सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ(स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ।
सौन्दर्य प्रतियोगिता सही हो या होइन भन्ने अहिले चौतर्फी बहसको विषय बनेको छ। सौन्दर्य प्रतियोगिताको नाममा हुने यौन दुर्व्यवहारमा परेका युवती बोल्न पनि थालेका छन्। सौन्दर्य प्रतियोगितामा हुने अपारदर्शिताका कारण पनि महिला हिंसा बढेको नकार्न सकिँदैन। यस्ता प्रतियोगितासँग राज्य व्यवस्था मौन छ।
समाज जति शिक्षित र आत्मनिर्भर भयो, त्यति नै नारीले गर्नुपर्ने संघर्षका कथा मार्मिक छन्, दुखान्त छन्। मौलिक समाजमा मौलिक कथाको प्रमुख पात्र नारी नै भए। सुवर्णका लागि ती महिला पात्र आत्मविश्वासी लाग्छन्।
‘साढे तीन दशक भइयो, जीवनलाई अझै स्पष्ट बुझिसकेको छैन। जीवन संयोगात्मक अवसर पनि हो, जहाँ चुनौती छ र मर्जीलाई लाद्न पनि संयोगहरू जुर्नुपर्छ,’ मोइनको ठहर छ।
मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ? यो कुरा कबड्डी निर्माण टिमले सोच्यो? यदि मिरुना नै वास्तविक ‘सिकार’ हुन् भने उनलाई न्याय दिलाउन र यदि फुर्वा तामाङ निर्दोष हुन् भने उनको चरित्र सच्याउन निर्माण टिमले प्रहरीको जिम्मा लगाउनु पर्थ्यो।
सगरमाथा क्याम्प–२ मा मृत रसियन आरोहीको हातमा चलिरहेको घडीले बताइरहेको समय देखेर अवाक् भएका थिए गौतम। भन्छन्, ‘त्यो मृत रसियनको हातमा बाँधेको ओरिजिनल घडीले मलाई नमजाले घोच्यो। समय त थियो तर आफ्नो बसमा नभएको महसुस गरें।’
गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए।
किशोर उमेरदेखि नै रंगीन दुनियाँमा लागेकी सोभिताले जीवनमा लामै संघर्ष गरिन्। फेसन शो, र्याम्प वाक, मोडलिङ, टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै फिल्मकी अभिनेत्रीसम्म बनिन् उनी। तर यो रंगीन दुनियाँमा धेरैबेर रमाउन सकिनन्। बिस्तारै यो क्षेत्रदेखि नै टाढा भइन्।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर बलम्पाकीभन्दा ५ हजार ९७७ ज्यादा मत ल्याएर मेयर जितेका क्षेत्रीले जेब्रा छापबाट चुनाव चिन्ह लिएर लडेका थिए।