बालुवाटारबाट कुन बेला सिफारिस आउला र हस्ताक्षर धस्काउँला भनेर कलमको बिर्को खोलेर कुरे झैैं राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै संसद् विघटन गरिन् र मध्यावधि चुनाव घोषणा गरिदिइन्।
‘यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उद्घाटन गर्ने हाम्रो कार्यतालिका थियो। अब जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउन हाम्रो प्रस्ताव छ।'
कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्छन् र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि। जसका कारण क्रियाशील सदस्यता वितरणको मामिलामा कांग्रेसमा सधैं विवाद हुने गरेको छ।