तीन महिनासम्मको अवधिमा पार्टीको भावी नीति र रणनीतिबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि महाधिवेशनका तीन महिनासम्म कांग्रेसले नीति महाधिवेशनका बारेमा छलफल समेत गर्न सकेन।
बैठककै बीचमा देउवाले शेखर कोइराला र गगन थापालाई फोन गर्नु भएको थियो। छलफल गरेरै भातृसंस्थाका तदर्थ समिति गठन गर्ने बताउनु भएको थियो,' बैठकमा सहभागी एक नेताले भने।
बीपी कोइराला ३२ वर्ष हुँदा जन्माएको पार्टी हो कांग्रेस। ४४ वर्षमा त उहाँ कांग्रेसको नेतृत्व गरेर प्रधानमन्त्री भइसक्नुभएको थियो। काठमाडौंको कुरा गर्ने हो भने प्रकाशमान सिंह ४० वर्षको हाराहारीमा मन्त्री बन्नुभयो। स्वर्गीय नविन्द्रराज जोशी ३० वर्षको हाराहारीमा उपमेयर बन्नुभयो। कांग्रेसले युवालाई कहिल्यै पनि उपेक्षा गरेको छैन।
कम्युनिस्ट पार्टीको विभाजन, कांग्रेसभित्रको पछिल्लो एकता र पार्टीको निर्णय प्रभावित गर्ने स्थानमा युवा सहभागिताका कारण कांग्रेस नेतालाई त्यस्तो दाबी गर्न सहज भएको हो।
एक महिनाको अवधिमा कांग्रेसले देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको उम्मेदवारी टुंगो लगाइसक्ने छ। केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्- अहिले जारी अभियान सकेर हामी दोस्रो चरणमा उम्मेदवार सहित चुनावी प्रचारमा निस्कन्छौं।
कार्यकर्ताले दल बदल्ने कुरा त सामान्य नै हो, तर निर्वाचित जनप्रतिनिधिले नै दल फेरिरहेका छन्। खासगरी निर्वाचनको मुखैमा दल अदलबदल तीव्र रुपमा भइरहेको छ। यो क्रम जारी रहने देखिएको छ।
‘तदर्थ समिति कत्रो र कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। अहिले नै टुंगो लागेको छैन,’ एक पदाधिकारी भन्छन्। यद्यपि पार्टीका औपचारिक/अनौपचारिक फोरममा भातृसंस्थाका विषयमा छलफल भइरहेको छ।
कांग्रेसभित्र अभूतपूर्व एकताको जग हो– एमसीसी अनुमोदनको एजेन्डा। यसअघि देउवा नै प्रधानमन्त्री रहँदा भएको सम्झौता अनुमोदन गर्ने जिम्मेवारी घुमिफिरी देउवा नेतृत्वको सरकारलाई नै आएको थियो। जसलाई देउवा र कांग्रेसले प्रतिष्ठाको विषय बनाएका थिए।
फागुन ५ को त्यो बैठकपछि बसेका गठबन्धनका अन्य बैठकमा गगनको त्यो प्रस्तावका बारेमा गम्भीर रुपमा कसैले छलफल गरेका थिएनन्। त्यही बीचमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद थालेका थिए।