शुक्रबार, मंसिर २३, २०७९

बैंकहरूलाई राष्ट्र बैंकको सिरानी कति उचित?

शर्मिला ठकुरी  |  काठमाडौं, आइतबार, भदौ २६, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, भदौ २६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- पछिल्लो समय निजी क्षेत्रले लगातार एउटै कुरा उठाउँदै आइरहेको छ, ‘निजी कम्पनी घाटामा जान हुने तर बैंकिङ क्षेत्र भने जहिल्यै फाइदामा रहिरहहनुपर्ने? त्यसका लागि राष्ट्र बैंकले सुविधा दिइरहने? यो कहिलेसम्म? यो उचित होइन।'

नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघका अध्यक्षले समेत सार्वजनिक फोरममै बैंकलाई नियामकले अतिरिक्त सुविधा दिएको विषयमा बारम्बार प्रश्न उठाइरहेका छन्। गत आर्थिक वर्षमा बैंकहरुको नाफा ७४ अर्ब ४७ करोड ५४ लाख ७२ हजार रुपैयाँ थियो, जुन अघिल्लो आर्थिक वर्षको भन्दा २३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकको व्यवसाय खुम्चिए पनि उनीहरुको नाफामा भने गिरावट आएको छैन। 

सो नाफाबाट बैंकहरुले लगानीकर्तालाई दिन सक्ने लाभांश भनेको १४.३३ प्रतिशतमात्र हो, जुन कोभिडको समयमा व्यवसाय विस्तार गर्न नसक्दा पनि दिन सक्नु ठूलै उपलब्धिको रुपमा निजी क्षेत्रले हेरेका छन्।  

वरिष्ठ अधिवक्तासमेत रहेका प्राडा गान्धी पण्डित पनि निजी क्षेत्रले उठाएको कुरामा सहमत छन्। उनी भन्छन्, ‘बैंकिङ क्षेत्रले पनि व्यवसाय गरेको हो। यदि अन्य संस्थाले झैँ नाफा कमाउनतिर मात्र यसको ध्यान छ भने उसले घाटा पनि व्यहोर्नुपर्छ,' बैंकिङ कानुनमा पनि दख्खल राख्ने पण्डितको तर्क छ, 'सरकारले पूर्ण रूपमा सेवा क्षेत्र हो त्यसैले नाफा-घाटा बैंकले खोज्दैन भन्नुपर्‍यो। होइन भने नाफा कमाउनेले घाटा भएको बेलामा राष्ट्र बैंकले संरक्षण दिन हुँदैन।'

नाफाबाट बैंकहरुले लगानीकर्तालाई दिन सक्ने लाभांश भनेको १४.३३ प्रतिशत मात्र हो। जुन कोभिडको समयमा व्यवसाय विस्तार गर्न नसक्दा पनि दिन सक्नु ठूलै उपलब्धिको रुपमा निजी क्षेत्रले हेरेका छन्।  

निक्षेपकर्ताको कम्तीमा ५० लाखसम्मको निक्षेप बिमा गरिदिने र बैंकिङ क्षेत्रलाई पनि पूर्ण रुपमा बजार अनुशासनमा छोडिदिनुपर्ने उनको तर्क छ। प्रतिस्पर्धी बजारमा टिक्न सके बैंकले आफैं अनुगमन गरी आफैं राम्रो हुँदै जाने पण्डितको विश्वास छ। सन् २००८/०९ मा अमेरिका र युरोपमा भएको आर्थिक मन्दीको समयमा १८६ वटा बैंक टाट पल्टिए पनि निक्षेपकर्तालाई कुनै समस्या नपरेको स्मरण गर्दै उनले नेपालमा पनि सोही प्रणाली विकास गर्नुपर्ने उल्लेख गरे। 

000

पण्डितको  कुरामा नेपाल राष्ट्र बैंकका अधिकारीहरु र बैकिङ क्षेत्रका विश्लेषक भने सहमत छैनन्। नेपालका बैंकमा ठूलो मात्रामा निक्षेप रहेको र एउटा बैंक डुबेमा भुक्तानी प्रणालीमा समस्या उत्पन्न हुने र अन्ततः विकास निर्माणका काम रोकिई अर्थतन्त्रमा थेग्न नसकिने संकट आउने उनीहरुको तर्क छ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. नरबहादुर थापा सिद्धान्ततः बैंकिङ क्षेत्रको अनुशासन बजारलाई नै खुला छोदिदिनुपर्ने बताउँछन्। बजारलाई खुला छोड्दा निक्षेपकर्ता नै चनाखो हुने र उनीहरुले तत्काल एक्सन लिने भएकोले बैंक आफैं करेक्सन हुँदै जाने र टिक्न सक्ने अवस्थामा पुग्ने उनको विश्वास छ। त्यसो गर्दा राम्रो र ग्राहकमैत्री सेवासुविधा दिने बैंक व्यवसायमा टिक्न सक्ने उनको भनाइ छ। 

केन्द्रीय बैंकले दिएको संरक्षणभन्दा पनि बजार अनुशान कडा हुने भएकोले निक्षेपकर्ताले नै बैंकलाई दबाब सिर्जना गर्ने भएकाले अनुशासित हुन्छन्। जसका कारण राष्ट्र बैंक धेरै सुरक्षा जरुरी हुँदैन। 'मार्केट डिसिप्लिन’ बलियो हतियार हुन सक्छ भन्ने सिद्धान्त हो। यदि एक/दुई वटा बैंक डुबेको भए  बैंकहरु अहिलेको जस्तो छाडा त हुँदैनथे। जथाभावी गर्दैनथे,' थापा थप्छन्, 'नेपालका बैंक असाध्यै ठूला भएको र कुनै एक बैंक डुब्ने हो भने अर्बौँ रुपैयाँ निक्षेप जोखिममा पर्छ। नेपालमा अहिलेसम्म जम्मा ५ लाखभन्दा भन्दा बढी निक्षेपको बिमा हुँदैन जसका कारण पाँच लाख भन्दा बढी निक्षेप हुने मानिस मर्कामा पर्छन्।' 

थापाका अनुसार जानेर वा नजानेर ठूला बैंक बनाउँदा निक्षेपकर्ताको जोखिम बढेको छ। अहिले हामीलाई नै घाँडो भइरहेको छ। बैंक सानै भएको भए समस्याग्रस्त भएपनि सर्वसाधारणलाई ठूलो असर पर्दैनथ्यो। 

बैंकिङ क्षेत्रको ५१ खर्बमध्ये ३ देखि ४ अर्बको हाराहारीमा मात्र निक्षेपको बीमा गरिएको र बाँकीको बिमा नभएकोले राष्ट्र बैंकको प्रोटेक्सन जरुरी रहेको उनको भनाइ छ। 'एउटामात्र बैंक डुब्यो भने पनि नेपालमा ठूलो तहल्का मच्चिन सक्छ। भुक्तानी प्रणाली नै खत्तम भई वित्तीय चक्र नै ड्यामेज हुने र परिणाम स्वरुप विकासको गति ठप्प भएर समग्र अर्थतन्त्रमा नै समस्यामा पर्ने उनको भनाइ छ। उनका अनुसार कुनै एक बैंक डुब्दा ऋणी र निक्षेपकर्ता नै डुब्ने भएको र सो डरले अन्य बैंकले पनि कर्जा नदिने भएकाले वित्तीय चक्र ठप्प हुन पुग्छ। 

बैकिङ विश्लेषक डा. विश्वास गौचन 'बैंकलाई पनि डुब्न दिनुपर्छ' भन्नु नै निजी क्षेत्रको प्रतिगामी सोच भएको बताउँछन्। नेपाल राष्ट्र बैंक भनेको बैंकहरुको पनि बैंक भएकोले राष्ट्र बैंकले उनीहरुलाई नियमन र सुपरीवेक्षणका साथै प्रोटेक्सन गर्न पनि जरुरी रहेको बताउँछन्। अहिलेको अवस्था र सन् २००८ मा भएको अमेरिका र युरोपको आर्थिक संकटलाई तुलना गर्न नमिल्ने उनको तर्क छ।

'एउटा बैंक डुब्दा नै अर्थतन्त्रका बहुक्षेत्रमा नकारात्मक असर पर्छ। बैंक आफ्नै कारणले समस्यामा परेको छ भने राष्ट्र बैंकले उसलाई सहारा नदिन पनि सक्छ। बैंकबाट अन्य बैंकले पनि पाठ सिक्न जरुरी हुन्छ,’ अमेरिकाजस्तो देशमा पनि जम्मा दुई लाख डलरसम्मको निक्षेपको मात्र बिमा गरिने व्यवस्था भएको उल्लेख गर्दै उनले भने। 

कुनै पनि अर्थतन्त्रमा शतप्रतिशत निक्षेपको कभर बिमाले गर्छ भन्ने ग्यारेन्टी नहुने जिकिर गर्दै उनले निजी क्षेत्रले 'हामी डुब्यौँ, अब बैंक पनि डुब्नुपर्छ' भन्नु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति रहेको प्रष्ट पारे। बैंकिङ क्षेत्रलाई केही समस्या भएमा समग्र अर्थतन्त्रमा नै समस्या हुने भएकोले नै सबैभन्दा बढी रेगुलेट गर्नुपरेको उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बैंक डुब्दा समग्र भुक्तानी प्रणाली धराशायी हुने र देशभर नै समस्या उत्पन्न हुने बताए। बैंकिङ क्षेत्र भनेको नशाजस्तै भइसकेकाले मुटु जोगाएर नसा काटिदिने हो भने मानिसको मृत्यु अवश्यम्भावी हुने उनको दाबी छ। उनले एउटा सामान्य सहकारी डुब्दा त एउटा पूरै टोल समस्यामा पर्ने भन्दै बैंक डुब्यो भने त देशमा नै समस्या उत्पन्न हुने दावी गरे। 

वित्तीय समस्या आयो भने देशको लागि कति महँगो पर्छ भन्ने कुरा अमेरिकी क्राइसिसले नै देखाइसकेको बताउँदै उनले अमेरिकाजस्तो विशाल अर्थतन्त्र भएको देशमा बैंकको कर्जा डिफल्ट भयो भने कसरी अर्थतन्त्रमा समस्या पार्छ भन्ने कुरा छर्लङ्ग हुन सक्ने बताए। 

सन् २००८ मा अमेरिकामा रियलस्टेट व्यवसायमा सुरु भएको समस्याले गति लिँदा धेरै बैंक डुबेका थिए भने देशले आर्थिक मन्दीको सामना गरेको थियो। श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन अनुसार पनि बैंकमा पब्लिक निक्षेप मोबिलाइजेसन हुने र उनीहरूको प्रोटेक्सन गर्ने काम राष्ट्र बैंकको हुने स्पष्ट लेखिएको जानकारी दिए। 

‘निक्षेपकर्ता करोडौँ छन्, केन्द्रीय बैंकले निक्षेपकर्ताको सुरक्षा गरेको हो। सेयर लगानीकर्ताको होइन। नेपाल राष्ट्र बैंक ऐनले पनि केन्द्रीय बैंकलाई डिपोजिटरको अधिकार सुरक्षित गर्नुपर्ने जिम्वेवारी दिएकोले पनि राष्ट्र बैंकले बैकिङ क्षेत्रलाई सिरानी दिनपरेको हो,' श्रेष्ठले भने। 

त्यस्तै उनले आम तवरमा बैंकको नाफाप्रति मानिसमा भ्रम रहेको पनि स्पष्ट पारे। उनले भने, 'नाफाको अंकमा धेरै हो, तर उनीहरुको प्रतिफल धेरै छैन। अहिले बैंकको प्रतिफल ११/१२ प्रतिशतको हाराहारीमा मात्र छ जुन निजी क्षेत्रको भन्दा निकै कम हो।’ यदि उच्च भएको भए बैंकको सेयर एक डेढ सयमा पाइन्थ्यो? उनले प्रतिप्रश्न गरे। 

‘निजी क्षेत्रको रेट अफ रिटर्न कति छ? अहिलेसम्म कसैले देखाएको छैन। कोभिडले उनीहरू कति घाटामा गए? त्यसको हिसाबकिताब बाहिर आएको छैन। निजी क्षेत्रले तथ्यांकमा नाफा र घाटा पब्लिकलाई जानकारी दिएमा सरकारलाई उनीहरूको संरक्षण गर्न सहज हुन्छ,' उनले भने। 

अमेरिकामा निक्षेपको बिमा भएपनि अधिकांश बैंक डुबेकाले सबै बिमाको दाबी एकैपटक आउँदा त्यहाँको अमेरिकन इन्स्योरेन्स कम्पनी आफैँ पनि टाट पल्टिएको स्पष्ट पार्दै बीमा गर्दैमा निक्षेप सुरक्षित हुने भ्रम नराख्न आग्रह गरे। 


प्रकाशित: September 11, 2022 | 11:29:33 काठमाडौं, आइतबार, भदौ २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ।
नेपाल समय
बैंक/बिमा

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ८९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४९ पैसा कायम गरेको छ।
नेपाल समय
बैंक/बिमा

रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम

रिलायन्स लाइफ इन्स्योरेन्स बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो।
नेपाल समय
बैंक/बिमा

सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कोडबाट

सानिमा बैंकले क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ।
नेपाल समय
बैंक/बिमा

नबिल बैंकलाई भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता

नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना