भारत गुजरातकी निलास्सी पटेलले ६ वर्षकी हुँदा कपाल काटेकी थिइन् । कपाल काट्दा उनी निकै रोएकी थिइन् । पहिलोपटक कपाल काटेकाले पनि हुन सक्छ उनलाई दुःखेको थियो । त्यसपछि उनले कहिल्यै कपाल नकाट्ने निर्णय गरेकी थिइन् ।
१० वर्षअघिको त्यो नमिठो अनुभवले अहिले उनलाई संसारभर चिनाउन मद्दत गरेको छ । १६ वर्षकी निलास्सी पटेल र उनको कपाल सँगैसँगै बढेको छ । उनको कपाल अहिले ५ फिट ७ इन्चको छ ।
उनी संसारकै सबैभन्दा लामो कपाल भएकी किशोरीमा परेकी छन् । २१ नोभेम्बरमा इटालीको रोममा भएको प्रतियोगिताबाट उनले गिनिज बुकमा नाम दर्ता गरेकी छन् ।
उनी टेबल टेनिस खेल्दा कपाल पोको पार्छिन् भने अन्य बेला बाट्ने गर्छिन् । उनलाई कपाल कोर्न आमाले सहयोग गर्छिन्। लामो कपालका कारण झन्झट हुँदैन भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘यसले मलाई केही समस्या पर्दैन ।’