शुक्रबार, मंसिर २३, २०७९

सात बेहुला जब एउटै घरमा जन्तीसहित पुगे...

नेपाल समय  |  काठमाडौं, मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७, काठमाडौं

नेपाल समय

काठमाडाैं - मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ।

भाेपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको कोलार इलाकामा सञ्चालित सगुन जन कल्याण समिति विपन्न केटीहरूको विभिन्न क्षेत्रमा पर्चा बाँड्ने गर्छ।

त्यहाँ मानिसहरू केटी हेर्न आउँदा २० हजार लिने गरिन्छ। त्यसपछि बिहेको मिति तय गरिन्थ्यो। मध्य प्रदेशका सातजनालाई मार्च २५ गतेको मिति दिइएको थियो।

अलग-अलग ठाउँबाट सातजना बेहुला बनेर आए। सबै सगुनको अफिसमा सातै बेहुला जन्तीसहित पुगेका थिए। यो नै यिनिहरूको ससुराली थियो।

बिहेभन्दा पहिले सबैलाई केटी देखाइएको थियो। जन्तीसहित पुगेका बेहुलाहरूले ससुराली घरमा ताला लगाएको देखे। उनीहरूले त्यहाँका अधिकारीहरूलाई घन्टाैंसम्म फोन गर्ने कोसिस गरिरहे। तर, सबैका फोन अफ थिए।

त्यसपछि दुलाहासहित परिवारका मानिस उजुरी दर्ता गर्न पुलिस स्टेसन पुगे।

बिहीबार सबैभन्दा अन्तिममा केशव बघेल बिहेसहित त्यहाँ पुगेका थिए। उनी घन्टौंसम्म यताउती भौँतारिए। र, उनी पनि प्रहरीकोमा उजुरी दिन पुगे।

प्रहरीले उनी मात्रै नभएर उनी जस्तै सात दुलाहा पहिले नै स्टेसन पुगेको बतायो।

ठगी गर्नका लागि संस्थाका मानिसले मध्य प्रदेशका विभिन्न जिल्लामा पर्चा बाँड्थे। उनीहरूले आर्थिक अवस्था कमजोर भएका केटीहरूको बिहे गराइदिने जनाउँथे।

पर्चामा एउटा नम्बर पनि हुन्थ्यो। त्यो नम्बरमा कल गर्दा रोशनी तिवारी नामकी महिलासँग कुरा हुन्थ्यो। उनले कुरा हुने मानिसलाई भोपालको कोलारमा रहेको विनित कुन्जस्थित अफिसमा बोलाउँथिन्। 

केशव पनि २०२१ जनवरीमा त्यहाँ पुगेका थिए। यस दौरान उनलाई २५ वर्षकी केटीलाई देखाइएको थियो। र, २० हजार लिएर उनको बिहेको मिति तय गरिएको थियो।

प्रहरी अधिकारीका अनुसार यस काममा रिन्कु, कुलदीप र रोशनी तिवारी संलग्न थिए। उनीहरूलाई केही अन्य मानिसले पनि सहयोग गरिरहेको खुलेको छ।

उनीहरूले यो कामका लागि गरिब परिवारका केटी खोजेर राम्रो घरको केटासँग विवाह गराउने आश्वासन दिन्थे। २० हजार रूपैयाँ लिइसकेपछि उनीहरू सम्पर्कविहीन हुने गरेका थिए। 

रोशनीले आमा बन्दै ठग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहेका लागि आउने केटाकेटी सही हुने भए पनि आमा नक्कली हुने गरेको प्रहरीले जनाएको छ।


प्रकाशित: March 30, 2021 | 04:07:00 काठमाडौं, मंगलबार, चैत १७, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
विचित्र दुनियाँ

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
नेपाल समय
विचित्र दुनियाँ

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
नेपाल समय
विचित्र दुनियाँ

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
नेपाल समय
विचित्र दुनियाँ

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।
नेपाल समय
विचित्र दुनियाँ

श्रीमती साटासाट गर्ने सात जना पक्राउ, एक हजार जना गिरोहमा आबद्ध रहेको आशंका

भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना