शुक्रबार, मंसिर २३, २०७९

केजरीवालले १० वर्षअघि देखाएको आशा

नेपाल समय  |  काठमाडौं, शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६, काठमाडौं

नेपाल समय

सन् २०१० जुलाई महिनाको एक मध्यान्ह । भारतको राजधानी नयाँ दिल्लीको तिहाड जेल आसपास केही सय मानिस भेला भएका थिए । उपस्थितमध्ये पनि युवाहरूको बाहुल्य थियो । विशेषतः दिल्लीस्थित विभिन्न विश्वविद्यालयका छात्रछात्रा, युवा पत्रकारहरू, अधिकारकर्मी, कानुन व्यवसायीहरू जम्मा भएका थिए ।

भीडको बीचमा एउटा होचो कदका अधवैंशे जोडजोडले भाषण गरिरहेका थिए । आङमा सामान्य फ्याङ्ले सर्ट र प्यान्ट, टाउकोमा ‘स्वराज’ अंकित भारतीय टोपी । मुहारमा आक्रोश, बोलीमा विद्रोह । आँखा राता राता अनि हेराइमा गम्भीरता ।

एउटा हातमा माइक, अर्को हातले भारतको वर्तमान राजनीतिक इतिहासको मानचित्रमा देखा परेका भ्रष्ट चरित्रहरूको भिषण चित्रणका हाउभाउ अर्थ्याउँदै गरेको । बेलाबेलामा भिडबाट स्वःफूर्त समर्थनको चिच्याहट ।

भाषणको हरेक बिसौनीमा गगनभेदी नारा लाग्थे– भारत माताकी, जय ! वन्दे मातरम् !

ती सामान्य मानिस थिए– आईआईटी खडकपुरका एक अब्बल पूर्व छात्र, पूर्व आईएएस अधिकारी, एसियाकै नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कारबाट सम्मानित अरविन्द केजरीवाल ।

दिल्ली प्रदेश सरकारमा भारतीय कांग्रेस पार्टी सत्तासीन थियो । मुख्यमन्त्री शिला दीक्षितले १५ वर्षदेखि प्रदेशको सत्ता सम्हाल्दै आएकी थिइन्। केन्द्रदेखि प्रदेशसम्म कांग्रेसकै शीर्ष नेतृत्व केही समयअघि भारतमा सम्पन्न कमनवेल्थ खेलको आयोजनाका क्रममा ७५ हजार करोड घोटाला गरेको अभियोग खेपिरहेकोे थियो ।

सन् १९४७ मा भारत स्वतन्त्र भएयता सन् २०१४ सम्म आउँदा पटक–पटक गरी आधा शताब्दीभन्दा बढी समय कांग्रेस भारतको केन्द्रीय सत्तामा रह्यो । सन् २०१० को जुलाईमा भाषणका दौरान कांग्रेस सरकार संलग्न रहेको भनिएका अख्तियार दुरूपयोग भएका एक–एक विवरण केलाइरहेका थिए केजरीवाल ।

तत्कालिन मनमोहन सिंहको सरकार दूरसञ्चारको टुजी स्पेक्ट्रम वितरण, शहरीकरणका परियोजनाहरूका ठेक्कापट्टा, खानेपानी आपूर्ति, विद्युत वितरण आदि अनगिन्ती क्षेत्रमा अकल्पनीय वित्तीय अपचलन र अव्यवस्थाका कारण बदनाम बनिरहेको थियो । दिल्लीबासी मात्र होइन, समग्र भारतीय अव्यवस्थाबाट आजित बनिरहेका बेला केजरीवाल केही सय मानिसहरुका बीच आशा देखाइरहेका थिए ।

राजनीतिमा बाहुबली र सामाजिक–राजनीतिक अपराधमा मुछिएका व्यक्तिहरूकै बोलवालाका कारण राजनीतिको सारभूत मूल्य र आदर्श नै क्षतविक्षत भएको थियो । सामान्य आर्थिक स्थिति भएका इमानदार राजनेताहरू राजनीतिबाटै विस्थापित हुनुपर्ने अवस्था बन्न पुगेको थियो ।

राजनीतिमा एउटा वैकल्पिक धारको आवश्यकता सहरी भारतीयहरूले महसुस गर्न थालेको प्रष्ट देखिन्थ्यो । यी र यस्तै कुशासनका विरूद्ध एउटा आन्दोलनले उचाइ लिँदै थियो– भ्रष्टाचार विराधी आन्दोलन । यो आन्दोलनको प्रमुख लक्ष्य थियो, जन लोकपाल विधेयक सदनमा पेश गर्ने र त्यसलाई कानुन बनाउने ।

महाराष्ट्रको रालेगढबासी गान्धीवादी अन्ना हजारे त्यस आन्दोलनका प्रमुख पात्र थिए । उनी जन्तरमन्तरमा आमरण अनसन बसिरहेका थिए ।
केजरीवाल पनि त्यस भ्रष्टाचार विरोधी अभियानमा प्रखर अभियन्ता थिए । केजरीवालका साथै हजारेलाई साथ दिइरहेका थिए– पूर्व प्रहरी आयुक्त किरण वेदी, पत्रकार मनिष सिसोदिया, पत्रकार आशुतोष, कानुन व्यवसायी प्रशान्त भुषण, विश्लेषक डा. योगेन्द्र यादव आदि ।

म तिनताका अध्ययनको सिलसिलामा नयाँ दिल्लीमै थिएँ । मसँग थिए अल इण्डिया रेडियोको नेपाली सेवाका पत्रकार विष्णु शर्मा, जामिया मिलिया इस्लामिया विश्वविद्यालयकी विद्यावारिधिकी छात्रा तस्नीम खान, जनज्वार डटकमका संस्थापक पत्रकार अजय प्रकाश, पत्रकार प्रेमा नेगी, जनसत्ताका पत्रकार कुमार राजेश, जीन्युजका पत्रकार विश्वदीपक ।

वर्तमान भारत र त्यसले खेपिरहेका राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक विकृति र विसंगतिबारे प्रशस्त जानकार मेरा भारतीय मित्रहरूले मलाई फरक–फरक सन्दर्भमा केजरीवालको भाषणमा खुल्न नसकेका कैंयौं विषयबारे जिज्ञासा मेटाइदिँदै थिए ।

भाषणमा केजरीवाल भन्थे, ‘हामीलाई पूर्ण स्वराज चाहिएको छ, हामीलाई जनलोकपाल कानुन चाहिएको छ। महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि उचित व्यवस्थापन चाहिएको छ । हाम्रा सन्ततिका लागि राम्रो शिक्षा चाहिएको छ, राम्रो सुरक्षा बन्दोबस्त चाहिएको छ । हामी जनता लुटिएको देख्न सक्दैनौं । भ्रष्टाचार जरैदेखि निर्मूल गर्नुछ हामीलाई । पुलिससँग हाम्रो कुनै दुस्मनी छैन।’

पुलिसको सन्दर्भ आएपछि दर्शकदिर्घाबाट नारा घन्किन्थ्यो, ‘ये अन्दर कि बात है, पुलिस हमारे साथ है !’

भारतीय राजनीतिक वृत्तमा बिरलै देख्न पाइने यस्ता दृष्यहरूले एकै पटक धेरै नयाँ प्रश्नहरू खडा गर्दै थिए । भारतको स्वतन्त्रता संग्रामका लागि खडा भएका राजनीतिक दलहरू वर्तमानमा मानवीय समस्या सम्बोधन गर्न असमर्थ बन्दै गएको स्पष्ट संकेत ती दृष्यले गरिरहेका थिए।

त्योभन्दा पनि महत्वपूर्ण कुरा दलहरूका वार्धक्यपनको बोझले किशोर हिन्दूस्तानीका नवीनतम राजनीतिक चेतनाको वेगलाई गतिहीन बनाइरहेको प्रतीत भइरहेको थियो ।

राजनीतिक दलहरू पनि तिनका उद्गमकालको उमेरसँगै वृद्ध बन्ने रहेछन् कि जस्तो लाग्छ । एउटा बूढो विशाल रूख भित्रभित्रै धोद्रिँदै गएर मक्किने अनि कालान्तरमा माटोमा विलिन हुने एउटा नियमित आकस्मिकता नै हो । तथापि यो स्थिति मानव समुदायको सामाजिक इकाइहरूमा पनि देखा पर्ने कुरा विस्मयकारी लाग्छ ।

भारतीय कांग्रेस र भारतीय जनता पार्टीका विचार र तिनले स्थापना गरेका राजनीतिक विचार र आदर्शहरू पनि समयसँगै विस्तारै असान्दर्भिक बन्दै जान थालेको देखिन्थ्यो ।

आन्तरिक रूपमा घात–अन्तर्घातका असीमित शृंखलाहरूले लामो समय सत्ताको चास्नी चाट्न पाएका दलहरू दैनिक उपभोग्य वस्तुका निम्ति खुन–पसिना बगाइरहेका करोडौं गरिखाने आम भारतीयका समस्याको दीर्घकालिन समाधानमा लाग्नुभन्दा पट्यारलाग्दात अर्थहीन लामा राजनीतिक भाषणमा व्यस्त रहे ।

खासगरी कांग्रेसको खस्किँदै गएको सांगठनिक संरचना र खुइलिँदै गएको सामाजिक छविले अब पुराना सोच र राजनीतिक एजेण्डा बोकेका दलहरूलाई छिट्टै नवीन राजनीतिक चिन्तन र आस्थाले विस्थापित गरिदिने स्थिति आएको झल्को पाइन्थ्यो ।

पुराना रूखहरूले ढाकिएको एउटा जंगल फाँडेर युग सुहाउँदो नयाँ पर्यावरण स्थापना गर्न वृक्षरोपण गरेजस्तै पुराना दलको साखलाई खुल्याएर नयाँ दलको आविर्भाव हुनु जरूरी भइसकेको थियो ।

त्यसै पनि भारतीय राजनीति हुनेखाने र खास मान्छेहरूको एउटा टुकडीले नै कब्जा गरेको दशकौं भइसकेको थियो । मुलुकको राजनीतिकै आधारभूत चरित्रको कायापलट गर्न ढिलो भइसकेको थियो । राजनीति विशुद्ध जनता र राष्ट्रको सेवा हो, आर्थिक लाभको उद्योग होइन भन्ने जनतालाई आभास दिलाउन जरुरी भइसकेको थियो । जनताले पाउनुपर्ने नैसर्गिक सुविधालाई सुलभ बनाएर सरकार र राज्य जनताका नोकर हुन् भन्ने भावना पैदा गर्ने जिम्मेवारी पनि अन्ना हजारे र अरविन्द केजरीवालका चासोको विषय थिए ।

केही वर्षपछि केजरीवालको नेतृत्वमा आम आदमी पार्टी स्थापना भयो । त्यसलगत्तै दिल्ली प्रदेशमा विधानसभा निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा आम आदमी पार्टीले २८, भाजपाले ३१, कांग्रेसले ३ र बाँकी अन्य दलले जित हासिल गरे ।

आम आदमी पार्टीले भाजपासँग मिलेर सरकार बनायो तर २०१५ मा निर्वाचन आयोगले मध्यावधि निर्वाचन गरायो । यो निर्वाचनमा आम आदमी पार्टीले ७० सिटमध्ये ६७ स्थानमा विजय प्राप्त गर्न सफल भयो । हालै सम्पन्न निर्वाचनमा आम आदमी पार्टीले आफ्नो भागमा ६३ सिट पारेको छ ।

आम आदमी पार्टीको यो शृंखलावद्ध विजय नयाँ दल र नवीन राजनीतिक चिन्तन भारतको पछिल्लो पुस्ताले चाहेको ज्वलन्त दृष्टान्त हो । आम आदमी पार्टीले दिल्लीको सत्ता सम्हालेयता आफ्ना प्रदेशवासीलाई स्वास्थ्य, शिक्षा, खानेपानी, सार्वजनिक यातायात, सामाजिक सुरक्षा, विद्युत लगायतका सुविधा निःशुल्क उपलब्ध गराउन सक्ने भएको छ । दुर्वाेध्य भाषण र अतीतको कामचलाउ जनसेवाका कामको अतिरञ्जित व्याख्याबाट मतदाता रिझाउन नसकिने यथार्थको पटाक्षेप पनि भएको छ ।

हालै सम्पन्न विधानसभा निर्वाचनमा आफ्नो दलले ६३ सिट जितेपछि मुख्यमन्त्रीको नयाँ कार्यकालको शपथ लिनेक्रममा कार्य प्रगति सार्वजनिक गदर्दै केजरीवालले दिल्लीका मतदातालाई भने, ‘तपाईंहरूले नयाँ राजनीतिलाई जन्म दिनुभएको छ– कामको राजनीति, विद्यालयको राजनीति, सस्तो बिजुलीको राजनीति, पानीको राजनीति, महिला सुरक्षाको राजनीति र एक्काइसौं शताब्दीको राजनीति ।’

उनका यस्ता कुरा र कार्यपद्धतिले राजनीति र सत्ताबारे विद्यमान अवधारणाको आधारशीला नै भत्काउने देखिएको छ । त्यसको स्थान नयाँ र जनपक्षीय स्वयं सेवामुखी राजनीतिले लिँदैछ ।

एउटा सरकारको ठाउँमा अर्को सरकार बनाउने या एउटा व्यवस्थाको साटो अर्को व्यवस्था ल्याउने कर्मकाण्डी परिवर्तन अब काम नलाग्ने भएको छ । साँच्चैको परिवर्तनका लागि राजनीतिको नयाँ कथ्य नै आवश्यक पर्ने तथ्य सावित भएको छ ।

कतिपयले त आम आदमी पार्टीको शृंखलाबद्ध जितलाई दक्षिण एसियामा विद्यमान भ्रष्ट राजनीतिको अवसान र नयाँ सामाजिक–राजनीतिक युगको सुरुवातको रुपमा विश्लेषण गरेका छन्।


प्रकाशित: February 22, 2020 | 14:16:00 काठमाडौं, शनिबार, फागुन १०, २०७६

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
ब्लग

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय
ब्लग

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।
नेपाल समय
ब्लग

अनि दसैं आउँथ्यो गाउँमा

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाइ अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो।
नेपाल समय
ब्लग

बलात्कारका बेला किन प्रतिवाद गर्न सक्दैनन् पीडित?

कुनै बेला पीडितको शरीर फ्रिज भएर बेहोसको अवस्थामा पुगिसकेका हुन्छन्। त्यसैले १ चोटी मात्र हैन ३-४ चोटी बलात्कार गर्दा पनि किन पीडित त्यही बसिरह्यो भन्ने प्रश्न गलत हो। यो फ्रिज भएकै आधारमा केटी किन चिच्याइन? ढोकामा चुकुल नलागेको बेला पनि किन भागेन? सबै व्याख्या हुन्छ।
नेपाल समय
ब्लग

सिंहदरबारलाई चिठ्ठी

तिम्रो निर्माणक्रममा बडाहाकिमहरु चाकु र मासको पिठोको थुप्रोमा थुक्दै र कुल्चँदै हिँड्थे रे। त्यसो गर्नुको कारण चाकु र मास चोरी नहोस् भनेर रहेछ। यसरी निर्माणक्रमबाटै यस्तो प्रकृया सुरु भएर हो कि किन हो यहाँबाट प्रवाहित सबै सेवामा हरेक सम्बन्धित सेवाप्रदायक र सेवाग्राही आज पनि चोर्न मात्र उद्दत छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना