कांग्रेसले घोषणापत्रमा आफन्तलाई नियुक्ति नदिलाउने प्रतिज्ञा गरेको छ। कांग्रेसको घोषणापत्रमा ‘हामी के गर्दैनौं’ शीर्षकको बुँदा नम्बर ४ मा भनिएको छ, ‘नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्नेछैनौं।’ तर, साउदले घोषणापत्रको यो प्रतिज्ञालाई लत्याइदिए।
समाजवादी केन्द्र बनाउने प्रचण्ड प्रयासबाट कांग्रेस नेताहरूलाई खासै गम्भीर भने बनाएको छैन। यो प्रयास आगामी निर्वाचनमा बढी सिट दाबी गर्न 'बार्गेनिङ पावर' बढाउन प्रयोग गरिएको 'टुल' मात्र भएको बुझाइ कांग्रेस नेताहरुको दाबी छ।
गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थीर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ
देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस अध्यक्ष माधवकुमार नेपालको चरित्रचित्रण गर्दै गठबन्धन गरेरै चुनावमा जानुपर्ने जोड दिए। उनले आफू इतर पक्षका नेताहरूलाई पनि फकाउने कोसिस गरे।
गगन निकट एक नेताले भने, ‘सभापतिले एकअर्काविरुद्ध प्रयोग गरेर भिडाउन सक्ने विषयमा सचेत भएर पार्टीको भविष्य र युवा पुस्ताको भूमिकाका लागि नयाँ विचार/दृष्टिकोण बनाउन आन्तरिक छलफल घनिभूत भएको छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र दृष्टिकोण बनाउने सन्दर्भमा पनि उहाँहरू एकैठाउँ उभिनुहुनेछ।’
'दलहरुभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा, नीतिगत/वैचारिक छलफल नहुँदा र नेतृत्वले निर्णय लाद्न खोज्दा आरोपप्रत्यारोप हुँदै विभाजनसम्मको स्थिति पैदा हुन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुने, विधि र विवकेसम्मत निर्णय हुने हो भने विवाद विरलै हुने गर्छन्।’
राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा केही नेताहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।
म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।
रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।