लामिछाने केबाट स्वतन्त्र छन् त? मूलधार दलीय राजनीतिबाट? पैसा र शक्तिको लोभ र लालचबाट? कि सिद्धान्तबाट? आफूलाई स्वतन्त्र घोषणा गरेर मात्र पुग्दैन, स्वतन्त्रताको व्याख्या गर्नु जरूरी छ।
मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ? यो कुरा कबड्डी निर्माण टिमले सोच्यो? यदि मिरुना नै वास्तविक ‘सिकार’ हुन् भने उनलाई न्याय दिलाउन र यदि फुर्वा तामाङ निर्दोष हुन् भने उनको चरित्र सच्याउन निर्माण टिमले प्रहरीको जिम्मा लगाउनु पर्थ्यो।
समग्रमा निर्वाचन उत्सवमय थियो। गाउँमा दसैं, तिहारमा नपुग्ने मान्छेहरु पनि भोट हाल्न पुगेका थिए। उनीहरुलाई आफ्नो दल नै सबथोक थियो, दिवंगत मेरा बुबालाई जस्तै।
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ भेरी नदी किनारमा भएको घटनाको नागरिक तहबाट स्वतन्त्र रुपमा स्थलगत अध्ययन, अवलोकन र सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया समेत गरी घटनाको वास्तविकता सत्य तथ्यमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गर्ने गरी अध्ययन टोली बुटवलबाट त्यहाँ पुगेको थियो।
संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
रमाइलो के थियो भने भरतपुरको मतपरिणाम कुरेर बसेकाहरु प्रत्येक मिनेटमा काठमाडौं महानगरको मतपरिणामबारेमा चासो देखाउँथे। कतिपयलाई भरतपुरको भन्दा काठमाडौंमा बालेनले के गर्लान् भन्ने चासो थियो। बालेनको अग्रता हुँदा प्रतीक्षारत युवाहरू धेरैजसो हौसिन्थे।
सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।
सर्वत्र हिउँ नै हिउँले ढाकेको थियो। त्यसो त मनाङ जाने भनेकै हिमाल हेर्नका लागि हो। हिमाल नेपालको अन्य भूभागबाट उत्तर दिशामा देखिन्छ। तर मनाङको विशेषता नै भनौँ, के उत्तर, के दक्षिण, के पूर्व, के पश्चिम, सबैतिर हिमालै हिमाल देखिँदो रहेछ।
झण्डा एकताको प्रतीक भनेर पढ्ने जमाना रहेन। जसको हातमा झण्डा छ त्योसँग सामाजिक सत्ता मात्र छैन, अर्को झण्डा बोक्ने समूह वा व्यक्तिलाई बाइपास गर्ने मनोविज्ञान पनि छ।
बिस्केकको विशेषता चाहिँ यो (समर) मौसममा राति आठ बजेसम्म पनि उज्यालै हुने रहेछ। बिहान पनि साढे ६ बजे बल्ल उज्यालो सुरु हुने रहेछ। हामी करिब साढे सात बजे होटेल पुग्यौं।