ज्ञवाली

मंगलबार, भदौ २९, २०७८, काठमाडौं

नेपाल समय

एक जना मित्रले मोबाइलको नोट्समा सेभ गरेको एउटा नोट देखाउँदै भने- लौ हेर, योचाहिँ मेरो बुवा बितेपछि मैले सञ्जालतिर राख्न लेखेको स्टाटस। यति सुनेपछि  म नराम्रोसँग झस्किएँ- ए बाबै कता जाँदैछ यो समय र समाज? गत वर्ष एक आफन्तले आफ्नी श्रीमती बितेपछि उनको अन्तिम संस्कारमा फेसबुक लाइभ गर्दै घण्टाघण्टामा अपडेट गरेपछि मलाई विरक्त लागेर एउटा लेख लेखेको थिएँ र सञ्जाललाई दिने आधा समय कटौती गरेको थिएँ।

यसपालि पनि त्यस्तै अर्को हर्कत देखेपछि अब यी चिजबिजबाट बिदा हुन धेरै समय लाग्न नहुने निष्कर्षमा पुगेको छु। के बाबुछोराको सम्बन्ध मरेपछि एउटा स्टाटस र बाबुको  फोटो हो त? केही दिनअघि नै ती महान् आत्माले कुशेऔंसीमा बाबुको फोटो टाँसी शब्दकोशभरिकै गह्रुँगा शब्द राखेर सम्मान देखाएका थिए  फेसबुकमा, थाहा छैन उनले बाबुलाई फोन नगरेको कति समय भयो। 

व्यंग्यात्मक शैलीमा लेख्ने कूटनीतिज्ञ मधुरमण आचार्यले हालै 'देशका आधा जनसङ्ख्या टिकटक बनाउन व्यस्त छन्  बाँकी आधा हेर्न' भनेर ट्विट गर्नुभएको थियो। यतापट्टि गइरहेको समयबाट चिन्तित भएर उहाँको यो विचार आएको हुनुपर्छ। हाम्रो दैनिक जीवनको उर्वर समयको कति प्रतिशत खेर गइरहेको छ सञ्जालको संसारतिर? हामीलाई सोच्ने फुर्सद कहाँ छ र? लामालामा गफ, दु:खसुख साटासाट, भेटघाट अब बिस्तारै एकादेशका कहानी बन्दै छन्। बरु त्यसको साटो सञ्जालले संसारले एकांगी जीवन,  आत्महत्या र मानसिक समस्या बढिरहेका छन्। अशुद्ध र छोटा लेखाइ अब हाम्रो पहिचान भइसकेको छ। शुद्द र पूरा लेख्ने समयमा त हामीलाई कतिको प्रोफाइल चहार्नु छ, कति लाइक र कमेन्ट गर्नु छ अनि त्यति धेरै लाइक बटुल्नु पनि त छ।

फेक एकाउन्ट र त्यसबाट सेयर गरिने नकारात्मक खबरले एकैछिनमा संसार फन्को मारिसक्छ जसबाट लुटपाट, ठगी अनि घरबार बिग्रेकासम्म खबर हामीलाई सामान्य लाग्न थालिसक्यो। अहिले हामी अरु सबै छाडेर भाइरलको पछि कुदिरहेका छौं। सरकारी, सार्वजनिक वा अन्य कार्यालयमा सेवा प्रदायकहरुले झ्यालबाहिर सेवाग्राहीलाई कुराएर टिकटक, फेसबुकका आँखा गाडेर बसेको त सेवाग्राही बनेर ती कार्यालय गएका हामीमध्ये धेरैलाई अनुभव होला नै। कहाँ छैन के यो समस्या?

काम, खाना, घुमाइ, भेटघाटको एकमात्र उद्देश्य सकेसम्म राम्रा फोटा खिच्ने, भएजतिका सञ्जालमा टाँस्ने र लाइक गनेर बस्ने ध्याउन्न मात्रै छ हाम्रो। हामीसँग सञ्जालतिर हजारौं फलोवर, कथित साथीहरु छन्,  हामीलाई दु:ख आपत् पर्दा 'ओइ म छु यार भन्ने'  कति जना होलान् हामीलाई साँच्चै दु:ख पर्दा सँगै बसेर क्वाँक्वाँ रुने मान्छे कति होलान्? हामीलाई रगत चाहिए एक पिन्ट रगत दिन कति जना लाइन लगाएर आउलान्? अप्रेसनपछिको अस्पताल बसाइका कति रात आफन्तको सट्टा लाखौं वा हजारौं सञ्जाले दोस्तहरुले पालो देलान्?

सँगै हिँडेको साथी बिरामी भयो भने के गछौं हामी? जसोतसो अस्पताल त लग्छौं। त्यसपछि उसको फोन निकालेर घर नाममा सेभ भएको नम्बर खोज्छौं। आफन्तलाई बोलाउँछौं अनि हतारहतार बाटो लाग्छौं। संख्यामा सयौं,  हजारौं वा लाखौं तर आइपर्दा शून्य, यस्तो नक्कली संसारलाई यति धेरै लगानी किन गरिहेको छौं हामी?

हामीलाई आफ्नो कामका बारेमा फिटिक्कै चासो वा ज्ञान नहुन सक्छ तर पृथ्वीको अर्को कुनामा भइरहेको घटना विशेषमा दुई शब्द नलेखी हामीलाई खाना पच्दैन। ती काम त सम्बन्धित विज्ञलाई दिएर हामी आफ्नो काममा लागे आफ्नो काम वा क्षेत्रमा केही फाइदा पक्कै हुन्थ्यो होला?

सामाजिक सञ्जालले हामीलाई यो पृथ्वीलोकमा भएका सबै विषयवस्तुको विज्ञ बनाएको छ। त्यसका लागि अध्ययनअनुसन्धान वा अनुभव चाहिँदैन, बस वाइफाइ चलायो शुद्ध अशुद्ध, आधा अंग्रेजी आधा नेपालीमा अन्टसन्ट लेख्यो अनि ताल परे एक थान आफ्नो फोटो पनि टाँस्यो, मानौं त्यो पृथ्वीनारायण शाहको महान् वाणी नै हो। बेलुका आफ्नो ताउलोमा जाउलो पाक्लानपाक्ला ठेगान छैन, तर हामीलाई सञ्जालमा लेखिहाल्नुपर्ने हुन्छ चाहे त्यो अफगानिस्तानमा तालिवानले कब्जा गरेको विषय होस् वा एमसीसीका बारेमा। हामीलाई आफ्नो कामका बारेमा फिटिक्कै चासो वा ज्ञान नहुन सक्छ तर पृथ्वीको अर्को कुनामा भइरहेको घटना विशेषमा दुई शब्द नलेखी हामीलाई खाना पच्दैन। ती काम त सम्बन्धित विज्ञलाई दिएर हामी आफ्नो काममा लागे आफ्नो काम वा क्षेत्रमा केही फाइदा पक्कै हुन्थ्यो होला?

हुन त अचेल हाम्रो देशमा पत्रिका, अनलाइन वा टेलिभिजनमा पनि विज्ञका रुपमा दुईचार जना मात्र बोलेको देखिन्छ जसले बाघको संख्या बढेको होस् वा धानबालीमा लागेको रोग वा भारत-चीन सम्बन्धदेखि कोरोनाको खोपसम्मका गफ एउटै सज्जनले दिइरहेको देखिन्छ। एउटै व्यक्ति संसारका सबै विषयमा भन्न सक्ने अर्थात् सर्वज्ञानी बनाउने यो जादु यिनै सञ्जाल हुन्। अरु त के कुरा वैज्ञानिक, प्राविधिक वा औषधि जस्ता संवेदनशील र जटिल विषयमा पनि हामी निकै जान्नेसुन्ने छौं। चियापसल,  भट्टी वा फेसबुक वा ट्विटरमा मलाई पेट दुख्यो वा जन्डिस भयो भनेर हाल्नुस् त- त्यहाँ वनविज्ञानदेखि सोसोलोजी पढेकासम्मकाले डेढदुई सय औषधि सिफारिस गर्छन् ठाउँका ठाउँ, किन पढ्नुपर्‍यो  र मेहनत गरेर अनि लाखौं खर्चेर डाक्टरी?

कोरोनाले विश्वप्रसिद्ध चिकित्सक, अनुसन्धानकर्ता तथा स्वास्थ्य प्रणालीलाई नै चुनौती दियो, तर मलाई कोरोना भयो भनेर मात्र फेसबुकमा हाल्नुपर्छ त्यहीं आइपुग्छ उपचारका विधि, कति भाग्यमानी हामी। अरु त के भन्नु? प्रधानमन्त्रीले समेत कोरोनाका विषयमा उटपट्याङ कुरा गरेर जग हँसाए।

हामी सञ्जालेलाई नआउने चिज एउटा मात्र छ- आफ्नो काम। उदाहरणका लागि म अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र मिडियाको विद्यार्थी हुँ। मलाई आफ्नाबारे धेरै विषयमा सुको जानकारी नहोला, तर मौका पाएँ भने 'क्वान्टम फिजिक्स' का बारेमा दुईचार शब्द खोक्न तयार हुन्छु, 'नाइँ, त्यो मेरो क्षेत्र हैन, मलाई थाहा छैन, सरी' भन्न मलाई मुस्किल पर्ला। यो सबै सञ्जालको देन हो।

सामाजिक हुने नाममा हामी यति नांगिइसक्यौं कि अब हाम्रा बारेमा आफूलाई भन्दा अरुलाई धेरै जानकारी भइसकेको हुन्छ। आफू, परिवार, कलिला बालबलिका सबैलाई हामीले पूरै नंग्याइसक्यौं। व्यक्तिगत र गोप्यता केही बाँकी नरहँदा भविष्यमा सुरक्षा तथा साइबर अपराधका कति झमेला व्यहोर्न पर्ने हो,  हामीलाई मतलब छैन। श्रीमानश्रीमतीका रतिक्रीडाबाहेक हामीले सेयर नगरेको चिज विरलै होला आफ्नो दैनिकीको!

यो खेलो अझै कहाँसम्म पुग्ने हो र कतिसम्म हानि गर्ने हो, त्यतापट्टि हामीलाई मतलब छैन। लाइक, कमेन्ट गन्ने अनि अरुका पोस्टमा त्यसको पैंचो तिर्नेमा मात्र छ हाम्रो अर्जुनदृष्टि।

करिब एक वर्षअघिदेखि सञ्जालमा समय कटौती गरेपछि मैले सञ्जालतिर लाइक, कमेन्ट र सेयर नगर्दा तथा जन्मोत्सव वा वर्षगाँठमा वा बच्चो शिशु कक्षाबाट ए प्लस पाएर एक कक्षामा गएको फोटोमा शुभकामना नलेख्दा अथवा एक महिनासम्म बोलचाल नभएका जोडीले 'क्वालिटी टाइम विथ माई वाइफी वा हब्बी'  क्याप्सन लेखिएको जबरजस्ती हाँसेको फोटोमा 'वउ लभ्ली कपल' वा 'मेड फर इच अदर' नलेखेको भनेर धेरै जना मबाट टाढिएका छन्। बच्चोको न्वारान पनि नहुँदै उसका नाममा फेसबुक खोलेर रिक्वेस्ट पठाउने र सो अनुरोध अस्वीकार गरेकोमा कतिपय मसँग बोल्नै छाडेका छन्।

बिहान ओछ्यानबाटै सुरु भएको सञ्जाले यात्रा शौचालयमा कन्दै, खाना पकाउँदा तरकारी डढाउँदै, दूध उम्लेर पोखिँदै गर्दा वा बाटो काट्दा ज्यान जोखिममा पार्दै र अन्तत: फेरि ओछ्यानमै पुगेपछि र राति निद्रा नपरे मध्यरातमा पनि। कति कटिबद्ध छौं हामी।

तपाईंले आफ्नो सुहागरातकै फोटो हाल्नुस्, लाइक कमेन्टको भीषण वर्षा गराउनुस्, त्यो तपाईंको मर्जी, तर ती सबै अन्टसन्टमा मलाई चुप बस्न दिए म पनि त खुसी हुँदो हुँ!

बिहान ओछ्यानबाटै सुरु भएको सञ्जाले यात्रा शौचालयमा कन्दै, खाना पकाउँदा तरकारी डढाउँदै, दूध उम्लेर पोखिँदै गर्दा वा बाटो काट्दा ज्यान जोखिममा पार्दै र अन्तत: फेरि ओछ्यानमै पुगेपछि र राति निद्रा नपरे मध्यरातमा पनि। कति कटिबद्ध छौं हामी। यति सक्रिय भइरहँदा हामीले पाउनचाहिँ के पायौं होलारु  करिबकरिब शून्य होइन र? त्यो समयमा आफ्नो काम, कर्तव्यअन्तर्गतको काममै लगाएको भए आफ्नो क्षेत्रमा एक इन्च भए पनि उचाइ बढ्थ्यो कि?

देश हाँक्नुपर्ने जल्दाबल्दा युवा अहिले धेरैजसो विभिन्न बहाना र बाध्यतामा विदेशिएका छन्। जे जति बाँकी छन् उनीहरूमध्ये ठूलो संख्यामा दलका नेता होइन विशुद्ध कार्यकर्ता छन्। उनीहरू अगाडि आएर राजनीति गरे त राम्रो हुन्थ्यो तर आफ्नो पार्टीका सत्तरी कटेका हजुरबा पुस्ताको दास अवतारमा मात्र छन्, आफ्ना भगवानरूपी नेतृत्वलाई सम्झाउने, बुझाउने वा खबरदारी गरे पनि नेतृत्व अलि सुध्रिन्थ्यो नि। अहँ उनीहरूले त्यो हिम्मत गर्दैनन्। उनीहरुलाई त आफ्ना नेताहरुले भनेको र गरेको गलत छ भन्ने चेतनासम्म छैन। जे भने पनि र गरे पनि अन्ध समर्थन गर्ने मात्र हैन, यस्तो नगर भन्यो भने काँचै खालान् झैं गर्छन् र भएनभएका फेक समाचार सेयर गरेर बस्छन्। यो उमेर र पुस्ताबाट नै यस्तो भएपछि कहिले सग्लो होला यो धमिलो राजनीति? सधैंभरि हनुमान र अरिंगाल वा दास बनिरहने वा आफू मालिक पनि बन्ने? अहिलेको पुस्ताले सोच्न ढिलो भइसकेको छ।

संसारका विभिन्न कुनामा पुगेर पसिना बगाएर पठाएको रकम हामी केमा खर्च गदैंछौं? जवाफ- हातमा नअट्ने ठुल्ठुला मोबाइल अनि इन्टरनेटमा हाल्ने खर्च। एक तथ्यांकअनुसार देशको करिबकरिब ९७ प्रतिशत घरमा मोबाइल र ८८ प्रतिशत जनतामा इन्टरनेट पुगेको छ भने एक करोड २५ लाखले फेसबुक चलाउँछन्। यी सबमा गरिने खर्च कति छ र त्यसको प्रतिफल के छ त?

एकोहोरोपन, एकांगी, पारिवारिक विखण्डन तथा समय र स्रोतको अनावश्यक खर्च जस्ता अनगिन्ती समस्याको जडका रुपमा सामाजिक सञ्जाललाई लिइए तापनि यसको उपयोग गरेमा फाइदैफाइदा पनि त छन्। डिजिटल दुनियाँ भएकाले यसकै माध्यमबाट व्यापार, व्यवसाय तथा दैनिक जीवनलाई सहजीकरण गर्नेहरु पनि छन्। कैयौं छुटेका सम्बन्ध जोडिएका पनि छन्। जुवा तथा मादक पदार्थको लत जस्तै बनेर सर्वस्व गुमाउनु भन्दा आफ्नो नियन्त्रणमा लिएर सकृय हुँदा भने फाइदै होला कि?

@gyawaliramesh


प्रकाशित: September 14, 2021 | 06:30:00 काठमाडौं, मंगलबार, भदौ २९, २०७८
रमेश ज्ञवाली

रमेश ज्ञवाली

काठमाडौं, मंगलबार, भदौ २९, २०७८

थप समाचार

'बर्ड वाचिङ' मा कीर्तिमान बनाएकी फिबीको प्रेरणादायी कथा

आफ्नो पुस्तक ‘बर्डिङ अन अ बरौड टाइम’ मा उनले चराप्रतिको लगावलाई क्यान्सरको मृत्यु चेतावनीबाट भएको बताएकी छन्। ‘मान्छेका लागि बर्डिङ धेरै कुरा हुन सक्छ तर मेरा लागि भने यो जीवनमरणको कुरा थियो,’ उनले भनेकी छन्।

डब्लूटीओबाट नेपाल अलग हुनै सक्दैन

साफ्टा त निष्क्रियजस्तै भइसकेको छ। भारत–पाकिस्तान द्वन्द्वका कारण सार्कका सबै गतिविधि रोकिएको अवस्था छ। बिमस्टेक सुरु भएको २३–२४ वर्ष भयो। तर कार्यान्वयन भइरहेको छैन।

मञ्जुल दाइ, मेरो छैन केही हजुरलाई गुनासो!

जीवनमै पहिलो पटक उहाँलाई देख्दा साक्षात् देउता देखेजस्तै लाग्यो। श्रद्धा पलायो एकाएक। खुसी भएँ अधिक। अझ, पञ्चायतको बेलामा त कसैले रामेश–मञ्जुलको नाम लिँदा शिव–विष्णुको नाम लिएजस्तै लाग्थ्यो।

नारीलाई 'नछुने' भन्नु नै पाखण्ड

चार दिनको स्नानपछि सँगै रहनबस्न हुने भए पनि रजस्वला भएको सातौं दिन पूरा नभई यौन रतिराग वा सहवासका लागि पत्नीसमक्ष पुरुषलाई जान निषेध गरिएको छ। नारीले छोएको नखानू वा छोइएमा स्पर्शको दोष लाग्ने कुरा गरेको पाइँदैन।

पुस्तकालय चहार्दाका ती दिन

नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो। साक्षात् शारदाको प्रति देख्दा म पुलकित भएँ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C