सोमबार, साउन ३०, २०७९

यी शिक्षक जसले पोर्न वेबसाइटमा अनलाइन कक्षा होस्ट गर्छन्

नेपाल समय  |  काठमाडौं, बिहीबार, कार्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कार्तिक ११, २०७८, काठमाडौं

नेपाल समय

ताइपेइ- कोभिड महामारीको समयमा अधिकांश शिक्षकले घरबाटै विद्यार्थी पढाए। महामारीसँगै कतिपय शिक्षकले घरबाट पढाउदा विभिन्न बोझ सामना गरे भने केहीले यसलाई अवसरको रुपमा पनि उपयोग गरे। ताइवानका एक शिक्षक भने परम्परागत शैलीभन्दा एक कदमअगाडि बढेका छन् जसका कारण उनी भाइरल बनेका छन्। गणितका शिक्षक चाङशुले पोर्न वेबसाईटमै अललाइन कक्षा होस्ट गरेर चर्चामा आएका हुन्। 

चाङशुम्याथ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ। उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ। 

रिपोर्टअनुसार चाङशुले गणितमा स्नातकोत्तर गरेका छन्। उनले १५ वर्षदेखि अनलाईन र भौतिक कक्षा लिँदै आएका छन्। सुरुमा उनले विद्यार्थीलाई सिकाएको भिडियो क्लिप युट्युबमा अपलोड गरेका थिए। तर, उनले खासै राम्रो ‘रेसपोन्स’ पाएनन्। गत वर्ष उनले अलि फरक गर्ने निधो गरे। उनले पोर्न वेबसाईटमा एकाउन्ट खोले र आफूलो पढाएको भिडियो धमाधम अपलोड गरे। 

चाङशुले एकाउन्टमा एउटा सन्देश लेखेका छन् , ‘मिहिनेत गरेर खेल, परिश्रम गरेर पढ। ’  सबै भिडियोमा उनी खैरो हुडी र चस्मामा देखिन्छन्। हरियो बोर्डमा  हिसाब गरेको र बिभिन्न विधिबारे व्याख्या गरेका देखिन्छन्। 

आफ्नो अस्वभाविक निर्णयबारे चाङ्शु भन्छन्, ‘पोर्न साइटमा राखिएका भिडियो धेरैले हेर्ने भएकोले मैले नयाँ जुक्ति अप्नाएको हुँ। मैले धेरै भिडियो अपलोड गरे भने प्रशस्त मानिसले हेर्छन्।’ 

अहिले उनको आम्दानी पनि राम्रो भएको छ। उनले प्रति वर्ष २ लाख ५० हजार डलर कमाउछन्। जसका कारण उनले आफ्नो बिल तिर्न र केही कर्मचारीलाई तलब दिन पुग्छ। चााङुशुका अनुसार उनको  पोर्नहब च्यानलमा करिब ६० प्रतिशतभन्दा बढी दर्शकहरु गणित पढ्न भन्दा पनि हाँस्नकै लागि आउछन्।  उनी भन्छन्, ‘मानिसहरुलाई मेरो भिडियोमा रुची नलाग्न सक्छ। तर, पोर्न साईटमा पनि गणित शिक्षकले राम्रो पढाउछन भन्ने धेरैलाई थाहा हुन थालेको छ।’


प्रकाशित: October 28, 2021 | 04:30:00 काठमाडौं, बिहीबार, कार्तिक ११, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
विचित्र दुनियाँ

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
नेपाल समय
विचित्र दुनियाँ

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
नेपाल समय
विचित्र दुनियाँ

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
नेपाल समय
विचित्र दुनियाँ

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।
नेपाल समय
विचित्र दुनियाँ

श्रीमती साटासाट गर्ने सात जना पक्राउ, एक हजार जना गिरोहमा आबद्ध रहेको आशंका

भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना