देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्यो।
हामीले सहरी क्षेत्रका मतदाताको भावना के छ भनेर सही ढंगले आँकलन गर्न सकेनौं। यसको समीक्षा गर्नुपर्छ। उम्मेदवारी चयनमा तल हरेक तहमा संस्थागत छलफल गरिनुपर्थ्यो त्यसमा पनि कमजोरी भयो।
कतिसम्म भने माओवादीका उम्मेदवार बुढाथोकीले अधिकारीलाई सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको डर समेत देखाउन भ्याएका थिए। देउवा र पौडेलले अधिकारीलाई भेटेर उम्मेदवारी ब्याक गराइछाड्ने दाबी सहित उनले प्रचारप्रसारमा दुःख नगर्न भनिरहन्थे।
आलेको राजनीतिक यात्रामा ३६ मतको आँकडा मेयरको दोस्रो इनिङ्समा तोडिएको छ। उनी २०५७ सालमा भोजपुर बहुमुखी क्याम्पसको स्ववीयू सभापतिमा पनि ३६ मतले निर्वाचित भएका थिए।
‘सबै भन्दा धेरै आचरसंहिता दलहरुले तोड्ने भनेको मौन अवधिमै हो। जुन पहिले देखि नै हुँदै आएको हो। त्यसले ठूलो विकृती ल्याएको छ। मतदातालाई फकाउने, धम्काउने, लोभ लेखाउने, भोजभतेर खुवाउने काम यो समयमा हुन्छ। यस्ता कार्य नियन्त्रण गर्न आवश्यक छ,’ गुरुङ भन्छन्।
यस्तै गठबन्धन हारे दुर्घटना हुने प्रचण्डको चेतावनी, एमालेका नेताले मिल्नका लागि गरेको आग्रह उल्लेख गर्दै प्रचण्डले दिएको दोस्रो चेतावनी, कांग्रेसका बागी उम्मेदवारले आफ्नो कुरा नसुनेको रामचन्द्रको गुनासो र रेणुको महिमामण्डनले गठबन्धनलाई भरतपुरमा चुनाव जित्न सहज नभएको र त्यसका लागि नेताहरूले विभिन्न किसिकको धाकधम्की, चेतावनी, गुनासो र आग्रह गरेको बुझ्न सकिन्छ।
पाँच वर्षअघि पनि आईजीपी नियुक्ति विवादमा परेको थियो। त्यो बेला पनि कांग्रेस र माओवादीको संयुक्त सरकार थियो। प्रधानमन्त्री थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। सरकारले त्यो बेला तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको थियो। तर, वरियतामा पहिलो नम्बरमा रहेका नवराज सिलवाल अदालत पुगेका थिए।