खासगरी संस्थापन इतर समूहमा सर्वमान्य ‘टाउको’को खोजी भइरहेको छ भने संस्थापन समूहमा ‘टाउको’ क्लियर छ। तर, सग्लो शरीरका लागि आवश्यक ‘अवयव’को सिन क्लियर छैन। अर्थात् संस्थापन समूहबाट सभापतिका उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा नै हुनेछन्। तर, पदाधिकारी छनौट गर्ने विषय संस्थापन इतर समूहमा पेचिलो बन्ने देखिन्छ।
पार्टीका समर्थक र शुभेच्छुकहरु पार्टीको नेतृत्वमा आओस् भन्ने चाहन्छ। म त्यसकै आधारमा म यो निधोमा पुगेको हुँ। मलाई पार्टीका प्रतिनिधिहरुले राखिदिन खोजेको ठाउँ महामन्त्री हो। मैले दाबी गरेको भन्दा पनि उहाँहरुले मलाई राखिदिन खोजेको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको हुँ।
नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्।
सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
यसपटक युवा पुस्ता पार्टीको पदाधिकारीमा आउने सम्भावना धेरै रहेको र त्यसले १५औं महाधिवेशनमा नेतृत्वमा पुग्न कठिन भएको निष्कर्षमा दोस्रो पुस्ता पुगेको छ। सोही कारण दोस्रो पुस्ताका नेताहरू यसपटक नेतृत्व हत्याउने प्रयत्नमा लागेका छन्।
असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।