सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि सत्तारोहणका लागि परिस्थिति परिपक्व बन्दै गएको निष्कर्षमा देउवा पुगेको उनी निकट एक नेताले सुनाए।
सत्तारुढ नेकपा दुई खेमामा बाँडिएको बेला प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक कोर्स कसरी अघि बढ्ला र नेपाली कांग्रेसको भूमिकाका कस्तो रहला भन्नेबारे सर्वत्र चासो बढेको छ।
बुधबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय गर्नुपर्ने धारणा राखे। तर, सभापति देउवाले पौडेललाई ढिम्किनै दिएनन्।
अहिले धरानमा रहेका मीन भन्छन्- अब बिस्तारै सामान्य जीवनमा फर्कने कोसिस गरिरहेको छु। फागुनमा काठमाडौं आउँछु। पुनर्जन्म पाएको जीवन जनताको सेवामा खर्चिन्छु।
सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको भेलाले शक्ति प्रदर्शनसहितको आन्दोलनका लागि सभापति देउवालाई दबाब दिने निर्णय गरेको थियो। तर, मंगलबारको बैठकले तय गरेका आन्दोलन पौडेल पक्षले भनेअनुसार छैनन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै ०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति तोकेका छन्। उता, प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ।