मतदातालाई 'भोट बैंक'को रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन्। आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए। यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं।
पल्पसा क्याफे'लाई पुस्तकमा मात्रै पढेको छ भने त्यसको 'दृश्य' पात्रमा विमल नभेटिन सक्छन्। किनभने विमलको यहाँ पनि दाबी छ, 'नाट्यकरण गरेर जन्मिएको रंगमञ्चको 'दृष्य'मात्रै म हुँ, अर्थात् योचाहिँ म जस्तै छ।'
‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको हुँ। मेरो सहर वीरगञ्जबासीलाई चाहिने सेवा सुविधा उपलब्ध गराउने सोचका साथ होमिएको हुँ।’
दिपाश्रीलाई सुन्दा लाग्छ, आफ्नै स्वभावका कारण आफूलाई बदल्न उनले जे–जे विद्रोह गरिन्, त्यसैले उनलाई आजको दिपाश्री निरौला बनायो। भन्छिन्, ‘त्यो विद्रोह मेरो स्वभावले जन्माएको थियो। त्यसलाई आजसम्म स्थापित गर्नसकेको छु भन्ने लाग्छ।’
लज्जालु स्वभावका छन् अमर, अहिले पनि लाज मानेजस्तो जस्तो गरी बोल्छन्। हलुका मुस्कुराएर गफ गर्ने बानी छ उनको। तर यही लज्जालु बानीका कारण स्कुले जीवनमा केटाभन्दा केटी साथी बढी थिए उनका।
यो विषयले चलचित्र क्षेत्र मात्र नभएर अन्य क्षेत्रलाई पनि यही सन्देश प्रवाह गरेको निर्देशक मनोज पण्डित बताउँछन्। दुषित समाजलाई सफा गर्न पल प्रकरणले थोरै भएपनि चेतना थपिदिएको उनको भनाइ छ।
जीवनले अन्तरजातीय विवाह गरेर आफ्नै परिवारसँग विद्रोह मात्रै गरेनन्, स्वयम्लाई बदले पनि। लक्ष्मीसँगको विवाहलाई लिएर घरपरिवारको बहिस्करणमा पारे। तर, आशाको मधुरो दियो धिपधिप भने गरिरहेको थियो, ‘पक्कै घरमा एक दिन त बोलाउनुहुन्छ बाआमाले।’