गीत सन्देशमूलक र आम जनजीविकासँग मेल खाने थियो भने अञ्जानले संगीतसँग। र, अञ्जान कर गर्न थाले– यस्तो गीत त राज्यलाई सुनाउनुपर्छ। मित्रगणबाट सुझाव आइरह्यो।
उनको विरोध राजनीतिमाथि मात्र पनि छैन। ०७७ साल मंसिरमा उखुुको भुक्तानी माग्दै उखु किसानले माइतीघरमा आन्दोलन नै गरे। समृद्धि ल्याउँछु भन्ने वाचा गरेको सरकारले भने उल्टो सास्ती दियो। तर भुक्तानी दिएन। यता पराजुलीको कवि मनले धरै पाएन र लेखे दुई हरफ कविता।
दर्शकले थिएटरभित्र छिरेपछि मञ्चमा कलाकारले जे गर्छ त्यो नै सत्य हुन्छ। त्यसैलाई स्वीकार्नुपर्छ, त्यो संशोधन हुँदैन। फिल्ममा जस्तो ‘रि–टेक’ दिन-लिन मिल्दैन।
चाबहिल, धुम्बाराही, चक्रपथ, जोरपाटी, बौद्धलगायत क्षेत्रका मानिसहरु यहाँ आइपुग्छन्। अनि चिसो हावा लिँदै सहर नियाल्छन्। चराचुरुंगीको चिरबिर चिरबिरले मन्त्रमुग्ध हुन्छन्। बुद्धमन्त्र लिखित पतकालाई पृष्ठभूमिमा राखेर फोटो खिचिक्क पार्छन् र मनको बेचैनी शान्त पार्छन्।
‘यतिखेर हरियो रूखलाई ओइलाएको देख्दै छु। कालो हुँदै आएको देख्दै छु’, उनको दिमागले रङ सम्झिँदा परिस्थिति अँध्यारोतिर गएको देख्छन्। प्रकृति विनाशको दृश्यहरु उनको दिमागमा खेल्छ।
लोकतन्त्र, गणतन्त्र र संविधान आयो। उपत्यकाका धुलाम्मे सडक कालोपत्रे भए। कतिपय आन्दोलन र परिवर्तनका साक्षी भए उनीहरु। तर यी तन्नेरीको जीवनमा खासै अन्तर आएन।
एम्बुलेन्स चालक उच्च जोखिमका साथ सेवामा तल्लीन छन्। धेरैलाई समयमै अस्पताल पुर्याएर भगवान् नै साबित हुँदा उनीहरू जति खुसी हुन्छन्, त्यत्ति नै दुःख निरन्तर पीपीईभित्र बाफिँदा हुन्छ।