प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेले सपथ लिँदा कर्मचारी प्रशासन नचलाउने घोषणा गरे पनि कार्यभार सम्हालेको एक महिना नपुग्दै ठूलो संख्यामा मातहतका कर्मचारीको सरुवा गरेपछि निजामती प्रशासन पुनः अस्थिर हुने संकेत देखिएको छ। कार्यक्षमताका आधारमा नभई दलीय निकटताको फेरो समातेर मन्त्रालय र सरकारी निकायमा सचिव सरुवा हुने गरेका छन्।
परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे।
सातदलीय गठबन्धनमा तेस्रो शक्तिको रुपमा प्रवेश गरेर सरकारमा सहभागी भइसकेपछि पनि विवादरहित बन्न सकेका छैनन् उनी। पुस ११ गते पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उपप्रधान तथा गृहमन्त्री बनेका लामिछाने यतिबेला सबैभन्दा बढी विवादित मन्त्रीका रुपमा चित्रण हुन थालेका छन्।
कांग्रेसभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग पाउने गरेको छ। अहिले त गुटभित्र उपगुटसमेत भएकाले पनि नेताहरुको स्वार्थ बाझिने भएकाले पूर्ण समितिको भ्रातृ संस्था ल्याउन गाह्रो भइरहेको बताइन्छ।
अख्तियारका आयुक्त नै जेल पर्ने देश हो नेपाल। आकाश र पाइटललाई मात्र दोष दिएर हुँदैन। सरकारले पार्टीका झोलेहरूलाई राजनीतिक नियुक्ति दिने नभई सक्षम व्यक्तिलाई नियामक निकायमा जिम्मेवारी दिनुपर्छ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारमा बालकोट बैठकले सहमति जुटाउने भनिए पनि ठोस निश्कर्ष बाहिरिएको छैन।
आज-भोलीभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भनिए पनि बैठकको सहमतिबारे प्रचण्ड र ओली निकट नेताहरू नै अनुत्तरित छन्।
हिउँ पर्दा पानीको स्रोत रिचार्ज हुन्छ र त्यसले बर्खामा मूल फुट्न सहयोग पुग्छ। पानी पुनर्भरणको यो प्रक्रियाले हिउँदे बालीमा सिँचाइ पुग्ने भए पनि त्यसो हुन नसक्दा हिमाली भेगका किसान पनि मर्कामा परेका छन्। माटोमा चिस्यान कायम राखिराख्न र मौसमी चक्रलाई जोगाउन पनि हिउँदे वर्षा र हिउँ अनिवार्य हुने मौसमविद्हरूको भनाइ छ।
पार्टीका शीर्ष नेताहरु सामाजिक सञ्जालमै आरोप– प्रत्यारोपमा उत्रेपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनुपर्ने सुझाव दिएका छन्।
वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने सुनसान।
एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ।