संकटका बेला राजनीतिक दाउपेच गर्ने ओलीको ध्यान सत्ता टिकाउनमै केन्द्रित देखिन्छ। संविधानको घाँटी रेटेर होस् वा समस्याको जालोमा जेलिएका जनतालाई बेवास्ता गरेर होस्, ओली कुर्सी केन्द्रित देखिन्छन्।
कांग्रेस र नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने मात्रै होइन असफल बनाउने निर्णय नै गरिसकेका छन्। जनता समाजवादी पार्टीभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसमेत विपक्षीमा मोर्चामा उभिएका छन्।
कोरोना भाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा निषेधाज्ञा गरिएको छ। महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएकाले भदौमा तोकिएको महाधिवशेनलाई असर गर्ने देखिएको हो।
कोरोना माहामारीलाई कारण देखाउँदै संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको सरकारको दाबी छ। पछिल्लो समय कोरोना संक्रमण बढेको भए पनि कोरोना संक्रमणलाई मात्र अधिवेशन अन्त्यको कारण मान्न सकिन्न।